यताउताको सन्दर्भमा

ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।

Wednesday, December 23, 2009

बेलायतमा दोहोरी

आर्थिक मन्दी सगै पातलिएको बेलायतको रेश्टुरेन्ट ब्यवसाय अल्डरशोट अबस्थित निरमाया रोधिघरको चहलपहल हेर्दा अपत्यारिलो नै देखिन्थ्यो । हप्तामा ४ दिन दोहोरी साझ हुने यो रेस्टुरेन्टमा नेपाली ग्राहकहरुको उपस्थिती बाक्लै हुने गर्दछ । परिवार र साथीभाइ सग सप्ताहन्त मनाउने देखी बेलायतमा बग्रेल्ती खुलेका बिभिन्न संघ संस्था मध्ये एउटा संस्थाको भेला समेत थियो त्यहा । दोहोरिको रौनक अनी कमर हल्लाई हल्लाई नाच्ने ग्राहकहरुको भिडले कमलादिको निरमाया रोधिघर नै बसाइ सरे जस्तो भान गराउथ्यो । अर्कोतिर नेपाली खानाको स्वादमा जिब्रो पड्काउदै रंगिन दोहोरिले बेलायतको ब्यस्त जिबनलाई बिर्साएर कतिलाई आफ्नै गाउ घर पुगेको जस्तो भान थियो ।



बाहिर हिउ झरिरहेको थियो । हावाको झोक्काले जिउ नै काठयाङ्रिने जाडो थियो , तर भित्र भने दोहोरिको रन्कोमा नाच्दै पसिनाले निथ्रुक्कै भिज्नेहरु पनि थिए । मंचमा कलाकारहरु ग्राहकबाट आएको गीतको फर्माइसको चिट देख्दा लाग्थ्यो रातभरीमा पनि सकिने छैन । नागरिक सर्बोच्चताको आन्दोलन देखी अल्डरशोटको रोधीघर सम्म पनि उस्तै गरी घन्किएको थियो "लालुपाते नुह्यो भुइतिर, ......." । दोहोरी रोकिने छटकाट थिएन, फर्माइसको चाङ नै समय थोरै । आयोजकहरुले बाठो चाल गरे अनी शुरु भयो न्रित्य " डाली डाली मा हो ......." ।



खै अरुले जती सुकै राम्रो नाचे पनि रहर हुनेलाई आँफैले नाचेको राम्रो लाग्ने रहेछ । नाच सकिने बित्तिकै मन्च वरि परि जम्मा हुन थालिहाले सबै । अनी त शुरु भयो " ड्राइभर दाई मन पर्यो मलाई, लैजाउ माया पोखर घुम्नलाई"। के थियो र सबै जना आफ्नै धुनमा नाच्दै थिए । बाहिरको हिमपातको कुनै पर्बाह नगरि ज्याकेट फुकाल्दै आफुलाई उफार्दै थिए । लाग्थ्यो पश्चिम नेपालको रोधिघर त्यही बसाइ सरेको छ , पूर्वको हाक्पारे त्यही गुन्जी रहेको थियो । बेलायतको कुनै स्थान हो कि हाम्रै गाउ बेसिको मेला हो झट्ट हेर्दा ठम्याउन मुस्किल पर्थ्यो ।


एउटा छुट्टै आत्मियता थियो । अनी देश भन्दा धेरै पर आफ्नै देश थियो । हिजो गुन्द्रुक, मम जस्ता पारीकार खान पाउदा पनि मक्ख पर्ने प्रबासी मनहरुलाई दोहोरीको रन्कोले छुट्टै उमङ्ग थपेको भान हुन्थ्यो । साचैनै नेपाली बातावरण थियो । असली नेपाली बातावरण नदेखी बिदेशिएका युबा र बालकहरु पनि मस्त भएर नाची रहेका देखिन्थे । मानौ त्यो ठाउँ ब्यापरिक नभै गाउ घरको मेलापात हो । आखिर मन नै त रहेछ । त्यही भएर त जहिले नि १९४७ ए डि सगै झुम्मिन्छन - यो मन त मेरो नेपाली हो ।

Tuesday, December 8, 2009

फेरी उही नियती

एकातिर विश्व कै ध्यान तान्न सफल कलापत्थर मन्त्रिपरिषदको बैठकमा बन र बातावरण क्षेत्रमा महत्वपूर्ण मानिने निर्णयहरु पारीत हुँदै थियो भने अर्कोतिर कैलालीमा बन अतिक्रमणकारी र सुरक्षाकर्मी बिच भिडन्त हुँदै थियो । झन्डै आधा दर्जन ज्यान जाने गरी भएको यो घटना अत्यन्तै बिभत्स र कहालीलाग्दो भए पनि यसले हामीलाई धेरै पाठ सिकाएको छ । घटनाले राजनीतिक रुप लियो, अब फेरी टायर र गाडीहरु जल्लान । नागरिक सर्बोच्चता र गरीब जनताको सवालको कुरा उठाइने छ फेरी । शहिद घोषणाको माग देखी क्षतिपुर्ति सम्म उही नियती देखिएको छ । तर म यहाँ अर्कै नियतीको बारेमा छलफल गर्न गैरहेको छु ।

हरेक राजनैतिक आन्दोलन र परिवर्तन सगै हुँदै गैरहेको बन क्षेत्र माथिको अतिक्रमण लोकतन्त्र पछी त खुल्ला बलत्कारको रुपमा पारीणत हुँदै आएको छ । सामुदायिक बन बिकास कार्यक्रमको सफलता सगै स्थानिय जनतालाई बन क्षेत्र ब्यबस्थापनको निम्ती सुम्पिएर ढुक्क भएको बन र बातावरणकर्मीहरुले फेरी एक पटक सोच्नु पर्ने बेला आएको छ । कानुन र बन्दुकको भरमा बन संरक्षण गर्न सकिन्न भनेर सिकिएको हाम्रो बिगतको पाठ बिर्सिएर आज फेरी त्यही बन संरक्षण गर्न बन्दुक उठाउनु परेको छ । गत बर्ष धादिङमा सामुदायिक बन क्षेत्रमाथि कब्जा जमाउनेहरुलाई परास्त गर्दै बन जोगाउन सफल बन उपभोक्ताहरु कैलालीमा निरिह बनेर हेरी रहे । आफ्नै बन धमाधम काटिएकोमा चित्त दुखाउन बाहेक केही गर्न सकेनन । लाग्थ्यो बन्दुकले जनतालाई पराजित गर्दै छ त्यहा ।

प्रत्यक्ष रुपमा कैलालीको घटना भयाबह देखिए पनि बन क्षेत्र हडप्ने कार्य अर्कै शैलिमा मौलाउदै गएको थियो । सामुदायिक बनहरु उपभोक्ताहरुको नाममा भागबण्डा गरेर फाट्ट फुट्ट रुपमा खेती गर्न थालिएका छन । करिब छ महिना अगाडि माओवादीद्वारा सन्चालित जनमैत्री अस्पतालको लागि लगाइएको पुराणमा केही सरकारी, सामुदयिक बन र पर्ती गरी करिब छ सय रोपनी जग्गा दान गरियो । त्यसको लगत्तै गत महिना एमाले द्वारा सन्चालित मनमोहन मेमोरियल सामुदायिक अस्पताललाइ करिब नौ सय रोपनी सरकारी जग्गाको दान घोषणा गरियो । ४० प्रतिशत बन क्षेत्र कायम गर्ने भन्दै नेत्रित्व तहमा बसेकाहरु निती बनाउछन भने अर्कोतिर उनैका कार्यकर्ताहरु आफ्नै पारिवारिक सम्पत्ती जस्तो गरेर बन क्षेत्रहरु धमाधम दान घोषणा गर्दै छन ।

जैबिक बिबिधताले भरिपूर्ण हाम्रा बनहरुलाई जग्गाको रुपमा हेरिएर धमाधम काट्न थाले पछी भाबी पिढिले के पाउने हुन एक पटक गम्भिर भएर सोच्न पर्ने बेला भएको छ । क्षणिक स्वार्थ र आबेगमा आएर मासिएका ति बन हेर्दा रुखको समुह लागे पनि त्यसले परिस्थितीकिय प्रणाली(ecosystem) मा खेल्ने महत्वपूर्ण भूमिकालाई हेर्ने हो भने हामीले त्यो अवस्था सैयौ बर्षमा पनि प्राप्त गर्न सक्छौ कि सक्दैनौ ? यसको बिनाशबाट अन्य क्षेत्रमा हुने नकरात्मक प्रभाबहरु के के हुन? यि कुराहरुलाई बिश्लेषण गर्ने हो भने हामीले आफ्नो अधिकारको लागि गरेको कार्यहरुले कतिको दुरगामी प्रभाब पार्ने रहेछ भन्ने थाहा पाउने थियौ । अधिकारको लागि सधैं आवाज उठाउने हामीहरुले आफ्नो कर्तब्य र उत्तरदायित्व बारेमा कहिले सोचेनौ अनी हाम्रा श्रोतहरुको कहिल्यै मुल्याङ्कन गरेनौ ।

एकातिर अन्तरराष्ट्रिय क्षेत्रमा बिभिन्न सन्धि, महासन्धिहरुमा बातावरण संरक्षण र बन बिनाश रोक्न प्रतिबद्दता जनाउने गरिएको छ भने अर्को तिर बिभिन्न बहानामा धमाधम बन बिनाश गर्दै जादा नेपालको अन्तरराष्ट्रिय स्तरमा कस्तो छबी होला? यसका साथै कार्बन ब्यापार मार्फत अल्पबिकशित तथा गरीब राष्ट्र हरुले लिन सक्ने फाईदाबाट पनि हात धुनु पर्न सक्ने स्थिती नआउला भन्न सकिन्न । किन कि त्यस्ता प्रकृयामा सामेल हुनको लागि गरीब भएर मात्र पुग्दैन, बन बिनाश दरलाई पनि घटाऊनु पर्दछ । यसरी सुकुम्बासीको नाममा बन क्षेत्र माथि ठाडो हस्तक्षेप गर्ने अनी राजनैतिक शक्तीको आडमा बन क्षेत्रलाई दान दिने कार्यले हाम्रो भबिश्यलाई कहाँ पुर्याउने हो अनुमान गर्न त्यती गाह्रो होला जस्तो लाग्दैन ।

आधा दर्जन ज्यान लाने त्यो भिडन्त क्षणिकको लागि पिडादायी त पक्कै हो तर यसले फेरी बन माथि अतिक्रमण गर्नेहरुलाई एक पटक सोच्न वाध्य बनाएको छ । बन बिनाश प्रकृया यसै गरी निरन्तर चलिरहने हो भने कती सयको ज्यान लिन सक्थ्यो हामीले यस तर्फ ध्यान दिनु जरुरी छ । कोशीको बाढीलाइ कुनै सर्बोच्चताले रोक्न सकेन, गत बर्षामा जलमग्न भएको तराइलाई कसैले छेक्न सकेन । यदी यसै गरी बन बिनाश गर्दै जाने हो भने अबश्य नै एक दिन हामीलाई यही बाढी र पहिरोको चपेटाबाट कुनै संघियताले बचाउन सक्दैन । जग्गा निकालेर खेती गरेर मात्र जिबिकोपार्जन गर्न सकिन्छ भन्ने मनसिकतालाई त्याग्न जरुरी छ । आफ्नो अधिकारको कुरा गरेर प्राकृतिक श्रोतलाई नष्ट गर्नेहरुले हाम्रा भबिश्यको सन्ततिको बाँच्न पाउने अधिकार माथि खेलवाड गर्नु कती को उचित हो ? यदी हामी यसै गरी आफ्नै जिद्दी र हठमा रहने हो भने एक दिन हामीले पछुताउने समय पनि पाउने छैनौ ।

Saturday, November 7, 2009

फिनल्यान्डलाइ बुझ्दा

नेपालबाट सुदुर उत्तरमा रहेको यो देश हावापानीको दृष्टिकोणले सार्है जटिल छ । झन्डै आधा बर्ष हिउले ढाकिएको हुन्छ । गर्मिमा रातै नपर्ने, जाडोमा दिन नै देख्न मुस्किल हुने यो देशले कसरी प्रगती गर्यो साच्चैनै एक पटक गहकिएर सोच्नु पर्ने हुन्छ । निकै पातलो बस्तीहरु कि त बन कि त तालतलैयाहरु यही हो यहाँको भु-बनोट । चारैतिर देखिने सल्लाको बनहरुले यहाँको हरियाली मात्र होइन आर्थिक सम्रिद्धिको प्रतिनिधित्व गरे झै लाग्दछ । कुनै पनि चुनौतीलाई कसरी अबसरको रुपमा सदुपयोग गर्नु पर्ने हो भन्ने कुरा यहाँ हिउद याममा बग्रेल्ती देखिने हिउदे खेलकुदहरुले सिकाउदछ । भर्खरै आमाको दुध चुस्न छाडेका जस्ता देखिने बच्चा देखी लौरोको सहायताले हिंड्न पर्ने जस्ता देखिने ब्रिद्धहरुको आइस स्की मा देखिने लर्कोले डोल्पातिरको चौरिको क्याराभानलाई बिर्साइदिन्छ ।

हावापानिले हो कि या बर्षौसम्म अरुको अधिनमा रहेर हो कुन्नी प्राय : अपरिचित अझ बिदेशीसग हम्मेसी बोल्दैनन् फिनिसहरु । अनुहारमा त्यती हसिलोपन नदेखिने यहाँका बसिन्दाहरुलाई झट्ट हेर्दा रिसाये जस्तो देखिये पनि मानिसहरु निकै सोझा छन, सहयोगी छन साथै ब्यापारिक् पनि । परीचितसग भने दिल खोलेर पधेर्नी गफ चुट्छन । अझ मोबायलमा त घण्टौ कुरा गरेर बिताउछन , अनी सम्झन वाध्य बनाउछन यो नै नोकियाको देश हो भनेर । धेरै जाडो हुने भएर हो कि किन हो कुन्नी मदिरापानमा निकै अगाडि छ यो देश । सडकहरुमा थुप्रै जड्याहा भेटिन्छन्, अनी उही हो बिदेशी जस्तो देख्यो कि त अङ्ग्रेजी फुरी हाल्ने । नशाले लठ्ठियेर सडकमा हिंड्ने जमातहरु, दिउसै देखी भरिएका बारहरुले कतै हाम्रै तिरको मतवाली गाउमा त छैन भनेर झस्काइ दिन्छ ।

