यताउताको सन्दर्भमा

ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।

Saturday, April 25, 2009

प्रतिबिम्ब उही

शान्ती सम्झौता भयो रे ,
हामीलाई रैति बनाउने श्रिपेचधारीले दरबार छोडे रे
तर खै ,
हुम्ला भोखमरिमा त्यसै गरी छटपटाइ रहेछ
शहरहरु काकाकुल जिइरहेछन ,
बम र बारुद पड्कन छोडेको छैन
आफ्नै देशमा शरणार्थी हुन कैयौ वाध्य छन
सडकमा बालिएका निर्दोश टायरहरुको ब्यथा कसले बुझिदिने
भत्काइेका सालीकहरु ईतिहासका कालखण्ड हुन भनेर कसले बुझाईदिने ।
वानहरुमा बिभक्त नया नेपालको मनचित्र ले
भक्ती र अमर सिंहहरु आँफैलाई गिज्यायको अनुभव गर्दा हुन
शहिद लिष्टमा आफ्नो नाम खोज्दै लखन थापाहरु
आफ्नो प्रणोत्सर्गमा आत्मग्लानि गर्दा हुन् ,
तर के थाहा उनिहरुलाइ यो नया नेपाल भनेर
प्रिथ्बि नारायण बिस्तारबादि घोषणा गरिए
कुनै दिन भानुभक्त लाइ
सामन्ति खस भाषाको पक्षपोषक भनेर यथास्थितिबादि घोषणा गरिन्छ
त्यसैले त ,
तराइमा शोषित पिडित मधेशिको आवाज बन्दुकले बोल्छ
ड्याम्म गोलि पड्किन्छ - एक मदेश एक प्रदेश
प्रतिकारमा टायर बल्छ थारुहटमा
उता चियर्स गर्छन् उपेन्द्र र बिजय ।
पुर्बि पहाडमा बच्चा च्याहा गर्छ - लिम्बुवान
नेवा राज्यले राजधानि तातिन्छ
गाउगाउबाट ताम्सालिङ् र खम्बुवानहरु उठछन्
तागाधारि भनिनेहरु थर्कमान हुन्छन्
यता दाहाल, कोइराला र खनालहरु
भागबण्डाको क्याल्कुलेटर थिच्छन् ।
जब अपराधीहरु पार्टिको झन्डा बोक्दै खुल्लेआम हिड्ड्छन
यथास्थितीबादी र अग्रगमणकारीहरु तथास्तु भन्दै
आफ्ना नन्दी भ्रिङ्गगीहरुलाई ताण्डब नचाउन
कहिले विश्वबिद्यालयको प्राङ्गणमा पठाउछन
कहिले काली र ऋषिहरु जप्दै शक्ति पुजा गर्छन्
अनि हामि टुडिखेलमा नारा घन्काउछौ
यथास्थितिबाद मुर्दाबाद ।
अग्रगमण जिन्दाबाद् ।।
आफ्नो छायासंग आफै तर्सियेर
भद्रकालिमा धावा बोल्छौ
बिरालोको घाटिमा घन्टि बाध्न
दिल्लिमा बार्ह बुदे गर्छौ
आफु आफु नमिल्दा उत्तर र दक्षिण धाउछौ
आफ्नै मौलिक कार्यक्रम भन्दा
अर्काको सामु झोलि थाप्दै उनिहरुकै इशारामा काम गर्छौ
धान खादा खादै भकारि प्वाल परेको पत्तो नपाउने मुसा झै
आफ्नै घरमा प्वाल पारेर अरुको बिचारा पाउन गर्ब गर्छौ
अनि जताततै रास्ट्रबादि राग अलाप्छौ
बिदेशि हस्तक्षेप् मुर्दाबाद ।।।

Friday, April 24, 2009

सेनापती प्रकारणमा माओवादी नियत


सेनापतीको स्पष्टीकरण प्रकारणले यो हप्ताको राजनैतीक तापक्रम झन्डै बोइलिङ पोइन्ट मा पुर्यायो । जनबिद्रोह देखी सैनिक कु सम्मका हल्ला चले भने राष्ट्रपती समेत बिबादमा तानिये । राजनीतिक दलहरु बिच चरम ध्रुबिकरण हुन पुग्यो । माओवादी मैदानमा एक्लो देखियो भने सत्ता साझेदार एमाले र फोरम आन्तरिक बिबादमै अल्मलिये । राजादुतहरुको चलखेल एक्कासी अक्कास्सियो भने यो प्रकारणमा नयाँ खेलाडी देखिये रथी कुल बहादुर खड्का । सरकारी आदेश अबज्ञा गरि नागरिक सर्बोच्चतालाइ चुनौति दियेको भनेर ३ बिषयमा स्पष्टिकरण सोधियेको घटना सरसर्ति हेर्दा सरकारको अधिकार क्षेत्रभित्र भयेता पनि स्पष्टिकरणको बिषयबस्तु हेर्दा सरकारको नियतमा शन्का गर्ने ठाउ प्रशस्तै देखियो ।

