यताउताको सन्दर्भमा

ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।

Sunday, June 3, 2012

संघिय भोजन गफ


कताबाट त्यो याहुमा फुत्त आउछ सोध्छ - दाई भात पाक्यो
मैले भने - पाक्यो
त्यो - के पकाउनु भयो
- च्वाचेको मासुमा रायोको साग , गोलभेडाको अचार आनि डल्ले खुर्सानी खाने भए आइज
त्यो - के हो दाइ खानामा पनि एकल पहिचान
- जे भए नी भन आउछस की आउदैनस खाने बेला भयो
त्यो - आउदिन दाई , काममा जानु
- अनि के पकाइस
त्यो - आफ्नो अखण्ड दाइ
- लौ फेरि यो अखण्ड के ल्याइस
त्यो - उही हो नी दाइ पिज्जा
- अनि के नी भोलि को प्रोग्राम
त्यो - के हुने दाई , दिउसो पनि मज्जाले पकाएर खाने , बेलुकी चाइ साथिको मा खाने प्रोग्राम फुर्सद भए आउनु
- यो हप्ता आउदिन, मौसम् राम्रो छैन् के पकाउने भैस 
त्यो - के हुने दाई कोइ खसी नखाने , कोइ बङुर नखाने नेपालिहरूको ताल अब उही कुखुरा तर त्यो ग्याम्बे चाँही सबैले हान्छन बहु पहिचानमा दाइ
- अनि बेलुकी चाँही झ्याप मा हो
त्यो - होईन दाई एउटा भेते ले बोलाको छा त्यसैको मा जाने टन्न बिफ हान्ने
- बिफ पनि दिन्छस , बाउले थाहा पाए हान्लानी
त्यो - थाहा कहाँ दिन्छु दाइ यो नेपालि ग्याङमा खान्न त्यहि भेतेहरू सग मात्र हो
- पारा  राम्रो रहेछ् नी यता खाँदै नखाने उता चाँही तलाई बिफ नभै नहुने
त्यो - हा हा दाई , यो चाँही गौरबशाली स्टाइल हो के ।।

1 comment: