यताउताको सन्दर्भमा

ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।

Wednesday, December 28, 2011

ज्ञानेश्वरको सम्झनामा

गैंडाल्याण्डे ठिटो ज्ञानेश्वरको मृत्युको खबरले निकै मर्माहत बनायो । सौराहाबाट गणेश पन्त र बाबुराम लामिछानेहरुले फेसबुकको स्टाटसमा लेख्दा मनै अमिलो भएर आयो । कता कता के के हरायो जस्तो लाग्यो । धेरैलाई लाग्ने रहेछ त्यो ज्ञानेश्वर एक काल्पनिक पात्र हो । तर वास्तवमै त्यो थियो - एउटा टुहुरो गैंडाको बच्चा - चितवन राष्ट्रिय निकुन्जले हुर्काइ रहेको । देशको खराब अवस्थाबाट अनाहकमै पीडित भएका हरुको प्रतिनिधि पात्र थियो ज्ञानेश्वर । अर्कोतिर ज्ञानेश्वरले ति युबाहरुको आवाज बोल्थ्यो जो बर्तमान राष्ट्रिय राजनीतिले ल्याएको एउटा क्षेत्र अनी जातिय संकुचनबाट उम्किन चाहन्थ्यो । त्यो ठिटो समुह भन्दा पनि समाज निर्माण गर्ने कार्यमा संघर्शरत थियो । नारायणीसंग प्रेम गर्थ्यो, ब्यक्त गर्न सक्दैनथ्यो ।

सानो छदा चरा जस्तै उड्न मन लाग्थ्यो , बाघ झै हुन्कार गर्ने रहर हुन्थ्यो । लाग्थ्यो ति जनावारहरु कती भाग्यमानी - आफुले चाहेको गर्न चाहन्छन । भुर्र एक कुनाबाट अर्को कुना उड्न सक्छन । भाग्यले बन बिज्ञानको विद्यार्थी बनायो , जनावरहरुको पिडा बुझायो । सेनाको बन्दुकको पहरामा बस्ने जनावरहरु देखेर त्यो बाल्यपनाको कुरा सम्झेर खिस्स हासो उठ्थ्यो । नारायण वाग्लेको "मयुर टाइम्स" सम्झे - साच्चै डाफे चरी बेग हानेर एक डाडा बाट अर्को डाडा जान सक्ने रहेछ तर मधेश झर्न नसक्ने रहेछ । सुमन भट्टराई सधैं चितवनबाट फेसबुकमा स्टाटस अपडेट गर्थ्यो -यस्तै हो भने एक दिन नेपालबाट गैंडा सकिन्छ सकिन्छ । उसलाई प्रतिकृया दिन मन लाग्थ्यो त्यो खै के के फ्लु को उपचार हुन सक्ने रहेछ तर लोभि पापी को ।

गत हप्ता क्रिसमसको छुट्टीको सदुपयोग गर्न मेलबर्न देखी सिड्नी सम्मको यात्रा ट्रेनमा गर्ने तय गरियो । १२ घण्टे लामो यात्रामा धेरै चिज देखियो । रेल वे को दाँया बाँया फाट्ट फुट्ट भेटिने जङगलका छेउछाउमा निर्भिक रुपमा उफ्रिरहेका कङ्गारु र साथमा रहेका इमुहरुले एक्कासी ज्ञानेश्वरको सम्झना दिलायो । सम्झे , त्यो पनि यहाँ भएको भये त्यस्तै गरी उफ्रिन्थ्यो होला । पल्लो छेउमा रहेको सानो पोखरिमा अहाल बस्थ्यो होला । तर त्यो बिचरा बन्दुकको घेरामा श्वास प्रश्वास कृया चलाई रहेको थियो । कती ज्ञानेश्वरहरु मानब बस्तिमा पनि तेस्ताइ गरी निस्सास्सिएर बसेको सम्झे । सम्झे तिनिहरु पनि कङगारु जस्तै स्वतन्त्र खेल्न पाएको दिन कती रमाउथे होला । अनी सिड्नी आइ पुगेर हतार पतार फेसबुकमा स्टाटस अपडेट गरे "रेल वे को दाँया बाँया पर्ने जङगलका छेउछाउमा कङ्गारु हरु बिन्दास रुपले उफ्रिरहेका थिए । त्यो देखेर एक मनले ज्ञानेश्वर (गैडाको बच्चा) लाई ईमेल लेख्न मन लाग्यो- आइ एल टि एस् दिएर यतै अष्ट्रलिया तिर आउ हत्केलामा ज्यान राखेर त हिंड्न पर्दैन ।"

त्यही स्टाटसको प्रतिउत्तरमा त्यो गैंडाल्याण्डे हिरोको मृत्युको खबर सुन्न पर्यो । एक छिन स्तब्ध बने । सोचे कती ज्ञानेश्वर हरु दिन दिनै बेखबर मरी रहेका छन । कोही छुवाछुतको नाममा , कोही बास र कपासको अभाबमा चिसो रातमा खुल्ला आकाश मुनी रात काट्दा । तिनिहरुको लागि चक्काजाम गर्ने कोही भएन , टायर बालिदिने झन्डा निस्किएन । त्यसैले त मृत्यु बनी बेबारिसे बन्यो । न त संघियताको नाराले बचाउन सक्यो, न त आरक्षाण कोटाले नै तताउन सक्यो । ति त सबै बाँच्न सक्नेहरुका लागि रहेछन । काठमाण्डौमा एक साझ रेस्टुरन्टको कुनामा बसेर चुस्की लगाउदै जादा बत्ती झ्याप्प गयो - पल्लो कुनाबाट आवाज सुनियो , लोडशेडिङ हट्न जलबिद्युत आयोजना बन्नु पर्छ , संबिधान होइन ।त्यो संबिधानको काकाकुलमा जिइरहेका हामीहरुले अझै कती ज्ञानेश्वरको अकाल मृत्युको खबर सुन्नु पर्ने हो सम्झदै आङ्ग जिरिङ्गग हुन्छ ।

म कल्पना गर्न सक्दिन ज्ञानेश्वरको अनुपास्थिती नारायणीले कसरी झेलिरहेकी छे । तर महसुस गर्न सक्छु उनको असह्य पिडा । आफ्नो दाजु र भाईको हत्यारा खुल्लेआम माननियको बिल्ला भिरेर काठमाण्डौमा आँफैले कर तिरेको पैसामा मस्ती मारिरहेको सभासद देखेर मनको बह पोख्ने साबित्री दिदीको छटपटीबाट अनुभब गर्न सक्छु । आफन्तलाई अनाहकमै गुमाउनु पर्ने कसराकी नारायणी र काठमाण्डौकी साबित्री दिदी हरुको पर्खाइ उस्तै छ - कानुनको उचित पालना ।

अन्त्यमा , ज्ञानेश्वरहरुलाई बिदेश जान आग्रह गर्नु पर्ने मेरो उदेश्य, बिदेशिनु पर्छ भन्ने होइन । तर आफ्नै ज्यान अरुले दाबी गर्न सक्ने अवस्था रहेको ठाउलाई देश भन्ने कि नभन्ने ? चुच्चे र थेप्चे , काले र गहुगोरे भनेर सिमान्कन गरिएको हाम्रो गाउबस्ती हरुलाई समुह भन्ने कि समाज ? बाँच्न सक्ने हरुले मात्रा समाबेशी र आरक्षणको मौका पाउने अनी , बाँच्न नसक्ने झन्डा नबोक्नेहरु बेबारिसे हुने ठाउलाई देश ठान्ने कि नठान्ने ? यो गहन प्रश्नमा म रुमाललिएको छु । ज्ञानेश्वरले त्यही आवाज बोलिदिन्थ्यो, तर बाँच्न सकेन । चाहे निकुन्ज भित्र होस् या बाहिर , निरिहहरुले ज्ञानेश्वर को नियती भोगिरहेका छन ।

Tuesday, November 8, 2011

हुइया

एकादेशमा एउटा धुर्त स्याल थियो रे । गाऊको छेउमा बसेर चिल आयो चिल आयो भनेर कराउथ्यो रे । आफ्नो कुखुरा जोगाउने हतारोले गाऊलेहरु चिल कता रहेछ धपाउनु पर्यो भनेर आकाश तिर आँखा तन्काउथे रे । त्यहि मौकामा स्याल सुटुक्क पसेर कुखुरा टिपेर हिड्ड्थ्यो रे । गाऊलेलाई चिल आएको संकेत दिएर सबैको अगाडि राम्रो बन्न खोज्ने , चिललाई नराम्रो नी देखाउने अनी आफ्नो भुँडी भर्ने त्यो स्यालको कथा एकादेशको रहेनछ । हाम्रै नाकमुनी बाट त्यो स्याल फेरि हाम्रै खोरको कुखुरा टिपेर हिड्डैछ तर हामि भने चिल माथी धारे हात लगाएर बसेका छौ । खोइ कहाँ छ त त्यो धुर्त स्याल ?


सधैं झोले राजनितिज्ञ ले सरकार संचालन गरेर देशलाई दलदलमा फसायेको आरोप लगाउदै सधैं फर्स्ट हुने प्रधानमन्त्री पाएर हामिले नाक फुलायेउ , छाती उच्च गरेउ । नभन्दै प्रधानमन्त्री भएकै दिन करोड पर्ने बिलासिताको गाडी छोडेर देश्मै जडान गरिएको १८ लाखको मुस्ताङ चढे , लगत्तै अमेरिका जादा इकोनोमी क्लासमा यात्रा गरेर सबैको वाहवाही बटुले । अझ हेलो प्रधानमन्त्रीमा फोन उठाउदै आए , मुग्लिङका भात होटेल पनि जाचे । लाग्थ्यो देश् केही हुदैछ । प्रधानमन्त्रीले अरुले जस्तो जथाभाबी राज्यकोष रित्याउदैनन । अझ त्यो साम्यबादी कम्युन अबधारणाको अर्थतन्त्र छोडेर बिपामा हस्ताक्षर गर्दै खुल्ला अर्थतन्त्रमा प्रबेश गरेको दिन लाग्थ्यो अब देश् बन्ने भयो ।

आफूले मुस्ताङ चढे नी श्रीमतीले महङ्गो गाडी माग्यो भनेर हल्ला आयो । सबैले ठाने वाहियात हल्ला , हाम्रा प्रधानमन्त्री त्यस्ता कहाँ छन् । उनका श्रीमती त उनी सग सम्बन्धित नै छैनन् नी , सम्बब्धित नभएको ब्यक्तिको कुरालाई लिएर खेदो खन्न मिल्छ त ? फेरि प्रश्न उठ्ला कसरी श्रीमती सम्बन्धित भएनन ? उत्तर सहज छ । प्रधानमन्त्री ज्यु आफैले, सम्पत्ती बिबरणमा आफू र छोरि को सम्पत्ती बिबरण दिए तर श्री मतिको स पनि उच्चारण गरेनन । अनी कसरी भन्नु उनी सम्बन्धित छिन् भनेर । साच्चैनै जनयुद्ध लडेका , जनबादी हरु कसै सग आश्रित हुदैनन . त्यही भएर प्रधानमन्त्री पत्नी पनि आश्रित भइनन होला र प्रम ज्युले उल्लेख गर्न आबश्यक ठान्नु भएन ।यी झिना मसिना कुरा गर्नु नै बेकार छ । यो एकाइसौ शताब्दीमा कहाँ एक ले अर्कालाई पुच्छर बनाउन मिल्छ र ।

प्रम ज्युको मितब्ययिता त्यतिखेर देखियो जब उहाँको जम्बो सचिबालयको बारेमा समाचार प्रकाशमा आयो । उहाँको सचिबालयको खर्चको थुप्रो को अगाडि त त्यो मुस्ताङ र इकोनोमी क्लासको अमेरिकाको भ्रमण त निकै फुच्चे पो रहेछ । झन तेत्रा पढेका , सधैं फर्स्ट भएका मान्छेले थोरै सहयोगी राख्लान भनेको त उनैलाई पो धेरै । सायद् धेरै जान्नेको योजना पनि धेरै हुन्छ अनी उहाँको स्पिडमा एक दुई जनाले नसक्ने भएकोले पनि धेरै राखेको होला । अब सचिबालय त ठुला बनाये बनाये हेरौ त मन्त्रिमण्डल त्यो पनि । कति मितब्ययी छ हाम्रो प्रम ज्युको व्यबहार । घर भित्र आप खाएर बोक्रा चाँही बाहिर चुस्दाइ निस्कने हुनुहुदो रहेछ ।

राज्यबाट जनताले आशा गर्ने मुख्य कुरा भनेको सुशासन हो सायद । हाम्रा प्रम ज्युका आफ्नै मान्छे मन्त्रीलाई हत्याको आरोप लाग्यो । प्रहरीले मन्त्री बिरुद्ध प्रमाण जम्मा गर्यो . तर हाम्रा बोर्डफर्स्टले यहाँ आफ्नो करामत देखाउनु भयो । आफू मानब भएर पनि प्रभुलाई आपत बाट बचाउनु भयो कति महान , सधैं फर्स्ट । अझ भर्खरै सर्बोच्चले सर्बस्व सहित जन्मकैद घोषणा गरेका आफ्नै पार्टिका साम्सदलाई कर्तब्य ज्यानको अभियोग बाट माफि दिने सिफारिस गर्नु भयो । कति राम्रो सुशासन छ उहाँको ? तिहारमा ङिच्चा हाँस्दै दिदि बहिनिको हातबाट टिका लगाउनु भयो तर तिनै बालक्रिश्णले हत्यागरेका भुबन (उज्जन) को दिदि अपराधीलाई सजाय दे भन्दै न्याय माग्दै हिंडेको आफ्नो दिदि बहिनिको अनुहारमा प्रतिबिम्ब पाउनु भयो की भएन ?


कुरा जति तन्क्याये नी त्यहि हो । हामिले राम्रो हुन्छ की भनेर ब्यक्ति छान्दै हिडेउ , उनिहरुको प्रमाण पत्रमा सुशासनको झलक देखेउ । तर परिणाम उही निस्किदै छ । स्यालले चिल आयो भन्दा चिल लखेट्न आकाश तिर हेर्नु भन्दा आफ्नो कुखुरा छोप्न हाम्रो ध्यान कहिल्यै गयेन । सुबिधा प्रयोग नगरी मितब्ययी बन्नु भन्दा सुबिधा प्रयोग गरेर प्रभाबकारी काम गर्नु राम्रो हुन्छ । लागत को लेखाजोखा कति कम खर्च गर्यो भन्दा पनि कति प्रतिफल लियो भन्ने मा हुन्छ . चेतना भया ।

Sunday, October 2, 2011

अर्कै रङ्गको दशैं

धेरैको मुख बाट सुनिन्छ - दशै दशैं जस्तो छैन । कहाँ त्यो उहीलेको दशै कहाँ अहिलेको । कति खल्लो । के साँच्चै दशै बदलिएको हो त ? स्वभाबिकै हो समय सगै सबै बदलिन्छ । तर दशै बदलिएको हो की हाम्रो हेराइ वा हामि नै बदलिएको हो त्यो चाँही मनन गर्नु पर्ने नै रहेछ । खाली निधारमा यो सात समुद्र पारी बिताएको दशै एउटा हातको औलामा नअटाउने भएछन । फेसबुकको भित्ता भरी छरिएका दशैका शुभकामनाहरु अनी साथिहरुको घर जाने र दशैका कार्यक्रमका स्ट्याटसहरुले सात समुद्र पारी रहेको त्यहि गाऊठाउमा मन पुर्याइरहेको छ । नयाँ लगाउन अनी मिठो खानको लागि केटाकेटिमा आउने यो दशै यो बिदेशी भुमिमा अतितको सम्झना बनेर आएको छ । कमेरा छ्यापेर सिगारिएका गाउका घरहरु , रातोमाटोले लिपीएका आगन र दलानहरु अनी लिङ्गे पिङमा जम्मा भएका गाउका बालक देखि बयस्कहरुको जमघटको तस्बिर लिएर आएको छ दशै । साँच्चै दशै बदलिएछ , आफ्नो नयाँ लुगा कहीले आइपुग्छ भनेर दिन दिनै उकुसमुकुस पार्ने यो दशैले अहिले घरको सम्झना दिलाएर उकुसमुकुस पारेको छ ।

घटस्थापनाको सेरोफेरोमा लुगा किन्न जाने आमाको उद्घोषले त्यो दिन नआउन्जेल सम्म रातका निदहरु खोस्ने गर्दथ्यो । कस्तो लुगा किने , कुन रङ्ग को किन्ने भनेर मनभरी कुरा खेली रहन्थ्यो । पसलमा कपडा किनेर सुचिकारलाई दिएर नाप लिएको दिन देखि शुरु हुन्थ्यो सुचिकारको घरमा दिनको करिब २० पटक धाउने प्रक्रिया । पसल अगाडी गयो हेर्यो , आफ्नो लुगा झुण्डिएको नदेख्दा मन खिन्न पार्यो आयो । सीलाई सकेर ठीक भयो की भएन भनेर टाक हाल्न भन्दा अगाडि सुचिकारले बोलाको दिन सासै नफेरी दौडेर सुचिकारको मा पुगिन्थ्यो । लाज शरम ख्यालै नगरी नयाँ लगाउने उमङगमा लुगा हत्त पत्त त्यहि फुकालेर नयाँ हालिन्थ्यो । अनी नापी सके पछि उफ्रिदै साथि भाईलाई सुनाइन्थ्यो - बुझिस मेरो त सर्टमा दुई वटा पकेट , ५ वटा टाक ।

केही बर्ष पछि दाई दिदिहरु एस एल सी पास गरेर पढ्न काठमाण्डु जान थाल्नु भयो । अब गाऊमै सिलाएको पोलिस्टरको सर्ट प्यान्ट को सटटा काठमान्डुबाट जिन्स को प्याण्ट आउने भयो । गाउबाट बाट शहर पढ्न जानेहरु को संख्या बढ्दै जादा सबैको रेडिमेड लुगा शहर बाटै आउन थाल्यो । सुचिकारका आगन बिस्तारै खाली हुँदै गयो । घटस्थापना पछी सबैका आँखाहरु माथी गोरेटो बाटोमा हेर्न थाल्यो । गाऊबाट काठमाण्डु जाने त्यो मुलबाटो जो देखेनी आफ्नै दाजु दिदि हो की भनेर कुदी हालिन्थ्यो । अरु रहेछन् भने सोधिन्थ्यो हाम्रा दाजु दिदिलाई देख्नु भयो । उहाँहरु आइपुग्नु भएको दिन चाँही पक्का दशै लाग्थ्यो । घर भित्र पस्नु भए पछि कहीले ब्याग खोल्नु होला भन्ने हतारो । अनी ल यो तेरो भनेर लुगा आफू तिर आए पछि खोल्यो हेर्यो । दशमीको दिन मात्र लगाउन पाइने . तै पनि प्यान्टको पकेट गन्यो , शर्टको पकेट र टाक गन्यो अनी गुदपाक मुखमा हाल्दै दौडियो । त्यहि हो साथी भाई को अगाडि गमक्क छाती फुलायो भन्यो - बुझिस निलो जिन्स को प्याण्ट , रङ्गिन कोठे शर्ट , अनी स्पोर्ट जुत्ता ।

केही बर्ष पछि आँफै शहर गैयो । दशै बिदामा बसको छतमा चढेर घर तर्फ लाग्नुको रमाइलो बेग्लै थियो । नयाँ लुगाको रहर हुन छाड्यो । घर फर्किदा गाऊको धारा अनी पधेरामा मज्जाले मयल माडी माडी नुहाउन पाउदा काठमाण्डुको अन्जुली पानीमा घरपेटिको कचकच सम्झेर खिस्स हासउठ्थ्यो । अब दशैं नयाँ लुगा र दक्षिणा भन्दा पनि साथि भाईहरुको जमघट, खानपिनमा रमाइलो हुन थाल्यो । उहीले घरको पैसा चोरेर खेल्न जाने लङ्गुरबुर्जाको साटो तास खेल्न थालियो । जागिरे बनियो , आफू पनि दशैंको घरायसी खर्चमा सामेल हुन थालियो । अनी लाग्न थाल्यो दशैं बदलियो । अब दशैको मोह बिस्तारै हराउन थाल्यो । दशैमा गाऊ जाने क्रम घट्दै गयो । राजधानी उराठ लागे पनि ब्यस्तताको बहाना बनाउदै खल्ती जोगाउन गाऊ जान छडियो । अनी लाग्थ्यो साँच्चै दशैं बदलियो ।

अनुसन्धानको क्रममा केही हप्ता अगाडि मात्र नेपालमा रहदा आफ्नै नभएनी अर्कै गाऊ पुगियो । दशैं आउने समयको चहल पहलले फेरि त्यो आफ्नो बाल्यकाल कोट्याइदियो । केटाकेटीहरु स्कुलबाट फर्किदा दशैको लुगा किन्ने योजना बनाउदै थिए । क कस्को घरमा टिका लगाउन जाने भनेर सुनाउदै थिए । बाटोमा लङ्गुर बुर्जा उस्तै गरि क्वान्टङक्वन्टाङ गरि बजीरहेको छियो । एक दुई पटक थापौ की भनेर खल्तिमा हात पुर्याइसकेको थिए , आँफैलाई लाज लागेर आयो । अनी लागे आफ्नै बाटो । बाटोमा मोबाइलमा कुरा गर्नेहरुको यसो सुनिन्थ्यो - दशैमा त घर जाने । दशैंको खसी भनेर राखेको गाऊ तिरको हरेक बाख्रागोठमा देखिन्थ्यो । दशैमा चुरा किन्छु भनेर पेवा कुखुरा बेच्ने साना स्कुले केटीहरु पनि गाऊ तिर देखियो । अनी काठमाण्डुमा , असन र इन्द्रचोक उस्तै गरि दशैंको किनमेल गर्नेहरु को भिड , सपिङ सेन्टरहरु उत्तिकै भरिएको । एक महिना अगाडि देखि काठमाण्डौबाट बाहिरिने गाडी र प्लेनको टिकेट बुक । अनी खोइ कहाँ बदलिएछ त दशैं ।

दशै गाउका केटाकेटीहरुको लागि उस्तै गरि नयाँ लुगा र दक्षिणा बोकेरै आउने रहेछ । अध्ययन र कामको सिलसिलमा परदेशियेकोहरुलाई दशैंले उस्तै गरि गाऊ घर तिर तान्दो रहेछ । इश्टमित्र जम्मा हुनेहरुको लागि दशैं उस्तै गरि खोरमा खसी पाल्न लगाउदो रहेछ । दशैंले उस्तै गरि गाउलेहरुलाई घर उज्यालो बनाउन लगाउने रहेछ । दशैंमा चामलको भात र मासु खान पाइने भयो भनेर दङ्ग पर्ने हरु पनि उत्तिनै रहेछन् । साच्चैनै दशै उस्तै गरि आउदो रहेछ । बदलिएछ त केवल आफ्नो मन । जीवन बनाउने र बढाउने लक्षले दशैंलाई बदलिदिएछ, आफू सगै मन पनि बसाइ सरेछ। शहरको सिमेन्टेड भित्तामा उभिएर पहाडको कमेरेमाटोले पोतियेको झुप्रा सम्झने यो मनले ती पहराहरु उस्तै गरि उभिरहेको अनी खोलाहरु उस्तै गरि बगिरहेको हेक्का नै राखेनछ । दशै साँच्चै दशैं जस्तो गरि नै आउने रहेछ ।

दशैंलाई दशैं जस्तो गरि मनाउनुहुने सबैलाई बिजया दशमीको हार्दिक शुभकामना । ।

Tuesday, September 6, 2011

गैडाल्याण्डमा फास्टफुड

नारायणिलाई ज्ञानेश्वर निकै बहकिये जस्तो लाग्न थाल्यो र प्रसँग बदल्न भनि - केही खाउन धेरै भोक लाग्यो । ज्ञानेश्वरलाई तडक भडक मन पर्दैन थियो । परम्परागत खानाको शौखिन थियो तर आधुनीक प्रबिधीको पक्षपाती थियो । त्यसैले उस्ले भन्यो - हिड्दै, सौराहा तिर जाऔ अनी बाटोमै भेल्डर खाँउला ।

नारायणीलाई लाग्यो यो केटो कति लोभि, यहाँ क्याफे सम्म आयेर पनि फेरि जंगलमै गएर खाने कुरा गर्छ । यो साहुनीले थाहा पाइ भनि के गर्ने होला ? अली कति लाज त लाग्नु पार्ने हो नी ।

उस्ले ढिपी गरि - अरुले देखे नी के भन्लान । यहाँ सम्म आयेर केही नखाइ जादा । तिमिलाइ त्यस्तै थियो भने त्यो भाषण मात्र सुनाउन किन यहाँ बोलायेको । उतै खोरसोर तिर बसेर नी त गर्न सकिन्थ्यो नी । अझ रापतीमा पौडिदै इचर्नीको टापुमा झन कस्तो रमाइलो हुन्थ्यो नी ।

नारायणिको कुरा ज्ञानेश्वरको मनमा परेछ क्याहो र मन नलागी नलागी मुख फोर्यो - मगाउन त के खाने ।
नारायणी फुरुङ्ग परि र भनि - म त माइकेनिया खाने ।

उस्को कुराले ज्ञानेश्वरलाई चकित बनायो र भन्यो - माइकेनिया रे , त्यो त जताततै पाईन्छ नी । किन यहाँ महँगो तिर्ने । फेरि त्यो हाम्रो खाना नी होईन । त्यहि माइकेनियाको झाडि फैलियेर सबैलाई पिरलो पारेको छ । तिमीहरु जस्तै यसरी खाने बढे भने फेरि साहुनीले रोप्न थाल्ली ।

नारायणी भन्न थाली - हेर के भनेको तिमिले . समय अनुसार चल्नु पर्यो नी । यो त फाष्टफुडको जमाना हो । खाली त्यहि भेल्डर, घासे मैदान भनेर कति बस्ने । यो खाएर कतै यो जस्तै हामि पनि हलक्कै बढ्न सक्छौ की ? फेरि यहाँ क्याफेमा खानुको मज्जा नै बेग्लै छ । कति सफा गरेर आउछ हेर्दै खाउ खाउ लाग्ने । बाहिर हेर्नै मन नलाग्ने त्यो फास्टफुडहरु यो क्याफेमा कति आकर्षक पाराले सजाएका हुन्छन् ।

ज्ञानेश्वर उस्को कुरा सुनेर अली गम्भीर बन्यो र भन्न थाल्यो - हेर समय अनुसार चल्नको लागि आफू पनि त्यती नै सक्षम छ की छैन भनेर हेर्नु पर्छ । यस्तो नहोस की बर्खाको भेल सगै दौडने काठको मुढा जस्तै नदिको एक किनारमा थन्किनु नपरोस । हेर त माइकेनियाले हेर्दा हेर्दै यो गैडाल्याण्डको बन छपक्क पार्यो । कहीले काही खान रमाइलो होला सधैं यहि मात्र त खान सकिन्न नी ?

नारायणी - के भनेको तिमिले । यो कुनै बिक्रिती त होईन नी । ब्यापार, पर्यटन र प्रबिधी को बिकाश सगै माइकेनिया जस्ता बिरुवाहरु पनि आउन थाले । आफै आएका त होइनन नी ? अनी फेरि यसलाई रोक्ने क्षमता हामि सग छैन् पनि । बरु म त खाइदिन्छु । त्यो बछ्यौली गाऊ हेरन अहिले कति गाऊ मात्र नभएर कति देशका मान्छेहरु छन् । को भेलसगै बग्न सक्यो को चाँही बगरमा फालियो आँफै भन त त्यो गाऊ हेरेर ? हिजो बन भित्र खान पाइएन भने बाहिर गएर मानिसहरुको खेतिपातिमा चर्न पाइन्थ्यो । अब त त्यो अवस्था पनि रहेन । तार बार र करेण्ट लगाएर हामिलाई मानब बस्ती र खेत बारिमा निषेध गरेका छन । अब "हेरेर मर्नु भन्दा त छेरेर मार्न नै जाति रे नी । त्यहि भएर भित्र जे पायो त्यहि खानु पर्छ ।

ज्ञानेश्वर - कुरा त्यो ब्यापार को होईन । कुरा त हाम्रो संस्क्रिती को हो । आफ्नो संस्क्रिती जोगाउन सकेनौ भने हाम्रो चिनारी कता पुग्छ भन त ?

नारायणि - माइकेनिया जस्ता फास्टफुड खानु भनेको संस्क्रितीको अपहेलना गर्नु होईन । फेरि संस्क्रिती आफै गतिशिल छ । त्यहि भेल्डरको फेदमा नै जीवन देख्न थालेउ भने के हामि यो परिबर्तित बाताबरण सग जुध्न सकौला त? हिजो मान्छे देख्ने बित्तिकै भाग्ने हाम्रा पुर्खाहरु आज किन हात्ती चढेर आउने मानिसहरुका क्यामेरा हरुको अगाडि निर्धक्क अगाडि पर्छौ ? समय अनुसार चल्न सकिएन भने हामि संस्क्रिती त बचाउन सकौला तर हाम्रो समाज बचाउन सकौला र ? नत्र हामिलाई देखाएर ब्यापार गर्ने हरुले खोइ त हाम्रो बासस्थानको उचित ब्यबस्थापन गरेको ? हामिलाई बन्दुक बाट जोगाउन त खोज्छन तर खाइ यो माइकेनियाको एम्बुसबाट बचाउने पहल गरेको ?

यो कुराले ज्ञानेश्वरलाई सोच्न वाध्य बनायो अनी भन्न थाल्यो - तै पनि एक पटक सोचन । कहाँ कहाँ बाट आएको यो माइकेनियामा गुजारा चलाउन थाल्यौ भने हाम्रो स्थिति के होला ? के हामि स्वास्थ्य रहन सकौला ? हामि सन्तती उत्पादन गर्न सक्षम हौला त ? सधैं माइकेनियामा बाच्नु अनी खाग बिनाको हामि गैडा जातिको परिकल्पना गर्न सक्छौ ?

