
उनको मृत्युमा शोक मग्न देश अनी त्यो मानबसागर देखेर एक पटक काल पनि आत्तियो होला । चित्रगुप्त फेरी आफ्नो बही खाता पल्टाउदै हिसाब गर्न लागे होला । उनको मृत्युको कामना गर्नेहरु एकपटक अल्मलिएका छन । तर मृत्युको त्यो शास्वत सत्य कसले नकार्न सक्ने कसले ? आज तेर्हौ दिन भैसकेछ उनको अनुपस्थिति यो देशले भोगेको । मरेपछी मात्र गुण देख्ने, बाचुन्जेल नकरात्मक मात्र देख्ने हाम्रो समाजले आज सम्म शायद कसैको सहि मुल्याङ्कन गरेको होला । शायद भोली देखी उनको चर्चा हुन्छ कि हुँदैन त्यो त समयले नै देखाउने छ ।
उनको बोलीलाइ गोली ठान्नेहरु बिशेषगरी कम्युनिष्टहरु नै आज उनको मुख्य प्रशंसक बनेका छन । शब यात्रामा "गिरिजाबाबुको अभियान शान्ती र संबिधान " भन्ने नाराले जती आम नेपालीमा आशा जगायो उतिनै त्यस पछीका दिनहरुमा बिभिन्न राजनीतिक पार्टिका नेताहरुको व्यबहारले त्यतिकै निराशा पनि पारेको छ । उनी बाचुन्जेल उनी प्रति गरेका गालीहरु बिर्सिएर हो या बिर्सिएको बहाना गरेको हो उनको मृत्युपरन्त प्रशंसाको पुल बाध्नेहरु अझ उत्तराधिकारी दाबा गर्नेहरु पदकोलागी मात्र हो या अन्तरह्रिदयले गरेका हुन त्यो त भबिश्यले देखाउने नै छ ।
समयमा संबिधान बनाएर गिरिजाबाबु प्रति सच्चा सम्मान दर्शाउन रट लगाउनेहरु दशरथ रंगशाला राम्रो सग सफा गर्न नपाउदै, आर्यघाटमा उनको चितामा जलेका दाउराको ठुटाहरु बग्न नपाउदै पद माथि दाबा गर्नेहरुको भिड देख्दा जिबनभर पदलोलुप र सत्तालिप्साको आरोप खेपेका स्वर्गिय कोइरालाको त्यही गल्तिलाई दोहोर्याउन लागेका त छैनन ? फेरी पनि भन्छु बाचुन्जेल गाली खाने अनी मरे पछी अभुतपुर्ब प्रशंसा र उपनामहरुले सजिने गिरिजाबाबु नायक हुन कि खलनायक हुन त्यो मुल्याङ्कन गर्ने म सग क्षमता छैन । मैले बुझेको यती हो उनी नेपाली राजनीतिका एक हस्ती हुन जसले अध्यारा र उज्याला पाटाहरु दुबैको नेत्रित्व गरे । उनको जस्तो लामो संघर्शको कथा सुन्ना शायद ईतिहासले कैयौ युग पर्खिनु पर्नेछ ।

यही प्रश्न सोध्न मन लाग्छ उनका उत्तरआधिकारी घोषणा गर्नेहरुलाई । हिम्मत छ प्रचन्ड माओवादीको अध्यक्ष भन्दा माथि उठ्ने ? छ भने अहिले नै कसैलाई कार्यबाहक दिएर पार्टीको नेत्रित्व सुम्पेउ ।सरकार प्रति अबिश्वास प्रस्ताब होइन जनताको विश्वाश जित्ने कोशीस गरेर देखाउ । हिम्मत छ सुशिल , देउबा र रामचन्द्रहरु जिल्ला जिल्ला दौडेर संगठन गर्ने ? छ भने आजै देखी कोठे राजनीति बाट मुक्त हऊ।
आज तेर्हौ दिनको पुण्य तिथिमा गिरिजाबाबुको आत्माले चिर शान्ती पाओस अनी देशले मुक्ती ।
जयनेपाल ।
No comments:
Post a Comment