यताउताको सन्दर्भमा

ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।

Friday, July 23, 2010

प्रमको नयाँ योग्यता

आज फेरी अफ लाइन मेसेज छोडेछ । " दाई कता हो आजकाल कुरा हुनै छाड्यो । " Uni बाट फर्केर मेसेन्जर खोलेको थिए फ्याट्ट आयो फट्याङ्रग्रा जस्तो ।

उत्तर दिनै पर्यो " यतै छु" ।

मुलासाग त मिस्टर इण्डिया ( Invisible ) भएर बसेको रहेछ । जवाफ दियो " के मा ब्यस्त हो दाई "

मैले उत्तर दिये - उही त हो सधैं को जस्तो । literature ले थिच्चियेर ज्यान bonsaai हुन लागि सक्यो, थाहा नै छ नी ?

हाहाहा दिल खोलेर हास्यो । अनी भन्यो - दाई bonsaai गर्ने काम forester को होईन ।

मैले भने - सहि कुरा गरिस forester को काम त bonsaai बन्ने हो । म जस्तै ।

फेरी दोहोर्यायो तेसको रावणे हासो । अनी कुरा मोड्यो - दाई झलनाथ लाई सहिद बनायो नी ।

उत्तर दिये - त्यसो भए १० लाख पाउल नी क्षतिपुर्ती ।

त्यसको हाजिरी जवाफ सुरु भयो - झलनाथको आत्मा जागेको छ दाई , हेरौ त कसले बनाउछ भनेर उफ्रियेको छ ।

हासो उठ्यो र भने - हल्ला नगर मुला साग , अरुण थापाको चोट के हो ब्यथा के हो गौदै होला ।

त्यसको हाजिरी जवाफ सुरु भयो - झलनाथको आत्मा जागेको छ दाई , हेरौ त कसले बनाउछ भनेर उफ्रियेको छ ।

हासो उठ्यो र भने - हल्ला नगर मुला साग , अरुण थापाको चोट के हो ब्यथा के हो गौदै होला ।

हाहाहा दाई , त्यो माकुने को भाग्य चै दर्हो रहेछ के ।

दर्हो नभाको भए २ पेनाल्टि खादा नी प्रम बन्थ्यो त ? भनेर सोधे ।

भन्यो जे भए नी एउटा कुरा चाँही पक्का भयो दाई ।

के कुरा ? मैले सोधे ।

यो गणतन्त्र नेपालमा प्रधानमन्त्री हुन एउटै आधार छ ।

मैले सोधे के छ ?

थर् को पछाडि ल हुनु पर्छ ।

कसरी ?

भन्यो - शुरुमा कोइराला, त्यसपछी दाहाल , अनी नेपाल । अहीले भएको ३ उमेदवार पनि दाहाल्, खनाल र पौडेल ।

त्यहि भएर डाक्टर नभाको हो ?

त्यसले भन्यो , बरु वली हुन्छ दाई डाक्टर हुन्न । वली को नी पछाडि ल छ नी ।

Tuesday, June 1, 2010

लोकतन्त्र, बिभुषण र दुर्ज कुमार राइ

लोकतन्त्र पछि सरकारद्वारा घोषित बिभुषण दोश्रो जनआन्दोलनमा गोली हान्ने र हान्न आदेश दिने तत्कालिन सशस्त्रका एस पी दुर्ज कुमार राइको छनौट सगै बिबादित बन्न पुगेको छ । सहिदको परिवारबाट बिरोध शुरु गरिएपछी नागरिक समाजका अगुवा भनाउदाहरु धमाधम बिभुषण त्याग्दै छ । यदि त्यो बिरोध नभयेको भए उनिहरुमा जन आन्दोलनका दोसीहरुसगै तक्मा लिने साहस हुन्थ्यो की हुदैनथ्यो सिधै भन्न सकिने अवस्था रहेन अब । बिबाद एक हिसाबले उचित रहे पनी त्यसले अनेकौ प्रश्नहरु उठाएका छन्, जसले तत्कालाई जस्तोसुकै प्रभाब पारे पनि दिर्घकालिन प्रभाब भने अल्पकालको भन्दा अबस्यनै बिपरित हुनेछ ।

प्रश्न उठ्छ एउटा सिपाहीको मुल्याङ्कन कसरी हुन्छ ? अबस्यनै मैदानमा देखाउने उसको बहादुरीले । आफ्नो तर्फ क्षति कम हुने गरि तोकिएको जिम्मेवारी पूरा गर्नु नै एउटा सिपाहीले आफुलाई क्षमतावान ठान्दछ । अनी आफु भन्दा माथिल्लो निकायको आदेश मान्नु नै सिपाहीको अनुशासन हो । शायद युद्धको मोर्चामा भएको सिपाहीले असल खराब भन्दा पनि जित र हारको संभाबनाहरुलाई लेखाजोखा गर्दछ,शायद त्यहि गरे दुर्ज कुमारले । शायद उनले त्यो आदेश पालन नगरेको भए जागिरबाट हात धुनु पर्ने मात्र होईन एउटा खराब सिपाहिमा दर्जिने थिए उनी । युद्धको मैदान कुनै हाजिरी जवाफको प्रतियोगिता होईन जहाँ समुहको सबै सदस्यले आफ्नो आफ्नो बिचार पोख्न स्वतन्त्र हुन्छ । त्यसैले त भनिन्छ प्रेम र युद्धमा सबै उचित हुन्छ । अनी सेना वा प्रहरी त्यस्तो संस्था होईन जुन प्रजातन्त्र र ब्यक्तिगत स्वतन्त्रताको सिद्दान्तले चल्दछ ।

रायमाझी आयोगले दोषी ठहर्याएको कति जनालाई कारबाही भयो ? यदि दुर्ज कुमार दोषी नै थिए भने उनी किन बढुवा भए ? जनआन्दोलन - २ पछि ३ वटा सरकार परिवर्तन भए । प्रमुख राजनितिक दल भनिने माओवादी, काङ्रेस र एमाले सबैले सरकारको नेत्रित्व गरे तर त्यहि बेला नै कारबाहीको सट्टा किन पुरस्क्रित गरियो ? यदि युद्धको मोर्चामा खटिने हरेक सिपाहीहरु दोशी हुन्छन् भने , भबिस्यमा हरेक सिपाहीहरुले सोच्ने छन्, उनीहरुलाई दिएको काम पुरा गर्ने की नगर्ने भनेर ? आज दुर्ज कुमार माथि औंला ठड्याउनेहरु नै आदर्शको गफ छाट्छन सरकारी कर्मचारी भनेको कुनै दलको गुलाम हुन हुन्न । दुर्जले त्यहि गरे - सरकारको आदेश पालन जुन उस्को धर्म थियो । हिजो राजाको पालन गरे, आज दलहरुको सरकारको । गल्ती के भयो ?

संबेदना र क्षणिक आबेगमा बहकिने भए जीवनभर संबैधानिक राजतन्त्रको वकालत गर्ने गणेशमान सिंह के गणतान्त्रिक नेपालका नेपाल तारा हुन सक्लान ? प्रचन्डलाई के भनेर सम्बोधन गर्ने ? अनी भ्रस्टचारको दलदलमा फसेका राजनैतिक दलका नाइकेहरु सग दिवा र रात्री भोज खान स्वघोषित नागरिक समाजका अगुवाहरुलाई साहस भयोकी भएन फेरी सोध्न मन लागेको छ ? लोकमानहरु सग चियर्स गर्दा गौरब ठान्ने लोकतन्त्रबादीहरुले एउटा सिपाहीलाई मात्र किन दोषी देख्यो बुझ्नु पर्ने छ ? हिजो राजाको गुणगान नगाउनेको थिए ? बिभिन्न कर्मचारी संगठनमा बसेर लोकतन्त्रको दुहाइ दिनेहरु हिजो राजाको शासनकालमा कति जनाले हिम्मत गर्यो नगरपालिकाको चुनाव बिरुद्ध जाने ? सरकारको नियम पालन गर्ने दुर्ज बाहेक सबै किन चोखिये ? जब संस्थागत सहभागिता हुन्छ त्यहा ब्यक्तिको होईन संस्थाको कुरा हुन्छ ? अनी दुर्ज मात्र किन दोशी भए ? जुलुस नियन्त्रण गर्ने जिम्मा पाएका सिपाही जति दोशी छन्, राजाको आदेशमा चुनाव गराउने निजामती कर्मचारी पनि त्यती नै दोषी हुन्छ भनेर भन्ने की नभन्ने ?

कुरा दुर्ज कुमारको मात्र होईन, कुरा संगठनको निति अनुसार काम गर्ने सदस्यको हो । आन्तरिक बिद्रोहलाई दमन गर्न सफल श्री लन्काका सिपाहीहरु नायक साबित भए तर बार्ताबाट शान्ति प्रक्रिया थालिएको नेपालमा सिपाहीहरु लाई किन खलनायकको व्यबहार ? के ईतिहास साँच्चै नै जित्नेहरुको मात्र घोडा हो त? की ईतिहास भनेको धेरै गफ गर्नेहरुको मात्र पेज हो ? हिजो राजाको जयजकार गाउनेहरु आज लोकतन्त्रबादी बन्न सक्छन भने एउटा राष्ट्र सेवक चाँही सधैं दोशी हुने ? भुपी शेरचनले भने झै " यो हल्लै हल्लाको देशमा" क्षणिक सोचले ग्रसित हाम्रो समाज र सरकार दुबैले दुर्जको आभुषण फिर्ता गर्लान त्यसमा दुई मत छैन । तर त्यसले सुरक्षा निकायमा के दिर्घकालिन असर पर्दछ त्यो त अबस्यनै देखिने छ । यही लोकतान्त्रिक समाज हो जस्ले अपजसे गिरिजा प्रसादलाई महानायक बनायो । आज बिचरा दुर्ज कुमार । हिजो स्कुल छदा " हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ " भनेर धेरै पटक नारा लगाये । त्यसो भए म सधैं राजाबादी ? जय हो गणतन्त्र ।

Sunday, May 30, 2010

सोइ ढोले सोइ अर्को ढोले खोइ



यतीखेर पुर्बी पहाडका गाउहरु दुलही झै सिङगारिएका होलान । ढोल र झ्याम्टाको आवाज सगै "सोइ सोइला" गुन्जिरहेको होला । किरात राइहरुको महान चाड उभौलिको अबसरमा टोल टोलमा भेला भएर साकेला नाच्ने परम्परा काठमाण्डौको खशिवजार हुँदै यतिखेर विश्वब्यापी बनेको छ । रोजगारी र अबसरको खोजीमा किरात राइहरु सगै ढोल र झ्याम्टाले पनि बिदेशिने अबसर पाएको छन । अनी गुनिउ चोलीहरु उस्तै गरी फैलिएका छन । यती खेर विश्व भ्रमणमा निस्केको पुर्बी पहाडका बस्तिहरु आज मेलबर्नको कोबर्ग पार्कमा रमाउदै थिए -"चेप्टे सुन कानमा कुमकुमको, भेट भयो आज थुम थुमको, सोइ सोइला हो सोइ सोइला" ।