नारायणि - सायद भबिष्यमा आफ्नो अस्तित्व जोगाउन खाग बिनाको गैडा पनि प्रकृतिले बनाउनु पर्ने हुन्छ होला । मरुभुमीको उट कम पानी मा बाच्छ, तर यो होईन की मरुभुमी बाहिर पनि कम मात्रामै पानी पिउछ । संस्क्रिती बचाउन भनेर उस्ले त्यो खोलामा बगेको पानी नपिएर टुलुटुलु हेरी रहन त सक्दैन नी ? आमाले भन्नु भएको त्यो बछ्यौली गाउमा बस्ने हरु पहिला धोती कछाडमा पुरुषहरु अनी फरिया चोलीमा महिलाहरु हुन्थे रे । अहिले हेर त के के हो के के लगाउन थालेका । माछा मार्ने हरु कहाँ पुगे । तिनीहरु लोप त भएका होईन होलान् नी , पेशा त परिवर्तन गरे होला नी । यो माइकेनिया खानु पनि त्यहि होइन र ? म यो संस्क्रितीको परिभाषा जान्दिन ज्ञानेश्वर । मैले बुझेको यति हो सबै कुरा गतिशिल छ ।

नारायणीलाई ज्ञानेश्वरले यस्तो रुपमा कहिल्यै देखेको थिएन। आज उस्को तर्क पूर्ण प्रतिबादले एक्छिन सन्नाटा ल्यायो । उस्ले सोच्यो , साच्चैनै समय अनुसार परिवर्तन नभए त एक दिन डाइनासोरस जस्तो लोप हुनु पार्ने त होईन ? माइकेनिया र अन्य परम्परागत बनस्पतीहरुलाई सन्तुलन गरेर मिलाएर खाएमा त बाँच्न पनि सजिलो हुने ठान्यो ।

अनी आँफैले दुबै जनालाई माइकेनिया अर्डर गर्यो ।

नारायणि मुसुक्क हासी । आफ्नो तर्क ले ज्ञानेश्वरलाई प्रभाबित पार्न सकेकोमा भित्रै देखि आफै गर्बित भै । अझ उसलाइ रिस पनि पोख्न मन लागेको थियो संस्क्रिती बचाउने कुरा गर्ने तिमी गैडालाई नहेरेर किन त्यो बाघ , चितुवा, हात्तीका युबतीहरु सग मस्किन्छौ भनेर । तर उसलाई रिस पोखाउन मन लागेन ।

अनी भनि - अब पछि पनि यस्ता माइकेनिया जस्ता कति बिरुवा हरु आउलान है ?

Sunday, August 21, 2011

जादा जादै गैडाल्याण्डमा

नारायणीलाई के भनौ के कुरा गरौ भैरहेको थियो । यसै बिचमा गोस्सिपको कुरा गर्न थाली ।

भन्न थाली - बुझ्यौ अब उनिहरु गोस्सिपमा नआउने रे । नयाँ खोल्ने कुरा गर्दै थिए ।

ज्ञानेश्वर - किन ?

नारायणी - उही जातियताको ज्वरो ।

ज्ञानेश्वर - खै अब कसलाई के भन्ने । हामी आफ्नो संस्क्रिती जोगाउने भन्दा पनि अरुको लाई दबाउने मा लागेको छौ । यहाँको बिबिधता बिर्सियेर आफ्नै पतनको बाटो रोज्दै छौ ।

नारायणी - कसरी ?

ज्ञानेश्वर अली भाबुक हुँदै गयो र भन्न थाल्यो - हामिले एक अर्कामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धित छौ भनेर कहिल्यै बुझ्ने कोशिस गरेनौ ।

नारायणी - अब उनिहरु जादैमा हामलाई के हुन्छ र ? हामिले धकेलेको होइनौ ?

ज्ञानेश्वर - हामिले त्यो बाताबरण बनायौ नारायणी । चित्तल गएर के हुन्छ भनेर सोचेउ । तर तिनीहरुले हाम्रो घासे मैदानको ब्यबस्थानमा ठुलो भूमिका खेल्छ भनेर बिर्सेउ । चित्तलको अभाबमा बाघहरु रहदैनन अनी फेरि शिकारीहरु बन्दुक बोकेर हिड्छन हामिलाई निशाना बनाउदै ।

नारायणि - हामि चित्तल जस्तो स्वार्थी पनि त होइनौ नी । तेत्रो हुलमा एउटा बाघले लखेट्दा प्रतिकार गर्न छाडेर आफ्नो ज्यान जोगाउन भाग्ने ।
नारायणिको यस्तो कथन सुनेर ज्ञानेश्वर अली भाबुक बन्यो ।

अनी भन्न थाल्यो - चित्तललाई थाहा छ, उनिहरुलाई नमारी बाघ बाँच्न सक्दैन, अनी बाघले उनिहरुको शिकार गरेन भने जनसंख्या बढेर आफू आफू नै मारामार गर्नु पर्छ भन्ने पनि । बाघले आक्रमण गर्दा भाग्छन तर एकजुट भएर प्रतिकार गर्दैनन । प्रतिकार नगरी भाग्नु तिनीहरुको स्वार्थीपना होईन यो त प्रकृतिको नियम हो । तेत्रो हुलमा रहने म्रिग ले प्रतिकार गर्न थाले भने बाघ कसरी बाच्छ ? स्रिष्टि कसरी चल्छ ? प्रकृतिको नियम कुनै राजनैतिक सिद्दान्तले चल्दैन । यस्को आफ्नै प्रणाली हुन्छ ।

नारायणी - हामिले त केही गरेको थियेनौ नी । तर फेरि किन हामि माथी त्यस्तो व्यबहार ।

ज्ञानेश्वर - यो उर्लदो जातियताको भेलले तिमी, म र उनिहरु भनेर छुट्ट्याउन छाड्यो । हेरन त्यो रापतीको भेलले खेत्, बारी , चौर केइ भन्दैन सबैलाई लैजान्छ । यहाँ तेस्तै भएको छ । उनिहरुलाई हाम्रो समुदायको सोच माथी डर छ। त्यहि भएर हामि सग पनि छ । हाम्रो अगुवाहरुले चालेको कदमले उनिहरुलाई विश्वाश दिलाउन सकेँन । उल्टै उनिहरुमा त्रास फैलायो । म्रिगहरु उनिहरुलाई आक्रमण गर्ने बाघ सग रमाउन थालेका छन् तर सगै एउटै घासे मैदानमा चर्ने हामिलाई किन शन्का को द्रिष्टिले हेर्छन ? आँफै बुझन ।

नारायणी - हामिले त आफ्नो पहिचान पो खोजेको त । यसमा उनिहरु किन तर्सिने?

ज्ञानेश्वर - पहिचान खोज्नु नराम्रो होईन । तर आफ्नो पहिचानको लागि अरुको पहिचान मेटाउनु पनि त भएन नी । हाम्रो जिम्मेवारी भनेको यो गैडाल्याण्ड मात्र होईन । बाघहरुले मागेको बर्दियाको बाघवान , अनी कन्चनपुरको बार्हसिङ्गे प्रदेश प्रति पनि उत्तिकै उत्तर्दायी हुनु पर्छ । राज्यले यसरी सबैलाई दिन सक्छ की सक्दैन ? भोलि हाम्रो गैडाल्याण्ड भित्र घडियाल स्वायत्त क्षेत्रको कुरा आयो भने के गर्ने ? आफ्नो पहिचानको लागि भनेर समग्र राज्य लाई नै अप्ठ्यारो बनाउन त भएन नी । प्रकृतिले हामिलाई छुट्टै व्यबहार, रहनसहन दिएको एकलकाटे हुन होईन । हामी हामी जस्ता छुट्टै व्यबहार भएकोहरु मिलेर बिबिधता बनाउन हो ।

नारायणीलाई ज्ञानेश्वरको कुरा धेरै जटिल लाग्यो । उस्ले भनि - खोइ म केइ बुझ्दिन । तिमिलाइ अरुले किन खाग भएको बाघ भन्छन् यो पनि भेउ पाउदिन ।

ज्ञानेश्वर - हो नारायणी , सायद मैले पनि जख्खु र गर्दने हरु जस्तै गरि अरु माथी धावा बोलेको भए म पक्का गैडामा दरिन्थे होला । तर म त सधैं मिलेर बसौ । यसरी अधिकार माग्दा हाम्रो उत्तरदायित्व पनि बुझौ । यो गैडाल्याण्डलाई गैडाहरु को मात्र होईन समस्त जनवारहरुकै उचित थलो बनाउ भन्दा उल्टै मलाइ यथास्थितीबादीको आरोप । बरु म यो आरोप सहन सक्छु । तर सगै त्यो घासे मैदानमा चरेका म्रिगहरु , अनी जङगलमा लुकामारी खेलेका डमरू र छावाहरु माथी धावा बोल्न सक्दिन । अझ हामि स्वीकार्नु पार्ने कुरा के हो भने त्यो टाटेपटे बाघ र चितुवा , लामो सुढ भएको हात्ती, रुखको हागा जस्तै सिङग हुने म्रिगहरुको उपस्थितीको कारणले नै हाम्रो यो एक सिङ्गले महत्व पाएको छ ।

ज्ञानेश्वरको यस्तो कुरामा नारायाणिलाई कुनै चाख थिएन । उ त मनको बह पोख्न चाहन्थी । अन्धेरी रातमा छाउने नौ लाखे ताराको बयान गर्न चाहन्थी, गोधुली साझमा पर रापतीको किनार सगै देखिने क्षितिजमा डुबेको घाममा हराउन चाहन्थी । उस्को मन त चखेवा झै भुर्र उड्थ्यो , घडियाल झै रापतीमा पौडिन्थ्यो । चित्तलले बसाइ सरेको, बाघको गर्जन हरायेको अनी हात्तीको सर्याक सुरुकको अनुपस्थितिमा सुनसान बनेको त्यो गैडाल्याण्ड सग उसलाई बाल मतलब थिएन । आँखा अगाडी बसेको ज्ञानेश्वरको उपस्थितिनै संसार थियो नारायणिलाई । उ चाहन्थी ज्ञानेश्वरले माया प्रेमको कुरा गरोस । तर आज ज्ञानेश्वर रोकिने वाल थिएन । तै पनि उ खुशी थीइ । त्यो डमरू र अन्य युबतीहरुको अनुपस्थितीमा नारायणीले आफूलाई अझ सुरक्षित महसुस गरेकी थिइ ।





