लोकतन्त्र पछि सरकारद्वारा घोषित बिभुषण दोश्रो जनआन्दोलनमा गोली हान्ने र हान्न आदेश दिने तत्कालिन सशस्त्रका एस पी दुर्ज कुमार राइको छनौट सगै बिबादित बन्न पुगेको छ । सहिदको परिवारबाट बिरोध शुरु गरिएपछी नागरिक समाजका अगुवा भनाउदाहरु धमाधम बिभुषण त्याग्दै छ । यदि त्यो बिरोध नभयेको भए उनिहरुमा जन आन्दोलनका दोसीहरुसगै तक्मा लिने साहस हुन्थ्यो की हुदैनथ्यो सिधै भन्न सकिने अवस्था रहेन अब । बिबाद एक हिसाबले उचित रहे पनी त्यसले अनेकौ प्रश्नहरु उठाएका छन्, जसले तत्कालाई जस्तोसुकै प्रभाब पारे पनि दिर्घकालिन प्रभाब भने अल्पकालको भन्दा अबस्यनै बिपरित हुनेछ ।
प्रश्न उठ्छ एउटा सिपाहीको मुल्याङ्कन कसरी हुन्छ ? अबस्यनै मैदानमा देखाउने उसको बहादुरीले । आफ्नो तर्फ क्षति कम हुने गरि तोकिएको जिम्मेवारी पूरा गर्नु नै एउटा सिपाहीले आफुलाई क्षमतावान ठान्दछ । अनी आफु भन्दा माथिल्लो निकायको आदेश मान्नु नै सिपाहीको अनुशासन हो । शायद युद्धको मोर्चामा भएको सिपाहीले असल खराब भन्दा पनि जित र हारको संभाबनाहरुलाई लेखाजोखा गर्दछ,शायद त्यहि गरे दुर्ज कुमारले । शायद उनले त्यो आदेश पालन नगरेको भए जागिरबाट हात धुनु पर्ने मात्र होईन एउटा खराब सिपाहिमा दर्जिने थिए उनी । युद्धको मैदान कुनै हाजिरी जवाफको प्रतियोगिता होईन जहाँ समुहको सबै सदस्यले आफ्नो आफ्नो बिचार पोख्न स्वतन्त्र हुन्छ । त्यसैले त भनिन्छ प्रेम र युद्धमा सबै उचित हुन्छ । अनी सेना वा प्रहरी त्यस्तो संस्था होईन जुन प्रजातन्त्र र ब्यक्तिगत स्वतन्त्रताको सिद्दान्तले चल्दछ ।
रायमाझी आयोगले दोषी ठहर्याएको कति जनालाई कारबाही भयो ? यदि दुर्ज कुमार दोषी नै थिए भने उनी किन बढुवा भए ? जनआन्दोलन - २ पछि ३ वटा सरकार परिवर्तन भए । प्रमुख राजनितिक दल भनिने माओवादी, काङ्रेस र एमाले सबैले सरकारको नेत्रित्व गरे तर त्यहि बेला नै कारबाहीको सट्टा किन पुरस्क्रित गरियो ? यदि युद्धको मोर्चामा खटिने हरेक सिपाहीहरु दोशी हुन्छन् भने , भबिस्यमा हरेक सिपाहीहरुले सोच्ने छन्, उनीहरुलाई दिएको काम पुरा गर्ने की नगर्ने भनेर ? आज दुर्ज कुमार माथि औंला ठड्याउनेहरु नै आदर्शको गफ छाट्छन सरकारी कर्मचारी भनेको कुनै दलको गुलाम हुन हुन्न । दुर्जले त्यहि गरे - सरकारको आदेश पालन जुन उस्को धर्म थियो । हिजो राजाको पालन गरे, आज दलहरुको सरकारको । गल्ती के भयो ?
संबेदना र क्षणिक आबेगमा बहकिने भए जीवनभर संबैधानिक राजतन्त्रको वकालत गर्ने गणेशमान सिंह के गणतान्त्रिक नेपालका नेपाल तारा हुन सक्लान ? प्रचन्डलाई के भनेर सम्बोधन गर्ने ? अनी भ्रस्टचारको दलदलमा फसेका राजनैतिक दलका नाइकेहरु सग दिवा र रात्री भोज खान स्वघोषित नागरिक समाजका अगुवाहरुलाई साहस भयोकी भएन फेरी सोध्न मन लागेको छ ? लोकमानहरु सग चियर्स गर्दा गौरब ठान्ने लोकतन्त्रबादीहरुले एउटा सिपाहीलाई मात्र किन दोषी देख्यो बुझ्नु पर्ने छ ? हिजो राजाको गुणगान नगाउनेको थिए ? बिभिन्न कर्मचारी संगठनमा बसेर लोकतन्त्रको दुहाइ दिनेहरु हिजो राजाको शासनकालमा कति जनाले हिम्मत गर्यो नगरपालिकाको चुनाव बिरुद्ध जाने ? सरकारको नियम पालन गर्ने दुर्ज बाहेक सबै किन चोखिये ? जब संस्थागत सहभागिता हुन्छ त्यहा ब्यक्तिको होईन संस्थाको कुरा हुन्छ ? अनी दुर्ज मात्र किन दोशी भए ? जुलुस नियन्त्रण गर्ने जिम्मा पाएका सिपाही जति दोशी छन्, राजाको आदेशमा चुनाव गराउने निजामती कर्मचारी पनि त्यती नै दोषी हुन्छ भनेर भन्ने की नभन्ने ?
कुरा दुर्ज कुमारको मात्र होईन, कुरा संगठनको निति अनुसार काम गर्ने सदस्यको हो । आन्तरिक बिद्रोहलाई दमन गर्न सफल श्री लन्काका सिपाहीहरु नायक साबित भए तर बार्ताबाट शान्ति प्रक्रिया थालिएको नेपालमा सिपाहीहरु लाई किन खलनायकको व्यबहार ? के ईतिहास साँच्चै नै जित्नेहरुको मात्र घोडा हो त? की ईतिहास भनेको धेरै गफ गर्नेहरुको मात्र पेज हो ? हिजो राजाको जयजकार गाउनेहरु आज लोकतन्त्रबादी बन्न सक्छन भने एउटा राष्ट्र सेवक चाँही सधैं दोशी हुने ? भुपी शेरचनले भने झै " यो हल्लै हल्लाको देशमा" क्षणिक सोचले ग्रसित हाम्रो समाज र सरकार दुबैले दुर्जको आभुषण फिर्ता गर्लान त्यसमा दुई मत छैन । तर त्यसले सुरक्षा निकायमा के दिर्घकालिन असर पर्दछ त्यो त अबस्यनै देखिने छ । यही लोकतान्त्रिक समाज हो जस्ले अपजसे गिरिजा प्रसादलाई महानायक बनायो । आज बिचरा दुर्ज कुमार । हिजो स्कुल छदा " हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ " भनेर धेरै पटक नारा लगाये । त्यसो भए म सधैं राजाबादी ? जय हो गणतन्त्र ।
शाखाहरु
- कबिता जस्तै (7)
- गैडाल्याण्ड (10)
- घुमघाम (3)
- चौतारी (20)
- दिल्लगी (7)
- पछाडि फर्कदा (3)
- बाताबरण (3)
- बिचार (18)
यताउताको सन्दर्भमा
ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।