दृश्य १ : होटेल
पर्यटकिय स्थलमा रहेको होटेल जसले ग्राहकलाई पाहुना मान्छ अनि अतिथिदेबो भब : को मन्त्रलाई हृदयंगम गर्छ . गत हप्ता यस्तै एउटा होटेलमा बुकिङ्ग गरियो . बिहान पुग्दा कोठाहरु खालि थिएनन , स्वभाविक
नै हो चेक ओउट टाइम सामान्यत: १२ बजे सम्म हुन्छ . तै पनि मिटिङ्गमा जानु पर्ने भएकोले हामीले हाम्रा सामान होटेलमै छोड्न उपयुक्त ठानेउ . अनि रिसेप्सनमा सोधेउ , हामीले ६ वटा कोठाहरु बुक गरेका छौ, अहिलेलाई एउटा मात्र पायेनी हाम्रो सामान राख्न सकिन्थ्यो . रिसेप्सनबाट उत्तर आयो - कुन रुम हो थाहा हुदैन , कसले छोड्छ अहिले बिहानै हामीलाई थाहा हुदैन . ए गाठे रुम बुक गर्ने मान्छेलाई आइज भन्ने अनि कुन खालि हुन्छा थाहा हुन्न रे . डलरमा ठटाउने,
अनि छालाको रंग हेरेर च्याठिने ?
दृश्य २ : अस्पताल (प्राइभेट )
प्रतीक्षा कोठामा पालो पर्खिने बिरामी र कुरुवाको भिडम्भिड थियो . बस्न पाउने र उभिने बराबरिनै थिए . आजै पो आमा बन्ने हुन् कि जस्ता देखिने ठुला भुडी भएका गर्भावातिहरु पनि उभिने लर्कोमा थिए . आफ्ना श्रीमतीहरु सग मस्किदै २ सज्जन हरु सिटमा बसेर भविष्यका गफ हाक्दै थिए . एक भन्दै थियो यार तिमीहरु अब एम डि गर्न जाओ , मेरो हस्पिटल बन्ने बेला भै सक्यो . अर्को सज्जन भन्दै थियो - अर्को बर्ष चाहि जानु पर्ला .
आफ्नो नम्बर कुरेर बस्नेहरुको लर्को थियो , हस्पिटल खोल्नेको १२ र एम बि बि एस वालाको २७ भन्दै थिए . पालो भर्खर ६ नम्बर वालाको जादै थियो , एक छिनमा दुइ भलाद्मी र उनीहरुको धर्मपत्नी उठेर नाम बोलाउने सिस्टर सग खासखुस गर्दै थिए उनीहरु को पालो आइहाल्यो .
दृश्य ३ : होटेल
रुम बुक गरेर चेक इन गरियो . काम सकेर फर्किदा पानि दर्किदै थियो . कोठामा छिरेको पानीको आहाल रहेछ . ताला आएर कम्प्लेन भयो - पानि छिरेछ . जवाफ आयो - झ्याल खुल्लै राख्नु भयो होला . फेरी भनियो -
तपाइले चाबी दिए पछि झोला राखियो अनि तुरुन्तै हिडियो केहि खोल्ने छोड्ने गरिएन , खोलेको एउटा ढोका थियो त्यो पनि बन्द गरियो . जवाफ तु आयो - प्राकृतिक प्रकोपलाई हामीले के गर्ने ? ए गाठे कोठा भित्र पानी पस्ने अनि ग्राहकलाई ठटाएर रकम असुल्ने , कस्तो सेवा ? हुन त २ दिनको लागि बुक गरिएको रुम भोलि पल्टै छोडियो
.
दृश्य ४ : हस्पिटल
चमेना घरमा पहिला पैसा तिर्ने अनि तिरेको रसिद देखाएर खाने कुरा लिने रहेछ . खाना दिने दुइ काउण्टरहरु थिए . एक मा लेखिएको थियो "पाहुना मात्र " अर्कोमा "कर्मचारी मात्र " . पाहुनाको लाइनमा ५ जना जति थिए कर्मचारी वालामा १०-१२ जना काउण्टरमा झुम्मिएका थिए . लाइन बसिदै थियो , एक जना सलक्क परेको सेतो एप्रोन लगाएको , स्टेथेस्कोप भिरेको अनि छातीमा परिचय पत्र , नामको अगाडि डा . भएको व्यक्ति छड्के हात लगाउदै "पाहुना मात्र " भएको झ्यालमा हात छिराएर चिट दिनु भयो र खाने कुरा माग्न थाल्नु भयो . बिस्तारै सोधे - यो पाहुना र कर्मचारीमा के फरक छ . उसको जवाफ थियो - यति पढ्न जान्नेले फरक छुट्ट्याउन जान्नु हुन्छा होला नि . मैले भने - तपाइको एप्रोन , परिचय पत्र र स्टेथेस्कोप देखेर मलाइ गारो भयो . खुबै गफ गर्न जान्ने , नेता हो क्याहो भन्दै आखा तर्दै हिड्नु भयो .
No comments:
Post a Comment