नारायणीलाई के भनौ के कुरा गरौ भैरहेको थियो । यसै बिचमा गोस्सिपको कुरा गर्न थाली ।
भन्न थाली - बुझ्यौ अब उनिहरु गोस्सिपमा नआउने रे । नयाँ खोल्ने कुरा गर्दै थिए ।
ज्ञानेश्वर - किन ?
नारायणी - उही जातियताको ज्वरो ।
ज्ञानेश्वर - खै अब कसलाई के भन्ने । हामी आफ्नो संस्क्रिती जोगाउने भन्दा पनि अरुको लाई दबाउने मा लागेको छौ । यहाँको बिबिधता बिर्सियेर आफ्नै पतनको बाटो रोज्दै छौ ।
नारायणी - कसरी ?
ज्ञानेश्वर अली भाबुक हुँदै गयो र भन्न थाल्यो - हामिले एक अर्कामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धित छौ भनेर कहिल्यै बुझ्ने कोशिस गरेनौ ।
नारायणी - अब उनिहरु जादैमा हामलाई के हुन्छ र ? हामिले धकेलेको होइनौ ?
ज्ञानेश्वर - हामिले त्यो बाताबरण बनायौ नारायणी । चित्तल गएर के हुन्छ भनेर सोचेउ । तर तिनीहरुले हाम्रो घासे मैदानको ब्यबस्थानमा ठुलो भूमिका खेल्छ भनेर बिर्सेउ । चित्तलको अभाबमा बाघहरु रहदैनन अनी फेरि शिकारीहरु बन्दुक बोकेर हिड्छन हामिलाई निशाना बनाउदै ।
नारायणि - हामि चित्तल जस्तो स्वार्थी पनि त होइनौ नी । तेत्रो हुलमा एउटा बाघले लखेट्दा प्रतिकार गर्न छाडेर आफ्नो ज्यान जोगाउन भाग्ने ।
नारायणिको यस्तो कथन सुनेर ज्ञानेश्वर अली भाबुक बन्यो ।
अनी भन्न थाल्यो - चित्तललाई थाहा छ, उनिहरुलाई नमारी बाघ बाँच्न सक्दैन, अनी बाघले उनिहरुको शिकार गरेन भने जनसंख्या बढेर आफू आफू नै मारामार गर्नु पर्छ भन्ने पनि । बाघले आक्रमण गर्दा भाग्छन तर एकजुट भएर प्रतिकार गर्दैनन । प्रतिकार नगरी भाग्नु तिनीहरुको स्वार्थीपना होईन यो त प्रकृतिको नियम हो । तेत्रो हुलमा रहने म्रिग ले प्रतिकार गर्न थाले भने बाघ कसरी बाच्छ ? स्रिष्टि कसरी चल्छ ? प्रकृतिको नियम कुनै राजनैतिक सिद्दान्तले चल्दैन । यस्को आफ्नै प्रणाली हुन्छ ।
नारायणी - हामिले त केही गरेको थियेनौ नी । तर फेरि किन हामि माथी त्यस्तो व्यबहार ।
ज्ञानेश्वर - यो उर्लदो जातियताको भेलले तिमी, म र उनिहरु भनेर छुट्ट्याउन छाड्यो । हेरन त्यो रापतीको भेलले खेत्, बारी , चौर केइ भन्दैन सबैलाई लैजान्छ । यहाँ तेस्तै भएको छ । उनिहरुलाई हाम्रो समुदायको सोच माथी डर छ। त्यहि भएर हामि सग पनि छ । हाम्रो अगुवाहरुले चालेको कदमले उनिहरुलाई विश्वाश दिलाउन सकेँन । उल्टै उनिहरुमा त्रास फैलायो । म्रिगहरु उनिहरुलाई आक्रमण गर्ने बाघ सग रमाउन थालेका छन् तर सगै एउटै घासे मैदानमा चर्ने हामिलाई किन शन्का को द्रिष्टिले हेर्छन ? आँफै बुझन ।
नारायणी - हामिले त आफ्नो पहिचान पो खोजेको त । यसमा उनिहरु किन तर्सिने?
ज्ञानेश्वर - पहिचान खोज्नु नराम्रो होईन । तर आफ्नो पहिचानको लागि अरुको पहिचान मेटाउनु पनि त भएन नी । हाम्रो जिम्मेवारी भनेको यो गैडाल्याण्ड मात्र होईन । बाघहरुले मागेको बर्दियाको बाघवान , अनी कन्चनपुरको बार्हसिङ्गे प्रदेश प्रति पनि उत्तिकै उत्तर्दायी हुनु पर्छ । राज्यले यसरी सबैलाई दिन सक्छ की सक्दैन ? भोलि हाम्रो गैडाल्याण्ड भित्र घडियाल स्वायत्त क्षेत्रको कुरा आयो भने के गर्ने ? आफ्नो पहिचानको लागि भनेर समग्र राज्य लाई नै अप्ठ्यारो बनाउन त भएन नी । प्रकृतिले हामिलाई छुट्टै व्यबहार, रहनसहन दिएको एकलकाटे हुन होईन । हामी हामी जस्ता छुट्टै व्यबहार भएकोहरु मिलेर बिबिधता बनाउन हो ।
नारायणीलाई ज्ञानेश्वरको कुरा धेरै जटिल लाग्यो । उस्ले भनि - खोइ म केइ बुझ्दिन । तिमिलाइ अरुले किन खाग भएको बाघ भन्छन् यो पनि भेउ पाउदिन ।
ज्ञानेश्वर - हो नारायणी , सायद मैले पनि जख्खु र गर्दने हरु जस्तै गरि अरु माथी धावा बोलेको भए म पक्का गैडामा दरिन्थे होला । तर म त सधैं मिलेर बसौ । यसरी अधिकार माग्दा हाम्रो उत्तरदायित्व पनि बुझौ । यो गैडाल्याण्डलाई गैडाहरु को मात्र होईन समस्त जनवारहरुकै उचित थलो बनाउ भन्दा उल्टै मलाइ यथास्थितीबादीको आरोप । बरु म यो आरोप सहन सक्छु । तर सगै त्यो घासे मैदानमा चरेका म्रिगहरु , अनी जङगलमा लुकामारी खेलेका डमरू र छावाहरु माथी धावा बोल्न सक्दिन । अझ हामि स्वीकार्नु पार्ने कुरा के हो भने त्यो टाटेपटे बाघ र चितुवा , लामो सुढ भएको हात्ती, रुखको हागा जस्तै सिङग हुने म्रिगहरुको उपस्थितीको कारणले नै हाम्रो यो एक सिङ्गले महत्व पाएको छ ।
ज्ञानेश्वरको यस्तो कुरामा नारायाणिलाई कुनै चाख थिएन । उ त मनको बह पोख्न चाहन्थी । अन्धेरी रातमा छाउने नौ लाखे ताराको बयान गर्न चाहन्थी, गोधुली साझमा पर रापतीको किनार सगै देखिने क्षितिजमा डुबेको घाममा हराउन चाहन्थी । उस्को मन त चखेवा झै भुर्र उड्थ्यो , घडियाल झै रापतीमा पौडिन्थ्यो । चित्तलले बसाइ सरेको, बाघको गर्जन हरायेको अनी हात्तीको सर्याक सुरुकको अनुपस्थितिमा सुनसान बनेको त्यो गैडाल्याण्ड सग उसलाई बाल मतलब थिएन । आँखा अगाडी बसेको ज्ञानेश्वरको उपस्थितिनै संसार थियो नारायणिलाई । उ चाहन्थी ज्ञानेश्वरले माया प्रेमको कुरा गरोस । तर आज ज्ञानेश्वर रोकिने वाल थिएन । तै पनि उ खुशी थीइ । त्यो डमरू र अन्य युबतीहरुको अनुपस्थितीमा नारायणीले आफूलाई अझ सुरक्षित महसुस गरेकी थिइ ।
शाखाहरु
- कबिता जस्तै (7)
- गैडाल्याण्ड (10)
- घुमघाम (3)
- चौतारी (20)
- दिल्लगी (7)
- पछाडि फर्कदा (3)
- बाताबरण (3)
- बिचार (18)
यताउताको सन्दर्भमा
ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।
Sunday, August 21, 2011
Monday, August 8, 2011
बिहार देखि बंगालसम्म
बर्तमान युबा पुस्ता निकै भाग्यमानी छ - यो मानेमा की छोटो अबधिमा निकै राजनैतिक परिवर्तन भोगेको छ । देशको मुहार र जनताको भबिश्य फेर्ने नाममा धेरै परिवर्तन भए तर खै - पेट्रोल, पासपोर्ट हुँदै परदेश जानेहरुको लाइन घट्नुको साटो लम्बाइ झन तन्किएको छ । उचित शासन ब्यबस्था पाउने म्रिगत्रिष्णामा कति दिनसम्म भौतारिनु पर्ने हो - त्यो भबिश्यकै गर्भमा छ । तर प्रसिद्ध भारतिय लेखक शिव खेडाको भनाइ सापटी लिने हो भने - जबसम्म भ्रष्ट शासकहरु रहि रहन्छन तबसम्म कुनै पनि शासन ब्यबस्थाले जनताको हित गर्न सक्दैन ।
अहिले दुइ भारतिय मुख्य मन्त्रि हरु चर्चाका पात्र बनेका छन् । भारतकै दुख भनेर चिनिएको लालु यादवको बिहार अहिले नितिश कुमारको नेत्रित्वमा दोहोरो अंकको आर्थिक ब्रिद्धिदर् सगै मुहार् फेर्दै छ। जनताको गुनासो सुन्न मुख्यमन्त्रि आफ्ना दलबल सहित "जनताको दरबार" मा उपस्थित हुन्छन् । झण्डै ९७ प्रतिशत बालबालिका हरु बिद्ध्यालय जान्छन् । बिद्ध्यालय जाने लाडलीहरुको साइकलको तातीले बिहारको भबिष्यलाई उचाइतिर डोर्याइरहेको देखिन्छ । यसको साथै कृषि र पर्यटनमा भएको उन्नतीले काठमाण्डौ र नेपालको तराइमा कामदारको अभाब देखिन थालीसकेको छ । कुनै दिन घरघरमा आउने चना चटपटे खान सुपरमार्केट जान पर्ने हुन सक्छ, खाली शिशिका आवाजहरु सुनिन छाड्छन । बरु उल्टै पटना र भागलपुरहरुमा उत्तरबाट बहादुर र कान्छाहरु भित्रिन सक्छन् ।
साढे तिन दशक लामो बामसत्ता उल्ट्याउने पश्चिम बङ्गालकि दिदि को कथा पनि कम्ति रोचक छैन । मा, माटि र मानुसि ( आमा, माटो र जनता) को नारा लिएर अगडि बढेकि ममता दिदि धेरै पटक् केन्द्रिय सरकारको मन्त्रि अनि निर्बाचित प्रतिनिधि भएर पनि सादा जिबनमा बिस्वास गर्छिन् । साधारण सेतो सारि, श्रिङ्गार् बिहिन् शरिर अनि कटनको झोला र साधारण चप्पलमा देखा पर्ने दिदि राज्यको बागडोर् सम्हाल्दा दयनिय आर्थिक ब्यबस्था देखेर आफ्नो चित्रहरुबाट प्राप्त रकम राज्यकोषमा जम्मा गरिन। सरकारले अौद्ध्योगिकिकरणको नाममा जनताको जग्गा