Monday, August 8, 2011

बिहार देखि बंगालसम्म

बर्तमान युबा पुस्ता निकै भाग्यमानी छ - यो मानेमा की छोटो अबधिमा निकै राजनैतिक परिवर्तन भोगेको छ । देशको मुहार र जनताको भबिश्य फेर्ने नाममा धेरै परिवर्तन भए तर खै - पेट्रोल, पासपोर्ट हुँदै परदेश जानेहरुको लाइन घट्नुको साटो लम्बाइ झन तन्किएको छ । उचित शासन ब्यबस्था पाउने म्रिगत्रिष्णामा कति दिनसम्म भौतारिनु पर्ने हो - त्यो भबिश्यकै गर्भमा छ । तर प्रसिद्ध भारतिय लेखक शिव खेडाको भनाइ सापटी लिने हो भने - जबसम्म भ्रष्ट शासकहरु रहि रहन्छन तबसम्म कुनै पनि शासन ब्यबस्थाले जनताको हित गर्न सक्दैन ।

अहिले दुइ भारतिय मुख्य मन्त्रि हरु चर्चाका पात्र बनेका छन् । भारतकै दुख भनेर चिनिएको लालु यादवको बिहार अहिले नितिश कुमारको नेत्रित्वमा दोहोरो अंकको आर्थिक ब्रिद्धिदर् सगै मुहार् फेर्दै छ। जनताको गुनासो सुन्न मुख्यमन्त्रि आफ्ना दलबल सहित "जनताको दरबार" मा उपस्थित हुन्छन् । झण्डै ९७ प्रतिशत बालबालिका हरु बिद्ध्यालय जान्छन् । बिद्ध्यालय जाने लाडलीहरुको साइकलको तातीले बिहारको भबिष्यलाई उचाइतिर डोर्याइरहेको देखिन्छ । यसको साथै कृषि र पर्यटनमा भएको उन्नतीले काठमाण्डौ र नेपालको तराइमा कामदारको अभाब देखिन थालीसकेको छ । कुनै दिन घरघरमा आउने चना चटपटे खान सुपरमार्केट जान पर्ने हुन सक्छ, खाली शिशिका आवाजहरु सुनिन छाड्छन । बरु उल्टै पटना र भागलपुरहरुमा उत्तरबाट बहादुर र कान्छाहरु भित्रिन सक्छन् ।

साढे तिन दशक लामो बामसत्ता उल्ट्याउने पश्चिम बङ्गालकि दिदि को कथा पनि कम्ति रोचक छैन । मा, माटि र मानुसि ( आमा, माटो र जनता) को नारा लिएर अगडि बढेकि ममता दिदि धेरै पटक् केन्द्रिय सरकारको मन्त्रि अनि निर्बाचित प्रतिनिधि भएर पनि सादा जिबनमा बिस्वास गर्छिन् । साधारण सेतो सारि, श्रिङ्गार् बिहिन् शरिर अनि कटनको झोला र साधारण चप्पलमा देखा पर्ने दिदि राज्यको बागडोर् सम्हाल्दा दयनिय आर्थिक ब्यबस्था देखेर आफ्नो चित्रहरुबाट प्राप्त रकम राज्यकोषमा जम्मा गरिन। सरकारले अौद्ध्योगिकिकरणको नाममा जनताको जग्गा निर्बाध रुपमा अधिग्रहण गर्न थाले पछि "नन्दिग्राम" बाट शुरु भएको दिदि को आन्दोलनले कलकत्ताको राइटर्स् भबनमा पुर्याउदा उनले जनताको नाममा सपथ लिने ढोङ्ग रचिनन् बरु नन्दिग्रम् र सिङ्गुरका पिडित परिवारहरुलाइ बोलाएर साक्षि राखिन् । सायद त्यो पहिलो घटना थियो जहा साधारण जनताले मुख्यमन्त्रिको सपथ ग्रहणमा आमन्त्रित हुने मौका पाएका थिए । सबै जनता राइटर्स पुग्न नसक्ने देखेर राइटर्सलाई नै जनता सामु पुर्याउने योजना अनुरुप सिलिगुरीमा मुख्यमन्त्रीको सचिबालय स्थापना गरेकी छिन् ।

भ्रष्टचारले जकडिएको बङ्गलादेशी राजनितिमा कृषि मन्त्री मतिया चौधरीको बेग्लै पहिचान छ । कडा स्वभाबले गर्दा "ओग्नी कुन्ना" अर्थात आगोको छोरि नामले प्रसिद्ध छिन् । कृषि मन्त्रालयको बागडोर सम्हाले देखि रासायनिक मलको बिक्रीबितरण सुलभ गराइन अनी बायोटेक्नोलोजी को प्रबर्द्धनको लागि गैर आबसिय बङगलादेशी अनुसन्धानकर्ताहरुको सहयोगमा बिश्वकै उच्च जनघन्त्व रहेको बङलादेशको मुहार परिवर्तन गर्न लागेकी छिन् । झन्डै हाम्रो जत्रै क्षेत्रफल अनी हामि भन्दा पाच गुणा बढी जनसंख्या भएको बङलादेश भन्छ हामि चामल निर्यात गर्छौ । मतिया अन्य साधारण नागरिक झै पसलमा किनमेल गर्न लाइन पनि बस्छिन , उनी तिनै नेत्री हुन सैनिकले शासन लिदा भ्रष्ट्रचारको आरोप लाग्छ भनेर सबै राजनितिज्ञहरु लुकेर बसे तर उनले सडकको मोर्चा सम्हालिन ।

ओबामा र मण्डेलाको आश गर्ने हाम्रो समाजमा यी उदाहरणहरु गौण लाग्न सक्लान । तर डा. उपेन्द्र देबकोटाको को सफलताको सुत्र लिने हो भने "सफलता भनेको क्षितिज हो , एउटामा पुगेपछी अर्को देखिन्छ , समतलमा बसेर देखिने क्षितिज अन्त्य होईन तर खुड्किलो हो । " साच्चैनै ओबामा र मण्डेला त पछडिका क्षितिजहरु हुन जहाँ पुग्न असम्भब छैन् तर ती बिहार र बङगाललाई खुड्किला बनाउनै पर्छ ।

परिवर्तन गर्न सत्तामा नै पुग्न पर्छ भन्ने नी छैन् । एक पटक यसो कल्पना गरौन सबैले आशा गरेका बाबुराम भट्टराइले हप्ताको एक पटकै भनेनी इन्जिनियरिङ अध्ययन संस्थानमा लेक्चर दिएको दिन त्यो कक्षामा कति घुइचो लाग्थ्यो होला । रामशरण र प्रकाशचन्द्रका उपस्थितीमा बिद्ध्यार्थीहरुले अर्थशास्त्रका सिद्दान्तहरुको प्रयोगलाई कति राम्ररी बुझ्थे होला ।

सोच्नै पार्ने बेला आएको छ - कतै हामि जनता आफै त दोशी छैनौ नितिश, ममता र मतियाहरु को पहिचान गर्न नसकेर ?

Sunday, July 24, 2011

गैंडाल्याण्ड जिन्दाबाद - झल्झली आखामा

ज्ञानेश्वरलाई भेट्ने कल्पनाले नारायणि रोमन्चीत भई । हतार हतार गोस्सिप बाट साइन अफ गरि । लाग्यो लामिताल गएर फ्रेश हउ । तर सोची उही ज्ञानेश्वर त होनि किन यसरी उत्ताउली हुनु । आँफै देखि आँफैलाई लाज लागेर आयो । एक्छिन त्यतिकै एकोहोरिएर बसी । अनी लागि बिस्तारै बिस्तारै टिकौली तिर । बाटोमा अनेक कुरा खेल्न लाग्यो । आज उसलाइ त्यो खोरसोरको जंगल अर्कै लागेको थियो । हिजो अस्ति झन्झटिलो लाग्ने माइकेनियाको झाडीमा उसले हरियाली पाउन थालेकी थिइ । जङगलमा दाउरा घास गर्ने मध्यबर्ती बासिन्दाहरु सग कुनै डर भर थिएन । न त उ तिनीहरु सग सतर्कनै भै ।

यस्तै सोच्दै हिड्दा हिड्दै बाटोमा कसैले ए नारायणि भन्दा झस्याङग भै । यसो हेरेको पोश्टका कर्मचारीहरु रहेछन् । कता हिडेकी भनेर सोधे । मुसुक्क हासी र अगाडी बढी । उसलाई लाग्थ्यो त्यो गेम स्काउट दाई बुढो भए नी अली पात्तिन्छ । सधैं यसरी नै जिस्क्याइ रहन्छ । उता बाट बोलेको सुनियो - मोरीलाई बैस चढेछ । अनी अली ठुलो स्वर मा फेरि उसैको आवाज आयो आयो - उता नजाउ है , फेरि चरी ले उडाउला ।

मोराहरु त्यतिकै जिस्क्याउछन भनेर मनमनै भनि र पछाडि फर्केर जवाफ दीइ - चरी सग के डराउनु दाजु , कसरामा थुन्नु भएकै छ नी । की आफ्नो थुनामा आफैलाई भर छैन् भन्दै अगाडि बढी रहि । आज उसलाई त्यो बिसहजारी तालले पनि खिच्न सकेँन । तालको पल्लोपट्टी बाटोमा गुच्चा खेलिरहेका केटाकेटीहरुले पनि रोक्न सकेँन । एकोहोरो त्यो माइकेनिया क्याफे तिर लम्की रहि । आज धेरै दिन पछि देखा परेउनी भनेर नारी आवाज सुन्दा पो उस्ले बल्ल चालपाइ कति चाडो क्याफेमा आइसकिछ ।

बिसहजारी तालको छेउमा रहेको बाराण्डाभारको त्यो माइकेनिया क्याफे निकै ब्यस्त थियो । पूर्व पश्चिम लोकमार्गमा चल्ने गाडीहरुको हर्न आवाज मधुरो गरी सुनिन्थ्यो । सानो आवाज मा उदय-मनिलाको गीत बज्दै थियो। भित्र पटिको बारमा गर्दने र उस्का जत्थाहरु चुरोटको धुवा उडाउदै बियरको चुस्की लिदै थिए ।नशामा झुम भएको एउटा दारा बाहिर निस्केको दारेले साहुनि लाइ हिन्दी गीत बजाउन आग्रह गर्यो । साहुनिले हिन्दि गित बजाउन गैडामुक्ति मोर्चाले प्रतिबन्ध लगायेको सुनाइन् । त्यो दारे भन्दै थियो - तोडफोड गर्ने हामि नै हौ , हामिले भनेको नमान्ने । यो क्याफे उखेलिदिउ । साहुनि नसुनेको झै गरिन् । उ एक्लै टेबल ठोक्दै थियो , अरुले हुन्दे यार भनेर सम्झाउदै थिये ।

त्यसो भए हाम्रो आफ्नै गैडा भाषाको गीत बजाउ भनेर दारे त्यतिकै जोस्सियो । साहुनी पनि के कम अब नारायणी ले एल्बम निकाल्छे अनी त्यहि बजाउला भनिन । नारायणी अली लजाउदै छि दिदि पनि के के भन्ने होला भन्दै रिसाए झै गरि ।
दारे र उस्को समुह जिस्किन थाल्यो - खै यो नारायणि लाई ज्ञानेश्वर सम्झदै मा फुर्सद छैन् के एल्बमा निकाल्ली र । आज ज्ञानेश्वर पनि छैन् लौ साहुनी "शिलाकी जवानी " बजाउनुस् नारायणि सगै नाचौला । नारायणि खाग माथी पर्दै रिसाइ र भनि तिमीहरुलाई बोल्ने सोमत पनि छैन् । काम छैन् जड्याहाहरु । भित्रबाट टेबल ठोकेर गीत गएको सुनियो - हामलाई पनि मायाले हेर नारायणि ।

नारायणि त्यहा बात जानु की बस्नु अलमल्ल परि । नारायणी रिसाको थाहा पाएर गर्दनेले अरुलाई हल्ला नगर्न आदेश दियो । भित्रबाट चियर्स भनेको मात्र आवाज आयो । क्याफे बाहिर बसेकी नारायणी घरी घरी घडी हेर्थी । आज यो घडी किन चाडो चल्दैन भनेर दिक्दार हुन्थी । उस्को आँखा भने खोरसोर तिरनै ताकिरहेको थियो ।

साहुनीले उस्को कुरा बुझी र जिस्क्याउन थाली - तिमी यहि सम्म आएकी की कतै जान लागेकी ।

साहुनी ले जिस्क्याको बुझेर उस्ले भनि - के हो दिदि आजकाल जड्याहाहरुलाई मात्र खुल्ला हो क्या हो क्याफे ।

उस्को टिमुर्किएको जवाफ सुनेर साहुनी हासिन मात्र । अनी खुसुक्क राजु लामा बजाइन - पर्खाइमा भिज्यो सिरानी ।

कुरा बुझेर नरायणि मुसुमुसु हासी मात्र । उता बाट झाडिमा खुस्रुक्क को आवाज आयो । हेरेको ज्ञानेश्वर त्यतै आउँदै रहेछ ।
(क्रमश : )

Sunday, July 17, 2011

गैंडाल्याण्ड जिन्दाबाद (४) - त्यो बेला

ज्ञानेश्वर गोस्सिप रुममा छिर्ने बित्तिकै, नारायणी ले डब्लु सी गरि ।

ज्ञानेश्वरले पनि धन्यबाद् भन्यो ।

च्याट रुममा अरु च्याटर भए पनि अरुले उसलाई स्वागत गरेनन ।

सधैं छिर्ने बित्तिकै डब्लु सी को बर्षा हुने च्याटरुममा नारायणि डल्ली बाहेक अरु ले नगरेको देखेर उ छक्क पर्यो । च्याटर लिष्ट मा सबै को नाम हेर्यो । छावा र डमरूको दिदि भाई नै थिए । चित्तल, चितुवा, गौर आदि सबै नै थिए । चखेवाको जोडी आफ्नै धुनमा अरुलाई बाल दिएर पब्लिक मै माया प्रेमका कुरा गर्दै थिए ।एक आपसमा चुम्बन साटासाट गर्दै थिए । त्यो कुरा सारसलाई पचेनछ लेख्दै थियो - मोडहरु नि कता मरे आजकाल । यस्तो हरकत गर्दा नि किक हान्दैनन त ।
उ छक्क पर्यो । यत्तिकै मा उस्को पि एम मा पिलिक्क बत्ती बल्यो ।
हेरेको नारायणी रहिछे - सञ्चै छौ ।

ज्ञानेश्वर - सञ्चै छु । तिमी कती बेला आएको ।

नारायणी - भयो डेढ घण्टा जती ।

ज्ञानेश्वर - आज च्याटमा किन सबै चुप ।

नारायणी - त्यही भन्न त मैले तिमीलाई यहाँ बोलाएको ।

ज्ञानेश्वर - कसैको झगडा पर्यो कि क्या हो ।

नारायणी - त्यस्तो होइन । अब यहाँ च्याटरुममा पनि जातिय ज्वरोले समातेको छ । अर्कै रुम खोल्ने भन्दै थिए । कोइ कसै सग बोल्दाइनन । बोल्यो भने नानाथरी गाली गर्छन् ।

नारायणीको कुरा सुनेर ज्ञानेश्वर एक्छिन छक्क पर्यो । तैपनी परिस्थितीलाई कम्तिमा च्याटरुममा भएनी सम्हाल्न सकिन्छ कि भनेर सबैलाई पि एम गर्न बिचार गर्यो ।

अनी डमरू (केटी ) लाई लेख्यो - हाइ, गोर्जी, तिम्रो त्यो वाक हेर्न नपाको नि कती भयो ।

उताबाट डमरू (केटी ) ले रिसाउदै भनी - अपाङ्गले किन चाल हेर्न पर्यो ।

ज्ञानेश्वर - जिस्किदै , के भन्छे यो चिम्सि । म कसरि अपाङ्ग ।

डमरू (केटी) - एउटा मात्रा सिङ्ग हुने लाई मैले के भनु त । जस्तो छाला उस्तै बाक्लो बुद्धी ।

त्यो चिम्सी को कुरा सुनेर ज्ञानेश्वर वाल्ल पर्यो । पहिला त खुब मस्किन्थी । सेक्सि चालवालि भन्दा पनि तिमि जस्तो जमिन भासिने गरि हिड्ने होर भन्थि । आज त के हो हुरि चल्दा बास् झै पड्किएकि छे । यो सग बोल्न नसकिने रहेछ भनेर यसो छावा तिर लाग्यो ।

ज्ञानेश्वर - के छ गज ।

छावा - ठिक छु, एके ।

ज्ञानेश्वर - सबै जना पण्डित, के के नाम राख्छन् बुझ्नै नसकिने ।

छावा - अलि छाला पातलो बना अनि बुझ्छस् । देश अनुसारअको भेष, सिङ्ग अनुसारको नाम बुझिनस ।

ज्ञानेश्वर् - यो तिन माने पनि कति टेडो कुरा गर्न थालेको हउ ।

छावा - धेरै नकारा एके, अहिले तलाई भेल्लरको रुखमा उल्टो टाग्नु नपरोस् । अनि तेरा फोर्सहरुले छुटाउलान् नि ।
बल्ल ज्ञानेश्वरलाइ चेत भयो , यहा पनि उहि संघियताले ज्वरो गाडेछ । हाम्रो युबा पुस्ता पनि त्यहि जातिय घेरामा खुम्चिएछन् । उस्ले सोच्यो , पहिला उस्को वरिपरि चित्तलका युबतिहरु च्याट गर्न तछडमछाड गर्थे । अनि त्यो छावा जिस्क्याउथ्यो अब यो "गैडा गोस्सिप्" को नाम् "ष्लेश्मान्तक" राखौ अनि यो ज्ञाने एके लाइ चाहि पशुपति बनाउ । यहा जिस्किन त परै जाओस् बोल्न पनि नहुने भै सकेको रहेछ । एकातिर गैडा फोर्सका राजनिति दादागिरि अनि अर्को तिर जातिय छुवाछुत ज्ञानेश्वरले आफैलाइ बिरानो पाउन थालयो । नचाहेर पनि उस्लाई त्यो जातिय द्वन्दमा छिर्न पर्ने भयो । एकातिर आफ्नै समुहमा हेरिने शन्काको दृष्टिकोण अनी अर्को तिर साथीहरु बाट हेयको भाब ।

अनी सम्झ्यो उस्को कुरा बुझे त्यही एउटी नारायणी छे ।

अनी नारायणी लाई पि एम गर्यो - भरै बरण्डाभारको माइकेनिया क्याफेमा भेटु है ।
(क्रमश:)

Tuesday, July 5, 2011

गैडाल्याण्ड जिन्दाबाद – ३ (त्यो बेला)

आमासँग रापतीको किनारमा चर्दै गरेको ज्ञानेश्वर (सानो केटो)ले एकटकले घासेमैदानको बिचमा चरीरहेको चित्तलको बच्चालाई हेर्दै सोच्न लाग्यो । हाम्रो पनि त्यसको जस्तै नाक भएको भए सन्ततीहरु सखाप हुदैन थिए होला । यो भगवानले किन यस्तो नाक दिएको होला भन्दै धिक्कार्न थाल्यो ।

अनि आमासग बिलौना गर्न थाल्यो - आमा, हाम्रो यो खाग नभएको भए शिकारीहरुबाट मारिनु त पर्दैन थियो हगी ?

