यताउताको सन्दर्भमा

ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।

Sunday, August 21, 2011

जादा जादै गैडाल्याण्डमा

नारायणीलाई के भनौ के कुरा गरौ भैरहेको थियो । यसै बिचमा गोस्सिपको कुरा गर्न थाली ।

भन्न थाली - बुझ्यौ अब उनिहरु गोस्सिपमा नआउने रे । नयाँ खोल्ने कुरा गर्दै थिए ।

ज्ञानेश्वर - किन ?

नारायणी - उही जातियताको ज्वरो ।

ज्ञानेश्वर - खै अब कसलाई के भन्ने । हामी आफ्नो संस्क्रिती जोगाउने भन्दा पनि अरुको लाई दबाउने मा लागेको छौ । यहाँको बिबिधता बिर्सियेर आफ्नै पतनको बाटो रोज्दै छौ ।

नारायणी - कसरी ?

ज्ञानेश्वर अली भाबुक हुँदै गयो र भन्न थाल्यो - हामिले एक अर्कामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धित छौ भनेर कहिल्यै बुझ्ने कोशिस गरेनौ ।

नारायणी - अब उनिहरु जादैमा हामलाई के हुन्छ र ? हामिले धकेलेको होइनौ ?

ज्ञानेश्वर - हामिले त्यो बाताबरण बनायौ नारायणी । चित्तल गएर के हुन्छ भनेर सोचेउ । तर तिनीहरुले हाम्रो घासे मैदानको ब्यबस्थानमा ठुलो भूमिका खेल्छ भनेर बिर्सेउ । चित्तलको अभाबमा बाघहरु रहदैनन अनी फेरि शिकारीहरु बन्दुक बोकेर हिड्छन हामिलाई निशाना बनाउदै ।

नारायणि - हामि चित्तल जस्तो स्वार्थी पनि त होइनौ नी । तेत्रो हुलमा एउटा बाघले लखेट्दा प्रतिकार गर्न छाडेर आफ्नो ज्यान जोगाउन भाग्ने ।
नारायणिको यस्तो कथन सुनेर ज्ञानेश्वर अली भाबुक बन्यो ।

अनी भन्न थाल्यो - चित्तललाई थाहा छ, उनिहरुलाई नमारी बाघ बाँच्न सक्दैन, अनी बाघले उनिहरुको शिकार गरेन भने जनसंख्या बढेर आफू आफू नै मारामार गर्नु पर्छ भन्ने पनि । बाघले आक्रमण गर्दा भाग्छन तर एकजुट भएर प्रतिकार गर्दैनन । प्रतिकार नगरी भाग्नु तिनीहरुको स्वार्थीपना होईन यो त प्रकृतिको नियम हो । तेत्रो हुलमा रहने म्रिग ले प्रतिकार गर्न थाले भने बाघ कसरी बाच्छ ? स्रिष्टि कसरी चल्छ ? प्रकृतिको नियम कुनै राजनैतिक सिद्दान्तले चल्दैन । यस्को आफ्नै प्रणाली हुन्छ ।

नारायणी - हामिले त केही गरेको थियेनौ नी । तर फेरि किन हामि माथी त्यस्तो व्यबहार ।

ज्ञानेश्वर - यो उर्लदो जातियताको भेलले तिमी, म र उनिहरु भनेर छुट्ट्याउन छाड्यो । हेरन त्यो रापतीको भेलले खेत्, बारी , चौर केइ भन्दैन सबैलाई लैजान्छ । यहाँ तेस्तै भएको छ । उनिहरुलाई हाम्रो समुदायको सोच माथी डर छ। त्यहि भएर हामि सग पनि छ । हाम्रो अगुवाहरुले चालेको कदमले उनिहरुलाई विश्वाश दिलाउन सकेँन । उल्टै उनिहरुमा त्रास फैलायो । म्रिगहरु उनिहरुलाई आक्रमण गर्ने बाघ सग रमाउन थालेका छन् तर सगै एउटै घासे मैदानमा चर्ने हामिलाई किन शन्का को द्रिष्टिले हेर्छन ? आँफै बुझन ।

नारायणी - हामिले त आफ्नो पहिचान पो खोजेको त । यसमा उनिहरु किन तर्सिने?

