जब जनयुद्ध चल्दै थियो
- युबाहरूको लाम की
त पासपोर्ट लिने
अफिसमा या की
म्यानपावर र बिदेशि
राजदुताबासहरुमा देखिन थाल्यो ।
तर त्यो क्रम
शान्ति प्रक्रिया पछि पनि
रोकिएन । भन्नेहरूले
बिदेशिएका युबा हरूलाई
लाछी सम्म भने
। समस्याबाट भाग्ने
हरू भनेर डरपोक
र कातर देखाए
। तर किन
भागे , तीनको मस्तिष्कमा के
थियो बुझ्ने कोशिश्
गरिएन । त्यहि समयमा त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थलको हजारौंको लर्कोमा म पनि कतै लामबद्ध थिए । च्याटमा
भेटिएका साथिहरू , आफन्तहरू सोध्छन कहीले नेपाल फर्किने । सुझाब दिन्छन् - पढेकाहरू
उता बस्नु हुन्न आउनु पर्छ । सधैं उत्तर अब पढाइ सकिन लाग्यो फर्किदैछु । नभन्दै फर्किने
बेला पनि आउन लागेछ । यसो दिन गन्छु झण्डै काउण्टडाउन् गर्ने बेला नि हुन लागेछ ।
दुइ दिन अगाडि
ल्याबको पल्लो कुनामा बस्ने श्रिलन्कनले भन्यो - डिसेम्बरको टिकेट बुक गरे , त कैले
जाने ? सधै नेपाल फर्किन्छु भनेर लगाएको फुर्ति त्यो बेला त्यतिकै ओइलायो । मैले केइ
बोल्न सकिन। फेरि सोध्यो - नफर्किने बिचार् गरिस् क्या हो ? त्यो बेला मैले सुझाब्
मागे - तेरो देशमा तामिलको युद्ध अझै रहिरहेको भए के गर्थिस् ? उसले भन्यो - म सोच्थे
। मैले नि भने - म पनि त्यहि सोचिरहेको छु । त्यसपछि त्यो गुगलमा नेपालको समाचार खोज्न
थाल्यो । जलाइएका स्कुले बसहरु , बालिएका टायरहरु , फुटेका टाउकोहरु देखेर छक्क पर्यो
उ । भन्यो - तामिलले जस्तो छुट्टै देश् त मागेको होइन रहेछ नि , फेरि अधिकारको लागि
किन यस्तो झगडा । म फेरि स्तब्ध बने ।
म सग उत्तर
थिएन । फेसबुकका
भित्ताहरुमा हेर्छु - जातिय रंगले
लतपतियेको देख्छु । किन
कसलाई के चाहिने , कस्ले के नदिने स्पष्ट
छैन । खालि
एकले अर्कालाइ गालि
गरेका छन् ।
तर खोइ हामि
किन बुझ्दैनौ - धनगढिमा
थारुको फुटेको टाउकोबाट र
काठमान्डौमा छेत्रिको फुटेको टाउकोबाट
उस्तै रातो रगत बगिरहेको थियो । नवलपरासिमा
भत्किएका थारु म्युजियममा हाम्रै
गौरब थियो, हेर्दा
हेर्दै खरानि भएको सुकनाको
त्यो स्कुले बसमा
हाम्रै नानिहरु थिए ।
खै हामि आफै हार्ने युद्ध किन लड्दैछौ
।
अस्ति
बेलायतबाट गाउले भाइ भन्दै
थियो दाइ किन
फर्किने नेपाल ? साच्चै सम्झिन्छु
- मेरा बाबाले मितेरि सम्बन्ध
गासेका लुइटेलहरुसग फेरि दाजुभाइ
भएर रहुला ।
हिजो सगै पढेका
रेग्मि , चापगाइ , बस्नेत, केसि
, अधिकारिहरुले आत्मियता देखाउदै मलाइ
भोटे , चितुवा भनेर भन्लान्
। के मैले
पनि तिनिहरुलाइ बाहुन्
, पण्डित् भनेर बोलाउने
हिम्मत जुटाउन सकुला ? त्यो
अधिकारि ठिटो ओइ
राजेश साकेला नाच्न
जाने होइन भन्दै
फेरि बोलाउन आउला
कि नआउँला । यस्ता प्रश्नहरु
एकै पटक साउने
भेल् झै उर्लेर आउछन्
। अनि आफैलाइ
सोध्छु के म
नकरात्मक नै बनेको
हु त ? अखबारको
पानाहरु पल्टाउछु सकरात्मक हुने
कुनै सन्देश् पाउदिन
, फेसबुक् हेर्छु कि त
एकले अर्कालाइ गालि
गर्ने देख्छु , कि
थर फेरेर नेपाल
र नेपालि लेख्ने
