यताउताको सन्दर्भमा

ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।

Saturday, June 16, 2012

जाउ कि क्या हो म पनि जिमखाना


याहुमा त्यो फुत्त आयो दाइ भन्दै । 
म - के छ केटा ?
त्यो - ठिक छ दाइ , तपाइलाइ नि ?
म - ठिक् छु , के गर्दै छस ?
त्यो - के गर्ने दाइ जिमखाना ( पहलमानि अखडा) मा भएको शक्ति प्रदर्शन टेलिभिजनमा हेर्दै छु ।
म - लौ मिस्टर नेपाल हुँदै छ क्या हो ? 
त्यो - त्यस्तो शो होटेल तीर हुन्छ नी दाई । आजकाल नयाँ जिमखाना खोलेको छ नी । 
म - लौ हो र , कस्ले खोलेको नी ?
त्यो - को हुने नी दाई उही त हो नी नेता भनाउदा हरू । 
म - अनि, शक्ति चाहि के को लागि प्रदर्शन् नि ? 
त्यो - लिङ्ग छुट्ट्याउन रे दाइ । 
म - लौ हो र ? कस्तो छुट्ट्यौने रे ? 
त्यो - तेस्रो को फैसला भयो रे , अब भाले र पोथि बाकि छ रे । 
म - अनि जित्ने चाहि भाले हुने रे ? 
त्यो - खै दाइ , अब यसको छिनोफानो भाको छैन । 
म - किन नि ? 
त्यो - अब पहिला हुनेलाइ भाले घोषणा गरियो भने महिलाबादिले बिरोध गर्लान नि ? 

म - त्यसो त पहिलो हुनेलाई पोथी घोषणा गर्दिने नी । टन्टै खलास । 
त्यो - लौ दाइ पोथी भनेर पनि कहाँ सुख पाईन्छ र ?  कोरली हो की माउ हो , ब्रोइलर हो की लोकल हो । पहिचान एकिन गर्नु पर्‍यो नी ।  
म - त्यो पनि समस्या नै रहेछ । अनि जिमखाना चाहि कता नि ? 
त्यो - उहि त हो नि दाइ, खुल्लामन्च । 
म - अनि त चाहि जादैनस आजकल जुलुसमा ? 
त्यो - जान्न दाइ । 
म - किन नि पहिला त निकै चम्किन्थिस् त ? 
त्यो - पहिला पो जुलुस हुन्थ्यो र जान्थे त । 
म - अनि आजकल के हुन्छ त ? जुलुस हुदैन ? 
त्यो - आजकाल शक्ति प्रदर्शन हुन्छ दाइ । त्यसमा म जस्तो लिखुरेको के काम ? 

No comments:

Post a Comment