ज्ञानेश्वरको त्यस्तो कुरा सुनेर आमा एकछिन छक्क परी र भनी - होईन बाबु , यहि खागको कारणले नै हामि विश्व प्रसिद्ध छौ । यो खाग नभैदिएको भए हामिलाई हेर्न त्यति टाढा टाढा बाट किन आउथे र । यो त हाम्रो पहिचान हो ।

आमाको कुरामा असन्तुष्टी पोख्दै ज्ञानेश्वरले भन्यो - पहिचान भएर के गर्नु यहि नै हाम्रो मृत्युको कारण बनेको छ । प्रत्येक दिन साझपरे पछि मारिने पो होकि भन्ने डरमर्दो हुन्छ । अब त जङगलमा बाघ र हात्तीहरु नहुदा उनिहरु बन्दुक बोकेर खुल्लेआम हिंड्न थालेका छन । हाम्रो खागले हामिलाई बाघ र हात्तीबाट बचाउन सक्यो । तर खै ती बन्दुकधारीबाट ? यो पनि आफन्तहरु बिरुद्ध मात्र प्रयोग गर्न सकिने रहेछ ।

ज्ञानेश्वरको यस्तो तर्कले आमा एकछिन स्तब्ध भई । अनी भन्न लागि -बाबु, आफू मात्रै सुख सयल गरु भनेर हुर्केका मानबहरुसग केही लाग्दैन हामिहरुको । देखेनौ, हाम्रो बासस्थान सबै मासेर हामिलाई यसरी यो नारायणी र रापती सेरोफेरोमा मात्र खुम्च्यायेको । हामीले आफ्नो जातिय पहिचानको लागि भनेर यो गैडाल्याण्ड लियौ, सगै बस्दै आएका अरु जनावरहरु सग दुस्मनी गरेउ । तर खोइ त्यो मानब साम्रज्यको गिद्दे द्रिष्टिबाट बाँच्न सकौला त ?

आमाको निराशलाग्दो उत्तर सुनेर ज्ञानेश्वर भुइतिर हेरेर टोलाई रह्यो अनी सम्झियो ती पुराना दिनहरु । आहा कति रमाइला थिए । हात्तीको लस्करले पर्यटकहरु बोकेर ल्याउथ्यो । कहीले अली पर एक्लै, अनी कहीले आमासग पर्यटकहरुको अगाडी देखा पर्थ्यो । उ तिर तेर्सिएका क्यामेराहरुको अगाडी बिभिन्न मुद्रामा आफूलाई प्रस्तुत गर्थ्यो ।
अनी साझ परेपछी सौराहाको नजिक गएर ल्यापटप अन गर्थ्यो । वाइफाइ को सिग्नल खोज्थ्यो । अनी लिन्क भएपछि फेसबुकमा स्ट्यटस अपडेट गर्थ्यो ।

"आज दिन भारी क्यामराको अगाडी पोज दिदा दिदा सार्है थाकियो। " डमरू, छावा, चित्तल अनी अरु अरुले "लाइक" हान्थे ।
त्यो चितुवाको बच्चा अली उरन्ठेउलो थियो । अनी ज्ञानेश्वरको स्टाटसमा कमेन्ट गर्थ्यो - भोलि देखि चाक फर्काइदेन ।

प्राय : उस्को वालमा नारायणि (केटि) ले लेखेकी हुन्थी - आजकाल के सारो ब्यस्त हो । "गैडा हब" मा पनि पोष्ट गर्न छाडेउ त ।

ज्ञानेश्वरले "गैडा हब" नाम गरेको फोरम खोलेको थियो , अनी त्यहि सग लिन्क गरेर च्याटको लागि "गैडा गोस्सिप डट कम"। उसका पोष्टहरु सबैले रमाइलो मानी मानी पढ्थे । हबमा कहीले अन्ताक्षरी खेल्थे , कहीले रिडल । एउटा छुट्टै रमाइलो संसार थियो । सबै जम्मा हुन्थे च्याट गर्न । खुब रमाइलो हुन्थ्यो ।

त्यो सम्झिदा सम्झिदै उ रोमान्चित भयो । अनी एकपटक फेरि त्यो भर्च्युयल सन्सारमा पस्ने बिचार गर्यो। अनी आमालाई भन्यो - पर रापतीको तिरमा गएर इन्टरनेट चलाउछु है ?

आमाले अली डरको भावमा भनि - पर्दैन जानु त्यता मानब बस्ती नजिकै । के हो के हो ड्याङग हान्दिए भने ।

ज्ञानेश्वर - त्यताका मान्छेहरु हामिलाई जोगाउन तिर प्रेरित छन् त्यहि भएर डर छैन् ।
आमालाई सम्झाउन खोज्यो । अनी डुङ्गाघाट नजिकै बसेर वाइफाइ को सिग्नल खोज्न थाल्यो । सिग्नल टिपे पछि "फेसबूक" खोल्यो । नोटिफिकेसनमा रातो फन्टमा ४ लेखिएको थियो । नारायणीले वालमा लेखेकी रहिछे - "गोस्सिप" मा आउ , तिमी सग कुरा छ ।

एक्छिन उसलाइ नारायणी देखि रिस उठ्यो । के तालको केटी हो । अर्जेण्ट नै भए त एस एम एस गरेको भएनी हुन्थ्यो । नत्र कल पनि त गर्न सक्थी । अब पैसाकै लोभ लागेको भए मिसकल दिए पनि त हुन्थ्यो नी , म कल ब्याक गरि हाल्थे ।
अनी स्टाटस अपडेट गर्यो - " आजकाल यो गैडाल्याण्ड कस्तो बोर छ । यहाँ बस्न एक छिन पनि मन छैन । "

अनी गोस्सिपमा छिर्यो ।

Saturday, July 2, 2011

गैडाल्याण्ड - जिन्दाबाद (२)

गैडा माथी लगातार आक्रमण भएको देखि यसबारे छलफल गर्न भर्खरै मानब बस्ती हटाएको पदमपुरमा "राष्ट्रिय गैडा सम्मेलन" गरे । गैंडा माथीको आक्रमण र हिंसा नरोके गैडा बिद्रोहमा जाने कार्यनिती सहित पदमपुर घोषणापत्र पारित गरियो । यसको साथै गैडाहरुको रक्षाको लागि राज्य संयन्त्रमा भर नपर्ने भन्दै गैडा फोर्स गठन गर्ने पनि निर्णय गरे । बन्यजन्तु संरक्षणमा लागेका डब्लु डब्लु एफ, प्रकृति संरक्षण कोष आदिले यसरी बिद्रोहमा गए संरक्षणतन्त्र संस्थागत नहुने भन्दै शान्ति प्रति प्रतिबद्ध हुन र अरु जनवारको पनि अस्तित्व स्वीकार गर्न आग्रह गरे । तै पनि पदमपुर सम्मेलनले तय गरेको कार्यदिशा अन्तर्गत भर्खरै सौराहाको होटेलको सेफ्टी ट्यान्कबाट सकुशल निस्कन सफल "गर्दने" को संयोजकत्वमा "गैडा फोर्स" को गठन गरियो । उनिहरुले पर्यटक ओसार्न सिमापारिबाट ल्याएका हात्तीलाई प्रमुख शत्रु घोषणा गरे र "गैडा सर्बोच्चता" को लागि मुख्य बाधक ठहर्याये ।

हात्तीको बल र जिउको आकार देखि सिधै आक्रमण गर्नु आँफैलाई नै घातक हुने फोर्सले ठहर गर्यो । बरु यसको साटो पर्यटकमाथी आक्रमण गर्ने र पर्यटक नै नभएपछि काम नपाएर हात्ती आफै फर्कनु पर्ने स्थिति सिर्जना हुने ठहर गरि धमाधम पर्यटक माथी आक्रमण गर्न थाले । यसरी भएको सांघातिक आक्रमणमा गैडा फोर्सले उल्लेखनिय योगदान पुर्यायो । अनमिन र अधिकारबादीहरुले यस्तो घटनाको निन्दा गरे र मोर्चालाई शान्ति प्रति प्रतिबद्ध हुन आग्रह गरे । यसरी भौतिक कारबाही गर्ने मोर्चाको कुनै निति नभएको र कार्यकर्ताहरुबाट यस्तो भएको रहेछ भने छानबिन गर्ने मोर्चा प्रमुख केटोले अनमिनलाई आस्वस्त तुल्यायो । तै पनि फोर्सले फाट्ट फुट्ट पर्यटक र ब्यबसायीहरु माथी आक्रमण गरिनै रह्यो । ब्यबसायीहरुले लगानीको बाताबरण नभएको भन्दै त्यहाबाट लगानी झिक्ने चेतावनी दिन थाले ।

जंगल भित्र कुनै ब्यबसायिका हात्तीहरु सजिलै पर्यटक लिएर आवत जावत गर्ने भने कसैको छिर्ने बित्तिकै आक्रमण हुने घटनाक्रम बढे पछि फोर्सको अध्यक्ष हुन दावा गरेको जख्खुले गर्दने को चियो गर्न थाल्यो । फोर्सको अध्यक्षले केही ब्यबसायीसग साठगाठ बढाइ अकुत सम्पत्ति कमाएको , इतर पक्ष माथी शिकारी लगाइ हमला गरेको लगायतको आरोप लगाइ कारबाही गर्न मोर्चा संयोजक सामु जख्खु पक्षले आवाज उठायो । जख्खु पक्ष पनि अन्य ब्यबसायी सग भित्र भित्रै साठगाठ गरि अन्य मार्गबाट उनिहरुको हात्ती जंगल भित्र छिराउने सहज बाताबरण बनाउन थाले । फेरि गैडाल्याण्डमा बिदेशी हात्तीहरुको बिगबिगी बढ्न थाल्यो । फोर्सको क्रियाकलाप प्रति असन्तुष्ट मोर्चाका सदस्यहरु बिशेष गरि सौराहा भन्दा बाहिर बस्नेहरुले मोर्चा कमाण्डर केटोलाई यस्तो क्रियकलाप रोक्न दबाब दिए । केटोले ती गैडाहरुलाई हुन्छ भने झै गरि टाउको हल्लाएर बिदा गर्यो ।

