यताउताको सन्दर्भमा

ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।

Monday, January 16, 2012

प्रधानमन्त्रिलाई खुल्ला पत्र

सम्मानानीय प्रधानमन्त्री ज्यु ,

हिसानको पाचौ महाधिबेशनमा दिनु भएको उद्घाटन भाषणले सबै को मन छोयो । धेरै वहाँवाही पायो । कही खोट लगाउने ठाउँ छैन , सबै सहि छन । साच्चै सतीले सरापेको देश होइन । त्यसो भन्ने हरु त केवल निराशाबादिहरु हुन, जो आफ्नो गल्ती लुकाउन सतिका कुरा गर्छन् । यहाँको मार्मिक कुराहरु यथार्थपरक छन । तर फेरी भन्नु पर्छ देशकै कार्यकारी प्रमुखले यसरी बिलौना गर्ने हो भने सर्बसाधारणले के गर्ने । अब देशको सत्ताको बागडोर हातमा लिएको ब्यक्ती नै गुनासो गर्न तम्सिने भने , हामीले कहाँ गुनासो गर्ने सम्मानानीय ज्यु ?

इछ्चाएर पाइने भए सबैले सम्पन्न पारीवार नै ताक्थे होला । गरीबको निशाना रहन्न थियो होला । प्रम ज्यु, सबैलाई थाहा छ , तपाईंले अर्थशास्त्रका धेरै पान्नाहरु केलाउनु भएको छ । धेरैले स्विकारेको त्यो "कुज्नेट कर्भ" ले बताउछ कि , आर्थिक बिकासले एउटा निश्चित बिन्दु नछुदा सम्म धनी र गरीब बिचको खाल्डो बढ्दै जान्छ। नपत्याये चिनमा नै हेर्नुस्, जहाँ गरीब र धनी बिच सबै भन्दा ठुलो खाल्डो छ । त्यो खाल्डो पुर्ने उत्तरदायित्व सरकारको हो , जसको हर्ताकर्ता तपाईं हुनु हुन्छ । दिनुस् प्राथमिकता शिक्षालाई , लगाउनुस् कर , कसले रोक्छ तपाईंलाई ? हत्याको आरोपी आफ्ना दुई सभासदहरुलाई लाखौं जनताको बिरोध हुँदा हुँदै बचाउने तपाईंको कदमलाई कसैले रोक्न सकेन । महानगरको सडक बिस्तारको लागि स्थानियको बिरोध हुँदा हुँदै त्यो डोजर कसैले रोक्न सकेन । अब शिक्षामा कर लगाउन किन हिसानसग बिलाउन गर्नु हुन्छ । लगाउनुस् कर , गर्नुस् सामुदायिक बिद्यालयहरुको स्तरोन्नती । सबै तपाईंकै साथमा हुनेछन ।

साच्चैनै हामीले राज्यबाट धेरै खोजेउ । आफ्नो उत्तरदायित्व बुझेनौ । बरु उल्टै सरकारी कोटामा पढेर बिदेश जान तम्सियौ । प्रधानमन्त्री ज्यु , यस्ता गुनासो त बारम्बार आउँदै गरेका हुन । तर खै सरकार प्रमुख भएर एक पटक सोच्नु भयो - किन गर्छन् मान्छेहरु गुनासो भनेर । एक पटक हेर्नुस् त पर्साका प्रहरी प्रमुख रमेश खरेललाई । आफु कर्तब्यनिष्ठा हुँदा हुँदै उनको उन्नती रोक्न खोजिन्छ । तपाईंहरु जस्ताइ राजनीतिज्ञहरु तस्करी र भ्रस्टचारिको कुरा सुन्दै एक जुट भएर मुर्दाबादको नारा लगाउछन । तपाईंकै वकिल उनको अनुसन्धानमा प्रश्न खडा गर्दै मुद्दा दायर गर्दैन । कहिल्यै बुझ्नु भयो किन दिन्छन सचिबहरु रजिनामा ? सिम्हदरबार र पुल्चोक मन्त्री निवास नधाइकन जागिरमा उभिन गार्हो भएको कहिल्यै बुझ्नु भयो ? शायद राज्यबाट सुशासन खोज्न कसैको गल्ती हो जस्तो लाग्दैन । होइन भने दुई दशक अगाडिको क्षण सम्झिनुस् , छातीमा हात रखेर उत्तर दिनुस् - किन तत्कालिन राज्य बिरुद्ध युद्ध छेड्नु भयो ?

प्रधानमन्त्री ज्यु , साच्चै शिक्षाले हामीलाई अल्छि बनायो । परिक्षा आउँदा घोके हुने बनायो । तर जागिरे मानसिकता शिक्षा प्रणालीको भन्दा नि राजनऐतिक अस्थिरताको उपज हो भन्ने किन स्विकार गर्न सक्नु हुन्न तपाईं राजनीतिज्ञहरु । उद्योगमा ट्रेड युनियनको नाममा हुने दादागिरी रोक्नुस् , सक्नु हुन्छ भने तपाईं राजनऐतिक पार्टिहरुको भात्री संगठनको नाममा हुने गुण्डागर्दी रोक्नुस् , शान्ती सुरक्षा कायम गर्नुस् । अनी देख्नु हुनेछ त्यो जागिरे मानसिकता कस्ले परिवर्तन गर्छ भनेर ?

साच्चैनै प्रधानमन्त्रि ज्यु, हामीले शिक्षा प्रणाली परिवर्तन गर्नै पर्छ । शिक्षा प्रणालिको कमजोरी पनि देखी हाल्नु भयो । अब गुनासो होइन, शिक्षा प्रणाली सुधारको लागि एउटा कदम चल्नुस् , बिशेषज्ञ हरु को टोली बनाउनुस् । त्यो बेला बिशेषज्ञहरुको सुझाब सुन्न एउटा कान खोल्नुस् , अनी विद्यार्थी संगठनहरुको बिरोध सुन्न अर्को कान बन्द गर्नुस् । तपाईं सग त्यो अधिकार छ , उपयोग गर्नुस् । सबैले सोचेका छन , देश बिकासको लागि बाबुराम भट्टराईको मन फराकिलो छ । तर प्रधानमन्त्रि ज्यु , बागडोर सम्हाल्नेको मन चौडा मात्र भएर पुग्दैन , दर्हो हुनु पर्छ , त्यो पार्नुस् ।

प्रधानमन्त्री ज्यु , अर्कालाई दोश थोपर्ने प्रबित्ती बढी नै रहेछ । हिजो ४० बुदे प्रस्तुत गर्दा बिदेशी लगानिले हस्तक्षेप निम्त्याएको देख्नु हुने आँफैले बिदेशी लगानी आकर्षण गर्न धमाधम बिप्पा गर्दै हुनुहुन्छ । हिजो राज्यसत्तालाई दोश दिनु भयो , आज सत्ता आफ्नै हातमा हुँदा एउटा संगठन सग बिलाउन गर्दै हुनुहुन्छ । ढुङ्गा हान्ने होइन प्रधानमन्त्रि ज्यु , यहाँ त बन्दुक बोक्ने समुहको डर छ । आँफै मनन गर्नुस् कस्ले सिकायो बन्दुक बोक्न भनेर । यहाँको भाषाण पढेर, शायद पूर्व प्रम माधव नेपालले झै बुझ्नु भयो कि भएन - बाउ बन्न कती गाह्रो हुने रहेछ ?

महत्वपूर्ण कुरा उठाउनु भयो शिक्षकहरु को हडतालको बारेमा । तपाईं आँफै देशको सबै भन्दा ठुलो दलको उच्च नेता हुनुहुन्छ । एक पटक कृपया पार्टिमा आवाज उठाउनुस् अब देखी हाम्रो पार्टिमा आबद्ध शिक्षक संगठन खारेज भनेर । एक पटक हेर्नुस् त , तपाईं राजनऐतिक पार्टिहरुको भरोसायोग्य अनी सकृय संगठन कर्ता नै शिक्षक छन । अनी किन शिक्षाकले हाडताल गर्यो भनेर गोहिको आशु चुहाउने । गुरुकुलिय शिक्षा पद्धतिको कुरा गर्नु भयो, बालबालिकाको शिक्षा पाउने अधिकार को कुरा गर्नु भयो । एक पटक टाउको ठोक्न मन लाग्छ प्रधानमन्त्री ज्यु - कहिल्यै सोच्नु भयो बिद्यालयमा परेड खेलाउदा तिनिहरुको पढ्ने अधिकारको बारेमा ? शिक्षाकलाई रेटी रेटी मार्दा के छाप पर्यो होला बालबालिकाको कलिलो मष्तिश्कमा ?

प्रधानमन्त्री ज्यु , बिगत कोट्याएर काम छैन , भबिश्य नसम्झेर उपलब्धी हात लाग्ने छैन । अरुलाई दोश देख्नु मात्र गल्ती होइन, आफ्नो बिगतको गल्ती महसुस नगरनु पनि उत्तिकै कमजोरी जस्तो लाग्छ । आफु घेरा बन्दी परेको महसुस नगरनुस् प्रधानमन्त्रि ज्यु । मुख्य कुरा आफुले नै घेरा खडा गर्नु हुन्न । शायद त्यो कुर्सी नै तेस्ताइ होला सबैले आफु रहदामा मात्र देश सुरक्षित ठान्ने । आफु कुर्सिमा बसेर मात्रा जनताको भलो हुन्छ भन्ने सोचले आज हामी यो अवस्थामा आइ पुगेको यहाँलाई अबगत नै छ । साचैनै "बिजेताहरु फरक काम गर्दैनन , तर सोही काम फरक ढंगले गर्छन् " । सोचाइ बदल्नुस् - मन दर्हो पार्नुस् । जनहितका काम गर्नुस् - सत्ताको कुर्सी तपाईंलाई नै खोज्दै आउछन । तपाईंले गुनासो गर्ने हो भने प्रधानमन्त्री ज्यु , हामी कहाँ जाने ? आँफै त महादेब …………………….. चाँही नसोच्नुस् ।

Tuesday, January 10, 2012

पिडामा नारायणी कान्छी

क्रिश्मस र नयाँ बर्षको बढ्दो चहलपहल थियो । हात्ती दौड र हात्ती सुन्दरी प्रतियोगिताले गैंडाल्याण्डको राजाधानी सौराहामा खुबै चहलपहल थियो। सौराहाका होटेलहरु भरी भराउ थिए । बाघमारा नजिकैको त्यो चौर वारीपरी दर्शकहरुको ताती थियो । जिउभरी बिभिन्न आक्रिती रङगाएर सिङारिएका हात्तीहरुले बिरालो चालमा चौर फन्को मार्दा बेग्लाई बातावरण थियो । शायद दर्शकहरुको त्यो हात्ती सुन्दरी प्रतियोगिताको मोह देखेको भये काठमाण्डौको नेपाल सुन्दरी प्रतियोगिताको आयोजकले पनि एक पटक थुक निल्थ्यो होला । पर बाघमाराको जङगलमा ज्ञानेश्वर सगै बसेर नारायणी पनि त्यो सुन्दरी प्रतियोगिता हेर्दाइ थि । हल्का रातो कपडाले जिउ ढाकेकी , खुट्टाइ भरी रङ्गी चङ्गी नङ पालिस लगाएकी , अनी रातो कपडाले टाउको बाधेकी , चन्चलकली हात्ती सुन्दरी घोषित हुँदा चौर तालीले गुन्जायमान थियो ।

