
नेपाली काङ्रेसका समर्थकहरुले महामानब भन्छन उन्लाई, अनी अन्य बिचराधाराकाले काङ्रेसका संस्थापक नेता , कसैले साहित्यकारको रुपमा पनि चिन्छन। मैले चिनेको बिपी मोदीआइनबाट हो । पछी दोशी चस्मा, तीन घुम्ती हुँदै सुम्निमा सम्म पुगेर फेरी एउटा राजनीतिज्ञको रुपमा हेर्न थाले । उनको राजनीतिक बिचराधाराको बारेमा सुनेको प्रजातान्त्रिक समाजबाद धेरैले भनेका छन तर त्यो के हो कसैले व्याख्या गरे जस्तो लागेन। शायद त्यो बेलाको सन्दर्भमा संबैधानिक राजातन्त्र, बहुदलिय प्रजातन्त्र र संसदिय ब्यबस्था त्यही नै थियो । यो गणतान्त्रिक अवस्थामा उनको बिचार के हुन्थ्यो यो कौतुहलताको बिषय बनेको छ ।
स्नातक पछी जब जागिरे जिन्दगीमा लागे , सामुदायिक बन उपभोक्ता समुह मार्फत संचालन गरिएका गरीबिमुखी कार्यक्रमहरु र ग्रामीण स्वबलम्बनका कार्यक्रमहरुमा निकै भिजे । २०४९ को बन एन पछी शुरु भएको उपभोक्ता समुहमुखी बन बिकास कार्यक्रम अनी हरेक पंचबर्षिय योजनाले शुरुगरेको गरीबी निबारणको लक्ष्य र बिपीको नेपालको पारीकल्पना " सबैका परिवारको बस्ने एउटा घर होस्, दिनभरी खनजोत गरेर खान पुग्ने जग्गाहोस्, जोत्नका लागी एक हल गोरु होस्, बच्चालाई दुध खुवाउन एउटा गाई होस्, पढ्नको लागि बिद्यालय र स्वास्थ्यको लागि हेल्थ पोष्टको सुबिधा होस् " मा मैले तात्विक भिन्नता पाएको छैन । शायद यही पारीकल्पनालाई नेपालको बिकासको आधार मानिएको भये पक्कै पनि हामी आजको अवस्था बाट माथि आउने थियौ र कारीब ५ दशक अघिको यो पारीकल्पना अझै पनि नेपालको लागि सान्दर्भिक बन्नुमा हाम्रै दुर्भाग्य जस्तो लाग्छ ।
प्रधानमन्त्री हुँदा भन्ने गर्थे रे " देशको बिकासको योजना बनाउदा यो देशको माटो मुठिमा लिनु अनी हलो जोतेको किसानको तस्बिर अगाडि राख्नु , अनी जे आउछ त्यही गर्नु " । तर त्यो किसानको तस्बिरले योजना आयोगको कार्यालयमा स्थान पायो कि पाएन थाहा भएन तर तिनका लागि भनेर बजेट र कार्यक्रम आएको कमै मात्र थाहा छ । आज भन्दा ५ दशक अगाडिको त्यो योजना तर्जुमा प्रकृयाको परिस्क्रित् रुपनै आजको सहभगितमुलक् कार्यक्रम त होइन ।
गणतान्त्रिक नेपालमा पनि बिपिका सैनिक नितिको बारेमा केही महिना अगाडी चर्चा परिचर्चा भये । राजा सग घाटी जोडीएको छ भनेर देशको राष्ट्रियता जोगाउने सन्दर्भमा गरिएको राष्ट्रिय मेलमिलाप नितिलाइ पनि अपव्याख्या गरियो । अझ काङ्रेसले त बिपिको अर्थ ब्यबस्थालाई सधैं निजिकरण र आर्थिक उदारिकरणमा जोडेर संस्थान किनबेचको नितिमा पारीणत गर्यो ।तर बिपी को बिचार - त्यही बिकाशे पारीकल्पना जसले एउटा स्वाबलम्बी ग्रामीण समाजको निर्माण प्रकियामा अगाडि लैजान्छ, लाई कसैले पल्टाउने सम्म पनि जमर्को गरेनन । शायद बिपिका ति बिचरालाई काङ्रेसको एउटा दस्ताबेज मात्र नमानी योजनाको आधार मानिएको भये पक्कै पनि हाम्रो बिकासको कार्यक्रमले एक खुड्किलो पार गर्ने थियो ।
No comments:
Post a Comment