नारायणिलाई ज्ञानेश्वर निकै बहकिये जस्तो लाग्न थाल्यो र प्रसँग बदल्न भनि - केही खाउन धेरै भोक लाग्यो । ज्ञानेश्वरलाई तडक भडक मन पर्दैन थियो । परम्परागत खानाको शौखिन थियो तर आधुनीक प्रबिधीको पक्षपाती थियो । त्यसैले उस्ले भन्यो - हिड्दै, सौराहा तिर जाऔ अनी बाटोमै भेल्डर खाँउला ।
नारायणीलाई लाग्यो यो केटो कति लोभि, यहाँ क्याफे सम्म आयेर पनि फेरि जंगलमै गएर खाने कुरा गर्छ । यो साहुनीले थाहा पाइ भनि के गर्ने होला ? अली कति लाज त लाग्नु पार्ने हो नी ।
उस्ले ढिपी गरि - अरुले देखे नी के भन्लान । यहाँ सम्म आयेर केही नखाइ जादा । तिमिलाइ त्यस्तै थियो भने त्यो भाषण मात्र सुनाउन किन यहाँ बोलायेको । उतै खोरसोर तिर बसेर नी त गर्न सकिन्थ्यो नी । अझ रापतीमा पौडिदै इचर्नीको टापुमा झन कस्तो रमाइलो हुन्थ्यो नी ।
नारायणिको कुरा ज्ञानेश्वरको मनमा परेछ क्याहो र मन नलागी नलागी मुख फोर्यो - मगाउन त के खाने ।
नारायणी फुरुङ्ग परि र भनि - म त माइकेनिया खाने ।
उस्को कुराले ज्ञानेश्वरलाई चकित बनायो र भन्यो - माइकेनिया रे , त्यो त जताततै पाईन्छ नी । किन यहाँ महँगो तिर्ने । फेरि त्यो हाम्रो खाना नी होईन । त्यहि माइकेनियाको झाडि फैलियेर सबैलाई पिरलो पारेको छ । तिमीहरु जस्तै यसरी खाने बढे भने फेरि साहुनीले रोप्न थाल्ली ।
नारायणी भन्न थाली - हेर के भनेको तिमिले . समय अनुसार चल्नु पर्यो नी । यो त फाष्टफुडको जमाना हो । खाली त्यहि भेल्डर, घासे मैदान भनेर कति बस्ने । यो खाएर कतै यो जस्तै हामि पनि हलक्कै बढ्न सक्छौ की ? फेरि यहाँ क्याफेमा खानुको मज्जा नै बेग्लै छ । कति सफा गरेर आउछ हेर्दै खाउ खाउ लाग्ने । बाहिर हेर्नै मन नलाग्ने त्यो फास्टफुडहरु यो क्याफेमा कति आकर्षक पाराले सजाएका हुन्छन् ।
ज्ञानेश्वर उस्को कुरा सुनेर अली गम्भीर बन्यो र भन्न थाल्यो - हेर समय अनुसार चल्नको लागि आफू पनि त्यती नै सक्षम छ की छैन भनेर हेर्नु पर्छ । यस्तो नहोस की बर्खाको भेल सगै दौडने काठको मुढा जस्तै नदिको एक किनारमा थन्किनु नपरोस । हेर त माइकेनियाले हेर्दा हेर्दै यो गैडाल्याण्डको बन छपक्क पार्यो । कहीले काही खान रमाइलो होला सधैं यहि मात्र त खान सकिन्न नी ?
नारायणी - के भनेको तिमिले । यो कुनै बिक्रिती त होईन नी । ब्यापार, पर्यटन र प्रबिधी को बिकाश सगै माइकेनिया जस्ता बिरुवाहरु पनि आउन थाले । आफै आएका त होइनन नी ? अनी फेरि यसलाई रोक्ने क्षमता हामि सग छैन् पनि । बरु म त खाइदिन्छु । त्यो बछ्यौली गाऊ हेरन अहिले कति गाऊ मात्र नभएर कति देशका मान्छेहरु छन् । को भेलसगै बग्न सक्यो को चाँही बगरमा फालियो आँफै भन त त्यो गाऊ हेरेर ? हिजो बन भित्र खान पाइएन भने बाहिर गएर मानिसहरुको खेतिपातिमा चर्न पाइन्थ्यो । अब त त्यो अवस्था पनि रहेन । तार बार र करेण्ट लगाएर हामिलाई मानब बस्ती र खेत बारिमा निषेध गरेका छन । अब "हेरेर मर्नु भन्दा त छेरेर मार्न नै जाति रे नी । त्यहि भएर भित्र जे पायो त्यहि खानु पर्छ ।
ज्ञानेश्वर - कुरा त्यो ब्यापार को होईन । कुरा त हाम्रो संस्क्रिती को हो । आफ्नो संस्क्रिती जोगाउन सकेनौ भने हाम्रो चिनारी कता पुग्छ भन त ?