नारायणीले मन मनै सोची यस्तै गरी गैंडा सुन्दरी प्रतियोगिता भयो भने मैले पनि जित्ने छु । टाउकोमा त्यो चन्चलकली ले झै ताज पहिरेर सारा गैंडाल्याण्ड को जङ्गल घुम्नेछु । अनी साथी हरुलाई माइकेनिया क्याफेमा ट्रिट दिनेछु । कल्पनामा आँफै रोमान्चित भै । आँफैलाई एकपटक नियाली , जवानीले छुदै गएको शरीर देखेर आँफैलाई लाज लागेर आयो । एक पटक ज्ञानेश्वर तिर हेरी , उ भने आफ्नै धुनमा चौर तिर हेरिरहेको थियो । नारायणी मन मनै बर्बराउन थाली के लाटोले पापा हेरे जस्तो ट्वाल्ल परेको होला । त्यो चन्चलकली भन्दा त म नै कती राम्री छु । एकटकले हेरिरहेको ज्ञानेश्वर देखेर उसलाई चन्चलकली माथि जलन भयो र ज्ञानेश्वरलाई झकझक्याउन यसो हात मात्र के बढाएकी थि झसङ्ग पो बिउँझीछे ।

अझै झिसमिसेनै रहेछ । अगीको त सबै सपना पो रहेछ । यसो दाहिने तिर हेरी ज्ञानेश्वरको ठाउँ खाली थियो । यसपालिको नयाबर्षको छेउछाउमा हात्ती प्रतियोगिता हेर्न राजाधानी जाने उनिहरुको सल्लाह थियो । तर त्यो दिन नआइ ज्ञानेश्वरले यो संसार छाड्यो । अब उसलाई त्यो गैंडाल्याण्डको प्रशासनिक मुख्यालय रहेको त्यो कसरा झन शुन्य लाग्न थालयो । अली तल तिर बग्ने रापतिको स्वा दिक्दार लाग्न थालयो । ज्ञानेश्वर हुँदा रमाइलो लाग्ने त्यो बिहानीपखको सैनिक परेडले उकुस मुकुस बनाउन थालयो । खाना दिन आउने गेम स्काउटहरुले जिस्क्याएको मन पर्न छाड्यो । सबैले हरियाली भनेर रम्ने त्यो गैंडाल्याण्डको जङ्गल ज्ञानेश्वरको अनुपस्थितिमा नारायणीलाई उराठ लाग्न थाल्यो ।

सधैं प्रिय लाग्ने त्यो भेल्डर चपाएर पनि निल्न सक्ने अवस्थामा थिइन नारायणी । एक्लै रन्थनिएर लामिताल पुग्थी । मगर गोही चलेर पानी धमिल्याएको मा त्यसै झर्को मान्थी । अली पर चखेवाको जोडी पौडिरहेको देख्दा ज्ञानेश्वर सम्झन्थी आँखा रसाउथी । अनी ताल बाट निस्केर परको घासे मैदानमा पुग्थी । त्यहा पनि ज्ञानेश्वर सग दौडेको तस्बिर आँखै अगाडि आउथ्यो । जहाँ जहाँ जान्थी ज्ञानेश्वर पाउथी । एक मनले लाग्थ्यो गैंडाल्याण्ड पुरै शुन्य छ , अर्को मनले लाग्थ्यो सबैतिर ज्ञानेश्वर छ ।

त्यो चुलबुली नारायणीमा आएको उदासीपनले मुख्यालयका कर्मचारीहरुलाई पनि पिरोल्न थाल्यो । ज्ञानेश्वरको यादले भरिएको गैंडाल्याण्डमा नारायणीले खुल्ला रुपमा श्वास फेर्न सक्दिन भन्ने सबैलाई लाग्यो । प्रकृतिक नभए नि अली ब्यबस्थित अनी सुरक्षित बासस्थानको लागि चिडियाखाना पठाउने निर्क्यौल निकालियो । गैंडाल्याण्डको खुला घासे मैदान अनी पोखरिमा स्वच्छन्द रुपमा पौडने अनी दौडने त्यो नारायणी कान्छी, गाडी चढेर शहर तिर लागि । त्यो नयाँ बातावरणमा ज्ञानेश्वरको सम्झना रहन्छ कि रहन्न त्यो समयले बताउला । आशा गरौ सरिता आमाको काखमा उस्ले झन्डै आधा दशक अगाडि गुमाएकी आमाको माया पाउली ।