सोधियेका ३ बिषयबस्तुहरु आफैमा सरकारको भुमिका बिबादास्पद छ । नय सेना भर्ना बिषयमा सरकार आफैले समयमा स्पष्ट निर्देशन दिन नसक्नु रक्षा मन्त्रिको कमजोरि देखिन्छ । अझै अन्मिनले यो शान्ति सम्झौता बिपरित हो भनेर भनेपछि मात्र सेना भर्ना प्रक्रियाको बिरोधमा जाने माओबादिहरुलाइ आफैले हस्ताक्षर गरेको शान्ति सम्झौताको जानकारि नभयेको जस्तो देखियो । अदालतमा बिचाराधिन मुद्दाको रुपमा देखिएको आठ जनरल् को प्रकरणको बिषयलाइ मुद्दा बनाउनु के स्वतन्त्र न्यायपालिका माथि सरकारि हस्तक्षेप भएनर ? माओबादि लडाकुहरुले भाग लिएको खेलमा किन समाबेश नगरेको भनेर प्रश्न शोध्नु प्रचण्ड आफैलाइ लाजलाग्नु पर्ने बिषय हो । पाचौ रास्ट्रिय खेलकुद् नियमावलिमा उल्लेखित टिमहरु भन्दा नया टिम आयेपछि कुनै पनि खेलाडिले खेल्दिन भन्नु स्वभाबिकै हो । मार्च पास नै नगरियेको टिमलाइ तोक आदेशको भरमा सामेल् गरिनु , रातारात टाइशिट परिबर्तन गर्नु खेल भाबना को बिपरित् छ , यसमा नेपालि सेनाले होइन प्रधानमन्त्रिले स्पष्टिकरण दिनु पर्छ ए उटा पार्टि बिशेषको लडाकुलाइ किन राष्ट्रिय खेलकुदमा हुलियो भनेर ?

सेनालाइ अझै राजतन्त्रकै अबशेष देख्ने प्रधानमन्त्रि र उस्को पार्टि कहिले पनि आफुलाइ सम्पुर्ण नेपाल र नेपालि को प्रतिनिधि हो भनेर पुष्टि गर्न सकेनन् । आफ्ना लडाकुहरुलाइ काखि च्याप्ने , नेपालि सेनालाइ सौताको छोरा जस्तो हेर्ने त्यो युद्धकालिन् मानसिकतामा अझै परिबर्तन् हुन सकेन। जनताको मत् पायेर पनि बन्दुक बाट नै शक्ति कब्जा गर्न खोज्ने मनस्थिति अझै राखेको पाइयो । एक महिना पछि रिटायर्ड हुने जर्नेललाइ काखि च्यापेर नेपालि सेना माथि राजनैतिक हस्तक्षेप गर्न खोज्ने यो कदम सरासर निन्दनिय छ । यहा प्र से कटुवाल सहि छन् कि गलत छन् भन्ने सवाल होइन , यो त राष्ट्रिय सेनामा कुनै पार्टि बिशेषको हैकम जमाउने अनि नेपालि सेनालाइ नेपाल् प्रहरि जस्तो भताभुङ्ग बनाउने खेल भएकोले यस् प्रब्रित्ति को बिरोध गर्नु आबश्यक् देखियेको छ ।

सेनालाइ लोकतन्त्र प्रति निष्ठा छैन भन्ने आरोप सेनाको बिगतका क्रियाकलापले गलत साबित गरिदिएको छ । यदि सेनाले जनभाबनाको कदर नगरेको भए सायद् ज्ञानेन्द्रले त्यति सजिलै नारायणहिटि छोड्ने थियेनन् होला । कति रगतका खोला बग्थे होला । नेपालि सेना राष्ट्रको साझा सम्पत्ति हो । यसमाथि को राजनैतिक हस्तक्षेप कुनै पनि नेपालि लाइ सह्य हुने छैन । हामि अझै पनि नेपालि जनतानै त्यो गरिमामय पदमा देख्न चाहन्छौ न कि कुनै पार्टिको झण्डा बोक्ने लडाकु हरु ।

Tuesday, April 21, 2009

कन्क्रिट चिहान : सस्कृति कि बिकृति ? मारमा परेको छ प्रकृति

किरात र कन्क्रिट चिहान

आफ्नो संस्कृतिको संरक्षण जती गौरबशाली हुन्छ , यस्को बिचलन आफ्नो समाज लाई मात्र होइन सम्पुर्ण राष्ट्रलाइ नै हुन सक्ने रहेछ। देखासिखिमा होस् या अन्जानमा त्यस्ता प्रथाहरुले बिबाद श्रीजना गर्ने अनी प्राकृतिक संरचनामा पनि प्रतिकुल प्रभाब पार्ने रहेछ भन्ने कुरा किरातहरुले पुर्बी नेपालामा प्रचलनमा ल्याएको कन्क्रिट चिहानले देखाएको छ । नेपालमा कुल जनसंख्याको ४ % (करिब् १० लाख) रहेका किरातहरुको किरात धर्म हिन्दु र बौद्ध भन्दा फरक छ । मुन्धुम धार्मिक् ग्रन्थ हो, जुन् अहिले सम्म मौखिक् नै छ । यिनिहरु प्रक्रिति लै पुज्ने र भुमिपुत्रको रुपमा चिनिन्छन् । सुम्निमा र पारुहाङलाइ पुज्छन् भने उधौलि र उभौलि मुक्य चाड हो । हिन्दु धर्ममा जस्तो स्वर्ग र नर्कको परिकल्पना किरात धर्ममा छैन । कालगतिले मृत्‍यु हुने आत्मा साम्खामा र बाल वा युबा अवस्थामा अकालमै म्रित्यु हुनेहरु सोन्चिखामा जान्छ भन्ने बिस्वास् गरियेको छ भने । मृत्‍यु पछी लाशलाई गाड्ने अनी आत्मा माथि उल्लेखित स्थान मा पुग्न सकेन भने भौतारिएर यसले दु:ख दिन्छ भन्ने उल्लेख गरिएको छ ।

