तिम्रा रेमिटेन्सले
करेसाबारी खाली भाको तिम्रो गाम छ ,
सब्जी पसलमा तिम्रा बा आमाको लाम छ ,
तिम्रा बिदेशी कमाइले
गाममा खुशी फर्किएको छ ,
अझ सुनाउन मन लाग्छ
बाझो पाखाबारीले
तिम्रै पाखुरा पर्खिएको छ ।
खोइ के भनु भाई तिमीलाई
देशको खबर ,
एउटा यस्तो जमात छ
जस्को बुद्ध नेपालमा जन्मिएको दाबी छ
उता काक्रेबिहार तिर भने
बुद्धलाई सुकुम्बासी बनाउनेहरुको हाबी छ,
तिमीलाई पासो थाप्नेहरुको
बिमानस्थलमा लर्को छ
तिम्रो डलरको भाउ भन्दा
यहाँको महँगी चर्को छ
साच्चै भन्ने हो भने
जताततै धुवा र धुलो छ
मुलुक भन्दा यहाँ
प्रधान न्यायधिशको कुर्शी ठुलो छ ,
एन टि सि को नेटवर्क् झै
समस्याको जालो तन्किएको छ
नेपाल एअरलाइन्सको जहाज झै
हाम्रो देश थन्किएको छ