यताउताको सन्दर्भमा

ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।

Sunday, May 30, 2010

सोइ ढोले सोइ अर्को ढोले खोइ



यतीखेर पुर्बी पहाडका गाउहरु दुलही झै सिङगारिएका होलान । ढोल र झ्याम्टाको आवाज सगै "सोइ सोइला" गुन्जिरहेको होला । किरात राइहरुको महान चाड उभौलिको अबसरमा टोल टोलमा भेला भएर साकेला नाच्ने परम्परा काठमाण्डौको खशिवजार हुँदै यतिखेर विश्वब्यापी बनेको छ । रोजगारी र अबसरको खोजीमा किरात राइहरु सगै ढोल र झ्याम्टाले पनि बिदेशिने अबसर पाएको छन । अनी गुनिउ चोलीहरु उस्तै गरी फैलिएका छन । यती खेर विश्व भ्रमणमा निस्केको पुर्बी पहाडका बस्तिहरु आज मेलबर्नको कोबर्ग पार्कमा रमाउदै थिए -"चेप्टे सुन कानमा कुमकुमको, भेट भयो आज थुम थुमको, सोइ सोइला हो सोइ सोइला" ।

यतिबेला सिड्नी र मेलबर्नले थकाई मारिसक्यो, काठमाण्डौको टुडिखेलामा उस्तै गरी अर्को ढोले खोज्नेहरु नाच्दै होलान , हङकङको ताइमोसन पार्क पसिनाले निथ्रुक्कै भए होलान, सिक्किम र दार्जिलिङ उस्तै भाखामा सिली बुन्दै होलान, अनी बेलायतको अल्डरसोट नाच्न कमर कस्दै होला त्यस्तै संयुक्त राज्य अमेरिकाको कोलोर्याडो बिहानिको पर्खाइमा बसिरहेको होला । साकेला नाच्न प्रत्यक्ष अबसर नपाउनेहरुलाई यस्पाली फेसबूकमा रम्नको लागि एउटा समुह पनि खडा गरिएको छ । दार्जिलिङ देखी अमेरिका सम्मका साकेलाको निम्तोहरु फेसबूकमा ओहिरिरहेका छन । युबापुस्ताहरु उत्तिकै उत्साहित छन । त्यसैले त नाचलाई उर्जा दिन गाउछन " सिमली सेउली गाढेर, देबी र देउता भाकेर, पुर्खाको रिती सकेला मनाउ है सिली नाचेर , सोइ सोइला " ।

यो समय बालिनाली लगाउने भएकोले कुनै दैबिक बिपती नआओस भनेर प्रकृतिलाई पुज्न मनाइने उभौली प्रेम र सद्भाबको प्रतिक पनि बनेको छ । के बालक युबा के वृद्ध सबै एकै ठाउमा भेला भएर नाच्छन । माया पिरती साटासट गर्नेहरु देखी ब्यस्त ब्याबसायिक जिबन भएकाहरुको लागि पनि साकेला भेटघाट गर्ने साझा थलो पनि बनेको छ । त्यसैले त सिली टिप्दै भाखा हाल्छन " जालहारी आयो जाला हान्दै मायालु आयो फाल हान्दै सोइ सोइला " । अर्कोतिर आफुले मन पराएको मायालु नपाईएको पिर पोख्नेहरुको पनि कमी थिएन " माछा पानीमा माछा पानीमा रहरै भै गयो जिन्दगानीमा" ।

रितिरिवाजलाई निरन्तरता दिन अमेरिकाका आकाशहरु कारीब २ महिना पहिला देखी उत्साहित हुँदै थिए । फेसबुकमै रम्थे उनी, अनी साकेला ब्यबस्थापनाको योजना बुन्थे पढाई छोडि छोडि । बेला बेलामा उफ्रिन्थे पनि "पुर्णेको पाच दिन पञ्चमी, साकेला ले छोयो हन्हनी" । उता क्वान छाङ् दार्जिलिङ र खर्स्याङको निम्तो बाढ्दै थिए । सुनसरिको दुई हप्ते सकेला सिलिको लामै लिस्ट छ भने उपत्यकाका किरातिहरु पनि ५ ठाउमा नाच्ने सुरसारमा छन । अमेरिका र सिड्निमा त नाच सिकाउने ब्यबस्था पनि गरिएको रहेछ । त्यसैले त होला केही दर्जन भये पनि किरातिहरु मेलबर्नको कोबर्ग पार्कमा सारा ब्यस्तता भुलेर नाचिरहेका थिए । अनी युबा जोस र जागर निकालिरहेका थिए " रातो भाले रेटेको बल्ल बल्ल आजै भेटेको" ।


यतिखेर मुलुकलाई जातिये ज्वरोले समातेको छ । हरेक कुरामा बर्गिय बिभाजनको गन्ध पाउनेहरुको कमी छैन । कहिले त लाग्छ हामिले आपसी सद्भाब गुमाइसकेउ । तर ति निरासाका बादलहरु त केही छिट्का मात्र रहेछ । मेलबर्नको कोबर्गमा किरात राइहरुको पर्ब मात्र नभएर समस्त नेपालीको पर्ब जस्तो लाग्थ्यो त्यो । जातियताको घेराले त्यहा कुनै सिमाना कोरिएको थिएन , बरु नेपालीत्वको भाबनाले सबैलाई एकै ठाउमा बाधेको थियो । त्यसैले त जानी नजानी किरातिहरुको तालमा अरु खुट्टाहरु पनि चलिरहेका थिए । लाग्थ्यो " सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल" आज ढोल र झ्याम्टाको सुरमा मेलबर्नमा अनुवादित हुँदै थियो " सोइ ढोले सोइ अर्को ढोले खोइ " ।