बारीका डिलहरुमा अनी जङगलमा म्रित शरीर गाड्ने चलन समयको बहाब सगै कन्क्रिट् चिहानमा परिणत् भयो । धरानको ब्रिटिस् क्याम्पमा रहेको गोराहरुको चिहानको नक्कल् गर्दै बिक्रम् सम्बत् २०२८ साल् तिर धरानमा पहिलो कन्क्रिट् चिहानको निर्माण गरियेको छ जुन् अहिले धरान नगरपालिका क्षेत्रमा मात्र करिब् ७००० भन्दा बढि रहेको छ ।
धरानमा शुरु गरिएको कन्क्रिट् चिहान झापा हुदै पुर्बका पहाडि जिल्ला हरुर काठमाण्डौमा सम्म भेटिन्छ । झापामा बिक्रम् सम्बत् २०३८ सालमा शुरु गरिएको कन्क्रिट चिहान हाल आएर रतुवा माइ ब्रिचारोपण आयोजना को २४,४६५ बर्ग फिट क्षेत्रभित्र मात्रा कारीब १५०० वटा रहेको छ । अझ चिहानलाइ आकर्षक् डिजाइनमा ढालि लाखौ खर्च गर्ने अनि आफ्नो सन्तति एकै ठाउमा मरे पछि पनि गाडिन पाउने आशामा ठुलो ठुलो क्षेत्रमा कम्पाउण्ड बार्ने प्रचलनले पुर्बि नेपालका बन क्षेत्र बिस्तारै मुर्दा शहरमा परिणत् हुदै गएका छन् ।

कन्क्रिट् चिहानको असर्

सामाजिक प्रतिष्ठाको रुपमा चिहानलाइ हेर्न थालिएपछि कन्क्रिट चिहान् बनाउने होडबाजि नै चलिरहेको छ । मुख्यत: पुर्ब - पश्चिम राजमार्गको दाया बाय इटहरि देखि काकडभिट्टा सम्मको जङलमा प्रशस्तै मात्रामा देख्न सकिन्छ । सुनसरिको धरानहुदै झापा पुगेको यो संस्क्रिति हाल किरात् हरु बसोबास गर्ने पुर्बका सबै जिल्लाहरुमा फिजिएको छ । चिहानको आक् आकार् र डिजाइनले उक्त परिवारको आर्थिक् सम्रिद्धि झल्काउने हुनाले ठुलो र आकर्षक चिहान बनाउने प्रतिस्पर्धानै छ । चिहानको लागत् नेपालि रुपैया १०,००० देखि २ लाख् सम्म पर्ने देखियेको छ जब कि नेपालि को अौसत् आम्दनि करिब् २०,००० रुपैया रहेको छ ।

सन् २००१ को जनगणना अनुसार् कन्क्रिट चिहानको अभ्यासगर्ने जातिहरु : राइ , लिम्बु, सुनुवार्, याखा र भुजेलको जनसंन्ख्या १२ लाख् रहेको छ । यसै गर्नी नेपालीहरुको मृत्‍युदर प्रती १००० मा ९।६ रहेको छ। यदी यो अवस्थामा कन्क्रिट चिहान बन्दै जाने हो भने कम्तिमा नि कारीब साँढे ३ हे बन बर्सेनी मुर्दा शहर मा परिणत हुने देखिएको छ । जापानि चिहान्बिद् आमानोले करिब् डेढदशक् अगाडि बनायेको धरानको तस्बिरमा यदि कन्क्रिट् चिहानको यो अबस्था कयमै रहने हो भने आगमि ५ दशकमा धरान् कन्क्रिट् सहरमा परिणत हुने र त्यसको वरिपरि गिद्दहरुमात्र घुमेको देखएकि छिन् । यसरि बनाइ एको पक्कि चिहान् हरुले एकातिर आर्थिक अबस्था कमजोर् भएका हरुलाइ आर्थिक् भार् बढाएको छ भने अर्कोतिर बन बिनाशलाइ सघाइरहेको छ । अझ तराइ क्षेत्रमा रहेको बहुमुल्य सालको जङगल् कन्क्रिटमा परिणत् हुद राजमार्ग छेउका सिमसार क्षेत्रहरुपनि प्रभाबित् भै रहेका छन् भने जैबिक् बिबिधतामा पनि ह्रास आइरहेको छ ।

