यताउताको सन्दर्भमा

ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।

Thursday, November 1, 2012

अनुकरणिय भिम बहादुर


चिम्सो आँखा त्यो चुचुरो मिलायेको भादगाउले टोपी सर्ट पाइन्ट अनि साइडमा झोला भिर्ने - सधैं क्रान्तिको कथा सुनाउथे , बिपी को समाजबाद पढाउथे पछि मन्त्री भए , नयाबानेश्वरको डेरामा भेटियो , एउटा कोठा यताउता छरिएका किताब , अनि त्यस्तै पराको लुगा लगाई उही भीम बहादुर तमाङ उनी भन्दा पछि राजनीति गर्ने, अझ मन्त्रिनै नहुने कहाँ पुगे , ती तमाङ जस्तोका त्यस्तै थिए कहीले कसैको मोटरसाइकल पछि देखिन्थे , प्राय चाँही बिक्रम ट्याम्पु खुटामा ।प्रजातन्त्र पछि काङ्रेस धेरै सत्तामा रह्यो , काङ्रेशीहरु धेरै फेरिये - तर भिम बहादुर उही पुरानै रहे पक्का समाजबादी

 गिरिजा बाबुको अबसान पछि उनी झसङ्ग भएछन काङ्रेसले समाजबाद छोड्यो , काङ्रेसीहरुले समाजबाद बिर्सें अनि  ताते काङ्रेसको नेत्रित्व लिन तर बिचरा भीम बहादुरलाई के थाहा उनी तिनै समाजबादलाई बागमतीमा सेलाउने काङ्रेसीहरुको माझ मा छन् भनेर आखीर महाधिबेशनमा उनले  पराजय नै बेहोरे तर हौसिये औंलामै गन्न सकिने भए पनि केही रहेछन् बिपीको समाजबाद सम्झिने काङ्रेसी

यता गणतन्त्र नेपालको संबिधान बन्ने तरखरमा थियो संघियताको कुरा आयो , जातिय पहिचानको कुरा आयो जनजाती सभासदहरु को ककस बन्यो , जातिय मुद्दाले उग्ररुप लियो नेत्रित्व पन्क्तिमा रहेका भेटेरान जनजाति मुलका भिम बहादुर अडिक रहे समाजबादमा ।उनी त्यहि बिपीको समाजबादी परिकल्पना सम्झन्थे - " सबै गाउमा स्वास्थ्य उपचारको लागि हेल्थ पोस्ट होस्, सबै परिवारलाई काम गरेर खाना पुगोस , दुहुना गाई होस् " उनलाई लागेको थियो - चार दशक अगाडीको यो परिकल्पना अझै सान्दर्भिक हाम्रो मुख्य मुद्दा यही केन्द्रित हुनु पर्छ बिचरा उनलाई के थाहा उनले बिगत् दशक देखि अनुसरण गर्दै आएको यही सिद्धन्तको कारण नै उनलाई रगत बिरोधीको आरोप लगाइन्छ भनेर  

जातिय मुद्दा बिकराल बन्दै जादा काङ्रेसले समस्या भोग्यो काङ्रेसले सोच्यो -यो समस्याको समाधनको लागि अजम्बरी बुटी त्यहि तमाङ बुढा सग उनकै संयोजकत्वमा  कार्यदल गठन भयो उनी त्यहि दशके सिद्धान्तमा नै अडिक रहे मन्त्र निकाले - पहिचान नमेटिने , एकल जातियता नभेटिने कति जनजाती लाई चित्त बुझेन काङ्रेस छोडे आरोप लगाये तिनै तमाङ्ग बुढालाई - यथास्थिती बादी , आनि खै के बादी बिचरा तमाङग छक्क परे होलान् - जातिय पहिचानको  यत्रो  चिन्ता हुने ती काङ्रेसी नेताहरुले दुई बर्ष अगाडी भएको महाधिबेशनमा किन थाहा पायेनन एउटा झोला बोकेर बिपीको समाजबाद भन्दै समतामुलक समाज निर्माणको लागि काङ्रेसको नेत्रित्व लिन तत्पर त्यो तमाङ्ग भन्दा कोइराला देउबालाई तिनैले किन उपयुक्त देखे ? भीम बहादुरको मनमा यो कुरा खड्किन्न होला किन की उनले नेपाली समाजको नशा छामी सकेका छन् , तर जस्ता त्यहि बादीको आरोप खेप्ने लाई लाग्न सक्छ - ती भुतपुर्ब काङ्रेसहरुले त्यहि बेला देखि पो भीम बहादुरलाई खै के हो बादी देखेका रहेछन्

तिनै पहिचानबादी भनिनेहरुले पहिचानको आन्दोलन छेडे , बिचार गोष्ठी गरे - बक्ता थिए गाली शिरोमणी भने एक पटक तीन चित खाए तिनी पहिचान बादी रे आधा दशक अगाडीको घटना सम्झे - एउटा किराती ठिटोको रचना रास्ट्रिय गानको रुपमा छनौट हुँदा अनेक लान्छना लगाएर अस्विक्रिती तर्फ लान खोज्ने तिनै महासय थिए आज तिनै हाम्रा (जनजातीको) मसिहा भएर देखा परेछन ।जहाँ गुलियो भेटिन्छ उतै तिर हात छुठ्दै हिड्ने गाली सिरोमणी जस्ताहरु  अग्रगमनकारी हुन्छन् भने हामी यथास्थितिबादी नै सहि तीनले जनजाती उत्थानको कुरा गर्दा ब्याकुल माइलाले के सम्झे थाहा भएन, भने फिस्स हासे    

राजनीतिले इमान छोडेको आनि राजनितिज्ञले इजित प्रेस्टिज गुमायेको नेपाली परिबेशमा भीम बहादुर जस्ता निष्ठावानलाई एउटा समुदायमा खुम्च्याउन खोज्नु कतै मुर्खता होईन ? हाइस्कुले बिद्द्यार्थी हुँदा उनले मोदिआइन दिएको सम्झिन्छु अनि त्यहि मोदिआइनको सार - ठुलो होईन असल बन्नु