निर्बाध रुपमा अधिग्रहण गर्न थाले पछि "नन्दिग्राम" बाट शुरु भएको दिदि को आन्दोलनले कलकत्ताको राइटर्स् भबनमा पुर्याउदा उनले जनताको नाममा सपथ लिने ढोङ्ग रचिनन् बरु नन्दिग्रम् र सिङ्गुरका पिडित परिवारहरुलाइ बोलाएर साक्षि राखिन् । सायद त्यो पहिलो घटना थियो जहा साधारण जनताले मुख्यमन्त्रिको सपथ ग्रहणमा आमन्त्रित हुने मौका पाएका थिए । सबै जनता राइटर्स पुग्न नसक्ने देखेर राइटर्सलाई नै जनता सामु पुर्याउने योजना अनुरुप सिलिगुरीमा मुख्यमन्त्रीको सचिबालय स्थापना गरेकी छिन् ।
भ्रष्टचारले जकडिएको बङ्गलादेशी राजनितिमा कृषि मन्त्री मतिया चौधरीको बेग्लै पहिचान छ । कडा स्वभाबले गर्दा "ओग्नी कुन्ना" अर्थात आगोको छोरि नामले प्रसिद्ध छिन् । कृषि मन्त्रालयको बागडोर सम्हाले देखि रासायनिक मलको बिक्रीबितरण सुलभ गराइन अनी बायोटेक्नोलोजी को प्रबर्द्धनको लागि गैर आबसिय बङगलादेशी अनुसन्धानकर्ताहरुको सहयोगमा बिश्वकै उच्च जनघन्त्व रहेको बङलादेशको मुहार परिवर्तन गर्न लागेकी छिन् । झन्डै हाम्रो जत्रै क्षेत्रफल अनी हामि भन्दा पाच गुणा बढी जनसंख्या भएको बङलादेश भन्छ हामि चामल निर्यात गर्छौ । मतिया अन्य साधारण नागरिक झै पसलमा किनमेल गर्न लाइन पनि बस्छिन , उनी तिनै नेत्री हुन सैनिकले शासन लिदा भ्रष्ट्रचारको आरोप लाग्छ भनेर सबै राजनितिज्ञहरु लुकेर बसे तर उनले सडकको मोर्चा सम्हालिन ।
ओबामा र मण्डेलाको आश गर्ने हाम्रो समाजमा यी उदाहरणहरु गौण लाग्न सक्लान । तर डा. उपेन्द्र देबकोटाको को सफलताको सुत्र लिने हो भने "सफलता भनेको क्षितिज हो , एउटामा पुगेपछी अर्को देखिन्छ , समतलमा बसेर देखिने क्षितिज अन्त्य होईन तर खुड्किलो हो । " साच्चैनै ओबामा र मण्डेला त पछडिका क्षितिजहरु हुन जहाँ पुग्न असम्भब छैन् तर ती बिहार र बङगाललाई खुड्किला बनाउनै पर्छ ।
परिवर्तन गर्न सत्तामा नै पुग्न पर्छ भन्ने नी छैन् । एक पटक यसो कल्पना गरौन सबैले आशा गरेका बाबुराम भट्टराइले हप्ताको एक पटकै भनेनी इन्जिनियरिङ अध्ययन संस्थानमा लेक्चर दिएको दिन त्यो कक्षामा कति घुइचो लाग्थ्यो होला । रामशरण र प्रकाशचन्द्रका उपस्थितीमा बिद्ध्यार्थीहरुले अर्थशास्त्रका सिद्दान्तहरुको प्रयोगलाई कति राम्ररी बुझ्थे होला ।
सोच्नै पार्ने बेला आएको छ - कतै हामि जनता आफै त दोशी छैनौ नितिश, ममता र मतियाहरु को पहिचान गर्न नसकेर ?

Subscribe to:
Comments (Atom)