यतिबेला सिड्नी र मेलबर्नले थकाई मारिसक्यो, काठमाण्डौको टुडिखेलामा उस्तै गरी अर्को ढोले खोज्नेहरु नाच्दै होलान , हङकङको ताइमोसन पार्क पसिनाले निथ्रुक्कै भए होलान, सिक्किम र दार्जिलिङ उस्तै भाखामा सिली बुन्दै होलान, अनी बेलायतको अल्डरसोट नाच्न कमर कस्दै होला त्यस्तै संयुक्त राज्य अमेरिकाको कोलोर्याडो बिहानिको पर्खाइमा बसिरहेको होला । साकेला नाच्न प्रत्यक्ष अबसर नपाउनेहरुलाई यस्पाली फेसबूकमा रम्नको लागि एउटा समुह पनि खडा गरिएको छ । दार्जिलिङ देखी अमेरिका सम्मका साकेलाको निम्तोहरु फेसबूकमा ओहिरिरहेका छन । युबापुस्ताहरु उत्तिकै उत्साहित छन । त्यसैले त नाचलाई उर्जा दिन गाउछन " सिमली सेउली गाढेर, देबी र देउता भाकेर, पुर्खाको रिती सकेला मनाउ है सिली नाचेर , सोइ सोइला " ।

यो समय बालिनाली लगाउने भएकोले कुनै दैबिक बिपती नआओस भनेर प्रकृतिलाई पुज्न मनाइने उभौली प्रेम र सद्भाबको प्रतिक पनि बनेको छ । के बालक युबा के वृद्ध सबै एकै ठाउमा भेला भएर नाच्छन । माया पिरती साटासट गर्नेहरु देखी ब्यस्त ब्याबसायिक जिबन भएकाहरुको लागि पनि साकेला भेटघाट गर्ने साझा थलो पनि बनेको छ । त्यसैले त सिली टिप्दै भाखा हाल्छन " जालहारी आयो जाला हान्दै मायालु आयो फाल हान्दै सोइ सोइला " । अर्कोतिर आफुले मन पराएको मायालु नपाईएको पिर पोख्नेहरुको पनि कमी थिएन " माछा पानीमा माछा पानीमा रहरै भै गयो जिन्दगानीमा" ।

रितिरिवाजलाई निरन्तरता दिन अमेरिकाका आकाशहरु कारीब २ महिना पहिला देखी उत्साहित हुँदै थिए । फेसबुकमै रम्थे उनी, अनी साकेला ब्यबस्थापनाको योजना बुन्थे पढाई छोडि छोडि । बेला बेलामा उफ्रिन्थे पनि "पुर्णेको पाच दिन पञ्चमी, साकेला ले छोयो हन्हनी" । उता क्वान छाङ् दार्जिलिङ र खर्स्याङको निम्तो बाढ्दै थिए । सुनसरिको दुई हप्ते सकेला सिलिको लामै लिस्ट छ भने उपत्यकाका किरातिहरु पनि ५ ठाउमा नाच्ने सुरसारमा छन । अमेरिका र सिड्निमा त नाच सिकाउने ब्यबस्था पनि गरिएको रहेछ । त्यसैले त होला केही दर्जन भये पनि किरातिहरु मेलबर्नको कोबर्ग पार्कमा सारा ब्यस्तता भुलेर नाचिरहेका थिए । अनी युबा जोस र जागर निकालिरहेका थिए " रातो भाले रेटेको बल्ल बल्ल आजै भेटेको" ।


यतिखेर मुलुकलाई जातिये ज्वरोले समातेको छ । हरेक कुरामा बर्गिय बिभाजनको गन्ध पाउनेहरुको कमी छैन । कहिले त लाग्छ हामिले आपसी सद्भाब गुमाइसकेउ । तर ति निरासाका बादलहरु त केही छिट्का मात्र रहेछ । मेलबर्नको कोबर्गमा किरात राइहरुको पर्ब मात्र नभएर समस्त नेपालीको पर्ब जस्तो लाग्थ्यो त्यो । जातियताको घेराले त्यहा कुनै सिमाना कोरिएको थिएन , बरु नेपालीत्वको भाबनाले सबैलाई एकै ठाउमा बाधेको थियो । त्यसैले त जानी नजानी किरातिहरुको तालमा अरु खुट्टाहरु पनि चलिरहेका थिए । लाग्थ्यो " सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल" आज ढोल र झ्याम्टाको सुरमा मेलबर्नमा अनुवादित हुँदै थियो " सोइ ढोले सोइ अर्को ढोले खोइ " ।


अन्त्यमा, साकेला उँभौली यले सम्वत् ५०७० को शुभ अवसरमा यहाँहरु सम्पूर्णमा उत्तोरतर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौं। साथै यलम्बरको शुभ आशिश सहित् सुम्निमा र पारुहाङ्गले यहाँहरु सम्पूर्णको रक्षा अनी कल्याण गरुन। प्रक्रिती सँग को यो सताप्दियौं देखिको प्रगाड सम्बन्धलाई यसरी नै सदाको वर्ष झैं यो वर्ष पनि कायम गरौं।

Thursday, May 6, 2010

असमझदारहरुले शान्तिको कुरा गर्दा ।।।।।

"माओबादीको शान्तिपूर्ण आन्दोलन" बिगत केही दिन देखि नेपाली छापाहरु देखि माओवादी नेताहरुको मुखमा यो शान्तिपुर्ण पूर्ण शब्द झुण्डियेको छ । के हो शान्ति ? गोली नचल्नु, टाउको नफोडिनु, रेलिङ नभाचिनु अर्थात धनजनको क्षति नहुनु मात्र शान्ति हो त ? यदि त्यसो हो भने भगवान गौतम बुद्धले खोजेको शान्तिको कुनै अर्थ रहेन किन की न त बुद्धको सन्देशले मानसिक शान्तिलाई महत्व दिएको छ । शायद मारकाट नभयेको अवस्थालाई मात्र शान्ति मान्ने हो भने, सिद्दार्थ गौतम बुद्ध बन्दैन थिए होला, किन भने त्यो बेला अहीले परिभाषा गरियेको अशान्ति नै थिएन । त्यसैले लाठी लियेर होहल्लाको बीच जबर्जस्ती बन्द लाद्न खोज्नु शान्तिपुर्बक हो की होईन बिश्लेषण गर्नु पर्ने अवस्था आएको छ ।

