हावार्डका मार्क र उस्का साथीहरुले फेसबुकको पारीकल्पना गर्दा यती टाढा सम्म सोचेका थिएकी थिएनन त्यो थाहा भएन तर साचैनै यसले उनिहरुलाई धनी विद्यार्थी मात्र बनाएन कैयौ खोज पत्रहरु पनि निकाली सकेको छ । कुनै प्रश्नको उत्तर आफ्नो status मा राख्नुस् तुरुन्तै पाईन्छ । अनी कैले कैले छुटेका साथीहरु । गाउघरतिर बनमा गोठालो जादा गीत गाएर आफु त्यही रहेको जानकारी अरु साथी लाई दिने चलन अझै पनि छ । तर शहरतिर भने फेसबूकको सर्च इन्जिन चलाऊनुस् कती सजिलो । भुमन्डलीकरण सगै प्रबासिएको नेपाली समाजलाई कुन चाड कहिले, चक्काजाम र बन्द कुन सहरमा कहिले भनेर खोज्न न त अनलाइन पत्रीका नै चाहर्नु पर्छ न त फोन गरेर या च्याटमा बसेर नेपालमा भएको साथीलाई सोध्नु पर्छ । खाली फेसबुकमा लग अन गर्नुस् सकियो ।
रङ्ग बिनानै चारवटा होलीहरु बिती सकेछन । फेसबूकमा छरिएका होलिका रङ्गिन सन्देशहरुले एक पटक फेरी अतितमा पुर्यायो । श्री पौच खल्तिमा हालेर , बिग्रेका गोलभेडा , कुहेका अन्डा अनी बेलुन बोकेर होली खेल्न हिडिन्थ्यो । घरका छतहरुबाट फ्याकिने फोहोर पानीले जिउ निथ्रुक्कै भिज्दा पनि रमाइएको क्षणहरु सम्झनामा मात्र रहे पनि साथीहरुको सन्देशले तेसलाई झनै गाढा बनाइ दिएको थियो । समाचारको पानाहरुले लाग्थ्यो साचै होली धुमधाम सग नेपालमा मनाइएको छ । अनी त्यो भन्दा पनि धेरै फेसबुकमा बिभिन्न सन्देश रुपी रङ्गहरु पोखिएका छन अनी त्यसमा प्रतिकृया रुपी लोलाहरु बर्षात भएका छन ।
शान्त तलाउमा परेको छाल झै एक पछी अर्को शुभकामना बोकेका सन्देशहरु status update मा लोला झै बर्सिन्छन । कसैलाई भाङ खान नपाको चिन्ता छ , कसैलाई रङ लगाउन नपाएको भने कसैलाई लोला हान्न । पिडा जे सुकै भये पनि यो फेसबुकले झन त्रिष्णा बढाएको छ। सम्योग बस सप्ताहन्त परेकोले रङ्ग नै दल्न नपाए नि , भाङ नै खान नपाए नि , यसो साथी भाई मिलेर त होलिको झस्का मेटाउने काम गरियो तर फेरी उही नेपालबाट status update हुन्छ , दिन भरी होली खेलेर जिउ दुख्यो।। कोइ भन्छन , बल्ल सकियो अब नुहाएर थकाई मार्ने हो । अझै भोली तराइ बाट आऊनै बाँकी होला । के गर्ने फेरी भोली देखी क्लास जानै पर्ने ।।।।।।।।।
जोगिरा सररर .................
शाखाहरु
- कबिता जस्तै (7)
- गैडाल्याण्ड (10)
- घुमघाम (3)
- चौतारी (20)
- दिल्लगी (7)
- पछाडि फर्कदा (3)
- बाताबरण (3)
- बिचार (18)
यताउताको सन्दर्भमा
ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।
No comments:
Post a Comment