सप्ताहन्त को खुशी मान्दै Mr. ईन्डिया भएर याहू म्यसेन्जरमा अद्रिश्य भै के बसेको मात्र
एउटा म्यासेज आयो - दाई अन्लाईन हो ?
उत्तर दिये - हो किन ?
तपाईंले त साह्रै गिद्दी गर्नु भयो नी, हाम्रो च्याट सार्वजनिक गर्ने ?
मैले भने - कुरा पो सार्वजनिक भयो त नाम त भएको छैन नी ?
उसले भन्यो - त्यो त हो दाई । तर आन्दोलन के होला ?
मैले भने - भोली नै थाहा होला ।
यो प्रचन्डको कुरा एउटा काम अर्को गर्ने बानी किन नगाको होला ? कुरा मोड्यो ।
आस्चर्यमा परे - के भयो त्यस्तो ?
ल थाहा छैन , अस्ति भाषणमा भन्यो, यो हरुवा स्यालहरुको सरकार हो , तर अहीले त सरकारलाई ढुकुर जस्तो ठान्यो । आश्चर्यमा परे - ढुकुर रे , कसरी ?
ल दाई पनि , अब सरकार बिरुद्धको आन्दोलनमा, गुलेली ल्यायो । स्याल लाई गुलेली हान्छ की ढुकुरलाई ।
सोचे यसले आज त एक रोपनी सहि कुरा गर्यो । अनी भने - ठीक भनिस ।
फेरी भन्यो - यो माओवादी रणनिती चाँही फेरी रहन्छ ।
मैले भने - कसरी थाहा पाइस ।
ल दाई तेती नी बिश्लेषण नगर्ने ?
के भन्न त सिधै - अली झर्किएर सोधे ।
उसले प्रस्ट्यायो - भूमिगतबाट बाहिर आउँदा बहुदलिये ब्यबस्था थियो । त्यो बेला ३ "ब" को रणनिती थियो ।
मैले सोधे के हो त्यो ३ ब ।
उसले भन्यो - बार्ता, बल र बन्दुक ।
अनी के भयो नी अहीले ?
भन्यो - अहीले गणतन्त्र भयो मुलुक तेइ भएर ४ "ग" को रणनिती छ ।
कसरी ?
पहिले गाना , नभए गालि, त्यसले नी नभए गुलेली अब त्यसले नपुगे गोली ।
तेरो थेसिस को टपिक यही हो क्या हो ?
एक पटक फेरी रावणे हासो हास्यो ।
अनी सोधे - त्यसो भए भोली प्रचन्डलेके भाषण गर्ला ।
खै दाई प्रचन्डले के बोल्छ भन्न सक्दिन तर डाक्टरले चाँही काङ्रेसलाई फेरी ईतिहास सम्झाउछ ।
मैले भने - त्यो त अस्ति बहसमै सम्झाको होईन र काङ्रेसले पनि बम र बन्दुक बोकेर पञ्चायत र राना बिरुद्ध लडेको, गौरबशाली ईतिहास नबिर्स भनेर । फेरी त्यहि कुरा दोहोर्याउला र ।
उसले भन्यो - यो पाला गुलेली ईतिहासको याद दिलौछन डाक्टरले ।
गुलेली ईतिहास रे कसरी ?
लौ दाई पनि शुरुमा पुलिसलाई गुलेली हान्ने शुरुवात गर्ने नेबिसङ्घ हो नी ।
शाखाहरु
- कबिता जस्तै (7)
- गैडाल्याण्ड (10)
- घुमघाम (3)
- चौतारी (20)
- दिल्लगी (7)
- पछाडि फर्कदा (3)
- बाताबरण (3)
- बिचार (18)
यताउताको सन्दर्भमा
ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।
Friday, April 30, 2010
Sunday, April 25, 2010
संबिधान च्याट
युरोपको एउटा कुनाबाट परिचित भाईले च्याटमा सोधे - दाई संबिधान बन्छ की बन्दैन ?
यो प्रश्नले एकछिन अलमल्ल पर्यो । अनी भने भाई संबिधान बन्छ की बन्दैन थाहा छैन तर निर्धारित समयमा नलेखिने चाँही पक्का भयो रे ।
फेरी प्रतिपश्न गर्यो - दाई बनाउनु र लेख्नुमा के फरक छ ?
उत्तर दिनै पर्यो - भाई कागजमा चित्र , नक्सा बनाइन्छ । तर संबिधान चाही लेखिनु पर्ने हो । किताब लेखिन्छ , थेसिस लेखिन्छ बनाइदैन ।
उत्तर सुनेर दिल खोलेर हास्यो एक्छिन । टाईप गर्यो - hahahahahhahaha । अनी भन्यो दाई पनि मजाक गर्नु हुन्छ ।
मैले पनि लेखे - के गर्ने भाई त्यो संबिधान लेखिने मिती पक्का भन भनेर देबलोकमा परिक्षा लियो भने त सबै देउता फेल होलान् । मैले दिने उत्तर त त्यही हो ।
फेरी उताबाट हासो आयो - hahahahahaha ।
मैले अनुमान गरे अर्कोपटक रामायण बनायो भने यसको हासो को कारणनै रावणको भूमिका पाउनेछ ।
तर कहाँ मान्नेवाला थियो । फेरी सोध्यो - दाई यसरी समयमा संबिधान नलेख्नु राम्रो हो र ?
मैले भने - भाई तोकिएको समयमा काम पूरा नगर्नु केही पनि राम्रो होईन ?
उसलाई लाग्यो होला आज म बटारिएर उत्तर दिदैछु ।
प्रष्ट्याउन खोज्यो - तेत्रो पैसा खाएर ६०१ जनाले सम्बिधान नलेखी तेतिकै बसेर फेरी म्याद थप्नु त सरासरी ठगी भएन र ।
मैले भने - भाई ६०० भन एकजना महानायक त स्वर्गबास भैसक्नु भयो ।
फेरी हास्यो - दाई आज मजाकको मुडमा हुनुहुन्छ ।
अनी भने - भाई खासमा म्याद थप्नै पर्छ ६ महिना होईन कम्तिमा एक बर्ष ।
उसले भन्यो - लौ दाई कस्तो ठीस कुरा गर्नु भाको । एक बर्ष थप्ने रे ।
फेरी भने हो भाई थप्नै पर्छ ।
उसले सोध्यो - किन दाई ? मैले भने - २ कारण छन् -
१। डाटा आफैले सन्कलन गरे , तेसको बिश्लेषण , अनी अन्य कुरा लेख्नु पर्यो । पी एच डि को त कम्तिमा ३ बर्ष दिन्छ भने संबिधान जस्तो कुरा लेख्न २ बर्षले त भएन नी ?
२। संबिधान लेख्न टाईप गर्न पर्यो , त्यो पनि कम्प्युटरमा । अब १२ घण्टे लोडसेडिङ छ । त्यहि भएर समयमा सकिने कुरा भएन नी ।
उसलाई पनि चित्त बुझ्यो की कुन्नी, भन्न थाल्यो हो दाई गल्ती त बिध्युत प्राधिकरणको पो रहेछ ।

Tuesday, April 13, 2010
Friday, April 2, 2010
गिरिजाबाबुको अभियान .............

उनको मृत्युमा शोक मग्न देश अनी त्यो मानबसागर देखेर एक पटक काल पनि आत्तियो होला । चित्रगुप्त फेरी आफ्नो बही खाता पल्टाउदै हिसाब गर्न लागे होला । उनको मृत्युको कामना गर्नेहरु एकपटक अल्मलिएका छन । तर मृत्युको त्यो शास्वत सत्य कसले नकार्न सक्ने कसले ? आज तेर्हौ दिन भैसकेछ उनको अनुपस्थिति यो देशले भोगेको । मरेपछी मात्र गुण देख्ने, बाचुन्जेल नकरात्मक मात्र देख्ने हाम्रो समाजले आज सम्म शायद कसैको सहि मुल्याङ्कन गरेको होला । शायद भोली देखी उनको चर्चा हुन्छ कि हुँदैन त्यो त समयले नै देखाउने छ ।
उनको बोलीलाइ गोली ठान्नेहरु बिशेषगरी कम्युनिष्टहरु नै आज उनको मुख्य प्रशंसक बनेका छन । शब यात्रामा "गिरिजाबाबुको अभियान शान्ती र संबिधान " भन्ने नाराले जती आम नेपालीमा आशा जगायो उतिनै त्यस पछीका दिनहरुमा बिभिन्न राजनीतिक पार्टिका नेताहरुको व्यबहारले त्यतिकै निराशा पनि पारेको छ । उनी बाचुन्जेल उनी प्रति गरेका गालीहरु बिर्सिएर हो या बिर्सिएको बहाना गरेको हो उनको मृत्युपरन्त प्रशंसाको पुल बाध्नेहरु अझ उत्तराधिकारी दाबा गर्नेहरु पदकोलागी मात्र हो या अन्तरह्रिदयले गरेका हुन त्यो त भबिश्यले देखाउने नै छ ।
समयमा संबिधान बनाएर गिरिजाबाबु प्रति सच्चा सम्मान दर्शाउन रट लगाउनेहरु दशरथ रंगशाला राम्रो सग सफा गर्न नपाउदै, आर्यघाटमा उनको चितामा जलेका दाउराको ठुटाहरु बग्न नपाउदै पद माथि दाबा गर्नेहरुको भिड देख्दा जिबनभर पदलोलुप र सत्तालिप्साको आरोप खेपेका स्वर्गिय कोइरालाको त्यही गल्तिलाई दोहोर्याउन लागेका त छैनन ? फेरी पनि भन्छु बाचुन्जेल गाली खाने अनी मरे पछी अभुतपुर्ब प्रशंसा र उपनामहरुले सजिने गिरिजाबाबु नायक हुन कि खलनायक हुन त्यो मुल्याङ्कन गर्ने म सग क्षमता छैन । मैले बुझेको यती हो उनी नेपाली राजनीतिका एक हस्ती हुन जसले अध्यारा र उज्याला पाटाहरु दुबैको नेत्रित्व गरे । उनको जस्तो लामो संघर्शको कथा सुन्ना शायद ईतिहासले कैयौ युग पर्खिनु पर्नेछ ।

यही प्रश्न सोध्न मन लाग्छ उनका उत्तरआधिकारी घोषणा गर्नेहरुलाई । हिम्मत छ प्रचन्ड माओवादीको अध्यक्ष भन्दा माथि उठ्ने ? छ भने अहिले नै कसैलाई कार्यबाहक दिएर पार्टीको नेत्रित्व सुम्पेउ ।सरकार प्रति अबिश्वास प्रस्ताब होइन जनताको विश्वाश जित्ने कोशीस गरेर देखाउ । हिम्मत छ सुशिल , देउबा र रामचन्द्रहरु जिल्ला जिल्ला दौडेर संगठन गर्ने ? छ भने आजै देखी कोठे राजनीति बाट मुक्त हऊ।
आज तेर्हौ दिनको पुण्य तिथिमा गिरिजाबाबुको आत्माले चिर शान्ती पाओस अनी देशले मुक्ती ।
जयनेपाल ।
Subscribe to:
Comments (Atom)