किरात र कन्क्रिट चिहान

आफ्नो संस्कृतिको संरक्षण जती गौरबशाली हुन्छ , यस्को बिचलन आफ्नो समाज लाई मात्र होइन सम्पुर्ण राष्ट्रलाइ नै हुन सक्ने रहेछ। देखासिखिमा होस् या अन्जानमा त्यस्ता प्रथाहरुले बिबाद श्रीजना गर्ने अनी प्राकृतिक संरचनामा पनि प्रतिकुल प्रभाब पार्ने रहेछ भन्ने कुरा किरातहरुले पुर्बी नेपालामा प्रचलनमा ल्याएको कन्क्रिट चिहानले देखाएको छ । नेपालमा कुल जनसंख्याको ४ % (करिब् १० लाख) रहेका किरातहरुको किरात धर्म हिन्दु र बौद्ध भन्दा फरक छ । मुन्धुम धार्मिक् ग्रन्थ हो, जुन् अहिले सम्म मौखिक् नै छ । यिनिहरु प्रक्रिति लै पुज्ने र भुमिपुत्रको रुपमा चिनिन्छन् । सुम्निमा र पारुहाङलाइ पुज्छन् भने उधौलि र उभौलि मुक्य चाड हो । हिन्दु धर्ममा जस्तो स्वर्ग र नर्कको परिकल्पना किरात धर्ममा छैन । कालगतिले मृत्यु हुने आत्मा साम्खामा र बाल वा युबा अवस्थामा अकालमै म्रित्यु हुनेहरु सोन्चिखामा जान्छ भन्ने बिस्वास् गरियेको छ भने । मृत्यु पछी लाशलाई गाड्ने अनी आत्मा माथि उल्लेखित स्थान मा पुग्न सकेन भने भौतारिएर यसले दु:ख दिन्छ भन्ने उल्लेख गरिएको छ ।
बारीका डिलहरुमा अनी जङगलमा म्रित शरीर गाड्ने चलन समयको बहाब सगै कन्क्रिट् चिहानमा परिणत् भयो । धरानको ब्रिटिस् क्याम्पमा रहेको गोराहरुको चिहानको नक्कल् गर्दै बिक्रम् सम्बत् २०२८ साल् तिर धरानमा पहिलो कन्क्रिट् चिहानको निर्माण गरियेको छ जुन् अहिले धरान नगरपालिका क्षेत्रमा मात्र करिब् ७००० भन्दा बढि रहेको छ ।
धरानमा शुरु गरिएको कन्क्रिट् चिहान झापा हुदै पुर्बका पहाडि जिल्ला हरुर काठमाण्डौमा सम्म भेटिन्छ । झापामा बिक्रम् सम्बत् २०३८ सालमा शुरु गरिएको कन्क्रिट चिहान हाल आएर रतुवा माइ ब्रिचारोपण आयोजना को २४,४६५ बर्ग फिट क्षेत्रभित्र मात्रा कारीब १५०० वटा रहेको छ । अझ चिहानलाइ आकर्षक् डिजाइनमा ढालि लाखौ खर्च गर्ने अनि आफ्नो सन्तति एकै ठाउमा मरे पछि पनि गाडिन पाउने आशामा ठुलो ठुलो क्षेत्रमा कम्पाउण्ड बार्ने प्रचलनले पुर्बि नेपालका बन क्षेत्र बिस्तारै मुर्दा शहरमा परिणत् हुदै गएका छन् ।
कन्क्रिट् चिहानको असर्

