यताउताको सन्दर्भमा

ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।

Monday, August 19, 2013

सबैले मौका नपाएर मात्र रहेछ चौका नहानेको

दृश्य : होटेल
पर्यटकिय स्थलमा रहेको होटेल जसले ग्राहकलाई पाहुना मान्छ अनि अतिथिदेबो भब : को मन्त्रलाई हृदयंगम गर्छ . गत हप्ता यस्तै एउटा होटेलमा बुकिङ्ग गरियो . बिहान पुग्दा कोठाहरु खालि थिएनन , स्वभाविक नै हो चेक ओउट टाइम सामान्यत: १२ बजे सम्म हुन्छ . तै पनि मिटिङ्गमा जानु पर्ने भएकोले हामीले हाम्रा सामान होटेलमै छोड्न उपयुक्त  ठानेउ . अनि रिसेप्सनमा सोधेउ , हामीले वटा कोठाहरु बुक गरेका छौ, अहिलेलाई एउटा मात्र पायेनी हाम्रो सामान राख्न सकिन्थ्यो . रिसेप्सनबाट उत्तर आयो - कुन रुम हो थाहा हुदैन , कसले छोड्छ अहिले बिहानै हामीलाई थाहा हुदैन . गाठे रुम बुक गर्ने मान्छेलाई आइज भन्ने अनि कुन खालि हुन्छा थाहा हुन्न रे  . डलरमा ठटाउने, अनि छालाको रंग हेरेर च्याठिने

दृश्य : अस्पताल (प्राइभेट )
प्रतीक्षा कोठामा पालो पर्खिने बिरामी कुरुवाको भिडम्भिड थियो . बस्न पाउने उभिने बराबरिनै थिए . आजै पो आमा बन्ने हुन् कि जस्ता देखिने ठुला भुडी भएका गर्भावातिहरु पनि उभिने लर्कोमा थिए . आफ्ना श्रीमतीहरु सग मस्किदै सज्जन हरु सिटमा बसेर भविष्यका गफ हाक्दै थिए . एक भन्दै थियो यार तिमीहरु अब एम डि गर्न जाओ , मेरो हस्पिटल बन्ने बेला भै सक्योअर्को सज्जन भन्दै थियो - अर्को बर्ष  चाहि जानु पर्ला . आफ्नो नम्बर कुरेर बस्नेहरुको लर्को थियो , हस्पिटल खोल्नेको १२ एम बि बि एस वालाको २७ भन्दै थिए . पालो भर्खर नम्बर वालाको जादै थियो , एक छिनमा दुइ भलाद्मी उनीहरुको धर्मपत्नी उठेर नाम बोलाउने सिस्टर सग खासखुस गर्दै थिए उनीहरु को पालो आइहाल्यो

दृश्य : होटेल
रुम बुक गरेर चेक इन गरियो . काम सकेर फर्किदा पानि दर्किदै थियो . कोठामा छिरेको पानीको आहाल रहेछ . ताला आएर कम्प्लेन भयो - पानि छिरेछजवाफ आयो - झ्याल खुल्लै राख्नु भयो होला . फेरी भनियो - तपाइले चाबी दिए पछि झोला राखियो अनि तुरुन्तै हिडियो केहि खोल्ने छोड्ने गरिएन , खोलेको एउटा ढोका थियो त्यो पनि बन्द गरियोजवाफ तु आयो - प्राकृतिक प्रकोपलाई हामीले के गर्ने ? गाठे कोठा भित्र पानी पस्ने अनि ग्राहकलाई ठटाएर रकम असुल्ने , कस्तो सेवा ?   हुन दिनको लागि बुक गरिएको रुम भोलि पल्टै छोडियो .

दृश्य : हस्पिटल
चमेना घरमा पहिला पैसा तिर्ने अनि तिरेको रसिद देखाएर खाने कुरा लिने रहेछ . खाना दिने दुइ काउण्टरहरु थिए . एक मा लेखिएको थियो "पाहुना मात्र " अर्कोमा "कर्मचारी मात्र " . पाहुनाको लाइनमा जना जति थिए कर्मचारी वालामा १०-१२ जना काउण्टरमा झुम्मिएका थिए . लाइन बसिदै थियो , एक जना सलक्क परेको सेतो एप्रोन लगाएको , स्टेथेस्कोप भिरेको अनि छातीमा परिचय पत्र , नामको अगाडि डा . भएको व्यक्ति छड्के हात लगाउदै "पाहुना मात्र " भएको झ्यालमा हात छिराएर चिट दिनु भयो खाने कुरा माग्न थाल्नु भयो . बिस्तारै सोधे - यो पाहुना कर्मचारीमा के फरक . उसको जवाफ थियो - यति पढ्न जान्नेले फरक छुट्ट्याउन जान्नु हुन्छा होला नि . मैले भने - तपाइको एप्रोन , परिचय पत्र स्टेथेस्कोप देखेर मलाइ गारो भयो . खुबै गफ गर्न जान्ने , नेता हो क्याहो भन्दै आखा तर्दै हिड्नु भयो .




Thursday, August 8, 2013

चोइटिएका मनहरु

जब,
घात प्रतिघातको ताप बढ्दै जान्छ
बिश्वासको सगरमाथाहरु पग्लन थाल्छन ,
अनि
आस्थाका नदीहरु कहिले उर्लिएर आउछन,
कहिले, सुकेर थन्किन्छन
सुक्ने क्रममा
आफु हिड्ने बाटो चरक्क चर्काउछन
उर्लिने क्रममा
देउताको मन्दिरले छेक्छ,
नत अजङ्गको पहाड नै देख्छ
आफ़ुसगै लिएर गएका
चिजहरुको फेहरिस्त बहिखातामा लेख्छ ,
माटो जराहरुको अन्तरंग सम्बन्ध
एकै छिनमा भताभुङ्ग परिदिन्छ,
पहाड मधेश केहि केहि नभनी
एकै नाशले उफ्रिदिन्छ,
त्यसैले,
घात गर्नेहरु हो होशियार
तिम्रा पहाडहरु बग्न सक्छन
तिम्रा तराइहरु पुरिन सक्छन
दुखेको मन बग्नलाइ
कुनै मनसुन कुर्न पर्दैन
तिम्रा दुष्टताको पर्खाल भत्काउन
कुनै साइत जुर्न पर्दैन,
ठगिएका मनहरु जता पनि बगिदिन्छन
बाटोमा जे जे आउछन आफ़ुसगै लगिदिन्छन