नेपाल भन्ने बित्तिकै हिमाल सम्झी हाल्छन । एउटै कुरा धेरैको कल्पनामा छ - त्यो हिमाली देश पनि उनिहरुको जती नै जाडो छ । नेपालनै नपुगेनी नेपाली खाना मन पराउनेहरुको जमात बाक्लै छ यहाँ । त्यही भएर होला नेपाली रेष्टुरेन्टहरुको दर्हो उपस्थिती छ यहाँ । कुनै सभा समारोह या भोज भतेरमा भेटहुँदा परिचय भयो कि सोधिहाल्छन यहाँ आउनुको कारण के हो भनेर । धेरै लामो जवाफ दिनु भन्दा छोटो उत्तर दिन्छु - म बन बिज्ञानको विद्यार्थी । कुरा बुझी हाल्छन अनी बिषय बस्तु बदलिन्छ - कस्तो प्रकारको बन , कती क्षेत्रफल, कती आम्दानी , के के उत्पादन गर्छौ । भन्न करै लाग्छ तिमीहरुको जस्तो ब्याबसायिक रुपमा ब्यबस्थापन गरिएको छैन हाम्रो बन । आफ्नै बारीको रुख काट्नको लागि दर्जनौ पटक बन कार्यालय धाएर टाचा हान्न घुस खुवाउन पर्ने हाम्रो किसानको समस्या के थाहा बन काटेको क्षेत्रमा रोपे पुग्ने यहाँका किसानहरुलाई ।

स्थिरता अनी सुशासनमा अब्बल दर्जामा छ यो देश । निजिकरण, स्वतन्त्र बजार र कर प्रणाली अर्थब्यबस्थाका मुख्य आधारहरु हुन । निकै चर्को छ करको दर साथै सुबिधा पनि । निशुल्क शिक्षाको ब्यबस्था छ त्यही भएर पनि नेपाल जस्तो बिकाशोन्मुख् मुलुकहरुबाट आउने बिद्यार्थिको संख्या बर्षेनी बढी रहेको छ । सन २०१० देखी अन्तरराष्ट्रिय विद्यार्थीलाई शुल्क लगाउने ब्यबस्था प्रस्ताब गरियता पनि विद्यार्थी युनियनको दबाबको कारण अहिले सम्म निर्णय हुन सकेको छैन । विद्यार्थी युनियनको एउटै भनाइ छ - आज अन्तरराष्ट्रिय विद्यार्थीलाई लगाउछन, भोली यहिका विद्यार्थीलाई पनि । यहाँको विद्यार्थी युनियन निकै शक्तिशाली मानिन्छ । विश्वबिद्यालयको परिचय पत्र युनियनले नै जारी गर्छ, जसको मुख्य कार्यालय राजाधानी हेल्सिन्कीमा छ । परिचय पत्र भये पछी सार्वजनिक सवारी साधन, क्यान्टिन लगायन अन्यमा ५० प्रतिशत सम्म छुट पाईन्छ । कुनै राजनैतीक दलहरु सग सम्बन्धित छैन युनियनका पदधिकारीहरु अनी बर्षेनी आयोजना गर्छन् भ्रमण,खेलकुद र पार्टिहरु - आम्दानी अनी अन्तर्कृया दुबै ।

यती हुँदा हुँदै पनि आर्टिक क्षेत्रमा रहने आदिबासी सामीको समस्या अन्तर्राष्ट्रिय अदालत सम्म पुगेको छ । चाहे आदिबासीहरु ओलाङ्चुङगोलाका हुन या फिनल्याण्डको आर्टिक क्षेत्रमा बस्ने हुन प्राकृतिक श्रोत माथिको पहुचको कारण समस्या उस्तै छ । अनी यहाँ पनि छन केही अन्तरराष्ट्रिय संघ संस्थाहरु । बन क्षेत्रको ब्याबसायिक ब्यबस्थापनले गर्दा शान्ता क्लजका छिमेकी यि सामिहरुको परम्परागत रेन डियर फार्मिङ धरापमा परेको छ भने मानब बिकास सुचकाङ्कमा अग्रणी यो देश प्रती औंला उठाउने बिषय पनि बनेको छ । ६० को दशकदेखी औद्योगिकिकरणतर्फ उन्मुख भएको यो राष्ट्रले सफलताको शिखर चुम्नुको पछाडि को रहस्य यहाँका इमान्दार जनता अनी जनता प्रती उत्तरदायि सरकार नै हो भन्नेमा दुई मत नहोला ।

Thursday, October 15, 2009

Sunday, October 4, 2009

Autumn 2009



शिशिर यामको जाडोमा पनि फुल्दछ फुल मुस्कानको


चिलाउनेको रातो पात मिर्मिरे मसला, तर चिलाउनेको बोट चाँही होइन


भुइभरी तिनै पातहरु




यो शिवलिङ्ग होइन


अब बोटलमा मात्र होइन ।


हेल्सिन्की विश्वबिद्यालयको पेरिसरमा विद्यार्थीहरुले बनाएको टायरको प्रतिमुर्ती

Sunday, September 27, 2009

शुभकामना

नेपालीहरुको महान चाड बिजया दशमीको शुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।

Monday, September 21, 2009

फुर्सदको क्षण

तितरी पन्खी




पर्खि बसे आउँला भनी


कहाँ जालास मछडि


सारा संसार डुलेर



टेलिफोनमा बोल्ने माया आजै भेटियो


सरर पानी घट्टामा

Wednesday, September 9, 2009

बन प्राबिधिक हुनुको मज्जा

बच्चा छदा गाउमा आउने जुङ्गे, मोटे अनी प्राय: जसो तराइ मुलको रेन्जर देख्दा खेरी खुबै डर लाग्थ्यो । डाक्टर र इन्जिनियरको सपना बुन्ने हाम्रो समाजमा एक दिन त्यस्तै रेन्जर बनेर गाउ डुल्छु भन्ने कल्पना पनि थिएन । बिद्यालय छदा निबन्ध प्रतियोगिताहरुमा खुबै भाग लिन्थे , बातावरण सम्बन्धी पनि केही लेखेको थिए । बन बिनाश र एसिड बर्षाको खुबै चर्चा हुन्थ्यो । अहिले जस्तो बातावरणिय परिवर्तनको कुरा थिएन, ब्रिक्षारोपणमा सम्पूर्ण कार्यक्रम अडेको हुन्थ्यो । हिन्दी सिनेमाका द्रिश्यहरुले वकिल बन्ने चाहना पलाएको थियो । तर घरमा बिज्ञान पढेर सके मेडिसिन नत्र इन्जिनियरिङ्ग भने नि पढ्नु पर्ने अप्रत्यक्ष दबाब थियो । खै कता कताबाट बन बिज्ञान पढ्ने मौका जुर्यो, लामै कहानी छ । त्यो भन्दा यो क्षेत्रको रोमन्चकारी अनुभबले कहिलेकाही सर्बश्रेष्ठ बिषयमा नै आएछुकी भन्ने भान पनि हुन्छ ।

फरेष्टर भन्ने बित्तिकै रंगिन स्वभाबको भनेर धेरैले अड्कल काट्छन । हुन पनि दिन भरीको बन गस्ती , कहिले काही मृत्यु सग खेल्न पर्ने अवस्था, अनी २४ सै घण्टा चनाखो रहनु पर्ने बाध्यताले पनि होला सुरापान स्वाभाबिक नै मानिन्छ । अझै प्राय जस्तो बन कार्यालयहरु बस्ती देखी टाढा, अनी आफ्नै पारीबेश हुनाले पनि कार्यालयकै कर्मचारी जम्मा भएर समय कटाउन तास खेल्ने एउटा परम्परा जस्तो नै भएको छ । निजामती सेवा भित्र नि एउटा कडा अनुशासनमा रहने बन प्राबिधिकहरु लाई जंगली भन्ने एदाकदा सुनियेता पनि सामुदायिक बन बिकास कार्यक्रमले अधिकांश रुपमा परिवर्तन गरी सकेको छ।

यि त भये बन प्राबिधिकहरुको बाहिरी इमेज । यो पेशा भित्रको रोमन्चक क्षण र आत्मियता शायद पेशा बाहिरको कमैलाई थाहा होला । जागिरको क्रममा कतै बाट झस्स सुनेको थिए " यि फरेष्टरहरु ज्वाँई ससुरा भये पनि दाजु भाई भन्छन" । साच्चैनै बन बिज्ञानको छात्राबासबाट शुरु भएको त्यो दाजुभाईको आत्मियता जिबन्काल भरी रहिरहन्छ । जिबनको सुनौलो समयमा गासिएको त्यो सम्बन्ध अनी छात्राबासभित्र एउटै परिवार सरह बिताएको तिता मिठा क्षणहरु सम्झेर होला, पेशागत जिबनमा पनि हाम्रा तहगत संरचना बिर्सिदै त्यो दाजुभाईको सम्बन्ध रही रहन्छ। "साब" लगाएर बोल्नु भन्दा दाजु भनेर बोलाँउदाको आत्मियता अनी मिठास नै कता कता हुन्छ, जसले टिमवर्क अनी कार्य दक्षता नि बढाउदछ । अझ जागिरे जिबनमा तल्लो तहमा भये पनि विद्यार्थी जिबनमा आफु भन्दा सिनियरलाई दाई नै भन्ने परम्परा पनि कतीपयमा भएकोले यो पेशाको सुन्दरता अझ बढाएको जस्तो लाग्दछ ।

भर्खर एस् एल सि पछी प्रबिणता प्रमाण पत्र तहमा भर्ना हुँदा पाइएको त्यो एक दर्जन भन्दा बढी बिषयको सुची अनी कारीब डेढ महिना लामो परिक्षाले मिहेनती बनाउने त छदै छ , धेरै बिषयको अध्ययन भएर पनि होला तुलनात्मक रुपले अरु भन्दा फरेष्टरहरु गफाडी पनि देखिएका छन। अझ शुरु देखिनै हुने नेपाल र भारतका अध्ययन भ्रमणहरुले एक आपसमा आत्मियता बढाउनुको साथै देशको भुगोलको बारेमा पनि राम्रो ज्ञान दिये जस्तो लाग्दछ । अध्ययन भ्रमणको समयमा मेस कमिटिमा बस्न गरिने संघर्ष नि टुर भरिको रमाइलोपन शायदै अन्य क्षेत्रमा पाइएला । हामी फरेष्टर फरेष्टर मिल्छौ र एकल्काटे बन्छौ भन्ने आरोप पनि छ । वास्तवमा हामी एकलकाटे होइनौ , हामी हामी को आत्मियताले अरुलाई जलाएको हो । चाहे त्यो विद्यार्थी जिबनमा होस् , या जागिरे जिबनमा, टुर जादा प्राय सबै ब्याचले एकै ठाउमा चिया खाने अनी जिल्ला जिल्लामा पनि हरेक बनका कर्मचारी एकै ठाउमा खाने प्रचलन नै रहेको छ । यस्तो आत्मियता कहाँ होला - अरु साथी हरु इर्श्यालु नबन्नुस है बरु सिक्नुहोस् ।

Sunday, August 30, 2009

मात्रिभाषामा खोज्दै …….

उपराष्ट्रपतिको हिन्दी भाषा सपथले भाषा सम्बन्धी धेरै बहस ल्यायो । संबिधानमै स्पष्ट खस-नेपाली भाषामा सपथ लिनु पर्छ भनेर किटानी गरी सकेको र सर्बोच्च अदालतले समेत पुन: सपथ लिनु भनेर फैसला गरी सकेको अवस्थामा यस्को कानुनी र राजनैतीक पक्ष बारे बहस गरी रहनु सान्दर्भिक ठान्दिन । तै पनि त्यही बहसका बिच धेरै मुद्दाहरु उठ्यो । कतिले मैथिली भाषी भएकोले मैथिलिमा सपथ गरेको भये बिबाद नहुने तर्क गरे भने कतिले हिन्दी भाषी भएको कारणले हिन्दिमा सपथ लिनु सामान्य भएको तर्क गरे । अझ भाषिक संघर्ष समितिले त नेपालीमा नखाउ मैथिली वा भोजपुरिमा खाउ भनेर नै उकास्यो । मैले बुझेको चाँही के हो भने बर्तमान संबिधान लागु भएको अवस्थामा खस-नेपाली भाषा बाहेक जुन भाषामा सपथ लिये पनि असंबैधानिक हुने कुरामा बिबादै छैन। यही बहसको बिचमा केही बेर घोत्लिये अनी फेसबुकमा स्टाटसमा लेखे " मात्रिभाषा के मा हुन्छ ; नागरिकतामा कि जातमा कि आफुले जन्मे देखिनै बोल्दै आएकोमा ? " । केही प्रतिकृया आए , कसैले मनलाई सोध्नु भने , कसैले मात्रिभाषा फेरिन सक्दैन भने कसैले आमाले बोल्ने भाषामा हुन्छ भने ।

साचै मनलाई सोध्न पर्ने अवस्था आयो । मनले उल्टै सोध्यो के मात्रिभाषा दुई वटा हुन सक्दैन ? उदाहरणको लागि तराइमा जन्मेकोहरुले हिन्दी र खस-नेपाली फरर बोल्न सक्दैनन र ? अझ यस्तो द्वीभाषी पहाडे मुलको तराइ पर्यो भने उस्को मात्रिभाषा के होला ? तराइमा जन्मेकोले हिन्दी भन्ने कि पहाडे भएको नातामा खस-नेपाली भन्ने ? नेपाल अधिराज्यको संबिधानले नै मात्रिभाषाको रुपमा बोलिने सम्पूर्ण भाषाहरु राष्ट्रिय भाषा हुन भनेको छ तर मात्रिभाषाको पारीभाषा उल्लेख गरेको छैन । यस अर्थमा जन्मे देखी बोलिने पहिलो भाषानै मात्रीभाषा हो कि भन्ने पनि बुझिन्छ । तर चलन चल्तिमा र बहसमा आएको मात्रिभाषा चाँही कुनै पनि जाती बिशेषको भाषानै हो भन्ने जनाउछ । यो अवस्थामा मेरो परिवारमा बोलिने जेरुङ-राइ भाषा, जुन म जन्दिन , अब मैले मेरो मात्रिभाषा के भन्ने ?

