यताउताको सन्दर्भमा

ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।

Tuesday, May 22, 2012

हार्ने युद्ध


जब जनयुद्ध चल्दै थियो - युबाहरूको लाम की पासपोर्ट लिने अफिसमा या की म्यानपावर बिदेशि राजदुताबासहरुमा देखिन थाल्यो तर त्यो क्रम शान्ति प्रक्रिया पछि पनि रोकिएन भन्नेहरूले बिदेशिएका युबा हरूलाई लाछी सम्म भने समस्याबाट भाग्ने हरू भनेर डरपोक कातर देखाए तर किन भागे , तीनको मस्तिष्कमा के थियो बुझ्ने कोशिश् गरिएन । त्यहि समयमा त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थलको  हजारौंको लर्कोमा म पनि कतै लामबद्ध थिए । च्याटमा भेटिएका साथिहरू , आफन्तहरू सोध्छन कहीले नेपाल फर्किने । सुझाब दिन्छन् - पढेकाहरू उता बस्नु हुन्न आउनु पर्छ । सधैं उत्तर अब पढाइ सकिन लाग्यो फर्किदैछु । नभन्दै फर्किने बेला पनि आउन लागेछ । यसो दिन गन्छु झण्डै काउण्टडाउन् गर्ने बेला नि हुन लागेछ । 

दुइ दिन अगाडि ल्याबको पल्लो कुनामा बस्ने श्रिलन्कनले भन्यो - डिसेम्बरको टिकेट बुक गरे , त कैले जाने ? सधै नेपाल फर्किन्छु भनेर लगाएको फुर्ति त्यो बेला त्यतिकै ओइलायो । मैले केइ बोल्न सकिन। फेरि सोध्यो - नफर्किने बिचार् गरिस् क्या हो ? त्यो बेला मैले सुझाब् मागे - तेरो देशमा तामिलको युद्ध अझै रहिरहेको भए के गर्थिस् ? उसले भन्यो - म सोच्थे । मैले नि भने - म पनि त्यहि सोचिरहेको छु । त्यसपछि त्यो गुगलमा नेपालको समाचार खोज्न थाल्यो । जलाइएका स्कुले बसहरु , बालिएका टायरहरु , फुटेका टाउकोहरु देखेर छक्क पर्यो उ । भन्यो - तामिलले जस्तो छुट्टै देश् त मागेको होइन रहेछ नि , फेरि अधिकारको लागि किन यस्तो झगडा । म फेरि स्तब्ध बने ।

सग उत्तर थिएन फेसबुकका भित्ताहरुमा हेर्छु - जातिय रंगले लतपतियेको देख्छु किन कसलाई के चाहिने , कस्ले के नदिने स्पष्ट छैन खालि एकले अर्कालाइ गालि गरेका छन् तर खोइ हामि किन बुझ्दैनौ - धनगढिमा थारुको फुटेको टाउकोबाट   काठमान्डौमा छेत्रिको फुटेको टाउकोबाट उस्तै रातो रगत बगिरहेको थियो । नवलपरासिमा भत्किएका थारु म्युजियममा हाम्रै गौरब थियो, हेर्दा हेर्दै खरानि भएको सुकनाको त्यो स्कुले बसमा हाम्रै नानिहरु थिए खै हामि आफै हार्ने युद्ध किन लड्दैछौ ।

अस्ति बेलायतबाट गाउले भाइ भन्दै थियो दाइ किन फर्किने नेपाल ? साच्चै सम्झिन्छु - मेरा बाबाले मितेरि सम्बन्ध गासेका लुइटेलहरुसग फेरि दाजुभाइ भएर रहुला हिजो सगै पढेका रेग्मि , चापगाइ , बस्नेत, केसि , अधिकारिहरुले आत्मियता देखाउदै मलाइ भोटे , चितुवा भनेर भन्लान् के मैले पनि तिनिहरुलाइ बाहुन् , पण्डित् भनेर बोलाउने हिम्मत जुटाउन सकुला ? त्यो अधिकारि ठिटो ओइ राजेश साकेला नाच्न जाने होइन भन्दै फेरि बोलाउन आउला कि नआउँला । यस्ता  प्रश्नहरु एकै पटक साउने भेल् झै उर्लेर  आउछन् अनि आफैलाइ सोध्छु के नकरात्मक नै बनेको हु ? अखबारको पानाहरु पल्टाउछु सकरात्मक हुने कुनै सन्देश् पाउदिन , फेसबुक् हेर्छु कि एकले अर्कालाइ गालि गर्ने देख्छु , कि थर फेरेर नेपाल नेपालि लेख्ने देख्छु

