गैंडाल्याण्डे ठिटो ज्ञानेश्वरको मृत्युको खबरले निकै मर्माहत बनायो । सौराहाबाट गणेश पन्त र बाबुराम लामिछानेहरुले फेसबुकको स्टाटसमा लेख्दा मनै अमिलो भएर आयो । कता कता के के हरायो जस्तो लाग्यो । धेरैलाई लाग्ने रहेछ त्यो ज्ञानेश्वर एक काल्पनिक पात्र हो । तर वास्तवमै त्यो थियो - एउटा टुहुरो गैंडाको बच्चा - चितवन राष्ट्रिय निकुन्जले हुर्काइ रहेको । देशको खराब अवस्थाबाट अनाहकमै पीडित भएका हरुको प्रतिनिधि पात्र थियो ज्ञानेश्वर । अर्कोतिर ज्ञानेश्वरले ति युबाहरुको आवाज बोल्थ्यो जो बर्तमान राष्ट्रिय राजनीतिले ल्याएको एउटा क्षेत्र अनी जातिय संकुचनबाट उम्किन चाहन्थ्यो । त्यो ठिटो समुह भन्दा पनि समाज निर्माण गर्ने कार्यमा संघर्शरत थियो । नारायणीसंग प्रेम गर्थ्यो, ब्यक्त गर्न सक्दैनथ्यो ।
सानो छदा चरा जस्तै उड्न मन लाग्थ्यो , बाघ झै हुन्कार गर्ने रहर हुन्थ्यो । लाग्थ्यो ति जनावारहरु कती भाग्यमानी - आफुले चाहेको गर्न चाहन्छन । भुर्र एक कुनाबाट अर्को कुना उड्न सक्छन । भाग्यले बन बिज्ञानको विद्यार्थी बनायो , जनावरहरुको पिडा बुझायो । सेनाको बन्दुकको पहरामा बस्ने जनावरहरु देखेर त्यो बाल्यपनाको कुरा सम्झेर खिस्स हासो उठ्थ्यो । नारायण वाग्लेको "मयुर टाइम्स" सम्झे - साच्चै डाफे चरी बेग हानेर एक डाडा बाट अर्को डाडा जान सक्ने रहेछ तर मधेश झर्न नसक्ने रहेछ । सुमन भट्टराई सधैं चितवनबाट फेसबुकमा स्टाटस अपडेट गर्थ्यो -यस्तै हो भने एक दिन नेपालबाट गैंडा सकिन्छ सकिन्छ । उसलाई प्रतिकृया दिन मन लाग्थ्यो त्यो खै के के फ्लु को उपचार हुन सक्ने रहेछ तर लोभि पापी को ।
गत हप्ता क्रिसमसको छुट्टीको सदुपयोग गर्न मेलबर्न देखी सिड्नी सम्मको यात्रा ट्रेनमा गर्ने तय गरियो । १२ घण्टे लामो यात्रामा धेरै चिज देखियो । रेल वे को दाँया बाँया फाट्ट फुट्ट भेटिने जङगलका छेउछाउमा निर्भिक रुपमा उफ्रिरहेका कङ्गारु र साथमा रहेका इमुहरुले एक्कासी ज्ञानेश्वरको सम्झना दिलायो । सम्झे , त्यो पनि यहाँ भएको भये त्यस्तै गरी उफ्रिन्थ्यो होला । पल्लो छेउमा रहेको सानो पोखरिमा अहाल बस्थ्यो होला । तर त्यो बिचरा बन्दुकको घेरामा श्वास प्रश्वास कृया चलाई रहेको थियो । कती ज्ञानेश्वरहरु मानब बस्तिमा पनि तेस्ताइ गरी निस्सास्सिएर बसेको सम्झे । सम्झे तिनिहरु पनि कङगारु जस्तै स्वतन्त्र खेल्न पाएको दिन कती रमाउथे होला । अनी सिड्नी आइ पुगेर हतार पतार फेसबुकमा स्टाटस अपडेट गरे "रेल वे को दाँया बाँया पर्ने जङगलका छेउछाउमा कङ्गारु हरु बिन्दास रुपले उफ्रिरहेका थिए । त्यो देखेर एक मनले ज्ञानेश्वर (गैडाको बच्चा) लाई ईमेल लेख्न मन लाग्यो- आइ एल टि एस् दिएर यतै अष्ट्रलिया तिर आउ हत्केलामा ज्यान राखेर त हिंड्न पर्दैन ।"
त्यही स्टाटसको प्रतिउत्तरमा त्यो गैंडाल्याण्डे हिरोको मृत्युको खबर सुन्न पर्यो । एक छिन स्तब्ध बने । सोचे कती ज्ञानेश्वर हरु दिन दिनै बेखबर मरी रहेका छन । कोही छुवाछुतको नाममा , कोही बास र कपासको अभाबमा चिसो रातमा खुल्ला आकाश मुनी रात काट्दा । तिनिहरुको लागि चक्काजाम गर्ने कोही भएन , टायर बालिदिने झन्डा निस्किएन । त्यसैले त मृत्यु बनी बेबारिसे बन्यो । न त संघियताको नाराले बचाउन सक्यो, न त आरक्षाण कोटाले नै तताउन सक्यो । ति त सबै बाँच्न सक्नेहरुका लागि रहेछन । काठमाण्डौमा एक साझ रेस्टुरन्टको कुनामा बसेर चुस्की लगाउदै जादा बत्ती झ्याप्प गयो - पल्लो कुनाबाट आवाज सुनियो , लोडशेडिङ हट्न जलबिद्युत आयोजना बन्नु पर्छ , संबिधान होइन ।त्यो संबिधानको काकाकुलमा जिइरहेका हामीहरुले अझै कती ज्ञानेश्वरको अकाल मृत्युको खबर सुन्नु पर्ने हो सम्झदै आङ्ग जिरिङ्गग हुन्छ ।
म कल्पना गर्न सक्दिन ज्ञानेश्वरको अनुपास्थिती नारायणीले कसरी झेलिरहेकी छे । तर महसुस गर्न सक्छु उनको असह्य पिडा । आफ्नो दाजु र भाईको हत्यारा खुल्लेआम माननियको बिल्ला भिरेर काठमाण्डौमा आँफैले कर तिरेको पैसामा मस्ती मारिरहेको सभासद देखेर मनको बह पोख्ने साबित्री दिदीको छटपटीबाट अनुभब गर्न सक्छु । आफन्तलाई अनाहकमै गुमाउनु पर्ने कसराकी नारायणी र काठमाण्डौकी साबित्री दिदी हरुको पर्खाइ उस्तै छ - कानुनको उचित पालना ।
अन्त्यमा , ज्ञानेश्वरहरुलाई बिदेश जान आग्रह गर्नु पर्ने मेरो उदेश्य, बिदेशिनु पर्छ भन्ने होइन । तर आफ्नै ज्यान अरुले दाबी गर्न सक्ने अवस्था रहेको ठाउलाई देश भन्ने कि नभन्ने ? चुच्चे र थेप्चे , काले र गहुगोरे भनेर सिमान्कन गरिएको हाम्रो गाउबस्ती हरुलाई समुह भन्ने कि समाज ? बाँच्न सक्ने हरुले मात्रा समाबेशी र आरक्षणको मौका पाउने अनी , बाँच्न नसक्ने झन्डा नबोक्नेहरु बेबारिसे हुने ठाउलाई देश ठान्ने कि नठान्ने ? यो गहन प्रश्नमा म रुमाललिएको छु । ज्ञानेश्वरले त्यही आवाज बोलिदिन्थ्यो, तर बाँच्न सकेन । चाहे निकुन्ज भित्र होस् या बाहिर , निरिहहरुले ज्ञानेश्वर को नियती भोगिरहेका छन ।
शाखाहरु
- कबिता जस्तै (7)
- गैडाल्याण्ड (10)
- घुमघाम (3)
- चौतारी (20)
- दिल्लगी (7)
- पछाडि फर्कदा (3)
- बाताबरण (3)
- बिचार (18)
यताउताको सन्दर्भमा
ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।