बिबाद र समाधानका पहल

नब बिकशित कन्क्रिट चिहानको संस्क्रितिलाइ ब्यबस्थित गरि बन संरक्षण् गर्ने तर्फ सम्बन्धित निकायले चासो दिएको देखिदैन । यसको प्रमुख कारण परम्परागत योजना तर्जुमा प्रक्रिया अनि यसलाइ सांस्क्रितिक् मुद्दा मनेर सम्बन्धित निकाय पन्छिन खोज्नुले पनि समस्यालाइ अझ जटिल बनाउदै लगेको छ । परम्परागत चिहान भएका केहि बन् क्षेत्रहरु सामुदायिक बनको रुपमा हस्तान्तरण गरिदा यसले समस्यालाइ झनै चर्काएको छ ।सन्स्क्रितिको रुपमा बिकशित भएको कन्क्रिट प्रथाको ब्यबस्थापन को लागि सम्पुर्ण क्षेत्र एकजुट हुनुपर्ने आबश्यकता देखिएको छ ।

बिक्रम् सम्बत् २०५५ सालमा काठमाण्डौको पशुपति क्षेत्रमा रहेको राइहरुको परम्परागत चिहानलाइ पशुपति क्षेत्र बिकाश कोशले क्रिश्चियनको आरोप् लगाउदै भत्काये पछि किरात राइ यायोखाले आन्दोलनको शुरुवात् गर्यो । फलस्वरुप् भत्काइएका चिहानहरु कोषले पुनर्निमाण गर्ने र यायोखाले कन्क्रिट चिहान नबनाउने भनेर निर्णय गरियो । यसरि प्रारम्भ भयेको कन्क्रिट चिहान नबनाउने अभियानमा पुर्बान्चल बन निर्देशनालयले २०६० सालदेखि अन्तर्क्रिया कार्यक्रमहरु गर्न थाल्यो । जसमा बिभिन्न संस्थाहरुले पनि साथ् दिये । कन्क्रिट चिहान् नबनाउन अनुरोध गर्दै ठाउ ठाउमा होर्डिङ् बोर्डहरु राखिन थालियो ।

आफन्तको मृत्‍यु पस्चात चिहानमा खर्छ गरिने रकम उनिहरुको सम्झनामा सामुदायिक बिकाश कार्यमा लगानि गर्ने कार्यको पनि प्रारम्भ भयो । मोरङ्गमा एक् चिहान् ५ रुख रोप्ने कार्यक्रम् पनि चालियो । कन्क्रिट चिहान् नबनाउने मा सबै सहमत छन् तै पनि समस्या ज्यु का त्यु नै रह्यो ।

चिहानको ब्यबस्थापन गर्न धार्मिक बनको माग गरियो । क्षेत्रिय बन निर्देशानलयले लिखित सम्झौता पनि गर्यो तर कानुनि जटिलता भन्दै धार्मिक बन् दिन इन्कार् गरियो । मन्दिर र मस्जिदलाइ मात्र धर्म मान्ने सरकारि निकायले किरातहरुले पुर्खाको चिहानलाइ नै पुज्छन् भन्ने तथ्यलाइ नकार्यो । हिन्दु धर्मको पट्टि बाधेको निकायले आदिबाशि जनजातिको परम्परालाइ ठाडै नकार्यो फलस्वरुप् चिहान भयेको क्षेत्रमा सामुदायिक बन गठन गरियो।



परम्परागत उपभोक्ताहरुलाइ बन सुम्पिने भनेर शुरु गरिएको सामुदायिक बन बिकाश कार्यक्रमको एकोहोरो अर्थ लगायेर परम्परा देखि बनमा चिहान् बनाइरहेका किरातहरु आफ्नो सांस्क्रितिक अधिकारबाट बन्चित भए भने स्थानियका नाममा भर्खरै बसाइ सरेर जङगल फडानि गर्दै बन क्षेत्रको आसपासमा बसेकाहरु चाहि उपभोक्ता बने । हिन्दुधर्म मुखि बन एेन् भनौ या मानसिकता जसले मठ मन्दिरलाइ मात्र धार्मिक क्षेत्र मानेर धार्मिक बन् दिन्छ , त्यहि सन्कुचित् बिचार जसले दाउरा काट्नलाइ मात्र बनको उपभोग भन्छ , त्यसैले गर्दा किरातहरु परम्परागत स्थलबाट बिमुख् भये । आज आफ्नो आफन्तको चिहान हेर्न अर्काको स्विक्रिति लिनु पर्छ ।