बिगतका केही दिन देखि छापाहरुमा शान्तिपुर्ण आन्दोलन सम्पन्न भएको साथै अन्य समाचार हरु पनि आइरहेका छन् । "बन्दको कारण ट्याक्सी ड्राइभरले माओवादी कार्यालयमा आत्महत्या गर्ने चेतावनी" " प्रसुती गृहमा सुत्केरीहरु खचाखच" । शान्तिपुर्ण आन्दोलनको वकालत गर्ने ती अखबारहरुले त्यस्ता ट्याक्सी ड्राइभर जस्ता अनेकौ ज्यामीहरु जो दिनहु काम गरेर जहान बच्चाको गास बास जुटाउछन, तिनीहरुको मन भित्रको अशान्ति बुझेका छन् की छैनन । कार्यालय नगये जागिर जाने डर , जादा कुटाइ खाने डर - यो द्विबिधामा हरेक दिन कार्यालय जाने कर्मचारीहरु को त्रास लाई बुझेका छन् की छैनन् ? आफ्नै घर भित्र कैदी भएर बसेका स्थानिय बासीहरुको ब्यथालाई के भन्ने ? अझ आन्दोलनको शान्तिपुर्ण प्रभाब हेर्न तराइका तरकारी किसानहरुको कुहेको तरकारी अनी घरमा बढेको आर्थिक अभाब बिष्लेषण गरे पुग्छ । अझै भएन भने राजधानी नजिकै काभ्रेका दुध बेच्ने किसानहरुलाई सोधे हुन्छ, यस्ता शान्ति पूर्ण आन्दोलनको नाममा कति लिटर दुध बाटोमा बगाये भनेर । अनी अझै भन्छौ रेलिङ भाचियेको छैन , टायर जलेको छैन, आन्दोलन शान्ति पूर्ण छ ।


बन्दुकको नालबाट शान्तिको परेवा उडाको बकम्फुसे भाषण छाट्नेहरु , अनी त्यहि भ्रममा जिउने हामीहरु कति दिन शान्तिको लागि काकाकुल भएर जिउनु पर्ने हो ? भद्रकालीलाई फकाएर शान्तिको लागी सङ्हर्ष गर्नेहरु ले बुद्धको पाठ पढेका छन् की छैन , शान्ति क्रान्तिबाट होईन तपस्याबाट प्राप्त हुन्छ । त्यो तपस्या भनेको जनताको मनोभाबना बुझ्नु हो, न की चवन्नी सदस्य लियेका झुण्डको । जनता जागेको दिन भद्रकालीको सबै बन्दुकका नालहरु ओसियेको ४ बर्षे पुरानो कथा बिर्सियेको छौ की छैनौ । अझै पनि जनताको नाममा जनता माथि नै अत्याचार गर्न खोज्छौ भने खबरदार फेरी सतुङलमा सल्कियेको आगो बिस्तारै सल्कियेर खरानी नबनाओस । ५ दिन अगाडी टुदिखेलमा गर्जियेको बिर्सेउ प्रचण्ड "जनता जागे भने सबै झुक्नु पर्छ " । हो साचै नै , बिस्तारै बुढानिलकन्ठ , किर्तिपुर , जोरपाटी हुँदै बसुन्धरा सममा जाग्दैछन । बेलैमा होस् पुर्याउ । होईन भने यो जगाइले सत्ता र सडकमा भएका कसिङ्गर हरुलाई अबस्य नै ध्वस्त बनाउने छ । बुझिराख्नु भौतिक क्षति नहुदैमा शान्ति मान्न सकिन्न । यदि त्यो मन भित्रको अशान्तिलाई बुझ्न सकिएन भएन भने फेरी सतुङ्गल, बुढानिलकन्ठ र जोरपाटिमा जस्तो बिस्फोट हुनेछ ।

Friday, April 30, 2010

च्याट भाग दुई

सप्ताहन्त को खुशी मान्दै Mr. ईन्डिया भएर याहू म्यसेन्जरमा अद्रिश्य भै के बसेको मात्र
एउटा म्यासेज आयो - दाई अन्लाईन हो ?
उत्तर दिये - हो किन ?
तपाईंले त साह्रै गिद्दी गर्नु भयो नी, हाम्रो च्याट सार्वजनिक गर्ने ?
मैले भने - कुरा पो सार्वजनिक भयो त नाम त भएको छैन नी ?
उसले भन्यो - त्यो त हो दाई । तर आन्दोलन के होला ?
मैले भने - भोली नै थाहा होला ।
यो प्रचन्डको कुरा एउटा काम अर्को गर्ने बानी किन नगाको होला ? कुरा मोड्यो ।
आस्चर्यमा परे - के भयो त्यस्तो ?
ल थाहा छैन , अस्ति भाषणमा भन्यो, यो हरुवा स्यालहरुको सरकार हो , तर अहीले त सरकारलाई ढुकुर जस्तो ठान्यो । आश्चर्यमा परे - ढुकुर रे , कसरी ?
ल दाई पनि , अब सरकार बिरुद्धको आन्दोलनमा, गुलेली ल्यायो । स्याल लाई गुलेली हान्छ की ढुकुरलाई ।
सोचे यसले आज त एक रोपनी सहि कुरा गर्‍यो । अनी भने - ठीक भनिस ।
फेरी भन्यो - यो माओवादी रणनिती चाँही फेरी रहन्छ ।
मैले भने - कसरी थाहा पाइस ।
ल दाई तेती नी बिश्लेषण नगर्ने ?
के भन्न त सिधै - अली झर्किएर सोधे ।
उसले प्रस्ट्यायो - भूमिगतबाट बाहिर आउँदा बहुदलिये ब्यबस्था थियो । त्यो बेला ३ "ब" को रणनिती थियो ।
मैले सोधे के हो त्यो ३ ब ।
उसले भन्यो - बार्ता, बल र बन्दुक ।
अनी के भयो नी अहीले ?
भन्यो - अहीले गणतन्त्र भयो मुलुक तेइ भएर ४ "ग" को रणनिती छ ।
कसरी ?
पहिले गाना , नभए गालि, त्यसले नी नभए गुलेली अब त्यसले नपुगे गोली ।
तेरो थेसिस को टपिक यही हो क्या हो ?
एक पटक फेरी रावणे हासो हास्यो ।
अनी सोधे - त्यसो भए भोली प्रचन्डलेके भाषण गर्ला ।
खै दाई प्रचन्डले के बोल्छ भन्न सक्दिन तर डाक्टरले चाँही काङ्रेसलाई फेरी ईतिहास सम्झाउछ ।
मैले भने - त्यो त अस्ति बहसमै सम्झाको होईन र काङ्रेसले पनि बम र बन्दुक बोकेर पञ्चायत र राना बिरुद्ध लडेको, गौरबशाली ईतिहास नबिर्स भनेर । फेरी त्यहि कुरा दोहोर्याउला र ।
उसले भन्यो - यो पाला गुलेली ईतिहासको याद दिलौछन डाक्टरले ।
गुलेली ईतिहास रे कसरी ?
लौ दाई पनि शुरुमा पुलिसलाई गुलेली हान्ने शुरुवात गर्ने नेबिसङ्घ हो नी ।