अन्त्यमा, साकेला उँभौली यले सम्वत् ५०७० को शुभ अवसरमा यहाँहरु सम्पूर्णमा उत्तोरतर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौं। साथै यलम्बरको शुभ आशिश सहित् सुम्निमा र पारुहाङ्गले यहाँहरु सम्पूर्णको रक्षा अनी कल्याण गरुन। प्रक्रिती सँग को यो सताप्दियौं देखिको प्रगाड सम्बन्धलाई यसरी नै सदाको वर्ष झैं यो वर्ष पनि कायम गरौं।

Thursday, May 6, 2010

असमझदारहरुले शान्तिको कुरा गर्दा ।।।।।

"माओबादीको शान्तिपूर्ण आन्दोलन" बिगत केही दिन देखि नेपाली छापाहरु देखि माओवादी नेताहरुको मुखमा यो शान्तिपुर्ण पूर्ण शब्द झुण्डियेको छ । के हो शान्ति ? गोली नचल्नु, टाउको नफोडिनु, रेलिङ नभाचिनु अर्थात धनजनको क्षति नहुनु मात्र शान्ति हो त ? यदि त्यसो हो भने भगवान गौतम बुद्धले खोजेको शान्तिको कुनै अर्थ रहेन किन की न त बुद्धको सन्देशले मानसिक शान्तिलाई महत्व दिएको छ । शायद मारकाट नभयेको अवस्थालाई मात्र शान्ति मान्ने हो भने, सिद्दार्थ गौतम बुद्ध बन्दैन थिए होला, किन भने त्यो बेला अहीले परिभाषा गरियेको अशान्ति नै थिएन । त्यसैले लाठी लियेर होहल्लाको बीच जबर्जस्ती बन्द लाद्न खोज्नु शान्तिपुर्बक हो की होईन बिश्लेषण गर्नु पर्ने अवस्था आएको छ ।

बिगतका केही दिन देखि छापाहरुमा शान्तिपुर्ण आन्दोलन सम्पन्न भएको साथै अन्य समाचार हरु पनि आइरहेका छन् । "बन्दको कारण ट्याक्सी ड्राइभरले माओवादी कार्यालयमा आत्महत्या गर्ने चेतावनी" " प्रसुती गृहमा सुत्केरीहरु खचाखच" । शान्तिपुर्ण आन्दोलनको वकालत गर्ने ती अखबारहरुले त्यस्ता ट्याक्सी ड्राइभर जस्ता अनेकौ ज्यामीहरु जो दिनहु काम गरेर जहान बच्चाको गास बास जुटाउछन, तिनीहरुको मन भित्रको अशान्ति बुझेका छन् की छैनन । कार्यालय नगये जागिर जाने डर , जादा कुटाइ खाने डर - यो द्विबिधामा हरेक दिन कार्यालय जाने कर्मचारीहरु को त्रास लाई बुझेका छन् की छैनन् ? आफ्नै घर भित्र कैदी भएर बसेका स्थानिय बासीहरुको ब्यथालाई के भन्ने ? अझ आन्दोलनको शान्तिपुर्ण प्रभाब हेर्न तराइका तरकारी किसानहरुको कुहेको तरकारी अनी घरमा बढेको आर्थिक अभाब बिष्लेषण गरे पुग्छ । अझै भएन भने राजधानी नजिकै काभ्रेका दुध बेच्ने किसानहरुलाई सोधे हुन्छ, यस्ता शान्ति पूर्ण आन्दोलनको नाममा कति लिटर दुध बाटोमा बगाये भनेर । अनी अझै भन्छौ रेलिङ भाचियेको छैन , टायर जलेको छैन, आन्दोलन शान्ति पूर्ण छ ।


बन्दुकको नालबाट शान्तिको परेवा उडाको बकम्फुसे भाषण छाट्नेहरु , अनी त्यहि भ्रममा जिउने हामीहरु कति दिन शान्तिको लागि काकाकुल भएर जिउनु पर्ने हो ? भद्रकालीलाई फकाएर शान्तिको लागी सङ्हर्ष गर्नेहरु ले बुद्धको पाठ पढेका छन् की छैन , शान्ति क्रान्तिबाट होईन तपस्याबाट प्राप्त हुन्छ । त्यो तपस्या भनेको जनताको मनोभाबना बुझ्नु हो, न की चवन्नी सदस्य लियेका झुण्डको । जनता जागेको दिन भद्रकालीको सबै बन्दुकका नालहरु ओसियेको ४ बर्षे पुरानो कथा बिर्सियेको छौ की छैनौ । अझै पनि जनताको नाममा जनता माथि नै अत्याचार गर्न खोज्छौ भने खबरदार फेरी सतुङलमा सल्कियेको आगो बिस्तारै सल्कियेर खरानी नबनाओस । ५ दिन अगाडी टुदिखेलमा गर्जियेको बिर्सेउ प्रचण्ड "जनता जागे भने सबै झुक्नु पर्छ " । हो साचै नै , बिस्तारै बुढानिलकन्ठ , किर्तिपुर , जोरपाटी हुँदै बसुन्धरा सममा जाग्दैछन । बेलैमा होस् पुर्याउ । होईन भने यो जगाइले सत्ता र सडकमा भएका कसिङ्गर हरुलाई अबस्य नै ध्वस्त बनाउने छ । बुझिराख्नु भौतिक क्षति नहुदैमा शान्ति मान्न सकिन्न । यदि त्यो मन भित्रको अशान्तिलाई बुझ्न सकिएन भएन भने फेरी सतुङ्गल, बुढानिलकन्ठ र जोरपाटिमा जस्तो बिस्फोट हुनेछ ।