ज्ञानेश्वर - पहिचान खोज्नु नराम्रो होईन । तर आफ्नो पहिचानको लागि अरुको पहिचान मेटाउनु पनि त भएन नी । हाम्रो जिम्मेवारी भनेको यो गैडाल्याण्ड मात्र होईन । बाघहरुले मागेको बर्दियाको बाघवान , अनी कन्चनपुरको बार्हसिङ्गे प्रदेश प्रति पनि उत्तिकै उत्तर्दायी हुनु पर्छ । राज्यले यसरी सबैलाई दिन सक्छ की सक्दैन ? भोलि हाम्रो गैडाल्याण्ड भित्र घडियाल स्वायत्त क्षेत्रको कुरा आयो भने के गर्ने ? आफ्नो पहिचानको लागि भनेर समग्र राज्य लाई नै अप्ठ्यारो बनाउन त भएन नी । प्रकृतिले हामिलाई छुट्टै व्यबहार, रहनसहन दिएको एकलकाटे हुन होईन । हामी हामी जस्ता छुट्टै व्यबहार भएकोहरु मिलेर बिबिधता बनाउन हो ।

नारायणीलाई ज्ञानेश्वरको कुरा धेरै जटिल लाग्यो । उस्ले भनि - खोइ म केइ बुझ्दिन । तिमिलाइ अरुले किन खाग भएको बाघ भन्छन् यो पनि भेउ पाउदिन ।

ज्ञानेश्वर - हो नारायणी , सायद मैले पनि जख्खु र गर्दने हरु जस्तै गरि अरु माथी धावा बोलेको भए म पक्का गैडामा दरिन्थे होला । तर म त सधैं मिलेर बसौ । यसरी अधिकार माग्दा हाम्रो उत्तरदायित्व पनि बुझौ । यो गैडाल्याण्डलाई गैडाहरु को मात्र होईन समस्त जनवारहरुकै उचित थलो बनाउ भन्दा उल्टै मलाइ यथास्थितीबादीको आरोप । बरु म यो आरोप सहन सक्छु । तर सगै त्यो घासे मैदानमा चरेका म्रिगहरु , अनी जङगलमा लुकामारी खेलेका डमरू र छावाहरु माथी धावा बोल्न सक्दिन । अझ हामि स्वीकार्नु पार्ने कुरा के हो भने त्यो टाटेपटे बाघ र चितुवा , लामो सुढ भएको हात्ती, रुखको हागा जस्तै सिङग हुने म्रिगहरुको उपस्थितीको कारणले नै हाम्रो यो एक सिङ्गले महत्व पाएको छ ।

ज्ञानेश्वरको यस्तो कुरामा नारायाणिलाई कुनै चाख थिएन । उ त मनको बह पोख्न चाहन्थी । अन्धेरी रातमा छाउने नौ लाखे ताराको बयान गर्न चाहन्थी, गोधुली साझमा पर रापतीको किनार सगै देखिने क्षितिजमा डुबेको घाममा हराउन चाहन्थी । उस्को मन त चखेवा झै भुर्र उड्थ्यो , घडियाल झै रापतीमा पौडिन्थ्यो । चित्तलले बसाइ सरेको, बाघको गर्जन हरायेको अनी हात्तीको सर्याक सुरुकको अनुपस्थितिमा सुनसान बनेको त्यो गैडाल्याण्ड सग उसलाई बाल मतलब थिएन । आँखा अगाडी बसेको ज्ञानेश्वरको उपस्थितिनै संसार थियो नारायणिलाई । उ चाहन्थी ज्ञानेश्वरले माया प्रेमको कुरा गरोस । तर आज ज्ञानेश्वर रोकिने वाल थिएन । तै पनि उ खुशी थीइ । त्यो डमरू र अन्य युबतीहरुको अनुपस्थितीमा नारायणीले आफूलाई अझ सुरक्षित महसुस गरेकी थिइ ।





No comments:

Post a Comment