Sunday, April 25, 2010

संबिधान च्याट

युरोपको एउटा कुनाबाट परिचित भाईले च्याटमा सोधे - दाई संबिधान बन्छ की बन्दैन ?

यो प्रश्नले एकछिन अलमल्ल पर्‍यो । अनी भने भाई संबिधान बन्छ की बन्दैन थाहा छैन तर निर्धारित समयमा नलेखिने चाँही पक्का भयो रे ।

फेरी प्रतिपश्न गर्‍यो - दाई बनाउनु र लेख्नुमा के फरक छ ?

उत्तर दिनै पर्‍यो - भाई कागजमा चित्र , नक्सा बनाइन्छ । तर संबिधान चाही लेखिनु पर्ने हो । किताब लेखिन्छ , थेसिस लेखिन्छ बनाइदैन ।

उत्तर सुनेर दिल खोलेर हास्यो एक्छिन । टाईप गर्‍यो - hahahahahhahaha । अनी भन्यो दाई पनि मजाक गर्नु हुन्छ ।

मैले पनि लेखे - के गर्ने भाई त्यो संबिधान लेखिने मिती पक्का भन भनेर देबलोकमा परिक्षा लियो भने त सबै देउता फेल होलान् । मैले दिने उत्तर त त्यही हो ।

फेरी उताबाट हासो आयो - hahahahahaha ।

मैले अनुमान गरे अर्कोपटक रामायण बनायो भने यसको हासो को कारणनै रावणको भूमिका पाउनेछ ।

तर कहाँ मान्नेवाला थियो । फेरी सोध्यो - दाई यसरी समयमा संबिधान नलेख्नु राम्रो हो र ?

मैले भने - भाई तोकिएको समयमा काम पूरा नगर्नु केही पनि राम्रो होईन ?

उसलाई लाग्यो होला आज म बटारिएर उत्तर दिदैछु ।

प्रष्ट्याउन खोज्यो - तेत्रो पैसा खाएर ६०१ जनाले सम्बिधान नलेखी तेतिकै बसेर फेरी म्याद थप्नु त सरासरी ठगी भएन र ।

मैले भने - भाई ६०० भन एकजना महानायक त स्वर्गबास भैसक्नु भयो ।

फेरी हास्यो - दाई आज मजाकको मुडमा हुनुहुन्छ ।

अनी भने - भाई खासमा म्याद थप्नै पर्छ ६ महिना होईन कम्तिमा एक बर्ष ।

उसले भन्यो - लौ दाई कस्तो ठीस कुरा गर्नु भाको । एक बर्ष थप्ने रे ।

फेरी भने हो भाई थप्नै पर्छ ।

उसले सोध्यो - किन दाई ? मैले भने - २ कारण छन् -

१। डाटा आफैले सन्कलन गरे , तेसको बिश्लेषण , अनी अन्य कुरा लेख्नु पर्‍यो । पी एच डि को त कम्तिमा ३ बर्ष दिन्छ भने संबिधान जस्तो कुरा लेख्न २ बर्षले त भएन नी ?

२। संबिधान लेख्न टाईप गर्न पर्‍यो , त्यो पनि कम्प्युटरमा । अब १२ घण्टे लोडसेडिङ छ । त्यहि भएर समयमा सकिने कुरा भएन नी ।

उसलाई पनि चित्त बुझ्यो की कुन्नी, भन्न थाल्यो हो दाई गल्ती त बिध्युत प्राधिकरणको पो रहेछ ।

Friday, April 2, 2010

गिरिजाबाबुको अभियान .............


उनको मृत्‍युमा शोक मग्न देश अनी त्यो मानबसागर देखेर एक पटक काल पनि आत्तियो होला । चित्रगुप्त फेरी आफ्नो बही खाता पल्टाउदै हिसाब गर्न लागे होला । उनको मृत्‍युको कामना गर्नेहरु एकपटक अल्मलिएका छन । तर मृत्‍युको त्यो शास्वत सत्य कसले नकार्न सक्ने कसले ? आज तेर्हौ दिन भैसकेछ उनको अनुपस्थिति यो देशले भोगेको । मरेपछी मात्र गुण देख्ने, बाचुन्जेल नकरात्मक मात्र देख्ने हाम्रो समाजले आज सम्म शायद कसैको सहि मुल्याङ्कन गरेको होला । शायद भोली देखी उनको चर्चा हुन्छ कि हुँदैन त्यो त समयले नै देखाउने छ ।

