यताउताको सन्दर्भमा

ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।

Saturday, March 20, 2010

सलाम तिम्रो संघर्षलाई




अनुसन्धानका आर्टिकलबाट थकित आँखाहरु बेला बेलामा नेपालका ताजा खबर खोज्न ईन्टरनेटका पानाहरुमा दौडने गर्दछन । यो मेरो नियमित प्रकृयानै हो । एक्कासी आँखा पुग्छ गिरिजा बाबु अचेत । एक मनले भन्छ - बुढा मरेको नै राम्रो । जिबनको उत्तरार्दमा उनको पुत्रिमोहले, उनको सगरमाथा उचाइलाई एक्कासी छोट्याइदिएको थियो अनि जनमानसमा एउटा तितो छाप। अनि एक्कासी फेसबुकमा नेपालबाट स्टाटस अपडेट हुन्छ: गिरिजाबाबुको आत्माले चिरशान्ती पाओस । अनि केही साथीहरु सग च्याट गर्छु , सबैको म जस्ताइ भावना । तर ति भावनामा गिरिजाबाबु प्रती बढी स्नेह अनि कोइराला पुत्री प्रती बढी ब्रितिष्णा पाउछु म ।

साचैनै गिरिजाबाबु प्रतीको मेरो सोचाइमा सधैं उतार चढाब आइरह्यो । जनाअन्दोलनको सफलता पस्चात उनमा देखिएको क्रान्तिकारीपन अनि कम्युनिष्टहरु प्रतीको खरो दृष्‍टिकोणले उनी प्रती मेरो आकर्षन थियो । "माले, मसाले र मण्डले एकै हुन" भन्ने उनको बोली उफ्री उफ्री दोहोर्याउथेउ । तर जब आफ्नो बहुमतको सम्सद बिघटन गरेर मध्याबधिमा गये अनि उनी प्रती ब्रितिष्णा जाग्न थाल्यो । अझ काठमाण्डौको मध्याबधी निर्वाचनमा अन्तर्घात अनि २०५६ सालको निर्वाचनमा भएको बिद्रोही उमेदवारको कारणले त उनी प्रती पुरै नकरात्मक भाब जागेको थियो ।



जब राजाले सत्ता लिये । उनको एउटै रट थियो संसद पुनर्स्थापना , अनि त्यो पुरा गरेर नै छाडे । सबैले बेबकुफी मानेको त्यो पुनर्स्थापनाको माग आखिरमा शान्तिपूर्ण गणतन्त्र प्राप्तिको लागि अलकत्रे राजामार्गनै साबित भयो । शन्ती प्रकृयामा उनको सकृयाता अनि नेत्रित्व ले उनी प्रतिको आकर्षण म जस्ता हरेक नेपालीमा बढेको थियो । निर्बाचनको बेला ७५ जिल्ला भ्रमण होस् या राजाको कालतन्त्र बिरुद्ध सडकमा ओर्लिदा सबैमा, त्यो ८ दशके ब्रीद्ध शरिरले एउटा जोशको संचार भरिदिएको हुन्थ्यो । काङ्रेस भित्रै उनको तानाशाहिको आवाज उठे, परिवारबादका आरोप अनि लाउडा काण्ड ।

यि सबै घटनाक्रमले गिरिजाबाबु हिरो हुन कि भिलेन भनेर मुल्याङ्कन गर्ने म सग क्षमता छैन । फेरी एकपटक सोचे साचै अब देश कता जान्छ ? जती सुकै बाधा ब्याबधान आए पनि उनको नेत्रित्वले माओवादीको धुर्त्याइ अनि परम्परागत संसदबादिहरुको लोभिपन दुबैलाई सन्तुलन दिएको थियो । गिरिजा प्रसाद आँफैमा एउटा समाधान पनि भएर रहेका थिए । यो संकटकालिन अवस्थामा चारै दिशामा फर्किएकाहरुलाई एउटै दिशामा ल्याउन नसकेपनी एउटा निस्चित घेरा भित्र बाधि राख्न कसले सक्ने ? गिरिजा पछी काङ्रेसमा नेत्रित्व संकट हुन्छ भनेर ब्याख्या गर्ने राजनैतीक बिश्लेषकहरुले देशमा हुने नेत्रित्व संकटको स्थिती बुझेका छन कि छैनन ? साचै गिरिजाबाबुको त्यो हवलदारे नेत्रित्व अहिलेको स्थितिमा आबश्यक मात्र होइन अपरिहार्य थियो ।

७ दशक लामो राजनऐतिक यात्रामा गिरिजा बाबुले हिंडेका उज्याला र अध्यारा बाटोहरुले उनी प्रतिको आकर्षण र ब्रितिष्णालाइ जतीसुकै उतारचढाब दिये पनि उनको अनुपास्थितिमा राज्यले एउटा ठुलै संकटको सामना गर्नु पर्नेछ । गिरिजाबाबुको अभाब भोलिको दिन देखी हामी सबैले महसुस गर्नेछौ ।

नेपाली राजनीतिको अजेय योद्धा लाई हार्दिक श्रद्दान्जली । जयनेपाल ।।

No comments:

Post a Comment