सामाजिक प्रतिष्ठाको रुपमा चिहानलाइ हेर्न थालिएपछि कन्क्रिट चिहान् बनाउने होडबाजि नै चलिरहेको छ । मुख्यत: पुर्ब - पश्चिम राजमार्गको दाया बाय इटहरि देखि काकडभिट्टा सम्मको जङलमा प्रशस्तै मात्रामा देख्न सकिन्छ । सुनसरिको धरानहुदै झापा पुगेको यो संस्क्रिति हाल किरात् हरु बसोबास गर्ने पुर्बका सबै जिल्लाहरुमा फिजिएको छ । चिहानको आक् आकार् र डिजाइनले उक्त परिवारको आर्थिक् सम्रिद्धि झल्काउने हुनाले ठुलो र आकर्षक चिहान बनाउने प्रतिस्पर्धानै छ । चिहानको लागत् नेपालि रुपैया १०,००० देखि २ लाख् सम्म पर्ने देखियेको छ जब कि नेपालि को अौसत् आम्दनि करिब् २०,००० रुपैया रहेको छ ।
सन् २००१ को जनगणना अनुसार् कन्क्रिट चिहानको अभ्यासगर्ने जातिहरु : राइ , लिम्बु, सुनुवार्, याखा र भुजेलको जनसंन्ख्या १२ लाख् रहेको छ । यसै गर्नी नेपालीहरुको मृत्युदर प्रती १००० मा ९।६ रहेको छ। यदी यो अवस्थामा कन्क्रिट चिहान बन्दै जाने हो भने कम्तिमा नि कारीब साँढे ३ हे बन बर्सेनी मुर्दा शहर मा परिणत हुने देखिएको छ । जापानि चिहान्बिद् आमानोले करिब् डेढदशक् अगाडि बनायेको धरानको तस्बिरमा यदि कन्क्रिट् चिहानको यो अबस्था कयमै रहने हो भने आगमि ५ दशकमा धरान् कन्क्रिट् सहरमा परिणत हुने र त्यसको वरिपरि गिद्दहरुमात्र घुमेको देखएकि छिन् । यसरि बनाइ एको पक्कि चिहान् हरुले एकातिर आर्थिक अबस्था कमजोर् भएका हरुलाइ आर्थिक् भार् बढाएको छ भने अर्कोतिर बन बिनाशलाइ सघाइरहेको छ । अझ तराइ क्षेत्रमा रहेको बहुमुल्य सालको जङगल् कन्क्रिटमा परिणत् हुद राजमार्ग छेउका सिमसार क्षेत्रहरुपनि प्रभाबित् भै रहेका छन् भने जैबिक् बिबिधतामा पनि ह्रास आइरहेको छ ।
बिबाद र समाधानका पहल
नब बिकशित कन्क्रिट चिहानको संस्क्रितिलाइ ब्यबस्थित गरि बन संरक्षण् गर्ने तर्फ सम्बन्धित निकायले चासो दिएको देखिदैन । यसको प्रमुख कारण परम्परागत योजना तर्जुमा प्रक्रिया अनि यसलाइ सांस्क्रितिक् मुद्दा मनेर सम्बन्धित निकाय पन्छिन खोज्नुले पनि समस्यालाइ अझ जटिल बनाउदै लगेको छ । परम्परागत चिहान भएका केहि बन् क्षेत्रहरु सामुदायिक बनको रुपमा हस्तान्तरण गरिदा यसले समस्यालाइ झनै चर्काएको छ ।सन्स्क्रितिको रुपमा बिकशित भएको कन्क्रिट प्रथाको ब्यबस्थापन को लागि सम्पुर्ण क्षेत्र एकजुट हुनुपर्ने आबश्यकता देखिएको छ ।
बिक्रम् सम्बत् २०५५ सालमा काठमाण्डौको पशुपति क्षेत्रमा रहेको राइहरुको परम्परागत चिहानलाइ पशुपति क्षेत्र बिकाश कोशले क्रिश्चियनको आरोप् लगाउदै भत्काये पछि किरात राइ यायोखाले आन्दोलनको शुरुवात् गर्यो । फलस्वरुप् भत्काइएका चिहानहरु कोषले पुनर्निमाण गर्ने र यायोखाले कन्क्रिट चिहान नबनाउने भनेर निर्णय गरियो । यसरि प्रारम्भ भयेको कन्क्रिट चिहान नबनाउने अभियानमा पुर्बान्चल बन निर्देशनालयले २०६० सालदेखि अन्तर्क्रिया कार्यक्रमहरु गर्न थाल्यो । जसमा बिभिन्न संस्थाहरुले पनि साथ् दिये । कन्क्रिट चिहान् नबनाउन अनुरोध गर्दै ठाउ ठाउमा होर्डिङ् बोर्डहरु राखिन थालियो ।
आफन्तको मृत्यु पस्चात चिहानमा खर्छ गरिने रकम उनिहरुको सम्झनामा सामुदायिक बिकाश कार्यमा लगानि गर्ने कार्यको पनि प्रारम्भ भयो । मोरङ्गमा एक् चिहान् ५ रुख रोप्ने कार्यक्रम् पनि चालियो । कन्क्रिट चिहान् नबनाउने मा सबै सहमत छन् तै पनि समस्या ज्यु का त्यु नै रह्यो ।
चिहानको ब्यबस्थापन गर्न धार्मिक बनको माग गरियो । क्षेत्रिय बन निर्देशानलयले लिखित सम्झौता पनि गर्यो तर कानुनि जटिलता भन्दै धार्मिक बन् दिन इन्कार् गरियो । मन्दिर र मस्जिदलाइ मात्र धर्म मान्ने सरकारि निकायले किरातहरुले पुर्खाको चिहानलाइ नै पुज्छन् भन्ने तथ्यलाइ नकार्यो । हिन्दु धर्मको पट्टि बाधेको निकायले आदिबाशि जनजातिको परम्परालाइ ठाडै नकार्यो फलस्वरुप् चिहान भयेको क्षेत्रमा सामुदायिक बन गठन गरियो।

परम्परागत उपभोक्ताहरुलाइ बन सुम्पिने भनेर शुरु गरिएको सामुदायिक बन बिकाश कार्यक्रमको एकोहोरो अर्थ लगायेर परम्परा देखि बनमा चिहान् बनाइरहेका किरातहरु आफ्नो सांस्क्रितिक अधिकारबाट बन्चित भए भने स्थानियका नाममा भर्खरै बसाइ सरेर जङगल फडानि गर्दै बन क्षेत्रको आसपासमा बसेकाहरु चाहि उपभोक्ता बने । हिन्दुधर्म मुखि बन एेन् भनौ या मानसिकता जसले मठ मन्दिरलाइ मात्र धार्मिक क्षेत्र मानेर धार्मिक बन् दिन्छ , त्यहि सन्कुचित् बिचार जसले दाउरा काट्नलाइ मात्र बनको उपभोग भन्छ , त्यसैले गर्दा किरातहरु परम्परागत स्थलबाट बिमुख् भये । आज आफ्नो आफन्तको चिहान हेर्न अर्काको स्विक्रिति लिनु पर्छ ।
अन्त्यमा ,
कन्क्रिट चिहान नकरात्मक भयेको सबैले मनन गरि सकेका छन् । सरकारले नजिकको कुनै बन क्षेत्र धार्मिक् बनको रुपमा हस्तानतरण गर्न सके त्यसैलाइ ब्यबस्थापन गर्थेउ भनेर किरात समुदाय हरु भनिरहेका छन् । यसरि धार्मिक् बन दिएमा चिहानको अनुगमन गर्न पनि सम्बन्धित् सामाजिक संस्थाहरुलाइ सजिलो पनि हुने थियो । यसरि सरकारि स्तरबाट सानो प्रयासको थालनि भये सम्बन्धित समुदायले पनि चिहानमा लाग्ने खर्च छुट्टै कोषको निर्माण गरि सम्बधित् समुदायको बिकाशमा नि चेतानामुलक कार्यहरुमा लगानि गर्न सकिने थियो । यि कन्क्रिट चिहानहरुले नकरात्मक् प्रभाब् पारे पनि हाल अस्तित्वमा रहेका चिहानहरुको संरक्षण गर्न सकियेमा इतिहासको कालान्तरमा ए उटा पाठको रुपमा रहने थियो ।