चिम्सो आँखा त्यो
चुचुरो
मिलायेको
भादगाउले
टोपी सर्ट र पाइन्ट अनि साइडमा झोला भिर्ने - सधैं क्रान्तिको कथा सुनाउथे , बिपी को समाजबाद पढाउथे । पछि मन्त्री भए , नयाबानेश्वरको डेरामा भेटियो , एउटा कोठा यताउता छरिएका किताब , अनि
त्यस्तै पराको लुगा लगाई उही भीम बहादुर तमाङ । उनी भन्दा पछि राजनीति गर्ने, अझ मन्त्रिनै नहुने कहाँ पुगे , ती तमाङ जस्तोका त्यस्तै थिए । कहीले कसैको मोटरसाइकल पछि देखिन्थे , प्राय चाँही बिक्रम ट्याम्पु र खुटामा ।प्रजातन्त्र पछि काङ्रेस धेरै सत्तामा रह्यो , काङ्रेशीहरु धेरै फेरिये - तर भिम बहादुर उही पुरानै रहे । पक्का समाजबादी ।
गिरिजा बाबुको अबसान पछि उनी झसङ्ग भएछन काङ्रेसले समाजबाद छोड्यो , काङ्रेसीहरुले समाजबाद बिर्सें । अनि
ताते काङ्रेसको नेत्रित्व लिन । तर बिचरा भीम बहादुरलाई के थाहा उनी तिनै समाजबादलाई बागमतीमा सेलाउने काङ्रेसीहरुको माझ मा छन् भनेर । आखीर महाधिबेशनमा उनले पराजय नै
बेहोरे ।
तर
हौसिये
औंलामै गन्न सकिने भए पनि केही त रहेछन् बिपीको समाजबाद सम्झिने काङ्रेसी ।
यता गणतन्त्र नेपालको संबिधान बन्ने तरखरमा थियो । संघियताको कुरा आयो , जातिय पहिचानको कुरा आयो । जनजाती सभासदहरु को ककस बन्यो , जातिय मुद्दाले उग्ररुप लियो । नेत्रित्व पन्क्तिमा रहेका भेटेरान जनजाति मुलका भिम बहादुर अडिक रहे समाजबादमा ।उनी त्यहि बिपीको समाजबादी परिकल्पना सम्झन्थे - " सबै गाउमा स्वास्थ्य उपचारको लागि हेल्थ पोस्ट होस्, सबै परिवारलाई काम गरेर खाना पुगोस , दुहुना गाई होस् " । उनलाई लागेको थियो - चार दशक अगाडीको यो परिकल्पना अझै सान्दर्भिक छ । हाम्रो मुख्य मुद्दा यही केन्द्रित हुनु पर्छ । बिचरा उनलाई के थाहा उनले बिगत् छ दशक देखि अनुसरण गर्दै आएको यही सिद्धन्तको कारण नै उनलाई रगत बिरोधीको आरोप लगाइन्छ भनेर ।
जातिय
मुद्दा बिकराल बन्दै जादा काङ्रेसले समस्या भोग्यो । काङ्रेसले सोच्यो -यो समस्याको समाधनको लागि अजम्बरी बुटी त्यहि तमाङ बुढा सग छ । उनकै संयोजकत्वमा कार्यदल गठन भयो । उनी त्यहि छ दशके सिद्धान्तमा नै अडिक रहे मन्त्र निकाले - पहिचान नमेटिने , एकल जातियता नभेटिने । कति जनजाती लाई चित्त बुझेन काङ्रेस छोडे । आरोप लगाये तिनै तमाङ्ग बुढालाई - यथास्थिती बादी , आनि खै के बादी । बिचरा तमाङग छक्क परे होलान् - जातिय पहिचानको यत्रो चिन्ता हुने ती काङ्रेसी नेताहरुले दुई बर्ष
अगाडी भएको महाधिबेशनमा किन थाहा पायेनन । एउटा झोला बोकेर बिपीको समाजबाद भन्दै समतामुलक समाज निर्माणको लागि काङ्रेसको नेत्रित्व लिन तत्पर त्यो तमाङ्ग भन्दा कोइराला र देउबालाई तिनैले किन उपयुक्त देखे ? भीम बहादुरको मनमा यो कुरा खड्किन्न होला किन की उनले नेपाली समाजको नशा छामी सकेका छन् , तर म जस्ता त्यहि बादीको आरोप खेप्ने लाई लाग्न सक्छ - ती भुतपुर्ब काङ्रेसहरुले त्यहि बेला देखि पो भीम बहादुरलाई खै
के हो बादी देखेका रहेछन् ।
तिनै पहिचानबादी भनिनेहरुले पहिचानको
आन्दोलन छेडे , बिचार गोष्ठी गरे - बक्ता थिए गाली शिरोमणी । म भने एक पटक तीन चित खाए तिनी पहिचान बादी रे । आधा दशक अगाडीको घटना सम्झे - एउटा किराती ठिटोको रचना रास्ट्रिय गानको रुपमा छनौट हुँदा अनेक लान्छना लगाएर अस्विक्रिती तर्फ लान खोज्ने तिनै महासय थिए । आज तिनै हाम्रा (जनजातीको) मसिहा भएर देखा परेछन ।जहाँ
गुलियो
भेटिन्छ
उतै
तिर
हात
छुठ्दै
हिड्ने
गाली
सिरोमणी
जस्ताहरु अग्रगमनकारी हुन्छन्
भने
हामी
यथास्थितिबादी
नै
सहि
। तीनले जनजाती उत्थानको कुरा गर्दा ब्याकुल माइलाले के सम्झे थाहा भएन, म भने फिस्स हासे ।
राजनीतिले इमान छोडेको आनि राजनितिज्ञले इजित र प्रेस्टिज गुमायेको नेपाली परिबेशमा भीम बहादुर जस्ता निष्ठावानलाई एउटा समुदायमा खुम्च्याउन खोज्नु कतै मुर्खता त होईन ? म हाइस्कुले बिद्द्यार्थी हुँदा उनले मोदिआइन दिएको सम्झिन्छु । अनि त्यहि मोदिआइनको सार - ठुलो होईन असल बन्नु ।