फेसबुकमा छरिएका जातिय द्वन्दमा परेको त्यो गुजराति युबाको जुम्ला हात् जोडेको तस्बिर देख्छु उस्को आखाले भनि रहेछ - बिन्ति मलाइ नमार कता कता त्यहा आफ्नै आफन्तको प्रतिबिम्ब पाउछु हाड छाला मात्र बाकि सुडानी युबाहरु एस् एल् आर् बोकेको तस्बिर् देख्छु खै त्यो ज्यानले के को लागि लडेको छन् थाहा पाउदिन एउटा साथि आफ्नो भित्तामा लेख्छ - "खबर्दार फलानो नेताले उचाल्यो भनिस् , फलानो फलानोले देख्नेछस्। " अर्को उत्तर दिन्छ - खै देख्ने हामि नेपालि ले हो   साचै हामिले नै देख्ने हो भोग्ने हो अरु कसैले भोग्दैन ।उनिहरु त चक्रब्युह भित्र छन् । हामि जनता त कवच बनेर एक् ले अर्कालाइ उभ्यायेका छौ । एउटा थरिले अर्को थरिलाइ देखाउन त्यै कवच् तोड्नु पर्छ । त्यो तोड्डा तोड्डै तिनिहरु सग नपुग्दै हामि थाकि सकेको हुनेछौ । अनि कस्ले देख्छन् ।

समस्या जटिल देखेको छैन एक थरिले नाम मागे अर्को थरिले हुदैन भने माग्नेको पनि अधिकार , हुन्न भन्नेको नि अधिकार तर माग्नेले नै के मागेको राम्रो बुझाउन सके , दिन्न भन्नेले नै त्यो नाम हुदैन भने के भन्ने प्रस्ताब ल्याउन सके चार घण्टा बार्ता गरेर टुङ्गिने ठाउमा सयौ घण्टा बन्द गरेर किन शक्ति खेर फाल्नु सडकमा बस्ने हरुको नै सुनुवाइ भने सडक् सडकमा हुनेहरु किन बार्ता नगर्ने ? आफ्नो अधिकार माग्दा अर्कोलाइ किन गालि गर्ने ? होच्याउने किन ?  सबैले बुझ्नु पर्ने कुरा के भने - आफ्नो कुहिनो मज्जाले हल्लाउन पाइन्छ तर छिमेकिको नाकको ख्याल् चाहि राख्नु पर्छ है

जति ढुङ्गा हाने पनि , जति टायर् बाले पनि , जति टाउको फोडे पनि आफ्नो दुख आफै सग हेर्नुस् त्यो सेतिको बाढिले जाति छुट्ट्यायेन , सिराहाको आगोले भुगोल देखेन , कोशिमा आउने बाढिले लिम्बुवान किरात देखि मदेश सबै बगाएर लान्छ जति नै टाउको फोडौ त्यहि पहाडि प्रदेशको चुरिया नबचाइ मदेश प्रदेशको भबिश्य सुरक्षित हुन्न मदेशको धान नपुगि पहाडले राम्ररि ढ्याउ गर्न सक्दैन अनि सोच्छु के को लागि लड्ने ? को सग लड्ने ? मैले देखेको छू , तराई र पहाडबाट भारी बोकेर जाने भरियाहरूले हिमाली भेगका मानेहरूलाई दाहिने पारेर हिंडेको । खोइ कतै देखेउ हामिले मन्दिरमा फोहोर गरेको । हाम्रा माने र सकेला थानहरू सबैका लागि उत्तिकै पुजनिय छन् । मदेशबाट पोका बोकेर हिड्ने ब्यापारीहरूले पहाडमा उत्तिकै सद्भाब पाएका छन् । आनि खिचातानी के का लागि ?

हामिले नाकको लम्बाइको आधारमा , छालाको रंगको आधारमा होच्याउने खोच्याउने छोड्नु पर्छ । होईन भने फेरि यहा आफ्नो जात छोडेर नेपालि लेख्नेहरूको लरको लाग्ने छन् । तर के गर्नु जात फेरे नी नाक फेर्न नसकिने , छालाको रंग फेर्न नसकिने । यहि स्थिति रहने भयो भने फेरि पनि म्यानपावर र राजदुताबासहरुमा भिड बढ्नेछ । त्रिभुवन बिमानस्थलमा फेरि लाम बढ्ने छ । त्यो बेला झुक्केर पनि गाली नगर्दिनु होला - बिन्ती भगौडा नभनिदिनु होला ।