नारायणि - माइकेनिया जस्ता फास्टफुड खानु भनेको संस्क्रितीको अपहेलना गर्नु होईन । फेरि संस्क्रिती आफै गतिशिल छ । त्यहि भेल्डरको फेदमा नै जीवन देख्न थालेउ भने के हामि यो परिबर्तित बाताबरण सग जुध्न सकौला त? हिजो मान्छे देख्ने बित्तिकै भाग्ने हाम्रा पुर्खाहरु आज किन हात्ती चढेर आउने मानिसहरुका क्यामेरा हरुको अगाडि निर्धक्क अगाडि पर्छौ ? समय अनुसार चल्न सकिएन भने हामि संस्क्रिती त बचाउन सकौला तर हाम्रो समाज बचाउन सकौला र ? नत्र हामिलाई देखाएर ब्यापार गर्ने हरुले खोइ त हाम्रो बासस्थानको उचित ब्यबस्थापन गरेको ? हामिलाई बन्दुक बाट जोगाउन त खोज्छन तर खाइ यो माइकेनियाको एम्बुसबाट बचाउने पहल गरेको ?
यो कुराले ज्ञानेश्वरलाई सोच्न वाध्य बनायो अनी भन्न थाल्यो - तै पनि एक पटक सोचन । कहाँ कहाँ बाट आएको यो माइकेनियामा गुजारा चलाउन थाल्यौ भने हाम्रो स्थिति के होला ? के हामि स्वास्थ्य रहन सकौला ? हामि सन्तती उत्पादन गर्न सक्षम हौला त ? सधैं माइकेनियामा बाच्नु अनी खाग बिनाको हामि गैडा जातिको परिकल्पना गर्न सक्छौ ?
नारायणि - सायद भबिष्यमा आफ्नो अस्तित्व जोगाउन खाग बिनाको गैडा पनि प्रकृतिले बनाउनु पर्ने हुन्छ होला । मरुभुमीको उट कम पानी मा बाच्छ, तर यो होईन की मरुभुमी बाहिर पनि कम मात्रामै पानी पिउछ । संस्क्रिती बचाउन भनेर उस्ले त्यो खोलामा बगेको पानी नपिएर टुलुटुलु हेरी रहन त सक्दैन नी ? आमाले भन्नु भएको त्यो बछ्यौली गाउमा बस्ने हरु पहिला धोती कछाडमा पुरुषहरु अनी फरिया चोलीमा महिलाहरु हुन्थे रे । अहिले हेर त के के हो के के लगाउन थालेका । माछा मार्ने हरु कहाँ पुगे । तिनीहरु लोप त भएका होईन होलान् नी , पेशा त परिवर्तन गरे होला नी । यो माइकेनिया खानु पनि त्यहि होइन र ? म यो संस्क्रितीको परिभाषा जान्दिन ज्ञानेश्वर । मैले बुझेको यति हो सबै कुरा गतिशिल छ ।
नारायणीलाई ज्ञानेश्वरले यस्तो रुपमा कहिल्यै देखेको थिएन। आज उस्को तर्क पूर्ण प्रतिबादले एक्छिन सन्नाटा ल्यायो । उस्ले सोच्यो , साच्चैनै समय अनुसार परिवर्तन नभए त एक दिन डाइनासोरस जस्तो लोप हुनु पार्ने त होईन ? माइकेनिया र अन्य परम्परागत बनस्पतीहरुलाई सन्तुलन गरेर मिलाएर खाएमा त बाँच्न पनि सजिलो हुने ठान्यो ।
अनी आँफैले दुबै जनालाई माइकेनिया अर्डर गर्यो ।
नारायणि मुसुक्क हासी । आफ्नो तर्क ले ज्ञानेश्वरलाई प्रभाबित पार्न सकेकोमा भित्रै देखि आफै गर्बित भै । अझ उसलाइ रिस पनि पोख्न मन लागेको थियो संस्क्रिती बचाउने कुरा गर्ने तिमी गैडालाई नहेरेर किन त्यो बाघ , चितुवा, हात्तीका युबतीहरु सग मस्किन्छौ भनेर । तर उसलाई रिस पोखाउन मन लागेन ।
अनी भनि - अब पछि पनि यस्ता माइकेनिया जस्ता कति बिरुवा हरु आउलान है ?
शाखाहरु
- कबिता जस्तै (7)
- गैडाल्याण्ड (10)
- घुमघाम (3)
- चौतारी (20)
- दिल्लगी (7)
- पछाडि फर्कदा (3)
- बाताबरण (3)
- बिचार (18)
यताउताको सन्दर्भमा
ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।