यताउताको सन्दर्भमा

ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।

Friday, July 23, 2010

प्रमको नयाँ योग्यता

आज फेरी अफ लाइन मेसेज छोडेछ । " दाई कता हो आजकाल कुरा हुनै छाड्यो । " Uni बाट फर्केर मेसेन्जर खोलेको थिए फ्याट्ट आयो फट्याङ्रग्रा जस्तो ।

उत्तर दिनै पर्यो " यतै छु" ।

मुलासाग त मिस्टर इण्डिया ( Invisible ) भएर बसेको रहेछ । जवाफ दियो " के मा ब्यस्त हो दाई "

मैले उत्तर दिये - उही त हो सधैं को जस्तो । literature ले थिच्चियेर ज्यान bonsaai हुन लागि सक्यो, थाहा नै छ नी ?

हाहाहा दिल खोलेर हास्यो । अनी भन्यो - दाई bonsaai गर्ने काम forester को होईन ।

मैले भने - सहि कुरा गरिस forester को काम त bonsaai बन्ने हो । म जस्तै ।

फेरी दोहोर्यायो तेसको रावणे हासो । अनी कुरा मोड्यो - दाई झलनाथ लाई सहिद बनायो नी ।

उत्तर दिये - त्यसो भए १० लाख पाउल नी क्षतिपुर्ती ।

त्यसको हाजिरी जवाफ सुरु भयो - झलनाथको आत्मा जागेको छ दाई , हेरौ त कसले बनाउछ भनेर उफ्रियेको छ ।

हासो उठ्यो र भने - हल्ला नगर मुला साग , अरुण थापाको चोट के हो ब्यथा के हो गौदै होला ।

त्यसको हाजिरी जवाफ सुरु भयो - झलनाथको आत्मा जागेको छ दाई , हेरौ त कसले बनाउछ भनेर उफ्रियेको छ ।

हासो उठ्यो र भने - हल्ला नगर मुला साग , अरुण थापाको चोट के हो ब्यथा के हो गौदै होला ।

हाहाहा दाई , त्यो माकुने को भाग्य चै दर्हो रहेछ के ।

दर्हो नभाको भए २ पेनाल्टि खादा नी प्रम बन्थ्यो त ? भनेर सोधे ।

भन्यो जे भए नी एउटा कुरा चाँही पक्का भयो दाई ।

के कुरा ? मैले सोधे ।

यो गणतन्त्र नेपालमा प्रधानमन्त्री हुन एउटै आधार छ ।

मैले सोधे के छ ?

थर् को पछाडि ल हुनु पर्छ ।

कसरी ?

भन्यो - शुरुमा कोइराला, त्यसपछी दाहाल , अनी नेपाल । अहीले भएको ३ उमेदवार पनि दाहाल्, खनाल र पौडेल ।

त्यहि भएर डाक्टर नभाको हो ?

त्यसले भन्यो , बरु वली हुन्छ दाई डाक्टर हुन्न । वली को नी पछाडि ल छ नी ।