जर्मनिको दक्षिणी भागमा अबस्थित त्यो सानो शहर जुन झन्डै फ्रान्स र स्विजरल्याण्डको सिमाना पनि थियो , अलिकती न्यानो, विश्वबिद्यालयका बिद्यार्थीहरुको बाहुल्यता भएको युबा शहर, फ्रेइबर्ग, सानो तर सुन्दर थियो । नजिकै रहेको विश्व प्रसिद्ध black forest, शहर भरी छरिएका विश्वाबिद्यालयका बिभागहरु लाग्थ्यो यो शहर नभयर विश्वबिद्यालय मात्र हो । करीब एक दर्जन नेपालीहरु- विद्यार्थी देखी घर गृहस्थी सम्म , भेटघाट बाक्लै थियो । नेपाली जमघट गर्नु को लागि छलफल गर्न पर्दा भेट्ने ठाउँ तय हुन्थ्यो शहरको मध्यभाग , जहाँ एउटा सालीक थियो , घोडा चढेको योद्धाको , अनी नाम राखेको थियौ घोडा चोक । अलिक माथि थियो पूजाको नेपाली सामानको पसल । बेला बेलामा डेर्सडनबाट घुम्न आउने सविनले नाम राखिदिएको थियो "ठमेल" ।
२००८ को शुरु सम्ममा थोरै मात्र संपर्कमा थियौ । प्राय हरेक हप्ता जम्मा भएर केही न केही नेपाली खाना खान्थ्यौ । नयाँ नयाँ पारीकार पकाउन अन्जला र म खुबै हौसिन्थ्थ्यौ अनी लागथ्यौ इन्टरनेटमा खोज्न रेसिपी । अच्युत जे गर्न नि अगाडि तम्सिने अनी हडबडमा गर्ने केही न केही बिगार्ने त्यसैमा मजा थियो । कहिलेकाही सप्ताहन्तमा घोडाचोकको वारीपरिका बारहरुमा भेथ्यौ अन्जला , पूजा र म । अनी पूजा र मेरो घण्टौ कुरा हुन्थ्यो नेपाली खानाको । थुक निल्दै कुरा गर्थ्यो , अन्जला चाँही जहिले मुसुमुसु हाँस्दै सुन्ने ।
शंकर जि खुबै जोसिलो । बोल्न र केही गर्न अघी सारीहाल्ने । मनोज जि अली गम्भिर प्राय फुर्सद नहुने । तर कमलाको ति निर्दोशपनाले पनि खुबै हसाउथ्यो । उस्ले प्रयोग गर्ने "होइ" हासो मजाकको बिषय हुन्थ्यो भने पूजाको " हुन्द्राट पर्सेन्ट"। सुन्दर दाई सार्है फुर्तिलो अझै पनि टीन एजर जस्तो हर्कत । यसै बिचमा भेट भयो उर्मिला दिदी को परिवार र मधु । उर्मिला दिदी गम्भिर , व्याबहारिक अनी साह्रै मिजासिलो । दिदी सग बसेर सुख दु:खका कुरा गर्दा छुट्टै आनन्द । अनी खाना पनि खुबै मिठो पकाउनु हुने । दिदी को छोरी पूजा (सानो पूजा पनि भन्ने गर्थ्यौ)साह्रै झुक्क्याउने । घरमा फोन गर्दा आमा बनेर झुक्क्याउने , खुबै रमाइलो हुन्थ्यो ।

अनी त्यही हुर्केको छोरा सिद्दार्थ, मेरो जर्मन भाषा गुरु । जर्मनिमै हुर्किए पनि उस्को नेपाली लगाब , जानी नजानी गाउँने हिन्दी गीत र ॐ माने पेमे हुँ ले बातावरण नै रोमान्चित बनाउथ्यो । अझ हातैले भात खान खुबै मन पर्ने । मधुलाई जिस्क्याउन खुबै रमाइलो मान्थ्यो । शाकाहरी भए पनि खुब रमाइलो मान्दै नेपाली जमघटमा रम्ने मधु । भेट हुँदा खुबै हावा हावा कुरा गर्दै बस्थ्यौ । अझ तिहारको बेला मोबाइल को माध्यम बाट खेलिएको देउसी साह्रै रमाइलो अनी अरुको आशा भन्दा बाहिरको थियो ।