अन्त्यमा ,

कन्क्रिट चिहान नकरात्मक भयेको सबैले मनन गरि सकेका छन् । सरकारले नजिकको कुनै बन क्षेत्र धार्मिक् बनको रुपमा हस्तानतरण गर्न सके त्यसैलाइ ब्यबस्थापन गर्थेउ भनेर किरात समुदाय हरु भनिरहेका छन् । यसरि धार्मिक् बन दिएमा चिहानको अनुगमन गर्न पनि सम्बन्धित् सामाजिक संस्थाहरुलाइ सजिलो पनि हुने थियो । यसरि सरकारि स्तरबाट सानो प्रयासको थालनि भये सम्बन्धित समुदायले पनि चिहानमा लाग्ने खर्च छुट्टै कोषको निर्माण गरि सम्बधित् समुदायको बिकाशमा नि चेतानामुलक कार्यहरुमा लगानि गर्न सकिने थियो । यि कन्क्रिट चिहानहरुले नकरात्मक् प्रभाब् पारे पनि हाल अस्तित्वमा रहेका चिहानहरुको संरक्षण गर्न सकियेमा इतिहासको कालान्तरमा ए उटा पाठको रुपमा रहने थियो ।

Saturday, April 18, 2009

नोलिआक्कामा बन बिज्ञान अध्ययन संस्थानको झझल्को



स्नाकोत्तर तह अध्ययनको सिलसिलामा फिनल्याण्डको Joensuu बसाइ एक अबिष्मरणिय पल रह्यो । हुनत शुरुवात त्यती रमाइलो भएन तैपनी छुट्टै अनुभब थियो । क्रिश्मस र नयाँ बर्षको छुट्टी पछी शरद र मेरो ब्रुसेल्स देखिको यात्रा जती उत्साहप्रद थियो joensuu पुगेपछी सबै भताभुङ्ग भयो । आफ्नो कोठामा पुगेपछी बेडिङ नदेखेपछी हामी दुई भाई कसरी रात बिताउने भनेर छटपटाउन थालेउ । धन्न हामी सग केही बेडसिट र ब्रुसेल्स देखी बोकेको भित्री कोट (रेड लेबेल) थियो । त्यही लगाएर दुई भाई जनवरीको त्यो चिसो रातको पर्बाह नगरि सुतेउ । रात त कट्यो साथमा खानेकुरा केही थिएन, नजिकै स्टोरहरुपनी देखिएन, भोको पेट लिएर हिउको थुप्रोमा खेल्दै दुई जना लागेउ सिटी सेन्टर तिर ।

Joensuu मै भये पनि बिरामी भएर बसेको बसन्त को अत्तो पत्तो थिएन । हिउ झरीरहेको थियो , शरद काधमा Student युनियनले दिने survival package (बेडिङ र भाडाकुडा ) को बक्स र एक हातमा ब्रिफकेश गूडाउदै आफ्नो रुम खोज्न हिंडेको त्यो रोमान्चित क्षण अझै ताजै रहेको छ । करिब् एक हप्ता पछी शिशिर र बिनोदको आगमनले हाम्रो बसाइ नेपालमय बनाउदै लग्यो । अझ महिनादिन भित्रै सुर्य मामा (सुर्य मगर) र उहाको परिवार अनी त्यसको लगत्तै बिष्णुको आगमनले Joensuu भित्रै हामीले बन बिज्ञान अध्ययन संस्थानको प्रतिबिम्ब पायौ ।


एउटा उत्साह थियो , मैत्रिपूर्ण बातावरण थियो । हरेक हप्ता नेपाली जमघट हुन्थ्यो । पालैपालो थियो आयोजना गर्ने । त्यसै बिचमा थपिए काजी (ज्ञानेन्द्र कार्की ) । ८ जना बन बिज्ञानका विद्यार्थीहरु, नेपाल देखिकै आत्मियता, बिदेशी भुमिमा झन प्रगाढ बन्यो । हरेक हप्ताको शुक्रबार या शनिबारको राती नेपाली भेला । शुरु हुन्थ्यो फरेस्टर जिन्दगी । नारायण गोपाल देखी झलकमान गन्दर्भ सम्म , दोहोरी देखी प्यारोडी सम्म , जाने जतिको सबै गीत गाइन्थ्यो बिहान् नहुन्जेल सम्म । कहिलेकाही म्यारिज पनि जम्थ्यो, लाग्थ्यो बनबिज्ञानको छात्राबास थियो त्यो । उफ्री उफ्री गाइएको त्यो दोहोरी शायद बसन्तलाई अझै झझल्को होला । कार्कीको क्यारिकेचर बिष्णुलाई ताजै होला । बिनोदको छटपटी रमाइलाई थियो , जती गरे पनि कसैले शिशिरलाई बिचलन ल्याउन सकेनन ।

बियरको थुप्रो लाग्थ्यो । बोटलको १० सेन्टफिर्ता पाइन्थ्यो । बियर पिलाउने कर चल्थ्यो, अनी कार्की को प्रतिकृया हुन्थ्यो " मैले बियर पियो भने बोटल लगेर १० सेन्ट कमाउला भन्थेउ होला। " जे होस् नोलिआक्काको सेरोफेरोमा बन बिज्ञान होस्टलको झझल्को थियो । अझै माइजुले पकाउनु भएको खान अनी समर्पणको उपस्थितिले हामी नेपाल बाट टाढा छौ भन्ने बिर्स्याइदिएको थियो । गुन्द्रुकको झोल र कुखुराको सपेटा, अनी बिष्णुको बटर् हालेको भातको साथै त्यो माहोल साचैनै यादगार थियो ।

