चक्काजाम, नेपाल बन्द जताततै क्याम्पसका बिद्यार्थिहरुको उपस्थिती । स्वबियुको निर्वाचन आयो महिनौ बन्द क्याम्पस । क्षमता भन्दा बढी विद्यार्थी , उपयुक्त शैक्षिक क्यालेण्डरको अभाब । कहिले परिक्षा हुने कहिले रिजल्ट हुने कुनै टुङ्गोमा छैन । न त नियमित क्लास नै हुन्छ न त प्राय विद्यार्थी नियमित रुपमा नै उपस्थित हुन्छन । जो नियमित हुन्छन प्राय विद्यार्थी नेताहरु - बर्षौ क्याम्पसमा चक्कर काटिरहन्छन स्वबियुमा नेत्रित्व हत्याउन । उता कक्षा खाली यता क्यान्टिन भरी । परिक्षा आएको एक महिना अगाडि सबै जना स्टेशनरिमा झुम्मिन्छन निमा गेसपेपर जिन्दाबाद । अझ सेन्टर परेको क्याम्पसमा आफुले चिनेको विद्यार्थी नेता भये त चिट चोर्न फ्री, किन कि ति सबै परिक्षाका गार्ड ।
शायद यही हो हाम्रो त्रिभुवन विश्वाबिद्यालयको अवस्था । यही प्रणालीबाट उत्पातिद हजारौं ग्र्याजुएटहरु सर्टिफिकेट बोक्दै जागिरको खोजिमा कि त नेताको पछाडि हिड्छौ या बिदेश जाने चक्करमा । "घोकन्ते बिद्या धावन्ती खेती" को त्रिभुवन विश्वबिद्यालयको शिक्षा प्रणालिले युबा पुस्तालाई लङ्गडो बनाएको छ । व्याबहारिक शिक्षा प्रणालिको अभाबमा बर्षेनी शैक्षिक बेरोजगारको संख्या थपिदै छ । जसले नेपाल बन्द र चक्का जामलाई सहज जनशक्ती दिएको छ । ज्ञान भन्दा सर्टिफिकेट मात्र दिने हाम्रो शिक्षा प्रणालीले हामीलाई बन्द र हडताल सिकायो , आफ्नै गुरुलाई कालोमोसो दल्न उत्प्रेरित गर्यो , तर ब्यबसायिक बनाउन सकेन ।
प्रजातन्त्र आयो , लोकतन्त्र आयो , साथ साथै कैयौ उपकुलपती र शिक्षा मन्त्री परिवर्तन भये तर त्रिबी को शिक्षा प्रणालिमा न त सुधारको खाचो देखे न त सरकारी कोटामा बिदेशमा अध्ययन गरेर फर्किएका गुरुहरुले नै त्यसलाई अनुसरण गर्ने प्रयास गर्नु भयो । अरु त कुरा छोडौ किर्तिपुर बाट ३० किमी टाढा रहेको काठमाण्डौ विश्वबिद्यालयलाई पैसा हुने ले पढ्ने भनेर लतारेउ तर त्यहाको सफलताको राज बुझ्न चाहेनौ । स्वबियु या कुनै विद्यार्थी संगठनको दबाबमा बर्षै भरी भर्ना खुल्ला राखेर क्षमता भन्दा अधिक भर्ना गरी कतै शिक्षा माथि जनताको अधिकारको नाममा अध्ययनशिल विद्यार्थी हरुको भबिष्यलाई त खेलवाड गरेको छैनौ ? गेस पेपरमा पढाईलाई अल्झाएर चिट चोरेर उत्तिर्ण हुनुलाई हामी गर्ब गर्छौ अनी लाग्छ जयभुडीको ब्यङ्ग " चोरि चकारी नगरि चतुर्याइ हुन्न , दङ्गा फसाद नगरे इज्जतै रहन्न" भने झै स्थिती त सिर्जना गरिएको छैन ?
दुर्गम भेगमा सेवा पुगेन भनेर चिकित्सा शास्त्र अध्ययन संस्थानबाट उत्तिर्णहरुलाई पढाई पछी गाउ पठाउन थालियो । एक हिसाबले राम्रो भये पनि लादिएको अनुभब गर्ने विद्यार्थीहरुले सेवा कस्तो पुर्याउने हुन प्रश्नबाचक् चिन्ह खडा छ । तर उत्तिर्ण हुन अनिबार्य मानिएको इन्टर्नशिप भने शहर केन्द्रित बनेका छन । यदी हरेक संकाय वा अध्ययन संस्थानको पाठ्यक्रममा स्नातक वा स्नाकोत्तर तहका विद्यार्थीलाई अनिबार्य रुपमा ग्रामीण भेगमा कम्तिमा छ महिना इन्टर्नशिप र छ महिना थेसिसको ब्यबस्था गर्न सकिये ग्रामीण भेगले सेवा पाउने , विद्यार्थीले व्याबहारिक ज्ञान र अनुभब पाउने थिए ।
शाखाहरु
- कबिता जस्तै (7)
- गैडाल्याण्ड (10)
- घुमघाम (3)
- चौतारी (20)
- दिल्लगी (7)
- पछाडि फर्कदा (3)
- बाताबरण (3)
- बिचार (18)
यताउताको सन्दर्भमा
ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।
No comments:
Post a Comment