यताउताको सन्दर्भमा

ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।

Sunday, March 25, 2012

रितु बिचार - रिमेक

शरद जतिसुकै रङ्गिन भए पनि
बसन्तकै चर्चा चल्दो रहेछ ।
एकनास चल्ने मुटु पनि
बिरहमा गल्दो रहेछ ।
बर्षा पनि कहाँ कम हो र ?
अजङ्गको पहाड ढल्दोरहेछ ।
जनमजनम साथ दिने आलु पनि
हिउदमा नै फल्दो रहेछ ।

जलबायु परिवर्तनले ख्यास्ने भए ,
शरदका पात खुइलिएर
श्याम श्वेत हुन्थे होला ।
लामखुट्टे भुरुरु उडी
माछापुच्छ्रे चुम्थे होला ।
बसन्तहरु पतझड बनेर
अङ्ग प्रदर्शन गर्न नाङ्गिन्थे होला ।
बासका पनि हागाहरु
बरपिपल झै झाङ्गिन्थे होला ।

तर,
खहरेहरु उस्तै गरी
बर्षा पर्खिएकै छन ।
हिमालहरु अझै पनि
हिउदमै बैस लर्काएका छन ।

केवल,

काचुलिएछ त यही मन
छेपारिएछ त यही मन
कहिले आगो बिना नै दन्किन्छ,
कहिले पानी बिना नै निथ्रुकिन्छ ।।