यताउताको सन्दर्भमा

ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।

Tuesday, November 8, 2011

हुइया

एकादेशमा एउटा धुर्त स्याल थियो रे । गाऊको छेउमा बसेर चिल आयो चिल आयो भनेर कराउथ्यो रे । आफ्नो कुखुरा जोगाउने हतारोले गाऊलेहरु चिल कता रहेछ धपाउनु पर्यो भनेर आकाश तिर आँखा तन्काउथे रे । त्यहि मौकामा स्याल सुटुक्क पसेर कुखुरा टिपेर हिड्ड्थ्यो रे । गाऊलेलाई चिल आएको संकेत दिएर सबैको अगाडि राम्रो बन्न खोज्ने , चिललाई नराम्रो नी देखाउने अनी आफ्नो भुँडी भर्ने त्यो स्यालको कथा एकादेशको रहेनछ । हाम्रै नाकमुनी बाट त्यो स्याल फेरि हाम्रै खोरको कुखुरा टिपेर हिड्डैछ तर हामि भने चिल माथी धारे हात लगाएर बसेका छौ । खोइ कहाँ छ त त्यो धुर्त स्याल ?


सधैं झोले राजनितिज्ञ ले सरकार संचालन गरेर देशलाई दलदलमा फसायेको आरोप लगाउदै सधैं फर्स्ट हुने प्रधानमन्त्री पाएर हामिले नाक फुलायेउ , छाती उच्च गरेउ । नभन्दै प्रधानमन्त्री भएकै दिन करोड पर्ने बिलासिताको गाडी छोडेर देश्मै जडान गरिएको १८ लाखको मुस्ताङ चढे , लगत्तै अमेरिका जादा इकोनोमी क्लासमा यात्रा गरेर सबैको वाहवाही बटुले । अझ हेलो प्रधानमन्त्रीमा फोन उठाउदै आए , मुग्लिङका भात होटेल पनि जाचे । लाग्थ्यो देश् केही हुदैछ । प्रधानमन्त्रीले अरुले जस्तो जथाभाबी राज्यकोष रित्याउदैनन । अझ त्यो साम्यबादी कम्युन अबधारणाको अर्थतन्त्र छोडेर बिपामा हस्ताक्षर गर्दै खुल्ला अर्थतन्त्रमा प्रबेश गरेको दिन लाग्थ्यो अब देश् बन्ने भयो ।

आफूले मुस्ताङ चढे नी श्रीमतीले महङ्गो गाडी माग्यो भनेर हल्ला आयो । सबैले ठाने वाहियात हल्ला , हाम्रा प्रधानमन्त्री त्यस्ता कहाँ छन् । उनका श्रीमती त उनी सग सम्बन्धित नै छैनन् नी , सम्बब्धित नभएको ब्यक्तिको कुरालाई लिएर खेदो खन्न मिल्छ त ? फेरि प्रश्न उठ्ला कसरी श्रीमती सम्बन्धित भएनन ? उत्तर सहज छ । प्रधानमन्त्री ज्यु आफैले, सम्पत्ती बिबरणमा आफू र छोरि को सम्पत्ती बिबरण दिए तर श्री मतिको स पनि उच्चारण गरेनन । अनी कसरी भन्नु उनी सम्बन्धित छिन् भनेर । साच्चैनै जनयुद्ध लडेका , जनबादी हरु कसै सग आश्रित हुदैनन . त्यही भएर प्रधानमन्त्री पत्नी पनि आश्रित भइनन होला र प्रम ज्युले उल्लेख गर्न आबश्यक ठान्नु भएन ।यी झिना मसिना कुरा गर्नु नै बेकार छ । यो एकाइसौ शताब्दीमा कहाँ एक ले अर्कालाई पुच्छर बनाउन मिल्छ र ।

प्रम ज्युको मितब्ययिता त्यतिखेर देखियो जब उहाँको जम्बो सचिबालयको बारेमा समाचार प्रकाशमा आयो । उहाँको सचिबालयको खर्चको थुप्रो को अगाडि त त्यो मुस्ताङ र इकोनोमी क्लासको अमेरिकाको भ्रमण त निकै फुच्चे पो रहेछ । झन तेत्रा पढेका , सधैं फर्स्ट भएका मान्छेले थोरै सहयोगी राख्लान भनेको त उनैलाई पो धेरै । सायद् धेरै जान्नेको योजना पनि धेरै हुन्छ अनी उहाँको स्पिडमा एक दुई जनाले नसक्ने भएकोले पनि धेरै राखेको होला । अब सचिबालय त ठुला बनाये बनाये हेरौ त मन्त्रिमण्डल त्यो पनि । कति मितब्ययी छ हाम्रो प्रम ज्युको व्यबहार । घर भित्र आप खाएर बोक्रा चाँही बाहिर चुस्दाइ निस्कने हुनुहुदो रहेछ ।

राज्यबाट जनताले आशा गर्ने मुख्य कुरा भनेको सुशासन हो सायद । हाम्रा प्रम ज्युका आफ्नै मान्छे मन्त्रीलाई हत्याको आरोप लाग्यो । प्रहरीले मन्त्री बिरुद्ध प्रमाण जम्मा गर्यो . तर हाम्रा बोर्डफर्स्टले यहाँ आफ्नो करामत देखाउनु भयो । आफू मानब भएर पनि प्रभुलाई आपत बाट बचाउनु भयो कति महान , सधैं फर्स्ट । अझ भर्खरै सर्बोच्चले सर्बस्व सहित जन्मकैद घोषणा गरेका आफ्नै पार्टिका साम्सदलाई कर्तब्य ज्यानको अभियोग बाट माफि दिने सिफारिस गर्नु भयो । कति राम्रो सुशासन छ उहाँको ? तिहारमा ङिच्चा हाँस्दै दिदि बहिनिको हातबाट टिका लगाउनु भयो तर तिनै बालक्रिश्णले हत्यागरेका भुबन (उज्जन) को दिदि अपराधीलाई सजाय दे भन्दै न्याय माग्दै हिंडेको आफ्नो दिदि बहिनिको अनुहारमा प्रतिबिम्ब पाउनु भयो की भएन ?


कुरा जति तन्क्याये नी त्यहि हो । हामिले राम्रो हुन्छ की भनेर ब्यक्ति छान्दै हिडेउ , उनिहरुको प्रमाण पत्रमा सुशासनको झलक देखेउ । तर परिणाम उही निस्किदै छ । स्यालले चिल आयो भन्दा चिल लखेट्न आकाश तिर हेर्नु भन्दा आफ्नो कुखुरा छोप्न हाम्रो ध्यान कहिल्यै गयेन । सुबिधा प्रयोग नगरी मितब्ययी बन्नु भन्दा सुबिधा प्रयोग गरेर प्रभाबकारी काम गर्नु राम्रो हुन्छ । लागत को लेखाजोखा कति कम खर्च गर्यो भन्दा पनि कति प्रतिफल लियो भन्ने मा हुन्छ . चेतना भया ।