नयाँ बर्ष तिमी साह्रै निष्ठुरी रहेछौ
हरेक पटक उमङग बाढ्छौ
सबैको मनमा आशा र उमङ्ग भर्छौ
तर तिमी सधैं
निरास बनाएर अन्त्य हुन्छउ
अनी फेरी रुप फेरी फेरी आउछौ ,
कहिले सुनामी ल्याउछौ
कहिले मध्यपुर्बमा बम पड्काउछौ
नयाँ बर्ष सधैं कती छकाउछौ
यो बर्ष पनि यस्तै गरेउ भने
तिमीलाई क्यालेन्डरको पानामा सिमित गर्नेछौ
साचै २०१०,
हरेकलाई सुरक्षाको अनुभूति देऊ,
भोका हरु लाई खाना देऊ
जातीयता र धर्मं को पर्खाल भत्काई देऊ ,
शुभकामना |