यताउताको सन्दर्भमा

ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।

Monday, June 4, 2012

रङ्गियता


अन्तर्जातिय जोडीहरुको 
चुल्हामा संघियता जल्न थाल्यो ,
कबिला र भिल्ल खोज्दै  
जङगलमा  संघियता बल्न थाल्यो , 
लोभ र स्वार्थले हो की 
पहिचानहरु गल्न थाल्यो 
हेर्दा हेर्दै आशा र बिस्वासका
पर्खालहरु ढल्न थाल्यो ।।


त्यसैले त  , 

नाकको आकारले 
समाज बेर्न थाल्यो , 
आँखाको गोलाइमा
आशुले रङ्ग फेर्न थाल्यो, 
जनैको डोराले अब 
सिमाना  बार्न थाल्यो,  
आँफैले स्याहारेका फुलहरु 
छालाको रङ्गको लट्ठिले 
कोपिला मै  झार्न थाल्यो, 
संघियतामा फुल्न खोजेको देश 
रङ्गियतामा  हार्न थाल्यो ।।  ।।  

2 comments: