आमासँग रापतीको किनारमा चर्दै गरेको ज्ञानेश्वर (सानो केटो)ले एकटकले घासेमैदानको बिचमा चरीरहेको चित्तलको बच्चालाई हेर्दै सोच्न लाग्यो । हाम्रो पनि त्यसको जस्तै नाक भएको भए सन्ततीहरु सखाप हुदैन थिए होला । यो भगवानले किन यस्तो नाक दिएको होला भन्दै धिक्कार्न थाल्यो ।
अनि आमासग बिलौना गर्न थाल्यो - आमा, हाम्रो यो खाग नभएको भए शिकारीहरुबाट मारिनु त पर्दैन थियो हगी ?
ज्ञानेश्वरको त्यस्तो कुरा सुनेर आमा एकछिन छक्क परी र भनी - होईन बाबु , यहि खागको कारणले नै हामि विश्व प्रसिद्ध छौ । यो खाग नभैदिएको भए हामिलाई हेर्न त्यति टाढा टाढा बाट किन आउथे र । यो त हाम्रो पहिचान हो ।
आमाको कुरामा असन्तुष्टी पोख्दै ज्ञानेश्वरले भन्यो - पहिचान भएर के गर्नु यहि नै हाम्रो मृत्युको कारण बनेको छ । प्रत्येक दिन साझपरे पछि मारिने पो होकि भन्ने डरमर्दो हुन्छ । अब त जङगलमा बाघ र हात्तीहरु नहुदा उनिहरु बन्दुक बोकेर खुल्लेआम हिंड्न थालेका छन । हाम्रो खागले हामिलाई बाघ र हात्तीबाट बचाउन सक्यो । तर खै ती बन्दुकधारीबाट ? यो पनि आफन्तहरु बिरुद्ध मात्र प्रयोग गर्न सकिने रहेछ ।
ज्ञानेश्वरको यस्तो तर्कले आमा एकछिन स्तब्ध भई । अनी भन्न लागि -बाबु, आफू मात्रै सुख सयल गरु भनेर हुर्केका मानबहरुसग केही लाग्दैन हामिहरुको । देखेनौ, हाम्रो बासस्थान सबै मासेर हामिलाई यसरी यो नारायणी र रापती सेरोफेरोमा मात्र खुम्च्यायेको । हामीले आफ्नो जातिय पहिचानको लागि भनेर यो गैडाल्याण्ड लियौ, सगै बस्दै आएका अरु जनावरहरु सग दुस्मनी गरेउ । तर खोइ त्यो मानब साम्रज्यको गिद्दे द्रिष्टिबाट बाँच्न सकौला त ?
आमाको निराशलाग्दो उत्तर सुनेर ज्ञानेश्वर भुइतिर हेरेर टोलाई रह्यो अनी सम्झियो ती पुराना दिनहरु । आहा कति रमाइला थिए । हात्तीको लस्करले पर्यटकहरु बोकेर ल्याउथ्यो । कहीले अली पर एक्लै, अनी कहीले आमासग पर्यटकहरुको अगाडी देखा पर्थ्यो । उ तिर तेर्सिएका क्यामेराहरुको अगाडी बिभिन्न मुद्रामा आफूलाई प्रस्तुत गर्थ्यो ।
अनी साझ परेपछी सौराहाको नजिक गएर ल्यापटप अन गर्थ्यो । वाइफाइ को सिग्नल खोज्थ्यो । अनी लिन्क भएपछि फेसबुकमा स्ट्यटस अपडेट गर्थ्यो ।
"आज दिन भारी क्यामराको अगाडी पोज दिदा दिदा सार्है थाकियो। " डमरू, छावा, चित्तल अनी अरु अरुले "लाइक" हान्थे ।
त्यो चितुवाको बच्चा अली उरन्ठेउलो थियो । अनी ज्ञानेश्वरको स्टाटसमा कमेन्ट गर्थ्यो - भोलि देखि चाक फर्काइदेन ।
प्राय : उस्को वालमा नारायणि (केटि) ले लेखेकी हुन्थी - आजकाल के सारो ब्यस्त हो । "गैडा हब" मा पनि पोष्ट गर्न छाडेउ त ।
ज्ञानेश्वरले "गैडा हब" नाम गरेको फोरम खोलेको थियो , अनी त्यहि सग लिन्क गरेर च्याटको लागि "गैडा गोस्सिप डट कम"। उसका पोष्टहरु सबैले रमाइलो मानी मानी पढ्थे । हबमा कहीले अन्ताक्षरी खेल्थे , कहीले रिडल । एउटा छुट्टै रमाइलो संसार थियो । सबै जम्मा हुन्थे च्याट गर्न । खुब रमाइलो हुन्थ्यो ।
त्यो सम्झिदा सम्झिदै उ रोमान्चित भयो । अनी एकपटक फेरि त्यो भर्च्युयल सन्सारमा पस्ने बिचार गर्यो। अनी आमालाई भन्यो - पर रापतीको तिरमा गएर इन्टरनेट चलाउछु है ?
आमाले अली डरको भावमा भनि - पर्दैन जानु त्यता मानब बस्ती नजिकै । के हो के हो ड्याङग हान्दिए भने ।
ज्ञानेश्वर - त्यताका मान्छेहरु हामिलाई जोगाउन तिर प्रेरित छन् त्यहि भएर डर छैन् ।
आमालाई सम्झाउन खोज्यो । अनी डुङ्गाघाट नजिकै बसेर वाइफाइ को सिग्नल खोज्न थाल्यो । सिग्नल टिपे पछि "फेसबूक" खोल्यो । नोटिफिकेसनमा रातो फन्टमा ४ लेखिएको थियो । नारायणीले वालमा लेखेकी रहिछे - "गोस्सिप" मा आउ , तिमी सग कुरा छ ।
एक्छिन उसलाइ नारायणी देखि रिस उठ्यो । के तालको केटी हो । अर्जेण्ट नै भए त एस एम एस गरेको भएनी हुन्थ्यो । नत्र कल पनि त गर्न सक्थी । अब पैसाकै लोभ लागेको भए मिसकल दिए पनि त हुन्थ्यो नी , म कल ब्याक गरि हाल्थे ।
अनी स्टाटस अपडेट गर्यो - " आजकाल यो गैडाल्याण्ड कस्तो बोर छ । यहाँ बस्न एक छिन पनि मन छैन । "
अनी गोस्सिपमा छिर्यो ।
शाखाहरु
- कबिता जस्तै (7)
- गैडाल्याण्ड (10)
- घुमघाम (3)
- चौतारी (20)
- दिल्लगी (7)
- पछाडि फर्कदा (3)
- बाताबरण (3)
- बिचार (18)
यताउताको सन्दर्भमा
ताना शर्माले भने झै जिन्दगी एउटा अबिरल यात्रा रहेछ । जिन्दगी जिउने र भबिष्य बुन्ने क्रममा यताउता डुल्नु पर्ने अनी भौतारिनु पनि पर्ने रहेछ। उखानै छ कि त परेर कि त पढेर जानिन्छ । पढेका कुराहरु सबैको चासो भित्र नपर्न सक्छ । तर परेको कुरा धेरैलाई चाखलाग्दो हुनसक्छ । साचै जिन्दगी छोटो छ, सबै कुरा आफुले भोगेर मात्रा जाँन्दछु भन्नु मुर्खता नै हुन्छ रे । त्यही भएर यताउता डुल्ने क्रममा देखेका, भोगेका, सुनेका र मनमा लागेका कुराहरु बिसाउने चौतारी हो यो । तपाईंहरुको पनि यस्तै बिचारहरु भए आउनुहोस् एकछिन कोर्नुहोस् अनी यताउता मार्फत बाड्नुहोस् ।
sarai ramro chha hai, Rajesh dai. keep it up..
ReplyDeletethank you Basanta.
ReplyDelete