उनको बोलीलाइ गोली ठान्नेहरु बिशेषगरी कम्युनिष्टहरु नै आज उनको मुख्य प्रशंसक बनेका छन । शब यात्रामा "गिरिजाबाबुको अभियान शान्ती र संबिधान " भन्ने नाराले जती आम नेपालीमा आशा जगायो उतिनै त्यस पछीका दिनहरुमा बिभिन्न राजनीतिक पार्टिका नेताहरुको व्यबहारले त्यतिकै निराशा पनि पारेको छ । उनी बाचुन्जेल उनी प्रति गरेका गालीहरु बिर्सिएर हो या बिर्सिएको बहाना गरेको हो उनको मृत्‍युपरन्त प्रशंसाको पुल बाध्नेहरु अझ उत्तराधिकारी दाबा गर्नेहरु पदकोलागी मात्र हो या अन्तरह्रिदयले गरेका हुन त्यो त भबिश्यले देखाउने नै छ ।

समयमा संबिधान बनाएर गिरिजाबाबु प्रति सच्चा सम्मान दर्शाउन रट लगाउनेहरु दशरथ रंगशाला राम्रो सग सफा गर्न नपाउदै, आर्यघाटमा उनको चितामा जलेका दाउराको ठुटाहरु बग्न नपाउदै पद माथि दाबा गर्नेहरुको भिड देख्दा जिबनभर पदलोलुप र सत्तालिप्साको आरोप खेपेका स्वर्गिय कोइरालाको त्यही गल्तिलाई दोहोर्याउन लागेका त छैनन ? फेरी पनि भन्छु बाचुन्जेल गाली खाने अनी मरे पछी अभुतपुर्ब प्रशंसा र उपनामहरुले सजिने गिरिजाबाबु नायक हुन कि खलनायक हुन त्यो मुल्याङ्कन गर्ने म सग क्षमता छैन । मैले बुझेको यती हो उनी नेपाली राजनीतिका एक हस्ती हुन जसले अध्यारा र उज्याला पाटाहरु दुबैको नेत्रित्व गरे । उनको जस्तो लामो संघर्शको कथा सुन्ना शायद ईतिहासले कैयौ युग पर्खिनु पर्नेछ ।


यही प्रश्न सोध्न मन लाग्छ उनका उत्तरआधिकारी घोषणा गर्नेहरुलाई । हिम्मत छ प्रचन्ड माओवादीको अध्यक्ष भन्दा माथि उठ्ने ? छ भने अहिले नै कसैलाई कार्यबाहक दिएर पार्टीको नेत्रित्व सुम्पेउ ।सरकार प्रति अबिश्वास प्रस्ताब होइन जनताको विश्वाश जित्ने कोशीस गरेर देखाउ । हिम्मत छ सुशिल , देउबा र रामचन्द्रहरु जिल्ला जिल्ला दौडेर संगठन गर्ने ? छ भने आजै देखी कोठे राजनीति बाट मुक्त हऊ।

आज तेर्हौ दिनको पुण्य तिथिमा गिरिजाबाबुको आत्माले चिर शान्ती पाओस अनी देशले मुक्ती ।

जयनेपाल ।

Saturday, March 20, 2010

सलाम तिम्रो संघर्षलाई




अनुसन्धानका आर्टिकलबाट थकित आँखाहरु बेला बेलामा नेपालका ताजा खबर खोज्न ईन्टरनेटका पानाहरुमा दौडने गर्दछन । यो मेरो नियमित प्रकृयानै हो । एक्कासी आँखा पुग्छ गिरिजा बाबु अचेत । एक मनले भन्छ - बुढा मरेको नै राम्रो । जिबनको उत्तरार्दमा उनको पुत्रिमोहले, उनको सगरमाथा उचाइलाई एक्कासी छोट्याइदिएको थियो अनि जनमानसमा एउटा तितो छाप। अनि एक्कासी फेसबुकमा नेपालबाट स्टाटस अपडेट हुन्छ: गिरिजाबाबुको आत्माले चिरशान्ती पाओस । अनि केही साथीहरु सग च्याट गर्छु , सबैको म जस्ताइ भावना । तर ति भावनामा गिरिजाबाबु प्रती बढी स्नेह अनि कोइराला पुत्री प्रती बढी ब्रितिष्णा पाउछु म ।

साचैनै गिरिजाबाबु प्रतीको मेरो सोचाइमा सधैं उतार चढाब आइरह्यो । जनाअन्दोलनको सफलता पस्चात उनमा देखिएको क्रान्तिकारीपन अनि कम्युनिष्टहरु प्रतीको खरो दृष्‍टिकोणले उनी प्रती मेरो आकर्षन थियो । "माले, मसाले र मण्डले एकै हुन" भन्ने उनको बोली उफ्री उफ्री दोहोर्याउथेउ । तर जब आफ्नो बहुमतको सम्सद बिघटन गरेर मध्याबधिमा गये अनि उनी प्रती ब्रितिष्णा जाग्न थाल्यो । अझ काठमाण्डौको मध्याबधी निर्वाचनमा अन्तर्घात अनि २०५६ सालको निर्वाचनमा भएको बिद्रोही उमेदवारको कारणले त उनी प्रती पुरै नकरात्मक भाब जागेको थियो ।



जब राजाले सत्ता लिये । उनको एउटै रट थियो संसद पुनर्स्थापना , अनि त्यो पुरा गरेर नै छाडे । सबैले बेबकुफी मानेको त्यो पुनर्स्थापनाको माग आखिरमा शान्तिपूर्ण गणतन्त्र प्राप्तिको लागि अलकत्रे राजामार्गनै साबित भयो । शन्ती प्रकृयामा उनको सकृयाता अनि नेत्रित्व ले उनी प्रतिको आकर्षण म जस्ता हरेक नेपालीमा बढेको थियो । निर्बाचनको बेला ७५ जिल्ला भ्रमण होस् या राजाको कालतन्त्र बिरुद्ध सडकमा ओर्लिदा सबैमा, त्यो ८ दशके ब्रीद्ध शरिरले एउटा जोशको संचार भरिदिएको हुन्थ्यो । काङ्रेस भित्रै उनको तानाशाहिको आवाज उठे, परिवारबादका आरोप अनि लाउडा काण्ड ।

यि सबै घटनाक्रमले गिरिजाबाबु हिरो हुन कि भिलेन भनेर मुल्याङ्कन गर्ने म सग क्षमता छैन । फेरी एकपटक सोचे साचै अब देश कता जान्छ ? जती सुकै बाधा ब्याबधान आए पनि उनको नेत्रित्वले माओवादीको धुर्त्याइ अनि परम्परागत संसदबादिहरुको लोभिपन दुबैलाई सन्तुलन दिएको थियो । गिरिजा प्रसाद आँफैमा एउटा समाधान पनि भएर रहेका थिए । यो संकटकालिन अवस्थामा चारै दिशामा फर्किएकाहरुलाई एउटै दिशामा ल्याउन नसकेपनी एउटा निस्चित घेरा भित्र बाधि राख्न कसले सक्ने ? गिरिजा पछी काङ्रेसमा नेत्रित्व संकट हुन्छ भनेर ब्याख्या गर्ने राजनैतीक बिश्लेषकहरुले देशमा हुने नेत्रित्व संकटको स्थिती बुझेका छन कि छैनन ? साचै गिरिजाबाबुको त्यो हवलदारे नेत्रित्व अहिलेको स्थितिमा आबश्यक मात्र होइन अपरिहार्य थियो ।

७ दशक लामो राजनऐतिक यात्रामा गिरिजा बाबुले हिंडेका उज्याला र अध्यारा बाटोहरुले उनी प्रतिको आकर्षण र ब्रितिष्णालाइ जतीसुकै उतारचढाब दिये पनि उनको अनुपास्थितिमा राज्यले एउटा ठुलै संकटको सामना गर्नु पर्नेछ । गिरिजाबाबुको अभाब भोलिको दिन देखी हामी सबैले महसुस गर्नेछौ ।

नेपाली राजनीतिको अजेय योद्धा लाई हार्दिक श्रद्दान्जली । जयनेपाल ।।

Thursday, March 18, 2010

शिक्षा प्रणालीको पुनरसंरचना

चक्काजाम, नेपाल बन्द जताततै क्याम्पसका बिद्यार्थिहरुको उपस्थिती । स्वबियुको निर्वाचन आयो महिनौ बन्द क्याम्पस । क्षमता भन्दा बढी विद्यार्थी , उपयुक्त शैक्षिक क्यालेण्डरको अभाब । कहिले परिक्षा हुने कहिले रिजल्ट हुने कुनै टुङ्गोमा छैन । न त नियमित क्लास नै हुन्छ न त प्राय विद्यार्थी नियमित रुपमा नै उपस्थित हुन्छन । जो नियमित हुन्छन प्राय विद्यार्थी नेताहरु - बर्षौ क्याम्पसमा चक्कर काटिरहन्छन स्वबियुमा नेत्रित्व हत्याउन । उता कक्षा खाली यता क्यान्टिन भरी । परिक्षा आएको एक महिना अगाडि सबै जना स्टेशनरिमा झुम्मिन्छन निमा गेसपेपर जिन्दाबाद । अझ सेन्टर परेको क्याम्पसमा आफुले चिनेको विद्यार्थी नेता भये त चिट चोर्न फ्री, किन कि ति सबै परिक्षाका गार्ड ।

शायद यही हो हाम्रो त्रिभुवन विश्वाबिद्यालयको अवस्था । यही प्रणालीबाट उत्पातिद हजारौं ग्र्याजुएटहरु सर्टिफिकेट बोक्दै जागिरको खोजिमा कि त नेताको पछाडि हिड्छौ या बिदेश जाने चक्करमा । "घोकन्ते बिद्या धावन्ती खेती" को त्रिभुवन विश्वबिद्यालयको शिक्षा प्रणालिले युबा पुस्तालाई लङ्गडो बनाएको छ । व्याबहारिक शिक्षा प्रणालिको अभाबमा बर्षेनी शैक्षिक बेरोजगारको संख्या थपिदै छ । जसले नेपाल बन्द र चक्का जामलाई सहज जनशक्ती दिएको छ । ज्ञान भन्दा सर्टिफिकेट मात्र दिने हाम्रो शिक्षा प्रणालीले हामीलाई बन्द र हडताल सिकायो , आफ्नै गुरुलाई कालोमोसो दल्न उत्प्रेरित गर्यो , तर ब्यबसायिक बनाउन सकेन ।

प्रजातन्त्र आयो , लोकतन्त्र आयो , साथ साथै कैयौ उपकुलपती र शिक्षा मन्त्री परिवर्तन भये तर त्रिबी को शिक्षा प्रणालिमा न त सुधारको खाचो देखे न त सरकारी कोटामा बिदेशमा अध्ययन गरेर फर्किएका गुरुहरुले नै त्यसलाई अनुसरण गर्ने प्रयास गर्नु भयो । अरु त कुरा छोडौ किर्तिपुर बाट ३० किमी टाढा रहेको काठमाण्डौ विश्वबिद्यालयलाई पैसा हुने ले पढ्ने भनेर लतारेउ तर त्यहाको सफलताको राज बुझ्न चाहेनौ । स्वबियु या कुनै विद्यार्थी संगठनको दबाबमा बर्षै भरी भर्ना खुल्ला राखेर क्षमता भन्दा अधिक भर्ना गरी कतै शिक्षा माथि जनताको अधिकारको नाममा अध्ययनशिल विद्यार्थी हरुको भबिष्यलाई त खेलवाड गरेको छैनौ ? गेस पेपरमा पढाईलाई अल्झाएर चिट चोरेर उत्तिर्ण हुनुलाई हामी गर्ब गर्छौ अनी लाग्छ जयभुडीको ब्यङ्ग " चोरि चकारी नगरि चतुर्याइ हुन्न , दङ्गा फसाद नगरे इज्जतै रहन्न" भने झै स्थिती त सिर्जना गरिएको छैन ?

