युरोपको एउटा कुनाबाट परिचित भाईले च्याटमा सोधे - दाई संबिधान बन्छ की बन्दैन ?
यो प्रश्नले एकछिन अलमल्ल पर्यो । अनी भने भाई संबिधान बन्छ की बन्दैन थाहा छैन तर निर्धारित समयमा नलेखिने चाँही पक्का भयो रे ।
फेरी प्रतिपश्न गर्यो - दाई बनाउनु र लेख्नुमा के फरक छ ?
उत्तर दिनै पर्यो - भाई कागजमा चित्र , नक्सा बनाइन्छ । तर संबिधान चाही लेखिनु पर्ने हो । किताब लेखिन्छ , थेसिस लेखिन्छ बनाइदैन ।
उत्तर सुनेर दिल खोलेर हास्यो एक्छिन । टाईप गर्यो - hahahahahhahaha । अनी भन्यो दाई पनि मजाक गर्नु हुन्छ ।
मैले पनि लेखे - के गर्ने भाई त्यो संबिधान लेखिने मिती पक्का भन भनेर देबलोकमा परिक्षा लियो भने त सबै देउता फेल होलान् । मैले दिने उत्तर त त्यही हो ।
फेरी उताबाट हासो आयो - hahahahahaha ।
मैले अनुमान गरे अर्कोपटक रामायण बनायो भने यसको हासो को कारणनै रावणको भूमिका पाउनेछ ।
तर कहाँ मान्नेवाला थियो । फेरी सोध्यो - दाई यसरी समयमा संबिधान नलेख्नु राम्रो हो र ?
मैले भने - भाई तोकिएको समयमा काम पूरा नगर्नु केही पनि राम्रो होईन ?
उसलाई लाग्यो होला आज म बटारिएर उत्तर दिदैछु ।
प्रष्ट्याउन खोज्यो - तेत्रो पैसा खाएर ६०१ जनाले सम्बिधान नलेखी तेतिकै बसेर फेरी म्याद थप्नु त सरासरी ठगी भएन र ।
मैले भने - भाई ६०० भन एकजना महानायक त स्वर्गबास भैसक्नु भयो ।
फेरी हास्यो - दाई आज मजाकको मुडमा हुनुहुन्छ ।
अनी भने - भाई खासमा म्याद थप्नै पर्छ ६ महिना होईन कम्तिमा एक बर्ष ।
उसले भन्यो - लौ दाई कस्तो ठीस कुरा गर्नु भाको । एक बर्ष थप्ने रे ।
फेरी भने हो भाई थप्नै पर्छ ।
उसले सोध्यो - किन दाई ? मैले भने - २ कारण छन् -
१। डाटा आफैले सन्कलन गरे , तेसको बिश्लेषण , अनी अन्य कुरा लेख्नु पर्यो । पी एच डि को त कम्तिमा ३ बर्ष दिन्छ भने संबिधान जस्तो कुरा लेख्न २ बर्षले त भएन नी ?
२। संबिधान लेख्न टाईप गर्न पर्यो , त्यो पनि कम्प्युटरमा । अब १२ घण्टे लोडसेडिङ छ । त्यहि भएर समयमा सकिने कुरा भएन नी ।
उसलाई पनि चित्त बुझ्यो की कुन्नी, भन्न थाल्यो हो दाई गल्ती त बिध्युत प्राधिकरणको पो रहेछ ।

ehehehe
ReplyDeleteha ha ha haaaaaaaaaaaaaaaaaa
ReplyDelete