
गत बर्षको शुरुवात साह्रै उत्साहप्रद थियो । एतिहासिक संबिधान सभाको निर्वाचन, राजातन्त्रको अन्त्य भै गणतन्त्रको स्थापनाको कारण नेपालीहरुले नयाँ नेपालको तस्बिरलाई मनमा लिएका थिए । अझ गोठालाको छोरा राष्ट्रपती अनी १० बर्षे सशास्त्र बिद्रोहका नायक सर्बशक्तिमान प्रधानमन्त्री बने देखी त सबैको मनमा एउटा उत्साह र उमङ्ग थियो । लाग्थ्यो हामीले सोचेको हामीले भन्ने गरेको नयाँ नेपाल प्राप्त हुनेछ । अकालमा कुनै नेपालीले ज्यान गुमाउनु पर्ने छैन अनी बिधिको शासन लागु हुनेछ, सिंहदरबारमा जनताको पहुच सरल हुनेछ ।
नयाँ नेपाल बनाउन धेरै नाम फेरियो , ६०० को जम्बो सभामा भएको त्यो अभुतपुर्ब सामाबेशिकरणले एउटा छुट्टै आयाम थपेको थियो । दोश्रो जनाअन्दोलनमा देखिएको त्यो सहमतीको राजनीति निर्वाचन लगत्तै कुर्सी प्राप्तीको होडमा बिग्रदै गयो । चकाजाम र नेपालबन्दले रेकर्ड नै कायम गर्यो । मदेश र थारुमा तराइ बिभाजित भयो , पहाडमा लिम्बुवान र ताम्सलिङका भुगोल कोरियो । वाइसीएल र युथफोर्सको झगडाले देश रनक्षेत्रमा बदलियो । दिनदहाडै हत्या हुन थालयो , एक किसिमले अराजकताको सिमा नाघ्यो । समग्रमा शुरुवात जती उत्साहप्रद थियो उत्तराद्र उत्तिनै निराशजनक भयो ।
यसै सिलसिलामा २०६५ ले नेटो काट्यो , २०६६ को आगमन भयो । केही दिन देखी शुभकामनाको लर्को लागेर ईमेलका बक्स भरिएका छन । सफलताको कामना हरुको मात्रै आदान प्रदान छ । सोच्छु हामी कती आशाबादी छौ , हामी कती दयालु छौ । सारा पिडा भुलेर सफलताको कामना गरी रहेका छौ, हामी मा अझै उमङग छ आशा को दियो बलेको छ । अनी कामना गर्छु , हरेक दिन नयाँ बर्ष जस्तो भै दिये हुन्थ्यो । नयाँ बर्ष २०६६ को शुभकामना ।
No comments:
Post a Comment