आमाले बोल्ने भाषा नै मात्रिभाषा हो भनेर व्याख्या गरिएको पनि भेटियो । तर आमाले बोल्ने भाषा मात्रिभाषा हुन हाम्रो जस्तो पित्रिसतात्मक समाजमा असम्भब प्राय : नै छ । मेरी आमा मगर हुनुहुन्छ अनी मावली मगर भाषी । बिबाह पछि घरमा मगर भाषा बोल्ने सम्भाबना नै थियेन । अनि छोराछोरिले जान्ने कुरानै आएन । अब आमाले बोल्ने भाषानै मात्रिभाषा हो भने मैले नजानेको त्यो मगर भाषालै मात्रिभाषा भन्न मिल्ने कि नमिल्ने? अनि यहा सवाल उठ्छ मात्रिभाषा आफुले जान्नु पर्छ कि पर्दैन । सन् २००१ मा क्यानाडामा भयेको जनगणनामा मात्रिभाषाको परिभाषा यसरि गरियेको छ - बचपनमा सिकेको पहिलो भाषा जुन जनगणनाको समय सम्म पनि बुझ्न सक्दछ । यसकारण म राइले मेरो मात्रिभाषा खस-नेपाली हो भन्न पाउने कि नपाउने?

कुरो मात्रिभाषा परिवर्तन हुन्छ कि हुँदैन भन्नेको । अब यसलाई कुन रुपमा लिने हो । जब मात्रिभाषाको पारीभाशा स्पष्ट पारीन्छ अनि परिवर्तन हुन्छ कि हुन्न भन्ने मा बहस गर्न सजिलो पर्ला । यदी क्यानाडियन गणनामा उल्लेख गरे झै मात्रिभाषा भनेको जान्नै पर्ने हो भने पक्का पनि परिबर्तन हुन्छ । मेरो भान्जा अढाइ बर्षको उमेरमा उसको अभिभाबक को साथमा बेलायत् गयो । नेपाल हुदा मजाले खस-नेपालि बोल्थ्यो, अहिले बेलायत गएको ४ बर्ष पुग्यो । खस-नेपालि सबै बिर्सियो , अहिले अङ्रेजकै शैलिमा अङ्रेजि बोल्छ । अब उस्को मात्रिभाषा नेपालि कि अङ्रेजि ? नजानेको खस-नेपालिलाइ कसरि मात्रिभाषा भन्ने , जानेको अङ्रेजिलाइनै भन्नु पर्यो । अनि यस्तो अबस्थामा मात्रिभाषा परिबर्तन हुन सक्छ भनेर भन्ने कि नभन्ने?

द्विभाषि अनि बहुभाषिहरुमा मात्रिभाषा कुन राख्ने भन्ने कुरा उनिहरु आफैमा भर पर्ने कुरा हो । यो निर्णयलाइ कुनै भाषा प्रतिको संबेदना वा वरिपरिको बाताबरणले प्रभाब पार्दछ । मात्रिभाषालाइ आजको भुमण्डलिकरणको युगमा कुन्ठित पार्न सकिन्न । तराइमा हिन्दि र खस-नेपालि दुबै बोल्ने समुदाय, बेलायतको नेपालि बस्तिहरुमा खस-नेपालि र अङ्रेजि फरर बोल्न सक्ने केटाकेटिहरु पाइन थालेको छ। अब उनिहरुको मात्रिभाषा कुन हो भनेर कि दक्षताले , कि ब्यक्तिगत स्व मुल्याङ्कनले , कि पहिलो सिकेको आधारमा निर्धारण गरिने कुरा हो । यो जातको भन्दैमा त्यहिनै मात्रिभाषा हुनु पर्ने अनिबार्यता हो जस्तो लाग्दैन । यदि जातमा मात्रिभाषा अल्झिएको हुन्छ भने फेरि म जस्ता धेरैले सोच्नु पर्छ यो मात्रिभाषा के हो भनेर ?

भाषा निस्चयनै संचारको माध्यम हो, यसलाई कसैले लादिएको अनुभब गर्नु हुन्न र अल्पभाषिहरु माथि लाद्नु पनि हुन्न । आफुलाई सजिलो महसुस हुने र जानेको भाषा प्रयोग गर्न पाउनु सबैको अधिकार हुनु पर्दछ भन्ने लाग्दछ । मेरो गाउमा खस-नेपालीलाइ अनिबार्य बनाउदा लादिएको मान्नु अस्वाभाबिक होइन प्राकृतिक हो भन्ने बुझ्नु पर्दछ । जातियताको पर्खाल अग्लिदै भाषाको बिबाद हुनु अबस्य पनि दुर्भाग्यनै हो । हरेक भाषालाई समान अधिकार हुन पर्दछ । कुनैमा पनि सर्बमान्य सिद्दान्त लागु हुनु हुँदैन । भाषाको रोजाइ अनिबार्य भन्दा नि एच्छिक हुनु पर्दछ । बुझ्नु पर्ने कुरा के हो भने नेपाली नागरिकता भएको ब्यक्तिको पनि हिन्दी मात्रिभाषा हुन सक्दछ । यो भाषिक बिबादलाई अधिकारले कि हाम्रो सोचाइले प्रभाब पारेको छ यो सोचनिय कुरा हो । केही दिन अगाडी एउटा बहस देखेको थिए साम्प्रदायिक को - उपराष्ट्रपती कि प्रधान न्यायधिश ? यसले के इन्कित गर्छ ?

Wednesday, August 5, 2009

Developed vs. Developing world - definitions

Here are the some definitions -

1. Climate change dictionary
Developed world - Source of Carbon emission is industry
Developing world - source of carbon emission is land use and land use change

2. Training Dictionary
Developed world - participants should pay the training fee
Developing world - participants are paid

3. Migration dictionary
Developed world - people go abroad to learn
Developing world - people go abroad to earn

4. Training/ seminar break Dictionary
Developed world - Coffee break
Developing world - Tea break

5. Sustainable development dictionary
Developed world - balancing people, planet and profit
Developing world - balancing power of political parties.

6. Sex dictionary
Developed world - In early 20s, sex is the history,
Developing world - In early 20s, sex is the mystery.

PS: Newly industrialized countries like China, India, Brazil and Indonesia are exceptional.

If you have you can add.

Cheers.

Wednesday, July 22, 2009

बिपि के काङ्रेसमा मात्र सिमित हुनु पर्ने ब्यक्तित्व हुन र ?




नेपाली काङ्रेसका समर्थकहरुले महामानब भन्छन उन्लाई, अनी अन्य बिचराधाराकाले काङ्रेसका संस्थापक नेता , कसैले साहित्यकारको रुपमा पनि चिन्छन। मैले चिनेको बिपी मोदीआइनबाट हो । पछी दोशी चस्मा, तीन घुम्ती हुँदै सुम्निमा सम्म पुगेर फेरी एउटा राजनीतिज्ञको रुपमा हेर्न थाले । उनको राजनीतिक बिचराधाराको बारेमा सुनेको प्रजातान्त्रिक समाजबाद धेरैले भनेका छन तर त्यो के हो कसैले व्याख्या गरे जस्तो लागेन। शायद त्यो बेलाको सन्दर्भमा संबैधानिक राजातन्त्र, बहुदलिय प्रजातन्त्र र संसदिय ब्यबस्था त्यही नै थियो । यो गणतान्त्रिक अवस्थामा उनको बिचार के हुन्थ्यो यो कौतुहलताको बिषय बनेको छ ।

स्नातक पछी जब जागिरे जिन्दगीमा लागे , सामुदायिक बन उपभोक्ता समुह मार्फत संचालन गरिएका गरीबिमुखी कार्यक्रमहरु र ग्रामीण स्वबलम्बनका कार्यक्रमहरुमा निकै भिजे । २०४९ को बन एन पछी शुरु भएको उपभोक्ता समुहमुखी बन बिकास कार्यक्रम अनी हरेक पंचबर्षिय योजनाले शुरुगरेको गरीबी निबारणको लक्ष्य र बिपीको नेपालको पारीकल्पना " सबैका परिवारको बस्ने एउटा घर होस्, दिनभरी खनजोत गरेर खान पुग्ने जग्गाहोस्, जोत्नका लागी एक हल गोरु होस्, बच्चालाई दुध खुवाउन एउटा गाई होस्, पढ्नको लागि बिद्यालय र स्वास्थ्यको लागि हेल्थ पोष्टको सुबिधा होस् " मा मैले तात्विक भिन्नता पाएको छैन । शायद यही पारीकल्पनालाई नेपालको बिकासको आधार मानिएको भये पक्कै पनि हामी आजको अवस्था बाट माथि आउने थियौ र कारीब ५ दशक अघिको यो पारीकल्पना अझै पनि नेपालको लागि सान्दर्भिक बन्नुमा हाम्रै दुर्भाग्य जस्तो लाग्छ ।

प्रधानमन्त्री हुँदा भन्ने गर्थे रे " देशको बिकासको योजना बनाउदा यो देशको माटो मुठिमा लिनु अनी हलो जोतेको किसानको तस्बिर अगाडि राख्नु , अनी जे आउछ त्यही गर्नु " । तर त्यो किसानको तस्बिरले योजना आयोगको कार्यालयमा स्थान पायो कि पाएन थाहा भएन तर तिनका लागि भनेर बजेट र कार्यक्रम आएको कमै मात्र थाहा छ । आज भन्दा ५ दशक अगाडिको त्यो योजना तर्जुमा प्रकृयाको परिस्क्रित् रुपनै आजको सहभगितमुलक् कार्यक्रम त होइन ।

गणतान्त्रिक नेपालमा पनि बिपिका सैनिक नितिको बारेमा केही महिना अगाडी चर्चा परिचर्चा भये । राजा सग घाटी जोडीएको छ भनेर देशको राष्ट्रियता जोगाउने सन्दर्भमा गरिएको राष्ट्रिय मेलमिलाप नितिलाइ पनि अपव्याख्या गरियो । अझ काङ्रेसले त बिपिको अर्थ ब्यबस्थालाई सधैं निजिकरण र आर्थिक उदारिकरणमा जोडेर संस्थान किनबेचको नितिमा पारीणत गर्‍यो ।तर बिपी को बिचार - त्यही बिकाशे पारीकल्पना जसले एउटा स्वाबलम्बी ग्रामीण समाजको निर्माण प्रकियामा अगाडि लैजान्छ, लाई कसैले पल्टाउने सम्म पनि जमर्को गरेनन । शायद बिपिका ति बिचरालाई काङ्रेसको एउटा दस्ताबेज मात्र नमानी योजनाको आधार मानिएको भये पक्कै पनि हाम्रो बिकासको कार्यक्रमले एक खुड्किलो पार गर्ने थियो ।

Friday, July 17, 2009

एउटा शुरुवात

खराब राजनीतिज्ञ र गलत राजनीतिको कारण देश अस्त ब्यस्त बन्न पुग्यो । अस्थिरताको कारण जिउ धनको सुरक्षा नै हुन छाड्यो । गणतन्त्र प्राप्ती पछीको नयाँ नेपालको उदय बन्द, हडताल, अनी अपहरणमा सिमित भयो । अर्को तिर युबा शक्तिहरु पनि एक आपसमा लड्न र भिड्नमै मस्त रहे । भबिश्यका कर्णधारहरुको नेत्रित्व पनि क्याम्पसको भिडन्तमा छर्लङ्ग भयो । समग्रमा एउटै निषकर्ष निकालियो , यो सबै राजनीतिलाई पेशा बनाउने हरुले गर्दा हो । यो सबै राजनीति देश बिकासको लागि नभै ज्यान पाल्नलाई गरिएको कारणले भएको हो । त्यसैले भन्नै पर्ने बेला आएको छ " दाल भातको लागि काम गर राजनीति होइन " । चुनाव लडेर जागिर खाने काम बन्द गर ।

आउनुहोस् सबै मिलेर छलफल गरौ । भबिष्यको नेपालको लागि बहस गरौ । हामीले त दु:ख पायौ , यो अवस्था हाम्रा भाबी पिढिहरुले भोग्न नपरोस । अनी एकै स्वरले भनौ "राजनिती पेशा होइन "
http://www.facebook.com/home.php?ref=home#/group.php?gid=100133012238&ref=mf

Tuesday, June 16, 2009

स्विजरल्याण्ड बनाउने नै हो त ?

"आयो भन्छौ गणतन्त्र आएको ख्वै त?
गणतन्त्र कर्णालीले पेट्भरि खाएको ख्वै त?
आएपछी शासन बिकेन्द्रित हुन्छ भन्थेउ,
मुगू र सल्यान तिर धाएको ख्वै त?
आएपछी कानुनी शासन चल्छ भन्थेउ,
दन्डहिनता अन्त्य गर्न चाहेको ख्वै त?
आएपछी सर्बत्र शान्ति छाउछ भन्थेउ,
रोल्पाले शान्ति को गीत गाएको ख्वै त?
कर्णालीले पेट्भरी खाएको ख्वै त?"

बिमल आरोहीले बि बि सि मा प्रस्तुत गर्नु भएको यो कबिता ले स्विजरल्याण्ड पछ्याएको हाम्रा सपना र विश्वाशहरुलाई बास्तबिक धरातल देखाएको छ । स्कुल छ किताब छैन, खाना छ नुन छैन, पैसा छ अन्न छैन; यही अवस्था छ कर्णाली र कैयौ दुर्गम गाउहरुको । राजधानीको तापक्रम नागरिक सर्बोच्चताको बिषयले चुलिएको छ , संसद बन्द र सरकार बनाउने खेलमा राजनैतीक दलहरु मस्त छन । कर्णालीको घाऊ उस्तै गरी चहर्याइरहेछ । महङ्गिको मारमा गरीबहरु छाक टार्ने योजनामै बिचलित भएका छन .