टुरको शुरुवात साथइ Joensuu छोड्ने समय अै सकेको थियो । ति जमघटहरुले पढाईको तनाबलाई एकै पटक खतम पारीदिन्थ्यो । अप्रिल २००७ को त्यो अन्तिम BBQ साह्रै रमाइलो थियो । बिष्णुको कोठामा यत्रतत्र छरियका ज्यानहरु बिछोडिने तरखरमा थिए । सुर्य मामा, कार्की र बिष्णु बाहेक हामी ५ जना (बिनोद, शरद, बसन्त , शिशिर र म ) लागेउ टुर तिर । टुर भरी खेलिएका म्यारिजका हिसाबहरु अझै ल्यापटपको एउटा कुनामा सेभ भएको छ । समयको झोक्का सगै यत्र तत्र छरिएर रहे पनि सगै बिताएका ति क्षणहरु आबिस्मरणिय थियो ।

Monday, April 13, 2009

सधैं नयाँ बर्ष भये




गत बर्षको शुरुवात साह्रै उत्साहप्रद थियो । एतिहासिक संबिधान सभाको निर्वाचन, राजातन्त्रको अन्त्य भै गणतन्त्रको स्थापनाको कारण नेपालीहरुले नयाँ नेपालको तस्बिरलाई मनमा लिएका थिए । अझ गोठालाको छोरा राष्ट्रपती अनी १० बर्षे सशास्त्र बिद्रोहका नायक सर्बशक्तिमान प्रधानमन्त्री बने देखी त सबैको मनमा एउटा उत्साह र उमङ्ग थियो । लाग्थ्यो हामीले सोचेको हामीले भन्ने गरेको नयाँ नेपाल प्राप्त हुनेछ । अकालमा कुनै नेपालीले ज्यान गुमाउनु पर्ने छैन अनी बिधिको शासन लागु हुनेछ, सिंहदरबारमा जनताको पहुच सरल हुनेछ ।

नयाँ नेपाल बनाउन धेरै नाम फेरियो , ६०० को जम्बो सभामा भएको त्यो अभुतपुर्ब सामाबेशिकरणले एउटा छुट्टै आयाम थपेको थियो । दोश्रो जनाअन्दोलनमा देखिएको त्यो सहमतीको राजनीति निर्वाचन लगत्तै कुर्सी प्राप्तीको होडमा बिग्रदै गयो । चकाजाम र नेपालबन्दले रेकर्ड नै कायम गर्‍यो । मदेश र थारुमा तराइ बिभाजित भयो , पहाडमा लिम्बुवान र ताम्सलिङका भुगोल कोरियो । वाइसीएल र युथफोर्सको झगडाले देश रनक्षेत्रमा बदलियो । दिनदहाडै हत्या हुन थालयो , एक किसिमले अराजकताको सिमा नाघ्यो । समग्रमा शुरुवात जती उत्साहप्रद थियो उत्तराद्र उत्तिनै निराशजनक भयो ।

यसै सिलसिलामा २०६५ ले नेटो काट्यो , २०६६ को आगमन भयो । केही दिन देखी शुभकामनाको लर्को लागेर ईमेलका बक्स भरिएका छन । सफलताको कामना हरुको मात्रै आदान प्रदान छ । सोच्छु हामी कती आशाबादी छौ , हामी कती दयालु छौ । सारा पिडा भुलेर सफलताको कामना गरी रहेका छौ, हामी मा अझै उमङग छ आशा को दियो बलेको छ । अनी कामना गर्छु , हरेक दिन नयाँ बर्ष जस्तो भै दिये हुन्थ्यो । नयाँ बर्ष २०६६ को शुभकामना ।

जनतालाई साक्षी राखी इश्वरको नाममा सपथ लिदा


बिशाल मानब सागरको उपस्थिती, करोडौ आँखाहरु कौतुहलतापुर्बक पर्खिरहेको त्यो क्षण एउटा छुट्टै उमङग थियो उत्साह थियो । शहरमा नरभक्षी राक्षस पसेर तहसनहस पारेको अवस्थामा बायुपन्खी घोडामा चढेर आफ्नो जनताको रक्षा गर्न आउने एकदेशका राजाकुमारको आगमनमा हर्शित जनताहरु झै, २० जनवरी २००९ का अमेरिकीहरु बराक ओबामाको आगमनमा त्यस्तै गरी उत्साहित भएका देखिन्थे । राष्ट्रपतिको सपथ समारोह एउटा नियमित प्रकृया भयता पनि त्यसबाट हामीले सिक्नु पर्ने धेरै रहेको मैले महसुस गरे ।

कारीब ५ महिना अगाडि नेपालीहरुमा पनि झन्डै त्यही उत्साह थियो जुन मंगलबार अमेरिकिहरुमा थियो । एक दशकलामो जनयुद्ध बिसाएर जनताको विश्वाश जितेर बनेका गनतान्त्रिक नेपालका प्रथम प्रधनमन्त्रिको सपथ, लुगामा केही बिबाद भयता पनि जनताको नाममा लिएको सपथले केही चर्चा पाएको थियो । बाइबल र इश्वरलाई साक्षी राखेर, लाखौं जनताको अगाडि गरिएको विश्वाकै सक्तिशाली पदमा बिजय हासिल गरेको ब्यक्तिको त्यो सपथले क्षणिक भाबनात्मक कुरा भन्दा रितिथिती र परम्परा महत्वपूर्ण हुन्छ भन्ने देखाएको छ । शितल निवासको चारदिवारि भित्र ठुला पदमा आसिन केही ब्यक्तिहरुको अगाडि बसेर जनताको नाममा सपथ लिएर नाक फुलाउनु भन्दा, जनताको अगाडि बसेर बाचा गर्नु महत्वपूर्ण कुरा हो कि ?