हात्ती आफैमा महङ्गो , त्यसमाथी गैडाहरुको बिरोधको कारण केही ब्यबसायी हरुले पर्यटक घुमाउन उट भित्र्याउन थाले । मोर्चा प्रमुखले यसलाई सकरात्मक रुपमा लियो । सौराहा क्षेत्र भन्द्रा टाढा बस्ने गैडाहरुले दुबै बिदेशी हुन, हामि माथी उत्तिकै प्रभाब पर्छन यसकारण त्यस्ता जनावारहरु प्रति समान धारणा बनाउनु पर्छ भने । तर केटोको तर्क थियो - उट जङगलमा छिर्दैन र हाम्रो बासस्थान पनि प्रयोग गर्दैन त्यसकारण उस्को उपस्थितीले हात्तीको एकाधिकारलाई सन्तुलनमा ल्याउछ । यता जैबिक बिबिधतामा सरोकार राख्ने केही देशहरुले हात्ती त जहाँको भए नी उसको नातागोता त गैडाल्याण्डकै बासिन्दा हो तर उट रितीथिती केही मिल्दैन । यसले उल्टै संक्रमण बढाउछ भनेर बिरोध गर्न थाले । तर मोर्चाले सन्तुलित निति अख्तियर गर्ने भन्दै हात्ती र उटलाई समान द्रिष्टिकोण बनायो ।

गैडा हित बिरोधी फोर्सका पदाधिकारीले काम गरेको , ब्यापरी सग साठगाठ गरि अकुत सम्पत्ति कमाएको फेहरिस्त साथ "गैडा टाइम्स" मा समाचार आयो । भोलिपल्टै सम्बाददाता माथी सांघातिक आक्रमण गरियो । फोर्सको तान्डब अगाडी केटो पनि मौन रह्यो । यहि भद्रगोलको बीच फेरि शिकारीले मौका पायो । कहीले गर्दने पक्षले आक्रमण गरेको षडयन्त्रमा जख्खु पक्षलाई , कहीले जख्खौ पक्षले आक्रमण गरेको बहानामा गर्दने पक्षलाई शिकार बनाउन थाल्यो । गैडाल्याण्डको नवलपरासी र माडि क्षेत्रमा बस्ने गैडाहरु बाघवान (बर्दिया) र बार्हसिङ्घे प्रदेश (शुक्लाफाट) मा बसाइ सर्नको लागि तारतम्य मिलाउन थाले । कतिले त्यहा पनि त्यहि स्थिति आउने भन्दै सिमापारी जाने सोच बनाए । बाँच्न सफलहरु बिस्तारै बिस्थापित हुँदै गए । कतिले रापतिमा पौडिएर जहाँ पनि भुर्र उड्न सक्ने पानि हासहरुको बथान हेर्दै आफूलाई धिक्कार्न थाले ।

सौराहामा दोषारोपण चल्दै थियो । हात्तीलाई सन्तुलन गर्छ भनेर प्रबर्धन गरिएको उटबाट नयाँ रोग देखा पर्यो । सारा गैडाल्याण्डमा त्यसको बिग बिगी छायो । सौराहा क्षेत्रमा कति गैडा लगायत हात्तीहरु पनि मरे । मानब राज्य सत्ताले गैडाल्याण्डमा संकटकालिन अवस्थाको घोषणा गर्यो । गैडाहरुको उपयुक्त बासस्थान ठानी बचेका गैडाहरुलाई बाघवान बर्दियामा सार्ने निर्णय गर्यो । गैडाल्याण्ड बाट बिस्थापित भएर बाघवान पुगेका बाघहरुले गैडाहरुलाई बासदिन हुन्न भनेर त्यहाको राज्य सरकारलाई दबाब दिन थाल्यो । बाघवान राज्य सरकारको सहयोग बिना गैडा सार्ने काम संभब हुन सकेन । गैडाल्याण्डलाई सुरक्षित बनाउन त्यहा बाट बिदेशी जनावारहरु हटाइयो । अर्नापुरीमा अर्ना झै औंलामा गन्न सकिने अबस्थामा रहेका गैडाहरुको सुरक्षा गर्न मानब राज्यसत्ताले प्रत्येक गैडालाई हतियारधारी सुरक्षाकर्मीको ब्यब्स्था गर्यो ।

Thursday, June 16, 2011

गैँडाल्याण्ड - जिन्दाबाद


भरखरै सकिएको गैडा गणनाको सन्तोषप्रद नतिजा सुनेपछी हर्शित त्यो केटो खुशी अनी उत्तेजनाको भाबमा आमालाई भन्दै थियो - एउटा कुरा त हामिले बिर्सियेछौ नी ।
आमा - के कुरा ?
केटो - गणकलाई हाम्रो आफ्नो पूरा थर र आफ्नै भाषा पनि लेखाउनु पर्ने ।
आमा - किन त्यसले के फरक पार्छ र ?

केटोले अली उत्तेजित भाबमा भन्यो - पार्छ नी आमा । अब हामि पनि जातिय अस्तित्वको लागि लड्नु पर्छ । यो रापती किनार भुमी हाम्रो हो । अब हामि यो क्षेत्रलाई चितवन राष्ट्रिय निकुन्ज नभनेर " गैडाल्याण्ड" नामांकरण गर्नु पर्छ । बिस्तारबादी मानब राज्यसत्ताले दिएको यो नाम स्वीकार्नु हुन्न ।

केटोको क्रान्तिकारी कुरा सुनेर आमा अलमल्ल परिन् र भनिन् - त्यसो भए अली बुढापाकाहरुसग पनि सल्लाह गर अनी उता बर्दिया र शुक्लामा भएका आफन्तहरु चाँही के गर्ने नी ।

केटो अझै जोस्सियो - यो गैडाल्याण्ड यो नेपालमा मात्र होईन समस्त बिश्वमा रहेका गैडाहरुको जातिय पहिचान हो । त्यहि जातिय अस्तित्वको लागि हामिलाई छुट्टै राज्य चाहिन्छ ।

त्यहि दिन केटोले चितवन निकुण्जमा रहेका सबै गैडाहरुको भेला गर्यो । उसले जातिय अस्तित्व अनी आइ एल ओ १६९ को प्राबधानहरुको बारेमा जानकारी दियो । अनी छुट्तै स्वतन्त्र गैडाल्याण्ड हुनु पर्नेमा जोड दियो ।
केही बुढापाकाहरुले भने उहीले देखि हामि यो क्षेत्रमा बाघ, हात्तीहरु सग सगै बसेउ । अहिले यस्तो जातिय कुरा गरेर बिभाजन गर्न नखोज । भोलि फेरि हाम्रो पनि उठिबास होला । देखेनौ हामि किन यो रापतीको किनारमा मात्र किन खुम्चियेको ।

केटोले बुढापाकाको कुरा मानेन उल्टै उनिहरुलाई यथास्थितीबादि भनेर घोषणा गर्यो । उसले भन्यो हाम्रै कारण संसारको कुना कुनाबाट मान्छे हरु आउछन् यो रापती किनारमा । तर अहिले मानब राज्यसत्ताले पर्यटन बिकासको नाममा बिदेशबाट हात्ती र उट ल्यायेर हामी माथी अप्रत्यक्ष रुपमा शासन लाद्न खोज्दैछ । हामि यो हुन दिन्नौ । एक सुत्रिय माग "गैडाल्याण्ड" हुनुपर्छ । अन्त्यमा सबैले केटालाई भने - हाम्रो गैडा समुदायमा अली पढेलेखेको, बाहिरी कुरा बुझेको तिमी नै छौ, अगी बढ साथ् दिउला ।

केटोको संयोजकत्वमा "गैडा मुक्ति मोर्चा" घोषणा गरियो । " गैडाल्याण्ड" को एक सुत्रिय माग राखी ३५ दिने अल्टिमेटम सहित ज्ञापन पत्र पेश गरियो । माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने घोषणा गरियो । सरकारले कुनै सुनुवाई गरेन । अनी केटोको नेत्रित्वमा गैडा मुक्ति मोर्चाले ३६औ दिन देखि आन्दोलन छेड्यो । बर्दिया र शुक्लामा मोर्चाको औपचारिक शाखा नभये पनि त्यहाको गैडाहरुको पनि नैतिक समर्थन भएको प्रचार गरियो । निकुन्ज भित्रमा हात्ती प्रबेशमा रोक लगाउने, घासे भुमी नचर्ने, रुख बिरुवा नश्ट गर्ने, पर्यटकहरु आउँदा माइकेनियाको झाडिमा लुकेर नदेखिने जस्ता कार्यक्रमहरु भए । यसबाट पर्यटन ब्यवसाय धरापमा पर्ने भनेर पर्यटक ब्यबसायीहरुले आन्दोलन फिर्ता गर्न अनुरोध गरे ।

मोर्चाले कसैको अनुरोध सुनेन । निकुन्जमा पर्यटकहरु कम हुँदै गए । ब्यवसाय घटेकोले होटेल र रेस्टुरेन्टहरु पनि बन्द हुँदै गए । अन्त्यमा सरकारले घुडा टेक्यो, "गैडाल्याण्ड" राज्यको स्थापना भयो । केटोले यो सम्पुर्ण गैडाहरुको अनी न्यायप्रेमी हरुको जित भनेर सौराहामा आयोजित सभामा घोषणा गर्यो । गैडाहरु बिजयले मैमत्त भए ।गैडा राज अप्रत्यक्ष रुपमा अस्विकार गरि बिस्तारै बाघ, हात्तीहरु अन्यत्र सर्दै गए । गैडाहरुको मात्र उपस्थितिमा बिबिधता नभएको भन्दै पर्यटकहरु को सन्ख्यामा कमी हुँदै गयो । जङलमा बाघ , हात्ती जस्ता खतरनाक जनावारहरुको अनुपस्थितिमा शिकारीहरुले मौकाको फाईदा उठाये । धमधम गैडाको शिकार हुन थाल्यो । बिस्तारै बिस्तारै गैडाहरु मासिन थाले । केटोले केन्द्रिय सरकारले "गैडाल्याण्ड" लाई उपेक्षा गरेको अनी "गैडा" हरु को अस्तित्व समाप्त पार्न बिदेशीको चालबाजी भएको भन्दै कडा सुरक्षाको साथ जावलाखेल चिडियाखानाबाट पत्रकार सम्मेलन गर्यो । उसको यस्तो बक्तब्य सुनेर बर्दिया र शुक्लाको गैडाहरु रनभुल्लमा परेका