(नेपालको बस्ती )

एभिन्युज च्यानलको खबर भित्रको खबरमा प्रसारण गरिएको मुगूको हृदय बिदारक अवस्थाबाट बेखबर छ सिंहदरबार शायद । नभै नहुने नुन, जुन शहरमा १२ रुपैया केजी परे पनि मुगू पुग्दा थप १०० रुपैया प्रती के जि भाडा लाग्छ । खा्द्य संस्थानले अनुदानको नुन महिनाको २ प्याकेट प्रती परिवार दिन्छ त्यो पनि २-३ दिन हिंडेर घण्टौ लाइन बस्नु पर्ने । बाँकी बाहिर प्रती प्याकेट रुपैया १०० भन्दा बढी तिरेर किन्नु पर्ने अवस्था छ । चामलको लागि लाठी चार्ज हुने गर्दछ । भोकमरी र अभाबको चपेटाले बर्सेनी हजारौं मुग्लाङ भासिन्छन । गरीबी र अभाबले झेल्लिएकाहरुले हरेक चिजको बढी मुल्य चुकाउनु पर्छ भन्ने देनीन ब्राउन (वाशिङ्गटन पोष्ट ) को लेख यहाँ पनि चित्रित हुन्छ ।

तत्कालिन राज्य पुनर्संरचना मन्त्री गोपाल किरातिले ८०० जिल्लाको प्रस्ताब गरे । हरेक जिल्लामा विश्वबिद्यालय, सदरमुकाम केन्द्रित जनसंख्या अनी सम्पूर्ण भौतिक सुबिधाहरुको प्रस्ताब थियो । भौगोलिक र आर्थिक दृष्टिचकोणले अली अव्याबहारिक देखिएको त्यो प्रस्ताब माथि त्यती बहस नै नभै त्यतिकै तुहियो । अझ हरेक जिल्ला सदरमुकाममा एक लाख जनसंख्याको प्रस्ताबले नेपालको जनसंख्या सगरमाथाको चुचुरो मै पुर्याउने लक्ष्य हो कि भन्ने भान पनि हुन्थ्यो । के आधारमा प्रस्ताब ल्याइयो छलफल भएन । अझ राज्य पुनरसंरचनामा आयोग गठन गरी संबिधानसभाले निर्णय गर्ने भने पछी त कसैले वास्ता नै गरेनन । तै पनि त्यो प्रस्ताब परीमणात्मक हिसाबले अव्याबहारिक भयता पनि त्यसको सार तत्व सान्दर्भिक थियो कि भन्ने मैले महसुस गरेको छु ।

गाउ नै पिच्छे बिद्यालयहरु छन , न त बिद्यालय जती नै साक्षरता बढ्न सक्यो न त बनिएका बिद्यालयहरुमा नै उचित पूर्वधार निर्माण भए । जलश्रोतको धनी देशका गाउहरु जलाधार क्षेत्रको उचित ब्यबस्थापनको अभाबमा कि त काकाकुल जिउदै छन या त स्वच्छ पानीको अभाबमा बिरामी परेका छन । बर्षेनी जाने गा बि स का बजेटहरुले जताततै डोजर गूडाएर बाटो त पुर्याइयो तर मोटर पुर्याउन सकिएन प्रतिफल बर्षायाममा पहिरो र भुक्षय । अर्कोतिर तराइ दुन र उपत्यकाहरु मा जस्ता उर्बरशिल भुभागहरुमा बस्ती बसाइन्छ अनी पहाड र हिमालका डाडाहरुमा ढुङ्गा फोरेर गहत उमार्ने काम गरिन्छ । डल्ला फुटाएर एकैछिन बिसाउदै कमरको पटुकिले पसिना पुछ्दै, अभागी कर्म धिक्कार्दै देखेको त्यो स्विजरल्याण्डे सपना कहिले पुरा होला ।

(आल्प्स नजिकै रहेको स्पेनको गाउ )

बिकासमा लगानी भै रहेछ तर धेरै ठाउँ चुहिएर पुगेको बजेट पनि भौगोलिक बिकटताको कारणले प्रभाबकारी हुन सकेको छैन । एउटा घरबाट निस्किएर अर्को घर भेट्न ५-१० मिनेट हिंड्नु पर्ने हाम्रा बस्तीहरु, अझै ५-१० वटा घरहरुले बनेको गाउहरुको कारण बिकास महङगो बनेको छ । कती पये बिद्यालयहरुमा विद्यार्थी भन्दा शिक्षक बढी छन । अनी नुन र तेलको खोजिमा हिंड्नु पर्ने बाध्यताले बिद्यालयहरु बन्द रहन्छन कैयौ महिना । बाली लगाउने , काट्ने बेलामा बिदा नै हुन्छ । गाउमा बिहे भोज भयो स्कुल बन्द । लगानी छ उचित सुपरिबेक्षण छैन - कारण भौगोलिक बिकटता । त्यसैले त घर घरमा बस्ती बस्तीमा भौतिक पूर्वधारको बिकास गर्न गाह्रो भएको छ । अनी चामल खान दसैं पर्खिनु पर्ने अवस्था छ ।

राज्य पुनर्संरचनाको बिषय उठेको छ अनी आयोगले काम थालिसकेको छ । तर राज्य पुनर्संरचनाको कामलाई प्रदेशको सिमाङ्कनमा मात्र सिमित गरियो भने फेरी पनि दुर्गममा बिकास पुग्न निकै खर्चिलो हुने र दुर्गमका बासिन्दाले त्यस्को स्वाद चाख्न निकै दशक कुर्नु पर्ने हुन्छ । हामी अहिले ईतिहासको एउटा चुनौतिपूर्ण घडीमा आएका छौ । हिम्मत गर्नु पर्ने अवस्था छ हाम्रो गाउ र बस्तीहरुको पुनर्बासको लागि । स्विजरल्याण्डको बाटो पछ्याउन हामीले ग्रामीण भेगको बस्तीहरुलाई ब्यबस्थित गर्नै पर्छ, जुन युरोपको ग्रामीण बिकासबाट सिक्न सकिन्छ । घर घरमा बिकास पुर्याउन सम्भब छ कि घर घरलाई बिकासको सामु ल्याउनु पर्ने हो, यो शोचनिय बिषय भएको छ । जुन हाम्रा योजनाकारहरुले कहिल्यै सोचेनन ।

पक्कै पनि गाउहरुको पुनर्संरचनाले त्यहाको सांस्कृतिक र सामाजिक पक्षहरुलाई केही प्रभाब पार्न सक्दछ , तर दिर्घकालिन लाभलाई हेर्ने हो भने त्यो गौण हुन जान्छ । यसबाट आधुनिक बिकासको पूर्वधारहरुमा ग्रामीण जनताको सहज् पहुच बनाउन सकिन्छ भने अब्यबस्थित रुपमा भएका भु-उपयोग ब्यबस्थित हुन गै प्रकृतिक प्रकोप पनि न्युन हुन जानेछ । अर्को तिर उच्च क्षेत्रमा जैबिक बिबिधता संरक्षण गरी बहुमुल्य बनस्पतिहरुको ब्याबसयिक खेती गर्न सकिन्छ । शायद गोपाल किरातिको भौतिक पूर्वधार सम्पन्न ८०० जिल्लाको प्रस्ताब संख्यात्मक हिसाबले अव्याबहारिक देखियेता पनि सैदान्तिक रुपले छलफल गर्नै पर्ने बिषय रहेको छ। दुर्गामका जनता त्यतिखेर बिकासमा पहुच पाउछन जब उनिहरुको बस्तिको पुनर्संरचना हुन्छ । एकपटक बहस गरौ के बर्तमान आबसिय अवस्थामा हाम्रो जस्तो भौगोलिक रुपले बिकट राष्ट्रको बिकास सहज होला त ?

Friday, June 12, 2009

शैलजा दिदी लाई श्रदान्जली


पुरुषप्रधान समाज अनी त्यो दमनकारी राजाको बिरुद्ध कलिलो उमेरमा खुल्लेआम बिरोध प्रदर्शन गर्ने अनी भ्रष्टचार बिरुद्ध चर्को आवाज उठाउने दिदी तपाईंलाई यो लोभि पापी राजनैतीक समाजका जन्तुहरुले जिबनकालमा उच्च सम्मान दिन नसके पनि ईतिहासले सधैं प्रजातन्त्रका अजय योद्धाको रुपमा सम्झने छ । दिदीको आत्माको चिरशान्तीको कामना गर्दै हार्दिक श्रद्धान्जली ।

Tuesday, June 9, 2009

कहिले अन्त्य होला यो राजनीति पेशा

अल गोर ले अमेरिकि राष्ट्रपतीको चुनाव हारे डकुमेन्ट्री बनाएर नोबेल पुरस्कार जिते , बिल क्लिन्टन दुई कार्यकाल पछी अध्यापन गर्न फर्किये , बेलायतमा टोनी ब्लेयर प्रधानमन्त्री पद छोडे पछी मध्यपुर्बमा शान्ती स्थापना गर्ने जिम्मेवारि लिये । यि सबै राजनेताहरु हुन । जसले शक्तिशाली पदमा पुगेर पनि आफ्नो पेशालाई कहिल्यै छोडेनन । यिनिहरु राजनीतिज्ञ भन्दा पनि कुनै पेशा प्रती निष्ठा रहे अनी देश र जनता प्रती उत्तरदायी । त्यसैले होला न त राजनीतिको फोहोरी खेल छ, न त कुर्सी को मारमार नै । छ त केवल प्रतिश्पर्धा ।

यता देश हेरौ । ८० दशक बुढा गिरिजा देखी ३ दसके गगन थापा सम्म, सहाना प्रधान देखी राम कुमारी झाक्री सम्म सबै को पेसा राजनीति । हाम्रो देशमा सबै चिज पेशा । समाज सेवा पनि पेशा नै भयो । अझै क्याम्पसमा ढुङ्गा हान्ने बिद्यार्थी नेताहरु जो दशकौ एउटै क्याम्पसमा अल्झिन्छन उनिहरु को पेशा नि राजनीति । अरु त अरु गणतन्त्र पछी आशा लाग्दो बनेका बाबुराम भट्टराइको जोडी नै पूर्णकालिन राजनीतिज्ञ । सधैं प्रथम हुने ति ब्यक्तिले कम्तिमा हप्तामा एक पटक वा महिनामा २ पटक विश्वबिद्यालयामा गएर लेक्चर दिये त्यो ज्ञान त अरुले पाउथे त्यो नै भएन ।

अनी यि पूर्णकालिन राजनीतिज्ञ जसको पेसा नै राजनीति छ, यिनिहरुले राजनीति बाट आर्थिक फाईदा नहेरेर के हेर्लान त ? कुर्सिको लागि फोहोरी खेल नै यही बाट शुरु हुन्छ किन कि केइ गर्ने क्षमता छैन , कुर्सी पाइएन भने अरु केइ गर्न सकिन्न तेइ भएर शुरु हुन्छ तानातान र हानाहान । आज देश गंभिर संकटमा छ। युबा पुस्ता बिदेश तिर आकर्शित छन । अनी गाली गर्छौ नेताले देश बिगारयो । अब दोश देखाउने समय होइन बनाउने बेला आएको छ । अब युबाले राजनीति गर्नु पर्छ । तर पेशा बनाएर होइन समाज सेवा बनएर ।

Monday, June 1, 2009

इन्टरनेट : बुझ्नेलाई श्री खण्ड नबुझ्नेलाई खुर्पाको बिड

इन्टरनेटमा छताछुल्ल भएर पोखिएको यौन त्यतिखेर चर्चामा आयो जब सरकारले राजाधानिका साइबर क्याफेहरुमा कडाइ गर्न थाल्यो । दिनभरी साइबरमा झुम्नेहरुको एक किसिमले भन्डाफोर नै भयो । याहू र एमएसएनका मेसेन्जरहरुका साथै च्याट रुमहरुमा दिन भर झुम्मिने युबा पुस्ताले इन्टरनेटको प्रयोगलाई त्यही नै सिमित गरिदिएका छन, मानौ यो पत्रमित्रताको प्रतिरुप हो । अर्को तिर यौन र गेममा भुल्नेहरुको संख्या पनि कम्ती छैन । सारा विश्वलाई एउटा कम्प्युटर भित्र अटाउन सफल इन्टरनेट "बुझ्नेलाई श्री खण्ड नबुझ्नेलाई खुर्पाको बिड" बन्यो ।

प्रसंग अली जोडौ बिदेश पढ्न जाने युबाहरुको । दश जोड दुई वा त्यो भन्दा माथिल्ला तहका अध्ययन सकेर बिदेश पढ्न जानेहरुको जमात दिन दिनै बढ्दै छ । ति सबैको इन्टरनेटमा पहुच छ र नियमित रुपमा प्रयोग पनि गर्छन् । तर त्यसको प्रयोग सुचना खोज्ने भन्दा पनि च्याटमै रमाउनेमा छ । गत बर्ष फिनल्याण्ड अध्ययन गर्न आउनेहरु कतिपयले प्रती ब्यक्ती रु. १ लाख काठमाण्डौ अबस्थित कन्सल्टेन्सीलाई बुझाए तर फिनल्याण्डमा अध्ययन निशुल्क हो भन्ने कुरा कहिल्यै इन्टरनेटमा खोजेनन । २ महिना अगाडि एउटा साथीसग कुरा भयो, उ क्यानाडा जाने शुरमा रहेछ । अनी आइ-२० को लागि कन्सल्टेन्सिलाई २० हजार बुझाएछ । तर अनलाइन फारम भरेर आफ्नो डकुमेण्ट पठाको एक महिना भित्र प्राय जुनसुकै युनिभर्सिटिले पनि त्यस्को निर्णय गर्दछ ।

अझ बिदेशमै रहेकाहरु पनी इन्टरनेटको प्रयोग भनेको च्याट नै मात्र हो कि जस्तो गर्छन् । गुगल म्याप ले गल्ली गल्ली देखाउछ । अझ घर नम्बर समेत ठ्याक्कै दिन्छ , तर हामी भने कोही चिनेको मान्छे साथ मै गएर देखाइ दियोस भने जस्तो गर्छौ । बिदेशमा बसेर एउटा लेभलको पढाई सकिन्छ , अनी के गर्ने भन्ने सबै को ध्याउन्न हुन्छ । तर इन्टरनेटमा गएर अरु देशमा कती को संभाबना छ भन्ने कुनै खोजखबर नै गरिन्न । थेसिस लेख्ने कतिपय आर्थिक अभाबका कारण छटपटी राखेका हुन्छन , तर खै कहिल्यै पनि गूगल या अन्य सर्च रुममा गएर खोज्ने गरिदैन । अनी पाउनेहरुले पनि लुकाउने चलन यथावत नै छ हामी माझ ।

लाखौं खर्च गरेर बिदेश जाने चलन छ । सकभर अङ्रेजी बोल्ने नभये दोश्रोमा यूरोप वा एसियाकै बिकाशित देशहरु लक्ष्य बनेको छ । इन्टरनेटका कुना कुनामा छात्रब्रित्तीहरु छरिएर रहेका छन । हामी मध्ये कमैको मात्र ध्यान त्यता गएको छ । दुई चार शब्द मिलएर लेखेर छात्रब्रित्तिको फारम भर्नु भन्दा बैँकमा कागज कसरी मिलाउने भनेर दौडिननै लाग्छौ। ति कन्सल्टेन्सीहरुलाई पैसा खुवाउनु को साटो किन सर्च इन्जिनहरुमा दुई चार शब्द लेखेर हामी खोज्न सक्दैनौ । कन्सल्टेन्सिहरुमा भिड देख्दा लाग्छ तिनिहरु बिना युनिभर्सिटिमा भर्ना नै हुँदैन ।

Friday, May 15, 2009

घुस खाने कर्मचारी, दु:ख पाउने दुर्गम

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका राजु गोर्खालीलाई प्रहरीले समेत चाल नपाउने गरी सुटुक्क सुनुवाई गरी एकै दिनमा सबै प्रक्रिया पूरा गराई साधारण तारेखमा छोड्न आदेश दिने जिल्ला अदालत काठमाडौंका न्यायाधीश हेमराज पन्तलाई कालिकोट सरुवा गरिएको छ। नक्कली कागजातहरुलाई राम्रोसँग परीक्षण नगरी पैसाको लेनदेनको आधारमा अपराधी छुटाइएको आरोप लागेका पन्तलाई कुनै कानुनी कारबाही नगरी अघोषित सजायको रुपमा दुर्गम जिल्ला कालिकोट पुर्‍याइयो। अब कालिकोटका जनताले पन्तको ‘स्वतन्त्र’ न्याय पाउने भएका छन‌्। यो त एउटा उदाहरण मात्र हो, पन्त जस्ता कारबाही स्वरुप दुर्गम पठाइएका सरकारी कर्मचारीहरु पूर्वमा खोटाङ, सोलुखुम्बु , मध्यमा रामेछाप, पश्चिममा मनाङ, मुस्ताङ , मध्य पश्चिममा कर्णाली र सुदुरपस्चिममा बझाङ जस्ता जिल्लाका सरकारी कार्यालयहरुमा प्रशस्तै भेटिन्छन् ।
यस्ता कर्मचारीहरुको मनस्थिति नै कस्तो छ भने -
(१) सरकारले हामीलाई दुर्गम भेगमा काम गर्नको लागि नभै सजाय भोग्न पठाएको र

(२) जती गल्ती गरे पनि सरकारले दिन सक्ने सजाय भनेको दुर्गममा सरुवा हो । यहाँ त पठायो भने अब त पठाउने ठाउँ नै कहाँ छ र ?

