यताउताको सन्दर्भमा

ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।

Saturday, October 5, 2013

गाउको चिट्ठी

सुनसान गाउबाट
बिकासले बाटो बिराएका ठाउँबाट
दुई चार अक्षर कोर्दैछु
थात छोड्न नसक्नेहरुको तर्फबाट ,
कान्छा 
ठिटाठिटी मुग्लानिएको हाम्रो गाउमा 
चुनावले रौनक बढाएको छ,
शहर र सम्ममा बस्नेहरुको ताती
पहाड चढाएको छ् ,
उहिले झै 
शहरीएका मनहरु गाउ फिर्दै होला,
हामीलाई आशा देखाउदै
झन्डा र पर्चाहरु गाउ छिर्दै होला ,
कान्छा
यसपटक धेरै प्रश्नहरु छन तिमीलाई सोध्ने ?
सकभर धेरै दिन बस्ने गरेर आउ
नभए तिमीलाई गृह कार्यनै भयो
तयार गरेर आउ,
साच्चै तिम्रा संबिधानले
तिघ्रे मुग्लान भासिन रोक्छ कि रोक्दैन होला ?
तिम्रो संघियताले  
सुकेका कुलोहरु पलाउछन कि पलाउदैनन होला?
तिमीले बुझ्नेछौ कान्छा गाउ यसपाली ,
उहिले गाउ आउने बेला खबर गर्थ्यौ
बडा , मलखाडीको साग राख्नु है भनेर
अहिले त खाडी मात्र छ कान्छा
मल दिने बस्तु पाल्न सकिएन ,
नबिर्सेंस है
यसपाली चुनावमा आउँदा
तरकारी लिएर आउ है कान्छा ,
साच्चै ,
पासपोर्ट नभएर गाउमै थन्किएको तल्लाघरे कान्छा
हिजो सोध्दै थियो
बडा, यो संबिधानले हामीलाई गाउमा प्रधान दिन्छ कि दिन्न
राहदानिको सिफारिस लिन
सचिब खोज्दै महँगो सदरमुकाम त भौतारिनु पर्ने थिएन । 
सुनसान गाउमा  रमझम देख्दा 
यो बुढ्यौली मन भन्छ 
कान्छा 
बर्षै पिच्छे भएनी चुनाव आओस , 
कमसे कममाग्नेहरु त आउथे