यताउताको सन्दर्भमा

ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।

Tuesday, February 14, 2012

गैंडाल्याण्डेको प्रेम पत्र

प्यारी डाटा ,

किन यसरी तर्किन्छौ । कहिले आर स्क्वाएर कम, कहिले लग लाऐक्लिहुड फ्ल्याट । नतर्क न तिमी यसरी । ३ -४ महिना अगाडि सम्म त राम्रै सग मुस्कुराउथेउ । अली अली नखरा पारे पनि भनेको मान्थ्यौ । अब यो अन्तिम पेपरको लागि चाँही किन धेरै नखरा । कम्तिमा पनि आजको दिन त मुस्कुराउ । के कुरामा कमी हुन दिएर । जहिल्यै पनि राम्रै ठाउमा डेटिङ को लागि बोलाए । तिमीलाई सधैं यो पाच तारे लिम्देपमा राखे । कहिल्यै तिमी ले मोनोटोनस ठान्छ्यौ भनेर स्टाटा र इभियुज मा राखे । कहिल्यै तिमीलाई एसपीएसस मा हालिन । तर तिमी भने घुर्की लगाउछ्यौ । यस्तै हो भने तिमीलाई त्यही एसपीएसएस मा हालेर डिनर लन्च सगै गराउछु ।

प्रियाशी डाटा , थाहा छ । एक बर्ष अघी तिमीलाई खोज्दै खोज्दै म गैंडाल्याण्ड पुगेको थिए । तिमी आउन मान्दैनौ भनेर गाउलेहरु सग छलफल गरे । तिमीलाई फकाउन तिम्रै गाउको ५ जना भाईबहिनीहरुलाई २ महिना सम्मा लगाये । तिम्रो घर, तिम्रो आफन्त अनी साथी सङगी को घर मा पठाएँ । तिमी आयौ । चिटिक्क परेर A4 पेपरमा सजियौ । मैले पनि तिमीलाई ठुलो प्लेन चढाये अनी हेर सात समुन्द्र पारी यो अष्ट्रेलियामा ल्याये । चिटिक्क पारेर ल्यापटप र डेस्कटपमा सजाये । कहिले लजिट मा डुलाये , कहिले प्रोबिटमा डुलाए । तिमी र्याण्डम प्यारामिटरमा नाचेउ , मैले त्यसलाई चिटिक्क पारेर जर्नलमा उतारे । त्यसमा तिमी कम्ती राम्री देखिएकी छैनउ ।

दोश्रो चोटि पनि मुस्कुरएउ , तिमीलाई सजाएर चिटिक्क पारी सके । अब अन्तिम पटक हासीदेउन । हुन त तिमी रिसाउदा पनि राम्री नै देखिन्छौ । खाली त्यो सुपरभाइजरले सिङ्गार पुग्दैन भन्छे । के गर्नु श्रिङ्गार् बिनै तिमी त मलाई राम्री लाग्छ । आफुले भनेर मात्रा नहुने । त्यही भएर शिङ्गारिनु पर्ने भयो तिमीले । तिमी नचली बसीदेउ । तिमीलाई स्टाटामा राखेर सजाउछु । यसपली बाइनरीमा जानु पर्छ हामी सगै । आशा छ , तिमी चिटिक्क सजिएर सुपरभाइजर र रिभिउयर को मा पुग्ने छौ । अनी तिम्रो सुन्दरताले उनिहरुलाई मन्त्र मुग्धा बनाउने छौ ।

तिमीलाई उल्टाको पल्टाको , मैले घ्रिणा गरेको भनेर नसम्झ । कहिले काही त्यसो गर्दा तिम्रो सुन्दरतामा झन निखार आउछ । के गर्नु , यो स्टाटिस्टिकल सफ्टवेरको ब्युटिपार्लर अली फरक खाले रहेछ । जे भए नि तिम्रो सुन्दरतामा कुनै कमी हुन दिने छैन । यो भ्यलेण्टाइनमा तिमी म सग मुस्कुराउ , अर्को भ्यालेण्टाइनमा तिमी धेरै को साथमा हुनेछौ । तिमीलाई हेरेर धेरै हास्ने छन । मेरो प्यारी डाटा , मात्रा अन्तिम पटक आँखा झिम्क्याइदेउत मोरी स्टाटामा ।

उही तिम्रो ,
गैंडाल्यान्डे

No comments:

Post a Comment