हो, यही सोचाइ लिएर दुर्गम पुगेकाहरु कहिले दुई वर्ष पुग्ला भनेर दिन गन्दै बस्छन्। किनकि दुई वर्षमा त अनिवार्य सरुवा, त्यै पनि दुर्गममा बसेपछि सुगममा पठाउनु पर्ने । यो सांकेतिक कारबाही उनीहरुलाई दण्डभन्दा पुरस्कार नै भएको महसुस गरिएको छ। कति त भएको संचिती बिदा लिएर हाजिर हुन एक पटक र रवाना बुझ्न अर्को पटक पुग्छन‌्। तर त्यही बस्नेहरु भने फेरि अर्को चलखेल थाल्दछन्।

दुरदराजका जिल्लाहरुमा विकास चुहिने मात्र, चुहेको पनि हानाथापले दशतिर छचल्किने अनि उचित सुपरीवेक्षणको पनि अभाव हुने हुँदा, अनि दुर्गमको अशिक्षा र गरिबीको कारण त्यस्ता कर्मचारीहरु दुर्गम जिल्लाहरुलाई अझै उर्बर मान्छन्। तर ती जिल्लाहरु भने दिनदिनै मरुभूमि बन्दै गएका छन‌‌्। अझ सरकारी कामको सिलसिलामा १-२ दिनको बाटो धाएर आउनु पर्ने अवस्था, नकरात्मक मनस्थिति भएका कर्मचारीहरुको बाक्लो उपस्थितिले गर्दा धेरै दिन सदरमुकाम बस्नु पर्ने वा पैसा खुवाउनु पर्ने बाध्यता छ दुरदराजका बासिन्दाहरुलाई । दुर्गम क्षेत्रमा सरकारी कर्मचारी पठाउदा आइपर्ने अनेक शक्तिकेन्त्रहरुको दबाब झेल्न भन्दा खराब काम गर्नेहरुलाई पठाउने प्रशासनिक सजिलोपनाले दुरदराजका बसिन्दाहरु पिल्सिएका पिल्सिएकै छन । तर तिनै क्षेत्रबाट चुनाव जितेर बनेका सांसद र मन्त्रीहरु समेत आफ्नो मान्छेलाई सुगममा ल्याउन खोज्छन र आफ्नै क्षेत्रलाई हेला गर्छन् ।

किन बन्ने दुरदराजका जनताहरुले ती नालायक कर्मचारीहरुको सजायको भागीदार ? राज्यले गलत काम गर्ने कर्मचारीलाई कि दुर दराजका निमुखाहरुलाई सजाय दिएको हो ? के दुर्गमका जनताहरु प्रती राज्यले गर्ने व्यबहार यही हो ? यो एउटा जटिल सवाल बनेको छ । पन्तको सरुवाले काठमाण्डौ हास्न सक्ला, तर कालिकोट रोएको खै किन कसैले नदेख्ने? त्यस्ता कर्मचारीलाई तत्काल निलम्बन वा बर्खास्ती गर्ने नियम कानुन किन छैन ? अब को नयाँ नेपालको संरचनामा यो सवाल गम्भिर रुपले उठाउन पर्ने देखिएको छ । “लोकसेवा उत्तिर्ण गरेको सरकारी कर्मचारीलाई कालले बाहेक कसैले हटाउन सक्दैन” भन्ने ठट्टा के नेपालको सन्दर्भमा सधैं अमुक सत्य बनेर रहने नै हो त ?

साभार : http://www.mysansar.com/temp/833.html

Tuesday, May 12, 2009

कहाँ छ नागरिक समाज ?

दोश्रो जनआन्दोलनको शान्तिपूर्ण शुरुवातमा नागरिक समाजको भूमिका महत्वपूर्ण रह्यो । दलहरुले जनमत जुटाउन नसक्दा नागरिक समाजको अग्रतामा भएका जनसभाहरुले तानाशाही राजातन्त्र बिरुद्ध जनतालाई सडकमा ओराल्न महत्वपूर्ण भूमिका खेल्यो । जनता जुटाउने देखी नेताहरुलाई खबरदारी गर्ने काम सम्ममा नागरिक समाजले बेग्लै छाप छोड्यो । कृष्ण पहाडीको धाराप्रबाह अनी अर्जुन पराजुलिका चोटिला कबिताहरु सगै रुबिन गन्दर्भका गीतहरुले उर्जा थप्यो , अनी शुरु भयो लोकतन्त्रको लडाईं र त्यसइको प्रतिफल स्थापना भयो गणतन्त्र ।

गणतन्त्रको स्थापना पछी अझ भनौ संबिधान सभाको निर्वाचन पस्चात नागरिक समाज निस्क्रिय बन्यो । बेला बेलामा झुल्कियो समयमै संबिधान बनाउनु पर्छ भनेर । हिजो राजातन्त्र बिरुद्ध आवाज घन्काउनेहरु नेताहरुको अगाडि निरिह साबित हुँदै गयो । संबिधान सभामा प्रतिनिधित्व गर्ने अबसरबाट पन्छियो र दबाब समुहको रुपमा रहने निर्णय गर्‍यो । तर माओवादी अराजक गतिबिधिको मुकदर्शक भएर बस्यो नागरिक समाज । पत्रकार बिरेन्द्र शाहको हत्या , रामहरी श्रेष्ठको हत्यारा खुल्लेआम हिंडेको घटना अनी अनेकौ हिंसाको साक्षी मात्रा बन्यो नागरिक समाज । माओवादी सत्तामा आयो , उनिहरुबाटै युद्धकालमा जगा लुटिएर आन्तरिक शरणार्थि भएका हरु घर फर्किन पाउने माग राख्दै ओर्लिये , मुखमा बुजो लगएर बस्यो नागरिक समाज ।

केही दिन अगाडि एक्कासी झुल्कियो नागरिक समाज - नागरिक सर्बोच्चता स्थापना गर्न । राष्ट्रपतिले संबिधान मिचे भनेर । सेनापती प्रकारअणमा दुइ हप्ता सम्म देश अन्यौलमा रह्यो । सदनमा उपस्थित एक बाहेक अन्य कारीब दुई दर्जन दलहरु सेनापती कारबाहीको बिपक्षमा रहे । माओवादीलाई सहमति बिना निर्णय नगर भन्नु को सट्टा उल्टै उस्को असंबैधानिक निर्णयको मतियार बन्यो नागरिक समाज । राष्ट्रपती माथि जासुसीको आरोप लगायो । बिचरा राष्ट्रपती अनौपचारिक छलफल भनेर मन पेट खोले , तर उल्टै ति पाखण्डी हरुले नकरात्मक प्रचार बाहिर ल्याएकी राष्ट्रपतिमा सत्ताको भोक जाग्यो भनेर । अनी माओवादीको लोलिमा बोली मिलाये - नागरिक सर्बोच्चता जिन्दाबाद र आँखा चिम्ले वाइ सि एल उद्दन्डतालाइ, चटक्कै बिर्सिदिये आफ्नै सेना राखेको त्यो दल को नियतलाई जो सत्तामा भएर पनि आफुलाई बारम्बार बिद्रोही घोसित गर्दछ ।

राष्ट्रपती निवास घेराउ भोलिपल्टै क्रान्तिकारी प्रचन्डको भिडियो टेप सार्वजनिक भयो । जसमा सेना माओबादीमय बनाउने देखी लिएर कसरी सहिदको पैसा हतियार किन्ने सम्मका योजना थिए । तर ति नागरिक समाज भनाउदाहरु मौन रहे । यत्रो संबेदनशिल बिषयमा चूपचाप् बसे। सारा देशले उत्तर खोज्यो , माओवादी निरुत्तर भये तर ति कथित नागरिक समाजका प्रतिनिधिहरु दुलो भित्र पसे । आज देशको हरेक कुना कुना बाट माओवादी इतरका ब्यक्ती हरु लखेटिदै छ , लाग्छ जिग्मी सिङ्गेले नेपाली मुलकाहरुलाई दुई दशक अगाडि भुटानबाट लखेटेको घटना दोहोरीरहेको छ । तर पनि ति नागरिक सर्बोच्चताको दुहाइ दिनेहरु मौन छन , लाग्छ अहिले बिदेश पलायन भएका छन ।

नागरिक सर्बोच्चता भनेको खगेन्द्र संङ्रौलाको नकरात्मक सोच होइन शायद, न त यो वाइ सि एल उद्दन्डता नै यो । यहाँ हरेक नेपाली ले आफ्नो बिचार राख्न पाउनु पर्छ अनी जिउने स्वतन्त्रताको ग्यारेन्टी हुनु पर्छ । क्यन्टोनमेन्टमा गएको एक एक रुपैयाको हिसाब हुनु पर्छ । यहाँ राष्ट्र संघको क्षमता माथि प्रश्न खडा भयो अनी ति नागरिक समाजको मुखुन्डो धारीहरुको अनुहारमा धब्बा लाग्यो । हे कथित नागरिक समाजहरु , नागरिक सर्बोच्चता स्थापना गर्छौ भने पहिला रामेछाप र अर्घाखाँची को आराजकता रोक , सक्छौ भने राष्ट्रको सम्पत्ती खाने रजानैतिक् पार्टिको आयोग्यहरुलाई निकाल । होइन भने मखुण्डो लगाएर नहिड ।

Saturday, May 9, 2009

ढोल र झ्याम्टाको तालमा बेलायत साकेलामा झुम्दा


सिन्कौली सेउली सेलेले , चण्डी है नाचु पेलेले, सोइ सोइला हो सोइ सोइला -
बेलायतको अल्डरशोट अबस्थित मैदानमा बैशाखे पुर्णिमाको दिन उभौली (साकेला)मनाउन ढोल र झ्याम्टाको तालमा सैयौ किरात राइहरु सम्पूर्ण पिडा भुलेर दिन भरी झुमे । लाग्थ्यो त्यहा पुर्बी पहाडको बस्तीहरु बसाइ सरेर आएको छ , धरानको भानु चोक र ललितपुरको नखिपोट त्यही प्रतिबिम्बित भै रहेको छ । बर्षमा दुई पटक उभौली (बैशाखे पुर्णिमा) र उधौली (मंसिरे पुर्णिमा) मनाउने किरात राइहरु पहाडको जस्तो चुला पूजा र साकेला थान पुज्ने नभये नि उस्तै गरी झुमी रहेका थिए । युरोपको ब्यस्त जिबनबाट फुर्सद लिदै आफन्तसग खुशीयाली साट्दै थिए अनी आफन्त खोज्दै थिए – “सोइ ढोले सोइ अर्को ढोले खोइ ।“

प्रकृतिको पूजा गर्न मनाइने यो चाडलाई भुमी पूजा पनि भनिन्छ । सगरमाथालाइ आफ्नो शिर मान्ने राइहरु आजको दिन लाई आफन्त भेटघाटको रुपमा पनि लिन्छन , त्यसैले त शिलीमाङ्पा (नाचको लय निकाल्ने नाइके) को तालमा गाउछन – “शिरैमा हाम्रो चोमोलोङ्मा , भेट भयो आज यो दिन मा , सोइ सोइला ।“ इष्टमित्र साथी भाई धेरै समय पछी भेटघाट भाको खुशीयालीमा ढोलसगै उफ्रिन्छन । अनी सिलिमाङ्पा पनि रौसिन्छन अली चड्के शिली निकाल्छन , यता नाच्ने हरु खुशी हुन्छन – “रातो भाले रेटेको बल्ल बल्ल आजै भेटेको ।“


साकेलाको शुरुवात पारुहाङ र सुम्निमा (किरात राइ हरुको देबी देउता) को प्रेम कथा बाट शुरु भएको भन्ने किम्बदन्ती पनि छ । त्यसैले त किरात राइ युबा युबतीहरु आफ्नो माया पोख्ने अबसर पनि ठान्छन साकेवालाई । गाउ बाट शहर हुँदै बिदेश पुगेको साकेला समय सगै आधुनिक पनि बन्दै गएको छ । त्यसैले त साकेलालाई पनि रिमिक्सको हावाले छुदै छ अनी युबा समुह गाउछन – “तिते करेली तितेकरेली नझिम्क्याउ बैनी हाम्लाई परेली , सोइ सोइला ।“ यता मायालु नपाउनेहरुको पिडा पनि गीतबाटै ब्यक्त गर्छन् – “माछा पानीमा माछा पानीमा , रहरै भै गयो जिन्दगानीमा सोइ सोइला ।|”