२००८ को दसैं को जमघट हुँदैथियो दुई जना नयाँ भाई हरु आए - दिपक र सुबर्ण । शुरुमा दुबै लजालु तर पछी के बयान गर्ने । अनी आइपुगे भुपेन्द्र र कृष्ण । कृष्ण अली काम बोल्ने, बुझ्नै गाह्रो । भुपेन्द्रको उही फरेस्टर चाला । खुबै जमघट हुन्थ्यो उस्को कोठामा । तिहारको भेटघाटको छलफल हुँदै थियो , लक्की आइ पुग्यो । भन्दै थियो , घोडा चोकमा बसेर शिखर चुरोट तान्दै गरेको एकजना आएर सोध्यो नेपाली रहेछ । ति थिए प्रदिप दाई, नेपाली खोज्दै भौतारिदै हिंडेको , नेपाल बाट घुम्न आएको ब्यापारको सिलसिलामा । लक्की खुब हास्ने , अनी प्रदिप दाई खुबै रमाइलो ।
सुन्दर दाइको कोठामा भेला भएर गाईएको ति प्यारोडी गीत हरुले , अन्जलाले नयाँ नयाँ एक्सपेरिमेन्ट गर्दै पकाउने खानाहरुले फ्रेइबर्ग बसाइलाई जिबन्तता दिएको थियो । खुर्सानी हालेर चिकेन पकाउदै भात खान जम्मा हुने योजना बनाउन लाई "पिरो" भन्थ्यौ । खुबै मिठो हुने हातले खादा । सबै जना जम्मा भएर नेपाली खाना पकाउदै कुरा गर्दा आफ्नो जन्मभुमी भन्दा हजारौ कोस टाढा रहदा पनि आफ्ना दु:ख पिडा भुल्थ्यौ । आ आफ्नै बाध्यताले बिदेशिए पनि एउटा परिवार बनाएका थियौ ।
जिन्दगीमा दु:ख सुख यस्तै रहेछ । यो यान्त्रिक शहरमा पनि आफ्नै गुन्द्रुक र भात अझै हातले खानु अनी बेला बेलामा दोहोरी गाउँनु नै रमाइलो हुने रहेछ । सबैको आफ्नै बिचार हुन्छ , सबैले सबैको बिचार मान्नु पर्छ भन्ने होइन , तर सम्मान गर्ने हो । कसैले कसैलाई केही दिन पनि सक्ने पनि होइन अनी आशा गर्नु पनि राम्रो होइन । तर आफ्नो दु:ख पिडा भुल्न साटासाट गर्ने आत्मियता बढाउने त्यही नै रहेछ जिन्दगी को सार । समयको बहाब सगै जहाँ पुगे नि ति दिन हरु सधैं जिन्दगी को एउटा पाटो , भोगाइ अनी सिकाइ बनेर रहने छ ।
Missing you all freiburgers.
Rajesh jie, Sathe haru ko explain garnu bhanda Freiburg Ako objective ko baree ma description garnu bha ko bhaya ajha rammro hune theyo kie?
ReplyDeleteRajesh Dai hajur lai yasko lagi dherai dherai ,,,,,,,,,,,,,,,,,,dhanayabad.
ReplyDeleteIts really great what u wrote about Freiburg 's Nepali.
Gannauuuuuuuuuuuuuuuu
ReplyDeletethank u shankar ji. but i just tried to express my feelings while staying with you guys rather than what we do there.
ReplyDeletethank you madhu and achyut....... achso.
ReplyDeleteWow, after ready this; I should not have missed to go Freiburg again in 2008. Really I too have very nice memories from Freiburg, Germany. Very nice city, and and we are Nepali, and and Forester!!! Thanks Rajesh dai for the reviving the memories.
ReplyDeletethankk you basanta. of course you were also a topic of chatting sometimes there. especially when Cycle CHorni was there.... hahah
ReplyDeletehahaha
ReplyDelete