दुर्गम भेगमा सेवा पुगेन भनेर चिकित्सा शास्त्र अध्ययन संस्थानबाट उत्तिर्णहरुलाई पढाई पछी गाउ पठाउन थालियो । एक हिसाबले राम्रो भये पनि लादिएको अनुभब गर्ने विद्यार्थीहरुले सेवा कस्तो पुर्याउने हुन प्रश्नबाचक् चिन्ह खडा छ । तर उत्तिर्ण हुन अनिबार्य मानिएको इन्टर्नशिप भने शहर केन्द्रित बनेका छन । यदी हरेक संकाय वा अध्ययन संस्थानको पाठ्यक्रममा स्नातक वा स्नाकोत्तर तहका विद्यार्थीलाई अनिबार्य रुपमा ग्रामीण भेगमा कम्तिमा छ महिना इन्टर्नशिप र छ महिना थेसिसको ब्यबस्था गर्न सकिये ग्रामीण भेगले सेवा पाउने , विद्यार्थीले व्याबहारिक ज्ञान र अनुभब पाउने थिए ।

Sunday, February 28, 2010

फेसबूक छरिएका रङ्गहरु

हावार्डका मार्क र उस्का साथीहरुले फेसबुकको पारीकल्पना गर्दा यती टाढा सम्म सोचेका थिएकी थिएनन त्यो थाहा भएन तर साचैनै यसले उनिहरुलाई धनी विद्यार्थी मात्र बनाएन कैयौ खोज पत्रहरु पनि निकाली सकेको छ । कुनै प्रश्नको उत्तर आफ्नो status मा राख्नुस् तुरुन्तै पाईन्छ । अनी कैले कैले छुटेका साथीहरु । गाउघरतिर बनमा गोठालो जादा गीत गाएर आफु त्यही रहेको जानकारी अरु साथी लाई दिने चलन अझै पनि छ । तर शहरतिर भने फेसबूकको सर्च इन्जिन चलाऊनुस् कती सजिलो । भुमन्डलीकरण सगै प्रबासिएको नेपाली समाजलाई कुन चाड कहिले, चक्काजाम र बन्द कुन सहरमा कहिले भनेर खोज्न न त अनलाइन पत्रीका नै चाहर्नु पर्छ न त फोन गरेर या च्याटमा बसेर नेपालमा भएको साथीलाई सोध्नु पर्छ । खाली फेसबुकमा लग अन गर्नुस् सकियो ।

रङ्ग बिनानै चारवटा होलीहरु बिती सकेछन । फेसबूकमा छरिएका होलिका रङ्गिन सन्देशहरुले एक पटक फेरी अतितमा पुर्यायो । श्री पौच खल्तिमा हालेर , बिग्रेका गोलभेडा , कुहेका अन्डा अनी बेलुन बोकेर होली खेल्न हिडिन्थ्यो । घरका छतहरुबाट फ्याकिने फोहोर पानीले जिउ निथ्रुक्कै भिज्दा पनि रमाइएको क्षणहरु सम्झनामा मात्र रहे पनि साथीहरुको सन्देशले तेसलाई झनै गाढा बनाइ दिएको थियो । समाचारको पानाहरुले लाग्थ्यो साचै होली धुमधाम सग नेपालमा मनाइएको छ । अनी त्यो भन्दा पनि धेरै फेसबुकमा बिभिन्न सन्देश रुपी रङ्गहरु पोखिएका छन अनी त्यसमा प्रतिकृया रुपी लोलाहरु बर्षात भएका छन ।


शान्त तलाउमा परेको छाल झै एक पछी अर्को शुभकामना बोकेका सन्देशहरु status update मा लोला झै बर्सिन्छन । कसैलाई भाङ खान नपाको चिन्ता छ , कसैलाई रङ लगाउन नपाएको भने कसैलाई लोला हान्न । पिडा जे सुकै भये पनि यो फेसबुकले झन त्रिष्णा बढाएको छ। सम्योग बस सप्ताहन्त परेकोले रङ्ग नै दल्न नपाए नि , भाङ नै खान नपाए नि , यसो साथी भाई मिलेर त होलिको झस्का मेटाउने काम गरियो तर फेरी उही नेपालबाट status update हुन्छ , दिन भरी होली खेलेर जिउ दुख्यो।। कोइ भन्छन , बल्ल सकियो अब नुहाएर थकाई मार्ने हो । अझै भोली तराइ बाट आऊनै बाँकी होला । के गर्ने फेरी भोली देखी क्लास जानै पर्ने ।।।।।।।।।

जोगिरा सररर .................

Wednesday, January 6, 2010

नयाँ बर्ष २०१०



नयाँ बर्ष तिमी साह्रै निष्ठुरी रहेछौ
हरेक पटक उमङग बाढ्छौ
सबैको मनमा आशा र उमङ्ग भर्छौ
तर तिमी सधैं
निरास बनाएर अन्त्य हुन्छउ
अनी फेरी रुप फेरी फेरी आउछौ ,
कहिले सुनामी ल्याउछौ
कहिले मध्यपुर्बमा बम पड्काउछौ
नयाँ बर्ष सधैं कती छकाउछौ
यो बर्ष पनि यस्तै गरेउ भने
तिमीलाई क्यालेन्डरको पानामा सिमित गर्नेछौ
साचै २०१०,
हरेकलाई सुरक्षाको अनुभूति देऊ,
भोका हरु लाई खाना देऊ
जातीयता र धर्मं को पर्खाल भत्काई देऊ ,
शुभकामना |