गोर्खा सैनिकहरुलाई आबासिय स्विक्रिती दिइसकेपछी बाक्लिएको राइ समुदायको कारण यहा भिडभाड निकै देखिन्छ । प्राय अधबैसे र युबाहरुको भिड देखिन्छ । बुढापाकाहरु निकै पातलो नै छन । संस्कृतिलाई बचाउन पनि सकिने मनोरन्जन नि हुने, त्यसैले युबाहरुमा जोश छ । चौर गुनिउ चोलीमा ढपक्कै ढाकिएको छ । तर मायालुले धोका दिएको गुनासो गर्ने हरु पनि छन - "डल्ले खुर्सानी डल्ले खुर्सानी , लाउ माया भन्थेउ ढाटेउ पोहोर पनि ।"


आफ्नो जन्मस्थान भन्दा हजारौ कोश टाढा रहेको यो ठाउमा भबिश्य बुन्नको लागि आफन्त , मायालुबाट टाढा हुने हरुको नि कमी थिएन यहाँ । नाचको थकाई सगै कतै टाढा मायालुले गुनगुनाको अनुभब गर्नेहरु पनि धेरै थिए – “मलाई खोज्नु भयोकी एक्लै सकेवामा, हजुरको तस्बिर आयो गलैचामा।“ अनी यो भाबनात्मक क्षणलाई तत्काल भुल्न खोज्छन । त्यो भिडमा अरु पनि धेरै पारीचित पनि छन कि भन्दै खोज्दै हिंड्नेहरु पनि धेरै देखिन्छन । अली टाढाबाट जाने हरु चाडैनै फर्किने तरखरमा हुन्छन । बिदावारि हुँदा हुँदै फेरी चिनजानको अरु पनि भेटिन्छन् । एक क्षण नाचिदिउन त भनेर उफ्रिन्छन – “हलेसी थानको महादेब , दिन भरी खोजे कहाँ थेउ सोइ सोइला ।“

जती रमाइलो भये पनि समयलाई रोक्न नसकिने । लाग्थ्यो आजको दिन नै नढलोस । तर प्रकृतिको नियम छुट्टीनै पर्ने । आयोजकहरु भन्दै थिए अब सक्नु पर्छ । अनी ढोल र झ्याम्टाको आवाज चर्को हुँदै गयो, सिली पनि अली छिटो छिटो हुन थालयो , कोही सेउली (मैदानको बिचमा राखिएको रुख) लडाउन थाले । एक कुना बाट गुन्जियो " सम्झना चिनो साटौला, आघौको चण्डिमा फेरी भेटौँला सोइ सोइला " ।

माइ संसारबाट http://www.mysansar.com/temp/709.html

Sunday, May 3, 2009

हातले भात खानै मज्जा




जर्मनिको दक्षिणी भागमा अबस्थित त्यो सानो शहर जुन झन्डै फ्रान्स र स्विजरल्याण्डको सिमाना पनि थियो , अलिकती न्यानो, विश्वबिद्यालयका बिद्यार्थीहरुको बाहुल्यता भएको युबा शहर, फ्रेइबर्ग, सानो तर सुन्दर थियो । नजिकै रहेको विश्व प्रसिद्ध black forest, शहर भरी छरिएका विश्वाबिद्यालयका बिभागहरु लाग्थ्यो यो शहर नभयर विश्वबिद्यालय मात्र हो । करीब एक दर्जन नेपालीहरु- विद्यार्थी देखी घर गृहस्थी सम्म , भेटघाट बाक्लै थियो । नेपाली जमघट गर्नु को लागि छलफल गर्न पर्दा भेट्ने ठाउँ तय हुन्थ्यो शहरको मध्यभाग , जहाँ एउटा सालीक थियो , घोडा चढेको योद्धाको , अनी नाम राखेको थियौ घोडा चोक । अलिक माथि थियो पूजाको नेपाली सामानको पसल । बेला बेलामा डेर्सडनबाट घुम्न आउने सविनले नाम राखिदिएको थियो "ठमेल" ।

२००८ को शुरु सम्ममा थोरै मात्र संपर्कमा थियौ । प्राय हरेक हप्ता जम्मा भएर केही न केही नेपाली खाना खान्थ्यौ । नयाँ नयाँ पारीकार पकाउन अन्जला र म खुबै हौसिन्थ्थ्यौ अनी लागथ्यौ इन्टरनेटमा खोज्न रेसिपी । अच्युत जे गर्न नि अगाडि तम्सिने अनी हडबडमा गर्ने केही न केही बिगार्ने त्यसैमा मजा थियो । कहिलेकाही सप्ताहन्तमा घोडाचोकको वारीपरिका बारहरुमा भेथ्यौ अन्जला , पूजा र म । अनी पूजा र मेरो घण्टौ कुरा हुन्थ्यो नेपाली खानाको । थुक निल्दै कुरा गर्थ्यो , अन्जला चाँही जहिले मुसुमुसु हाँस्दै सुन्ने ।



शंकर जि खुबै जोसिलो । बोल्न र केही गर्न अघी सारीहाल्ने । मनोज जि अली गम्भिर प्राय फुर्सद नहुने । तर कमलाको ति निर्दोशपनाले पनि खुबै हसाउथ्यो । उस्ले प्रयोग गर्ने "होइ" हासो मजाकको बिषय हुन्थ्यो भने पूजाको " हुन्द्राट पर्सेन्ट"। सुन्दर दाई सार्है फुर्तिलो अझै पनि टीन एजर जस्तो हर्कत । यसै बिचमा भेट भयो उर्मिला दिदी को परिवार र मधु । उर्मिला दिदी गम्भिर , व्याबहारिक अनी साह्रै मिजासिलो । दिदी सग बसेर सुख दु:खका कुरा गर्दा छुट्टै आनन्द । अनी खाना पनि खुबै मिठो पकाउनु हुने । दिदी को छोरी पूजा (सानो पूजा पनि भन्ने गर्थ्यौ)साह्रै झुक्क्याउने । घरमा फोन गर्दा आमा बनेर झुक्क्याउने , खुबै रमाइलो हुन्थ्यो ।

अनी त्यही हुर्केको छोरा सिद्दार्थ, मेरो जर्मन भाषा गुरु । जर्मनिमै हुर्किए पनि उस्को नेपाली लगाब , जानी नजानी गाउँने हिन्दी गीत र ॐ माने पेमे हुँ ले बातावरण नै रोमान्चित बनाउथ्यो । अझ हातैले भात खान खुबै मन पर्ने । मधुलाई जिस्क्याउन खुबै रमाइलो मान्थ्यो । शाकाहरी भए पनि खुब रमाइलो मान्दै नेपाली जमघटमा रम्ने मधु । भेट हुँदा खुबै हावा हावा कुरा गर्दै बस्थ्यौ । अझ तिहारको बेला मोबाइल को माध्यम बाट खेलिएको देउसी साह्रै रमाइलो अनी अरुको आशा भन्दा बाहिरको थियो ।


२००८ को दसैं को जमघट हुँदैथियो दुई जना नयाँ भाई हरु आए - दिपक र सुबर्ण । शुरुमा दुबै लजालु तर पछी के बयान गर्ने । अनी आइपुगे भुपेन्द्र र कृष्ण । कृष्ण अली काम बोल्ने, बुझ्नै गाह्रो । भुपेन्द्रको उही फरेस्टर चाला । खुबै जमघट हुन्थ्यो उस्को कोठामा । तिहारको भेटघाटको छलफल हुँदै थियो , लक्की आइ पुग्यो । भन्दै थियो , घोडा चोकमा बसेर शिखर चुरोट तान्दै गरेको एकजना आएर सोध्यो नेपाली रहेछ । ति थिए प्रदिप दाई, नेपाली खोज्दै भौतारिदै हिंडेको , नेपाल बाट घुम्न आएको ब्यापारको सिलसिलामा । लक्की खुब हास्ने , अनी प्रदिप दाई खुबै रमाइलो ।


सुन्दर दाइको कोठामा भेला भएर गाईएको ति प्यारोडी गीत हरुले , अन्जलाले नयाँ नयाँ एक्सपेरिमेन्ट गर्दै पकाउने खानाहरुले फ्रेइबर्ग बसाइलाई जिबन्तता दिएको थियो । खुर्सानी हालेर चिकेन पकाउदै भात खान जम्मा हुने योजना बनाउन लाई "पिरो" भन्थ्यौ । खुबै मिठो हुने हातले खादा । सबै जना जम्मा भएर नेपाली खाना पकाउदै कुरा गर्दा आफ्नो जन्मभुमी भन्दा हजारौ कोस टाढा रहदा पनि आफ्ना दु:ख पिडा भुल्थ्यौ । आ आफ्नै बाध्यताले बिदेशिए पनि एउटा परिवार बनाएका थियौ ।


जिन्दगीमा दु:ख सुख यस्तै रहेछ । यो यान्त्रिक शहरमा पनि आफ्नै गुन्द्रुक र भात अझै हातले खानु अनी बेला बेलामा दोहोरी गाउँनु नै रमाइलो हुने रहेछ । सबैको आफ्नै बिचार हुन्छ , सबैले सबैको बिचार मान्नु पर्छ भन्ने होइन , तर सम्मान गर्ने हो । कसैले कसैलाई केही दिन पनि सक्ने पनि होइन अनी आशा गर्नु पनि राम्रो होइन । तर आफ्नो दु:ख पिडा भुल्न साटासाट गर्ने आत्मियता बढाउने त्यही नै रहेछ जिन्दगी को सार । समयको बहाब सगै जहाँ पुगे नि ति दिन हरु सधैं जिन्दगी को एउटा पाटो , भोगाइ अनी सिकाइ बनेर रहने छ ।
Missing you all freiburgers.

Friday, May 1, 2009

कहिले आउँला त्यो दिन

"ठुला ठुला महल होइन ।।।।।।।" कर्ण दासको यो गीत असाध्यै मर्मस्पर्शी लाग्छ । शान्ती सम्झौता हुन भन्दा पहिला सम्म खुब सुन्ने गर्थे । द्वन्दको मारमा नेपाल फसिरहेको समयमा पुर्बी पहाडी जिल्लाहरुमा अफिसको कामले जादा यो गीतले धेरै पटक मेरो यात्रामा साथ दिएको थियो । यो गीत सुन्ने बित्तिकै अलीकती भाबुक हुन्छु, अनी सम्झन्छु कहिले होला यो गीतले भनेको जस्तो ? कहिले के होला भन्ने मनमा आशंका लिदै बाटोमा भेट्ने आफ्नै दाजु भाई माथि शशंकित हुँदै गाउ गाउ घुमेको त्यो क्षणमा कल्पना गरेको थिए अब त शान्ती आए पछी यो गीत जस्तै दिन आउने छ ।

बन्दुक समाउने त्यो हातले कलम समाइ शान्ती को प्रतिबद्दता जनाउदै अन्तरराष्ट्रिय सभाभबनमा हस्ताक्षर गरेको दिन साचिकै गौरबशाली थियो । स्विडेनको बन एजेन्सिमा त्यो दिन नेपाल प्रती सद्भाब राख्ने एकजना मित्रले मेरो लन्च को पैसा तिरिदिएको अझै सम्झन्छु । केही आशा थियो अब पक्कै नयाँ नेपाल बन्ने छ् । कर्ण दासका जस्तै यस्ता सुमधुर गीतहरु ईतिहासमा एउटा सन्देश भएर रहनेछ । गत बर्ष अनुसन्धानको सिलसिलामा दार्जिलिङ रहदा संबिधान सभाको चुनाव हुँदै थियो । सबै दार्जिलिङ्गे हरु गोर्खाल्याण्ड को आन्दोलन सगै नेपालको चुनावलाई नियाल्दै थिए । जंगल भित्र काम गर्दा गर्दै MP3 को एक कुनाबाट यो गीत बज्थ्यो । अनी सोच्थे यो गीत अब बज्नु पर्दैन ।

चुनाव पछी केही असमझदारि भयता पनि द्वन्दको नेत्रित्व गर्ने माओवादी सत्तामा पुग्यो । लाग्थ्यो बिशाल छाती लिएर बिद्रोहमा उत्रिएको ब्यक्तीलाई सारथी पाएका छौ । त्थ्याङ्क संकलन पछी जर्मनी फर्किदा सबैले सोध्थे राजा हटाको , माओवादी सत्तामा पुगेको अनी नयाँ नेपालको पारीकल्पना हरु । कती कुराहरु हुन्थे संघियतामा देश कसरी जाला , बन क्षेत्रलाई कसरी समेट्ने । कोही साथीहरु छुट्टै अनुसन्धान गर्नु पर्छ , एउटा प्रोजेक्ट तयार पारौ । सबै भन्दा कान्छा गणतन्त्रको देश , सगरमाथाको देश घुम्ने रहर सबैलाई थियो । भन्नु पर्दा एउटा छुट्टै उमङ्ग , थियो ।


तर सबै आशा निराशामा पारीणत भये । रामहरी मारिए ,अनी थुप्रै हत्याको श्रिङ्खला चल्यो , सबैमा वाइ सि एल को संलग्नता । ठाउँ ठाउमा खुल्लेआम भिडन्त भये । पात्र हरु थिए वाइ सि एल र युथ फोर्स । अपराधी हरुले झनै राजनैतिक संरक्षण पाउदै गए । खुल्लेआम अपहरण र हप्ता असुली हुँदै गयो । परिवर्तनका नाममा जताततै हस्तक्षेप हुन थाल्यो । सरकारी संयन्त्रहरु लथालिङ्ग पार्न थालिये । पूजारी काण्ड देखी सेनापती प्रकरण सम्म अै पुग्दा देश फेरी अस्तब्यस्ततामा पुग्यो । फेरी एउटा युद्धको मोडमा पुग्यो ।

अनी फेरी कर्णदासको त्यही गीत सम्झिये । एक दिन इन्टरनेटमा चल्दा चल्दै फेसबुकमा पनि राखे । नोट लेखे " हाम्रा नेताहरुले कहिले बुझ्ने यो गीत को भाब " । धेरै साथी हरुले यो गीत सम्झाएको मा धन्यवाद दिये । एकजना भाईले लेख्यो " यो गीत अझै पनि समय सान्दर्भिक बन्नु हाम्रो लागि दुर्भाग्य हो " । साचै नै , हामीले त्यो झन्डै दुई दशक लामो झेलेका दु:खहरु बिर्सियौ , आफन्त गुमाएका ब्यथाहरु भुलेउ , आफ्नै देशमा शरणआर्थी भएको कथाहरु लाई लुकायौ । केही हुन्छ कि भन्ने आशामा । कती आशाबादी थियौ हामी नेपाली हरु । तर त्यो आशा ।।।।। अझै पर्खिनु पर्नेछ त्यो दिन कहिले आउँला भनेर । आशा गरौ ति गीतहरु फेरी फेरी बजाएर भबिश्य कल्पना गर्न नपरोस ।