हरेक सफल पुरुषको पछाडि स्त्रिको हात हुन्छ भन्ने विश्वाब्यापी मान्यता त्यो सपथ ग्रहणमा पनि देखियो । आफ्नो श्रीमती ले लिएको बाइबललाई छोएर गरिएको त्यो सपथले शायद श्रीमती लाई पनि उत्तिकै भागीदार बनाएको छ । तर खै हाम्रा उच्च पदमा आसिनका श्रीमतीहरु ? नाताबाद र कृपाबाद को जन्जालमा जगेडिएको हाम्रो समाजमा शायद त्यो अमेरिकि सपथ झै श्रीमतीलाई पनि सामेल गराउने परम्परा बसल्न सकिये उनिहरुले पनि आफुलाई जिम्मेवार बोध गर्नुका साथै आत्मसम्मान को अनुभुती गर्ने थिएकी ?

सपथ ग्रहण अगाडि र पछाडि व्हाइट हाउसमा देखिएको त्यो स्वागत र बिदाइ समारोह सचिकै प्रेरणादायी थियो । जर्ज बुश दम्पतीले ओबामा दम्पतिलाई गरेको स्वागत, करिब आधा घण्टा बिताएका कफी को समय अनी अन्त्यमा बुश् दम्पतिको बिदाइमा साचिकै आत्मियता थियो । तर खै हाम्रोमा त्यो आत्मियता । ३ दिन अगाडि देखी बालुवाटार खाली पार्ने त्यो नियती अनी सपथ समारोहमा निबर्तमानको अनुपास्थितीले देखाएको त्यो आपशी द्वेशता कतै परम्परा त बन्ने होइन ?

बिद्यालयमा गुरुले भनेको अझै याद आउछ । हामी नेपाली धन्यवाद भन्न त कन्जुस गर्छौ, अर्काको तरिफ के गर्न सकुला । शायद तेही भएको छ । आर्थिक सन्कटले जेलिएको बर्तमान अमेरिकाको स्थितीको लागि बुश नितिलाई दोश नलगाइ नयाँ चुनौतीको रुपमा लिने ओबामाको त्यो भाषाणबाट कहिले साझेदरी दल , कहिले प्रतिपक्षलाई दोश दिने अनी कहिले बिगतका सरकारलाइ दोश दिने हाम्रा सरकार प्रमुखले सिक्न सकेमा शायद हाम्रा चुनौती हरुलाई अबसरको रुपमा बदल्न सकिने थियो कि ?

नबुझिएको युबा भावना


बिदेशिएका युबाहरुलाई लिएर निकै नकरात्मक भाबनाले हेरिने गरिएको छ । उनिहरु माथि राष्ट्रभाब नै नभएको जस्ता आरोपहरु लगाइने गरिएको छ । बिदेशिनु रहर हो कि बाध्यता हो भन्ने बिश्लेशण नगरि एकतर्फी रुपमा उनिहरु माथि प्रहार जारी छ । के साच्चै नेपाली युबाहरुमा मातृभूमी प्रती बित्रिष्णा पैदा भएको हो ? के सुनौलो भबिष्यको कल्पना गर्दै गुणस्तरीय शिक्षा खोज्नु गल्ती हो ? विश्वब्यापिकरणको युगमा रोजगाअरिको सिलसिलामा बिदेशिनु के राष्ट्रघात हो ? उनिहरुलाई बिदेशिनुबाट रोक्नको लागि हाम्रा शैक्षिक प्रणाली र प्रशासनिक अवस्था सुधारनुको साटो अझ गाली गरेर कतै हाम्रो समाजअले युबाहरुलाई लखेटिरहेको त छैन ?