देख्छु ।
फेसबुकमा
छरिएका जातिय द्वन्दमा परेको
त्यो गुजराति युबाको
जुम्ला हात् जोडेको
तस्बिर देख्छु । उस्को
आखाले भनि रहेछ
- बिन्ति मलाइ नमार
। कता कता
त्यहा आफ्नै र
आफन्तको प्रतिबिम्ब पाउछु ।
हाड र छाला
मात्र बाकि सुडानी
युबाहरु एस् एल्
आर् बोकेको तस्बिर्
देख्छु । खै
त्यो ज्यानले के
को लागि लडेको
छन् थाहा पाउदिन
। एउटा साथि
आफ्नो भित्तामा लेख्छ
- "खबर्दार फलानो नेताले उचाल्यो
भनिस् , फलानो फलानोले देख्नेछस्।
" अर्को उत्तर दिन्छ - खै
देख्ने त हामि
नेपालि ले हो
। साचै
हामिले नै देख्ने
हो भोग्ने हो
। अरु कसैले
भोग्दैन ।उनिहरु त चक्रब्युह भित्र छन् । हामि जनता त
कवच बनेर एक् ले अर्कालाइ उभ्यायेका छौ । एउटा थरिले अर्को थरिलाइ देखाउन त्यै कवच्
तोड्नु पर्छ । त्यो तोड्डा तोड्डै तिनिहरु सग नपुग्दै हामि थाकि सकेको हुनेछौ । अनि
कस्ले देख्छन् ।
समस्या
जटिल देखेको छैन
। एक थरिले
नाम मागे ।
अर्को थरिले हुदैन
भने । माग्नेको
पनि अधिकार छ
, हुन्न भन्नेको नि अधिकार
छ । तर
न माग्नेले नै
के मागेको राम्रो
बुझाउन सके , न दिन्न
भन्नेले नै त्यो
नाम हुदैन भने
के त भन्ने
प्रस्ताब ल्याउन सके ।
चार घण्टा बार्ता
गरेर टुङ्गिने ठाउमा
सयौ घण्टा बन्द
गरेर किन शक्ति
खेर फाल्नु ।
सडकमा बस्ने हरुको
नै सुनुवाइ छ
भने सडक् सडकमा
हुनेहरु किन बार्ता
नगर्ने ? आफ्नो अधिकार माग्दा
अर्कोलाइ किन गालि
गर्ने ? होच्याउने किन ? सबैले बुझ्नु पर्ने
कुरा के भने
- आफ्नो कुहिनो मज्जाले हल्लाउन
पाइन्छ तर छिमेकिको
नाकको ख्याल् चाहि
राख्नु पर्छ है
।
जति ढुङ्गा हाने पनि
, जति टायर् बाले
पनि , जति टाउको
फोडे पनि आफ्नो
दुख आफै सग
छ । हेर्नुस्
त त्यो सेतिको
बाढिले जाति छुट्ट्यायेन
, सिराहाको आगोले भुगोल देखेन
, कोशिमा आउने बाढिले
लिम्बुवान किरात देखि मदेश
सबै बगाएर लान्छ
। जति नै टाउको
फोडौ त्यहि पहाडि
प्रदेशको चुरिया नबचाइ मदेश
प्रदेशको भबिश्य सुरक्षित हुन्न
। मदेशको धान
नपुगि पहाडले राम्ररि
ढ्याउ गर्न सक्दैन
। अनि सोच्छु
के को लागि
लड्ने ? को सग लड्ने ? मैले देखेको छू , तराई र पहाडबाट भारी बोकेर जाने
भरियाहरूले हिमाली भेगका मानेहरूलाई दाहिने पारेर हिंडेको । खोइ कतै देखेउ हामिले मन्दिरमा
फोहोर गरेको । हाम्रा माने र सकेला थानहरू सबैका लागि उत्तिकै पुजनिय छन् । मदेशबाट
पोका बोकेर हिड्ने ब्यापारीहरूले पहाडमा उत्तिकै सद्भाब पाएका छन् । आनि खिचातानी के
का लागि ?
हामिले नाकको
लम्बाइको आधारमा , छालाको रंगको आधारमा होच्याउने खोच्याउने छोड्नु पर्छ । होईन भने
फेरि यहा आफ्नो जात छोडेर नेपालि लेख्नेहरूको लरको लाग्ने छन् । तर के गर्नु जात फेरे
नी नाक फेर्न नसकिने , छालाको रंग फेर्न नसकिने । यहि स्थिति रहने भयो भने फेरि पनि
म्यानपावर र राजदुताबासहरुमा भिड बढ्नेछ । त्रिभुवन बिमानस्थलमा फेरि लाम बढ्ने छ ।
त्यो बेला झुक्केर पनि गाली नगर्दिनु होला - बिन्ती भगौडा नभनिदिनु होला ।