Saturday, April 25, 2009

प्रतिबिम्ब उही

शान्ती सम्झौता भयो रे ,
हामीलाई रैति बनाउने श्रिपेचधारीले दरबार छोडे रे
तर खै ,
हुम्ला भोखमरिमा त्यसै गरी छटपटाइ रहेछ
शहरहरु काकाकुल जिइरहेछन ,
बम र बारुद पड्कन छोडेको छैन
आफ्नै देशमा शरणार्थी हुन कैयौ वाध्य छन
सडकमा बालिएका निर्दोश टायरहरुको ब्यथा कसले बुझिदिने
भत्काइेका सालीकहरु ईतिहासका कालखण्ड हुन भनेर कसले बुझाईदिने ।
वानहरुमा बिभक्त नया नेपालको मनचित्र ले
भक्ती र अमर सिंहहरु आँफैलाई गिज्यायको अनुभव गर्दा हुन
शहिद लिष्टमा आफ्नो नाम खोज्दै लखन थापाहरु
आफ्नो प्रणोत्सर्गमा आत्मग्लानि गर्दा हुन् ,
तर के थाहा उनिहरुलाइ यो नया नेपाल भनेर
प्रिथ्बि नारायण बिस्तारबादि घोषणा गरिए
कुनै दिन भानुभक्त लाइ
सामन्ति खस भाषाको पक्षपोषक भनेर यथास्थितिबादि घोषणा गरिन्छ
त्यसैले त ,
तराइमा शोषित पिडित मधेशिको आवाज बन्दुकले बोल्छ
ड्याम्म गोलि पड्किन्छ - एक मदेश एक प्रदेश
प्रतिकारमा टायर बल्छ थारुहटमा
उता चियर्स गर्छन् उपेन्द्र र बिजय ।
पुर्बि पहाडमा बच्चा च्याहा गर्छ - लिम्बुवान
नेवा राज्यले राजधानि तातिन्छ
गाउगाउबाट ताम्सालिङ् र खम्बुवानहरु उठछन्
तागाधारि भनिनेहरु थर्कमान हुन्छन्
यता दाहाल, कोइराला र खनालहरु
भागबण्डाको क्याल्कुलेटर थिच्छन् ।
जब अपराधीहरु पार्टिको झन्डा बोक्दै खुल्लेआम हिड्ड्छन
यथास्थितीबादी र अग्रगमणकारीहरु तथास्तु भन्दै
आफ्ना नन्दी भ्रिङ्गगीहरुलाई ताण्डब नचाउन
कहिले विश्वबिद्यालयको प्राङ्गणमा पठाउछन
कहिले काली र ऋषिहरु जप्दै शक्ति पुजा गर्छन्
अनि हामि टुडिखेलमा नारा घन्काउछौ
यथास्थितिबाद मुर्दाबाद ।
अग्रगमण जिन्दाबाद् ।।
आफ्नो छायासंग आफै तर्सियेर
भद्रकालिमा धावा बोल्छौ
बिरालोको घाटिमा घन्टि बाध्न
दिल्लिमा बार्ह बुदे गर्छौ
आफु आफु नमिल्दा उत्तर र दक्षिण धाउछौ
आफ्नै मौलिक कार्यक्रम भन्दा
अर्काको सामु झोलि थाप्दै उनिहरुकै इशारामा काम गर्छौ
धान खादा खादै भकारि प्वाल परेको पत्तो नपाउने मुसा झै
आफ्नै घरमा प्वाल पारेर अरुको बिचारा पाउन गर्ब गर्छौ
अनि जताततै रास्ट्रबादि राग अलाप्छौ
बिदेशि हस्तक्षेप् मुर्दाबाद ।।।

Friday, April 24, 2009

सेनापती प्रकारणमा माओवादी नियत


सेनापतीको स्पष्टीकरण प्रकारणले यो हप्ताको राजनैतीक तापक्रम झन्डै बोइलिङ पोइन्ट मा पुर्यायो । जनबिद्रोह देखी सैनिक कु सम्मका हल्ला चले भने राष्ट्रपती समेत बिबादमा तानिये । राजनीतिक दलहरु बिच चरम ध्रुबिकरण हुन पुग्यो । माओवादी मैदानमा एक्लो देखियो भने सत्ता साझेदार एमाले र फोरम आन्तरिक बिबादमै अल्मलिये । राजादुतहरुको चलखेल एक्कासी अक्कास्सियो भने यो प्रकारणमा नयाँ खेलाडी देखिये रथी कुल बहादुर खड्का । सरकारी आदेश अबज्ञा गरि नागरिक सर्बोच्चतालाइ चुनौति दियेको भनेर ३ बिषयमा स्पष्टिकरण सोधियेको घटना सरसर्ति हेर्दा सरकारको अधिकार क्षेत्रभित्र भयेता पनि स्पष्टिकरणको बिषयबस्तु हेर्दा सरकारको नियतमा शन्का गर्ने ठाउ प्रशस्तै देखियो ।

सोधियेका ३ बिषयबस्तुहरु आफैमा सरकारको भुमिका बिबादास्पद छ । नय सेना भर्ना बिषयमा सरकार आफैले समयमा स्पष्ट निर्देशन दिन नसक्नु रक्षा मन्त्रिको कमजोरि देखिन्छ । अझै अन्मिनले यो शान्ति सम्झौता बिपरित हो भनेर भनेपछि मात्र सेना भर्ना प्रक्रियाको बिरोधमा जाने माओबादिहरुलाइ आफैले हस्ताक्षर गरेको शान्ति सम्झौताको जानकारि नभयेको जस्तो देखियो । अदालतमा बिचाराधिन मुद्दाको रुपमा देखिएको आठ जनरल् को प्रकरणको बिषयलाइ मुद्दा बनाउनु के स्वतन्त्र न्यायपालिका माथि सरकारि हस्तक्षेप भएनर ? माओबादि लडाकुहरुले भाग लिएको खेलमा किन समाबेश नगरेको भनेर प्रश्न शोध्नु प्रचण्ड आफैलाइ लाजलाग्नु पर्ने बिषय हो । पाचौ रास्ट्रिय खेलकुद् नियमावलिमा उल्लेखित टिमहरु भन्दा नया टिम आयेपछि कुनै पनि खेलाडिले खेल्दिन भन्नु स्वभाबिकै हो । मार्च पास नै नगरियेको टिमलाइ तोक आदेशको भरमा सामेल् गरिनु , रातारात टाइशिट परिबर्तन गर्नु खेल भाबना को बिपरित् छ , यसमा नेपालि सेनाले होइन प्रधानमन्त्रिले स्पष्टिकरण दिनु पर्छ ए उटा पार्टि बिशेषको लडाकुलाइ किन राष्ट्रिय खेलकुदमा हुलियो भनेर ?

सेनालाइ अझै राजतन्त्रकै अबशेष देख्ने प्रधानमन्त्रि र उस्को पार्टि कहिले पनि आफुलाइ सम्पुर्ण नेपाल र नेपालि को प्रतिनिधि हो भनेर पुष्टि गर्न सकेनन् । आफ्ना लडाकुहरुलाइ काखि च्याप्ने , नेपालि सेनालाइ सौताको छोरा जस्तो हेर्ने त्यो युद्धकालिन् मानसिकतामा अझै परिबर्तन् हुन सकेन। जनताको मत् पायेर पनि बन्दुक बाट नै शक्ति कब्जा गर्न खोज्ने मनस्थिति अझै राखेको पाइयो । एक महिना पछि रिटायर्ड हुने जर्नेललाइ काखि च्यापेर नेपालि सेना माथि राजनैतिक हस्तक्षेप गर्न खोज्ने यो कदम सरासर निन्दनिय छ । यहा प्र से कटुवाल सहि छन् कि गलत छन् भन्ने सवाल होइन , यो त राष्ट्रिय सेनामा कुनै पार्टि बिशेषको हैकम जमाउने अनि नेपालि सेनालाइ नेपाल् प्रहरि जस्तो भताभुङ्ग बनाउने खेल भएकोले यस् प्रब्रित्ति को बिरोध गर्नु आबश्यक् देखियेको छ ।

सेनालाइ लोकतन्त्र प्रति निष्ठा छैन भन्ने आरोप सेनाको बिगतका क्रियाकलापले गलत साबित गरिदिएको छ । यदि सेनाले जनभाबनाको कदर नगरेको भए सायद् ज्ञानेन्द्रले त्यति सजिलै नारायणहिटि छोड्ने थियेनन् होला । कति रगतका खोला बग्थे होला । नेपालि सेना राष्ट्रको साझा सम्पत्ति हो । यसमाथि को राजनैतिक हस्तक्षेप कुनै पनि नेपालि लाइ सह्य हुने छैन । हामि अझै पनि नेपालि जनतानै त्यो गरिमामय पदमा देख्न चाहन्छौ न कि कुनै पार्टिको झण्डा बोक्ने लडाकु हरु ।

Tuesday, April 21, 2009

कन्क्रिट चिहान : सस्कृति कि बिकृति ? मारमा परेको छ प्रकृति

किरात र कन्क्रिट चिहान

आफ्नो संस्कृतिको संरक्षण जती गौरबशाली हुन्छ , यस्को बिचलन आफ्नो समाज लाई मात्र होइन सम्पुर्ण राष्ट्रलाइ नै हुन सक्ने रहेछ। देखासिखिमा होस् या अन्जानमा त्यस्ता प्रथाहरुले बिबाद श्रीजना गर्ने अनी प्राकृतिक संरचनामा पनि प्रतिकुल प्रभाब पार्ने रहेछ भन्ने कुरा किरातहरुले पुर्बी नेपालामा प्रचलनमा ल्याएको कन्क्रिट चिहानले देखाएको छ । नेपालमा कुल जनसंख्याको ४ % (करिब् १० लाख) रहेका किरातहरुको किरात धर्म हिन्दु र बौद्ध भन्दा फरक छ । मुन्धुम धार्मिक् ग्रन्थ हो, जुन् अहिले सम्म मौखिक् नै छ । यिनिहरु प्रक्रिति लै पुज्ने र भुमिपुत्रको रुपमा चिनिन्छन् । सुम्निमा र पारुहाङलाइ पुज्छन् भने उधौलि र उभौलि मुक्य चाड हो । हिन्दु धर्ममा जस्तो स्वर्ग र नर्कको परिकल्पना किरात धर्ममा छैन । कालगतिले मृत्‍यु हुने आत्मा साम्खामा र बाल वा युबा अवस्थामा अकालमै म्रित्यु हुनेहरु सोन्चिखामा जान्छ भन्ने बिस्वास् गरियेको छ भने । मृत्‍यु पछी लाशलाई गाड्ने अनी आत्मा माथि उल्लेखित स्थान मा पुग्न सकेन भने भौतारिएर यसले दु:ख दिन्छ भन्ने उल्लेख गरिएको छ ।

बारीका डिलहरुमा अनी जङगलमा म्रित शरीर गाड्ने चलन समयको बहाब सगै कन्क्रिट् चिहानमा परिणत् भयो । धरानको ब्रिटिस् क्याम्पमा रहेको गोराहरुको चिहानको नक्कल् गर्दै बिक्रम् सम्बत् २०२८ साल् तिर धरानमा पहिलो कन्क्रिट् चिहानको निर्माण गरियेको छ जुन् अहिले धरान नगरपालिका क्षेत्रमा मात्र करिब् ७००० भन्दा बढि रहेको छ ।
धरानमा शुरु गरिएको कन्क्रिट् चिहान झापा हुदै पुर्बका पहाडि जिल्ला हरुर काठमाण्डौमा सम्म भेटिन्छ । झापामा बिक्रम् सम्बत् २०३८ सालमा शुरु गरिएको कन्क्रिट चिहान हाल आएर रतुवा माइ ब्रिचारोपण आयोजना को २४,४६५ बर्ग फिट क्षेत्रभित्र मात्रा कारीब १५०० वटा रहेको छ । अझ चिहानलाइ आकर्षक् डिजाइनमा ढालि लाखौ खर्च गर्ने अनि आफ्नो सन्तति एकै ठाउमा मरे पछि पनि गाडिन पाउने आशामा ठुलो ठुलो क्षेत्रमा कम्पाउण्ड बार्ने प्रचलनले पुर्बि नेपालका बन क्षेत्र बिस्तारै मुर्दा शहरमा परिणत् हुदै गएका छन् ।

कन्क्रिट् चिहानको असर्

सामाजिक प्रतिष्ठाको रुपमा चिहानलाइ हेर्न थालिएपछि कन्क्रिट चिहान् बनाउने होडबाजि नै चलिरहेको छ । मुख्यत: पुर्ब - पश्चिम राजमार्गको दाया बाय इटहरि देखि काकडभिट्टा सम्मको जङलमा प्रशस्तै मात्रामा देख्न सकिन्छ । सुनसरिको धरानहुदै झापा पुगेको यो संस्क्रिति हाल किरात् हरु बसोबास गर्ने पुर्बका सबै जिल्लाहरुमा फिजिएको छ । चिहानको आक् आकार् र डिजाइनले उक्त परिवारको आर्थिक् सम्रिद्धि झल्काउने हुनाले ठुलो र आकर्षक चिहान बनाउने प्रतिस्पर्धानै छ । चिहानको लागत् नेपालि रुपैया १०,००० देखि २ लाख् सम्म पर्ने देखियेको छ जब कि नेपालि को अौसत् आम्दनि करिब् २०,००० रुपैया रहेको छ ।