एक्कैसौ शताब्दिको विश्वाब्यापिकरण युगमा हाम्रो त्यही गुरुकुलिय शिक्षा पद्दति "घोतन्ते बिद्या धावन्ती खेती" ले हाम्रो उपस्थिती कस्तो हुने हो सर्बबिदितै छ । अझै पानी हामी त्यही प्रणाली परिस्थिती अनुकुल छ भनेर रट लगाइ रहेछौ । गेसपेपर र चिट चोराइबाट बिद्या र ज्ञान भन्दा सर्टिफिकेट प्राप्त गरी रहेको छौ, जुन घातक छ , युबा पुस्ताले अघोषित रुपमा नकारेको छ । राजाधानीमै सिमित मात्रको पहुच भये पनि प्रबिणता प्रमाणपत्र तह र १० जोड दुई भन्दा ए लेभल किन लोकप्रिय भयो भनेर कहिलेइ बुझ्ने कोशीस गरेनौ बरु बिदेशी मोह भनेर नकार्ने प्रयास गरेउ ।

कतिपय बिदेशी विश्वबिद्यालयहरुमा त्रिभुवन विश्वाबिद्यालयको स्नाकोत्तरले पि एच् डि गर्न पाउदैनन । त्यस्को लागि त्रिबिबी को गुणस्तर मापदण्ड बिदेशी बिद्यालयको दाजोमा पुगेको देखिदैन । यस्तो अवस्थामा कुन युबाले त्यो २ बर्षे मेहेनतलाई नसम्झेला । अनी कुन मुर्खले त्यो कुरा थाहा पाउदा पाउदै पनि त्यही पढेर राष्ट्रभक्ती देखाउन आफ्नो भबिष्य दाउमा लगाउला? नेपाल बन्द र स्वबियु निर्वाचनले महिनौ बन्द हुने अवस्था, चिट चोरेर पनि उत्तिर्ण हुन सकिने शिक्षा प्रणालिमा ज्ञान होइन सर्टिफिकेट मात्रा आर्जन गर्न सकिन्छ भन्ने बुझेकाहरु बिदेशिदा किन राष्ट्रघातको आरोप लगाउने ?

नयाँ नेपाल को ढोङग रचियो, विश्वबिद्यालयमा समेत् राजनैतीक दलहरुले भागबण्डा गरे । योग्यताको भन्दा पार्टिको चवन्नि सदस्यताको कदर भये पछी पार्टिको झन्डा नबोक्नेहरु कता दौडिने ? राष्ट्रिय गान देखी छाप फेरियो, कती नामहरु परिवर्तन भये , देशमा राजातन्त्र गयो, प्रथम निर्बाचित गणतान्त्रिक सरकार बन्यो त खै हाम्रो मानसिकतामा परिवर्तन । विश्वाबिद्यालयहरुको नाम फेरियो, तर खै त्यहाको शैक्षिक प्रणाली मा परिवर्तन ? हाम्रा विश्वबिद्यालयका प्राय सबै गुरुबा र गुरुआमाहरुले बिदेशबाट उच्चशिक्षा हासिल गर्नु भएको छ, तर खै अध्यापन शैलिमा बैज्ञानीकिकरण? त्यही पुस्तक घोकेर , फर्मुला कण्ठ गरेर कहिले बढाउने हाम्रो दक्षता ?

हो बिदेशमा भाडा माझेर अध्ययन गर्न गौरब मान्छौ, किनकी यहाँ भाडा माझ्ने को पनि सम्मान छ । अनी यसलाई दिर्घकालिन पेशा नमानी विद्यार्थी जिबनको जिबिकोपार्जनको रुपमा लिएको छौ । अध्ययन खर्च जुटाउन बिकासशिल देशको मात्र होइन बिकासइत देशको हरु पनि काम गर्छन् । के गरियो सग मतलब छैन , आत्मनिर्भरताको सवाल छ । देशमा बसेर नेताहरुको स्वार्थ पुर्तिको लागि तयार बालेर चक्काजाम गरेर अरुको जिबन अस्तब्यस्त पार्नु भन्दा उच्चशिक्षा हासिल गरेर सबल नागरिक हुन खोज्ने के युबाहरुको गल्ती हो ? खै हाम्रो देशमा श्रमको सम्मान , खै नयाँ नेपाल बनाउने हरुले हटाउने कोशीस गरेको त्यो तहगत हाकिमे सम्रचना?

राष्ट्रियताको भावनालाई हामीले ज्यादै सन्कुचित भावनाले हेरेउ । राष्ट्रियतालाई भौगोलिक सिमा र नागरिकअतामा खुम्च्यायौ । देशमा बस्न मात्रा राष्ट्रियता देखेउ । तर बिदेशमा बसेर पनि नेपालअको लागि , गाउको बिकासअको लागि सोच्ने त्यो गैर आबसिय नेपाली को मन देशमा बसेर भ्रष्टचार गर्ने , नेपाली बिच जातियता र धर्मको पर्खाल ठड्याउने मन भन्दा कैयौ गुना राष्ट्रबादी हुन्छ । नेपालमै बसेर चन्द्र सुर्य जलाउने भन्दा संसारको कुना कुनामा चन्द्र सुर्य फहराउनेहरु राष्ट्रबादी होइनन र ? अन्त्यमा, युबाहरु पलायनको लागि होइन , उच्च शिक्षाको लागि बिदेशिएका हुन । कैयौ महाबिर पुनहरु नयाँ नयाँ योजना लिएर आउनेछन , कैयौ गैर आबसियहरुले सहयोगको पोका फुकाउने छन, खाचो छ समर्थन को, सहयोग को । आज बिदेशिएका युबा मनहरु पारीपक्व भएर नेपाल आउनेछन , चन्द्र सुर्या फहराउने छन ।

जय नेपाल