बिशाल मानब सागरको उपस्थिती, करोडौ आँखाहरु कौतुहलतापुर्बक पर्खिरहेको त्यो क्षण एउटा छुट्टै उमङग थियो उत्साह थियो । शहरमा नरभक्षी राक्षस पसेर तहसनहस पारेको अवस्थामा बायुपन्खी घोडामा चढेर आफ्नो जनताको रक्षा गर्न आउने एकदेशका राजाकुमारको आगमनमा हर्शित जनताहरु झै, २० जनवरी २००९ का अमेरिकीहरु बराक ओबामाको आगमनमा त्यस्तै गरी उत्साहित भएका देखिन्थे । राष्ट्रपतिको सपथ समारोह एउटा नियमित प्रकृया भयता पनि त्यसबाट हामीले सिक्नु पर्ने धेरै रहेको मैले महसुस गरे ।
कारीब ५ महिना अगाडि नेपालीहरुमा पनि झन्डै त्यही उत्साह थियो जुन मंगलबार अमेरिकिहरुमा थियो । एक दशकलामो जनयुद्ध बिसाएर जनताको विश्वाश जितेर बनेका गनतान्त्रिक नेपालका प्रथम प्रधनमन्त्रिको सपथ, लुगामा केही बिबाद भयता पनि जनताको नाममा लिएको सपथले केही चर्चा पाएको थियो । बाइबल र इश्वरलाई साक्षी राखेर, लाखौं जनताको अगाडि गरिएको विश्वाकै सक्तिशाली पदमा बिजय हासिल गरेको ब्यक्तिको त्यो सपथले क्षणिक भाबनात्मक कुरा भन्दा रितिथिती र परम्परा महत्वपूर्ण हुन्छ भन्ने देखाएको छ । शितल निवासको चारदिवारि भित्र ठुला पदमा आसिन केही ब्यक्तिहरुको अगाडि बसेर जनताको नाममा सपथ लिएर नाक फुलाउनु भन्दा, जनताको अगाडि बसेर बाचा गर्नु महत्वपूर्ण कुरा हो कि ?
हरेक सफल पुरुषको पछाडि स्त्रिको हात हुन्छ भन्ने विश्वाब्यापी मान्यता त्यो सपथ ग्रहणमा पनि देखियो । आफ्नो श्रीमती ले लिएको बाइबललाई छोएर गरिएको त्यो सपथले शायद श्रीमती लाई पनि उत्तिकै भागीदार बनाएको छ । तर खै हाम्रा उच्च पदमा आसिनका श्रीमतीहरु ? नाताबाद र कृपाबाद को जन्जालमा जगेडिएको हाम्रो समाजमा शायद त्यो अमेरिकि सपथ झै श्रीमतीलाई पनि सामेल गराउने परम्परा बसल्न सकिये उनिहरुले पनि आफुलाई जिम्मेवार बोध गर्नुका साथै आत्मसम्मान को अनुभुती गर्ने थिएकी ?
सपथ ग्रहण अगाडि र पछाडि व्हाइट हाउसमा देखिएको त्यो स्वागत र बिदाइ समारोह सचिकै प्रेरणादायी थियो । जर्ज बुश दम्पतीले ओबामा दम्पतिलाई गरेको स्वागत, करिब आधा घण्टा बिताएका कफी को समय अनी अन्त्यमा बुश् दम्पतिको बिदाइमा साचिकै आत्मियता थियो । तर खै हाम्रोमा त्यो आत्मियता । ३ दिन अगाडि देखी बालुवाटार खाली पार्ने त्यो नियती अनी सपथ समारोहमा निबर्तमानको अनुपास्थितीले देखाएको त्यो आपशी द्वेशता कतै परम्परा त बन्ने होइन ?
बिद्यालयमा गुरुले भनेको अझै याद आउछ । हामी नेपाली धन्यवाद भन्न त कन्जुस गर्छौ, अर्काको तरिफ के गर्न सकुला । शायद तेही भएको छ । आर्थिक सन्कटले जेलिएको बर्तमान अमेरिकाको स्थितीको लागि बुश नितिलाई दोश नलगाइ नयाँ चुनौतीको रुपमा लिने ओबामाको त्यो भाषाणबाट कहिले साझेदरी दल , कहिले प्रतिपक्षलाई दोश दिने अनी कहिले बिगतका सरकारलाइ दोश दिने हाम्रा सरकार प्रमुखले सिक्न सकेमा शायद हाम्रा चुनौती हरुलाई अबसरको रुपमा बदल्न सकिने थियो कि ?
Of course.
ReplyDelete