सन् २००१ को जनगणना अनुसार् कन्क्रिट चिहानको अभ्यासगर्ने जातिहरु : राइ , लिम्बु, सुनुवार्, याखा र भुजेलको जनसंन्ख्या १२ लाख् रहेको छ । यसै गर्नी नेपालीहरुको मृत्‍युदर प्रती १००० मा ९।६ रहेको छ। यदी यो अवस्थामा कन्क्रिट चिहान बन्दै जाने हो भने कम्तिमा नि कारीब साँढे ३ हे बन बर्सेनी मुर्दा शहर मा परिणत हुने देखिएको छ । जापानि चिहान्बिद् आमानोले करिब् डेढदशक् अगाडि बनायेको धरानको तस्बिरमा यदि कन्क्रिट् चिहानको यो अबस्था कयमै रहने हो भने आगमि ५ दशकमा धरान् कन्क्रिट् सहरमा परिणत हुने र त्यसको वरिपरि गिद्दहरुमात्र घुमेको देखएकि छिन् । यसरि बनाइ एको पक्कि चिहान् हरुले एकातिर आर्थिक अबस्था कमजोर् भएका हरुलाइ आर्थिक् भार् बढाएको छ भने अर्कोतिर बन बिनाशलाइ सघाइरहेको छ । अझ तराइ क्षेत्रमा रहेको बहुमुल्य सालको जङगल् कन्क्रिटमा परिणत् हुद राजमार्ग छेउका सिमसार क्षेत्रहरुपनि प्रभाबित् भै रहेका छन् भने जैबिक् बिबिधतामा पनि ह्रास आइरहेको छ ।

बिबाद र समाधानका पहल

नब बिकशित कन्क्रिट चिहानको संस्क्रितिलाइ ब्यबस्थित गरि बन संरक्षण् गर्ने तर्फ सम्बन्धित निकायले चासो दिएको देखिदैन । यसको प्रमुख कारण परम्परागत योजना तर्जुमा प्रक्रिया अनि यसलाइ सांस्क्रितिक् मुद्दा मनेर सम्बन्धित निकाय पन्छिन खोज्नुले पनि समस्यालाइ अझ जटिल बनाउदै लगेको छ । परम्परागत चिहान भएका केहि बन् क्षेत्रहरु सामुदायिक बनको रुपमा हस्तान्तरण गरिदा यसले समस्यालाइ झनै चर्काएको छ ।सन्स्क्रितिको रुपमा बिकशित भएको कन्क्रिट प्रथाको ब्यबस्थापन को लागि सम्पुर्ण क्षेत्र एकजुट हुनुपर्ने आबश्यकता देखिएको छ ।

बिक्रम् सम्बत् २०५५ सालमा काठमाण्डौको पशुपति क्षेत्रमा रहेको राइहरुको परम्परागत चिहानलाइ पशुपति क्षेत्र बिकाश कोशले क्रिश्चियनको आरोप् लगाउदै भत्काये पछि किरात राइ यायोखाले आन्दोलनको शुरुवात् गर्यो । फलस्वरुप् भत्काइएका चिहानहरु कोषले पुनर्निमाण गर्ने र यायोखाले कन्क्रिट चिहान नबनाउने भनेर निर्णय गरियो । यसरि प्रारम्भ भयेको कन्क्रिट चिहान नबनाउने अभियानमा पुर्बान्चल बन निर्देशनालयले २०६० सालदेखि अन्तर्क्रिया कार्यक्रमहरु गर्न थाल्यो । जसमा बिभिन्न संस्थाहरुले पनि साथ् दिये । कन्क्रिट चिहान् नबनाउन अनुरोध गर्दै ठाउ ठाउमा होर्डिङ् बोर्डहरु राखिन थालियो ।

आफन्तको मृत्‍यु पस्चात चिहानमा खर्छ गरिने रकम उनिहरुको सम्झनामा सामुदायिक बिकाश कार्यमा लगानि गर्ने कार्यको पनि प्रारम्भ भयो । मोरङ्गमा एक् चिहान् ५ रुख रोप्ने कार्यक्रम् पनि चालियो । कन्क्रिट चिहान् नबनाउने मा सबै सहमत छन् तै पनि समस्या ज्यु का त्यु नै रह्यो ।

चिहानको ब्यबस्थापन गर्न धार्मिक बनको माग गरियो । क्षेत्रिय बन निर्देशानलयले लिखित सम्झौता पनि गर्यो तर कानुनि जटिलता भन्दै धार्मिक बन् दिन इन्कार् गरियो । मन्दिर र मस्जिदलाइ मात्र धर्म मान्ने सरकारि निकायले किरातहरुले पुर्खाको चिहानलाइ नै पुज्छन् भन्ने तथ्यलाइ नकार्यो । हिन्दु धर्मको पट्टि बाधेको निकायले आदिबाशि जनजातिको परम्परालाइ ठाडै नकार्यो फलस्वरुप् चिहान भयेको क्षेत्रमा सामुदायिक बन गठन गरियो।



परम्परागत उपभोक्ताहरुलाइ बन सुम्पिने भनेर शुरु गरिएको सामुदायिक बन बिकाश कार्यक्रमको एकोहोरो अर्थ लगायेर परम्परा देखि बनमा चिहान् बनाइरहेका किरातहरु आफ्नो सांस्क्रितिक अधिकारबाट बन्चित भए भने स्थानियका नाममा भर्खरै बसाइ सरेर जङगल फडानि गर्दै बन क्षेत्रको आसपासमा बसेकाहरु चाहि उपभोक्ता बने । हिन्दुधर्म मुखि बन एेन् भनौ या मानसिकता जसले मठ मन्दिरलाइ मात्र धार्मिक क्षेत्र मानेर धार्मिक बन् दिन्छ , त्यहि सन्कुचित् बिचार जसले दाउरा काट्नलाइ मात्र बनको उपभोग भन्छ , त्यसैले गर्दा किरातहरु परम्परागत स्थलबाट बिमुख् भये । आज आफ्नो आफन्तको चिहान हेर्न अर्काको स्विक्रिति लिनु पर्छ ।

अन्त्यमा ,

कन्क्रिट चिहान नकरात्मक भयेको सबैले मनन गरि सकेका छन् । सरकारले नजिकको कुनै बन क्षेत्र धार्मिक् बनको रुपमा हस्तानतरण गर्न सके त्यसैलाइ ब्यबस्थापन गर्थेउ भनेर किरात समुदाय हरु भनिरहेका छन् । यसरि धार्मिक् बन दिएमा चिहानको अनुगमन गर्न पनि सम्बन्धित् सामाजिक संस्थाहरुलाइ सजिलो पनि हुने थियो । यसरि सरकारि स्तरबाट सानो प्रयासको थालनि भये सम्बन्धित समुदायले पनि चिहानमा लाग्ने खर्च छुट्टै कोषको निर्माण गरि सम्बधित् समुदायको बिकाशमा नि चेतानामुलक कार्यहरुमा लगानि गर्न सकिने थियो । यि कन्क्रिट चिहानहरुले नकरात्मक् प्रभाब् पारे पनि हाल अस्तित्वमा रहेका चिहानहरुको संरक्षण गर्न सकियेमा इतिहासको कालान्तरमा ए उटा पाठको रुपमा रहने थियो ।

Saturday, April 18, 2009

नोलिआक्कामा बन बिज्ञान अध्ययन संस्थानको झझल्को



स्नाकोत्तर तह अध्ययनको सिलसिलामा फिनल्याण्डको Joensuu बसाइ एक अबिष्मरणिय पल रह्यो । हुनत शुरुवात त्यती रमाइलो भएन तैपनी छुट्टै अनुभब थियो । क्रिश्मस र नयाँ बर्षको छुट्टी पछी शरद र मेरो ब्रुसेल्स देखिको यात्रा जती उत्साहप्रद थियो joensuu पुगेपछी सबै भताभुङ्ग भयो । आफ्नो कोठामा पुगेपछी बेडिङ नदेखेपछी हामी दुई भाई कसरी रात बिताउने भनेर छटपटाउन थालेउ । धन्न हामी सग केही बेडसिट र ब्रुसेल्स देखी बोकेको भित्री कोट (रेड लेबेल) थियो । त्यही लगाएर दुई भाई जनवरीको त्यो चिसो रातको पर्बाह नगरि सुतेउ । रात त कट्यो साथमा खानेकुरा केही थिएन, नजिकै स्टोरहरुपनी देखिएन, भोको पेट लिएर हिउको थुप्रोमा खेल्दै दुई जना लागेउ सिटी सेन्टर तिर ।

Joensuu मै भये पनि बिरामी भएर बसेको बसन्त को अत्तो पत्तो थिएन । हिउ झरीरहेको थियो , शरद काधमा Student युनियनले दिने survival package (बेडिङ र भाडाकुडा ) को बक्स र एक हातमा ब्रिफकेश गूडाउदै आफ्नो रुम खोज्न हिंडेको त्यो रोमान्चित क्षण अझै ताजै रहेको छ । करिब् एक हप्ता पछी शिशिर र बिनोदको आगमनले हाम्रो बसाइ नेपालमय बनाउदै लग्यो । अझ महिनादिन भित्रै सुर्य मामा (सुर्य मगर) र उहाको परिवार अनी त्यसको लगत्तै बिष्णुको आगमनले Joensuu भित्रै हामीले बन बिज्ञान अध्ययन संस्थानको प्रतिबिम्ब पायौ ।


एउटा उत्साह थियो , मैत्रिपूर्ण बातावरण थियो । हरेक हप्ता नेपाली जमघट हुन्थ्यो । पालैपालो थियो आयोजना गर्ने । त्यसै बिचमा थपिए काजी (ज्ञानेन्द्र कार्की ) । ८ जना बन बिज्ञानका विद्यार्थीहरु, नेपाल देखिकै आत्मियता, बिदेशी भुमिमा झन प्रगाढ बन्यो । हरेक हप्ताको शुक्रबार या शनिबारको राती नेपाली भेला । शुरु हुन्थ्यो फरेस्टर जिन्दगी । नारायण गोपाल देखी झलकमान गन्दर्भ सम्म , दोहोरी देखी प्यारोडी सम्म , जाने जतिको सबै गीत गाइन्थ्यो बिहान् नहुन्जेल सम्म । कहिलेकाही म्यारिज पनि जम्थ्यो, लाग्थ्यो बनबिज्ञानको छात्राबास थियो त्यो । उफ्री उफ्री गाइएको त्यो दोहोरी शायद बसन्तलाई अझै झझल्को होला । कार्कीको क्यारिकेचर बिष्णुलाई ताजै होला । बिनोदको छटपटी रमाइलाई थियो , जती गरे पनि कसैले शिशिरलाई बिचलन ल्याउन सकेनन ।

बियरको थुप्रो लाग्थ्यो । बोटलको १० सेन्टफिर्ता पाइन्थ्यो । बियर पिलाउने कर चल्थ्यो, अनी कार्की को प्रतिकृया हुन्थ्यो " मैले बियर पियो भने बोटल लगेर १० सेन्ट कमाउला भन्थेउ होला। " जे होस् नोलिआक्काको सेरोफेरोमा बन बिज्ञान होस्टलको झझल्को थियो । अझै माइजुले पकाउनु भएको खान अनी समर्पणको उपस्थितिले हामी नेपाल बाट टाढा छौ भन्ने बिर्स्याइदिएको थियो । गुन्द्रुकको झोल र कुखुराको सपेटा, अनी बिष्णुको बटर् हालेको भातको साथै त्यो माहोल साचैनै यादगार थियो ।

टुरको शुरुवात साथइ Joensuu छोड्ने समय अै सकेको थियो । ति जमघटहरुले पढाईको तनाबलाई एकै पटक खतम पारीदिन्थ्यो । अप्रिल २००७ को त्यो अन्तिम BBQ साह्रै रमाइलो थियो । बिष्णुको कोठामा यत्रतत्र छरियका ज्यानहरु बिछोडिने तरखरमा थिए । सुर्य मामा, कार्की र बिष्णु बाहेक हामी ५ जना (बिनोद, शरद, बसन्त , शिशिर र म ) लागेउ टुर तिर । टुर भरी खेलिएका म्यारिजका हिसाबहरु अझै ल्यापटपको एउटा कुनामा सेभ भएको छ । समयको झोक्का सगै यत्र तत्र छरिएर रहे पनि सगै बिताएका ति क्षणहरु आबिस्मरणिय थियो ।

Monday, April 13, 2009

सधैं नयाँ बर्ष भये




गत बर्षको शुरुवात साह्रै उत्साहप्रद थियो । एतिहासिक संबिधान सभाको निर्वाचन, राजातन्त्रको अन्त्य भै गणतन्त्रको स्थापनाको कारण नेपालीहरुले नयाँ नेपालको तस्बिरलाई मनमा लिएका थिए । अझ गोठालाको छोरा राष्ट्रपती अनी १० बर्षे सशास्त्र बिद्रोहका नायक सर्बशक्तिमान प्रधानमन्त्री बने देखी त सबैको मनमा एउटा उत्साह र उमङ्ग थियो । लाग्थ्यो हामीले सोचेको हामीले भन्ने गरेको नयाँ नेपाल प्राप्त हुनेछ । अकालमा कुनै नेपालीले ज्यान गुमाउनु पर्ने छैन अनी बिधिको शासन लागु हुनेछ, सिंहदरबारमा जनताको पहुच सरल हुनेछ ।

नयाँ नेपाल बनाउन धेरै नाम फेरियो , ६०० को जम्बो सभामा भएको त्यो अभुतपुर्ब सामाबेशिकरणले एउटा छुट्टै आयाम थपेको थियो । दोश्रो जनाअन्दोलनमा देखिएको त्यो सहमतीको राजनीति निर्वाचन लगत्तै कुर्सी प्राप्तीको होडमा बिग्रदै गयो । चकाजाम र नेपालबन्दले रेकर्ड नै कायम गर्‍यो । मदेश र थारुमा तराइ बिभाजित भयो , पहाडमा लिम्बुवान र ताम्सलिङका भुगोल कोरियो । वाइसीएल र युथफोर्सको झगडाले देश रनक्षेत्रमा बदलियो । दिनदहाडै हत्या हुन थालयो , एक किसिमले अराजकताको सिमा नाघ्यो । समग्रमा शुरुवात जती उत्साहप्रद थियो उत्तराद्र उत्तिनै निराशजनक भयो ।

यसै सिलसिलामा २०६५ ले नेटो काट्यो , २०६६ को आगमन भयो । केही दिन देखी शुभकामनाको लर्को लागेर ईमेलका बक्स भरिएका छन । सफलताको कामना हरुको मात्रै आदान प्रदान छ । सोच्छु हामी कती आशाबादी छौ , हामी कती दयालु छौ । सारा पिडा भुलेर सफलताको कामना गरी रहेका छौ, हामी मा अझै उमङग छ आशा को दियो बलेको छ । अनी कामना गर्छु , हरेक दिन नयाँ बर्ष जस्तो भै दिये हुन्थ्यो । नयाँ बर्ष २०६६ को शुभकामना ।