
बिदेशिएका युबाहरुलाई लिएर निकै नकरात्मक भाबनाले हेरिने गरिएको छ । उनिहरु माथि राष्ट्रभाब नै नभएको जस्ता आरोपहरु लगाइने गरिएको छ । बिदेशिनु रहर हो कि बाध्यता हो भन्ने बिश्लेशण नगरि एकतर्फी रुपमा उनिहरु माथि प्रहार जारी छ । के साच्चै नेपाली युबाहरुमा मातृभूमी प्रती बित्रिष्णा पैदा भएको हो ? के सुनौलो भबिष्यको कल्पना गर्दै गुणस्तरीय शिक्षा खोज्नु गल्ती हो ? विश्वब्यापिकरणको युगमा रोजगाअरिको सिलसिलामा बिदेशिनु के राष्ट्रघात हो ? उनिहरुलाई बिदेशिनुबाट रोक्नको लागि हाम्रा शैक्षिक प्रणाली र प्रशासनिक अवस्था सुधारनुको साटो अझ गाली गरेर कतै हाम्रो समाजअले युबाहरुलाई लखेटिरहेको त छैन ?
एक्कैसौ शताब्दिको विश्वाब्यापिकरण युगमा हाम्रो त्यही गुरुकुलिय शिक्षा पद्दति "घोतन्ते बिद्या धावन्ती खेती" ले हाम्रो उपस्थिती कस्तो हुने हो सर्बबिदितै छ । अझै पानी हामी त्यही प्रणाली परिस्थिती अनुकुल छ भनेर रट लगाइ रहेछौ । गेसपेपर र चिट चोराइबाट बिद्या र ज्ञान भन्दा सर्टिफिकेट प्राप्त गरी रहेको छौ, जुन घातक छ , युबा पुस्ताले अघोषित रुपमा नकारेको छ । राजाधानीमै सिमित मात्रको पहुच भये पनि प्रबिणता प्रमाणपत्र तह र १० जोड दुई भन्दा ए लेभल किन लोकप्रिय भयो भनेर कहिलेइ बुझ्ने कोशीस गरेनौ बरु बिदेशी मोह भनेर नकार्ने प्रयास गरेउ ।
कतिपय बिदेशी विश्वबिद्यालयहरुमा त्रिभुवन विश्वाबिद्यालयको स्नाकोत्तरले पि एच् डि गर्न पाउदैनन । त्यस्को लागि त्रिबिबी को गुणस्तर मापदण्ड बिदेशी बिद्यालयको दाजोमा पुगेको देखिदैन । यस्तो अवस्थामा कुन युबाले त्यो २ बर्षे मेहेनतलाई नसम्झेला । अनी कुन मुर्खले त्यो कुरा थाहा पाउदा पाउदै पनि त्यही पढेर राष्ट्रभक्ती देखाउन आफ्नो भबिष्य दाउमा लगाउला? नेपाल बन्द र स्वबियु निर्वाचनले महिनौ बन्द हुने अवस्था, चिट चोरेर पनि उत्तिर्ण हुन सकिने शिक्षा प्रणालिमा ज्ञान होइन सर्टिफिकेट मात्रा आर्जन गर्न सकिन्छ भन्ने बुझेकाहरु बिदेशिदा किन राष्ट्रघातको आरोप लगाउने ?
नयाँ नेपाल को ढोङग रचियो, विश्वबिद्यालयमा समेत् राजनैतीक दलहरुले भागबण्डा गरे । योग्यताको भन्दा पार्टिको चवन्नि सदस्यताको कदर भये पछी पार्टिको झन्डा नबोक्नेहरु कता दौडिने ? राष्ट्रिय गान देखी छाप फेरियो, कती नामहरु परिवर्तन भये , देशमा राजातन्त्र गयो, प्रथम निर्बाचित गणतान्त्रिक सरकार बन्यो त खै हाम्रो मानसिकतामा परिवर्तन । विश्वाबिद्यालयहरुको नाम फेरियो, तर खै त्यहाको शैक्षिक प्रणाली मा परिवर्तन ? हाम्रा विश्वबिद्यालयका प्राय सबै गुरुबा र गुरुआमाहरुले बिदेशबाट उच्चशिक्षा हासिल गर्नु भएको छ, तर खै अध्यापन शैलिमा बैज्ञानीकिकरण? त्यही पुस्तक घोकेर , फर्मुला कण्ठ गरेर कहिले बढाउने हाम्रो दक्षता ?
हो बिदेशमा भाडा माझेर अध्ययन गर्न गौरब मान्छौ, किनकी यहाँ भाडा माझ्ने को पनि सम्मान छ । अनी यसलाई दिर्घकालिन पेशा नमानी विद्यार्थी जिबनको जिबिकोपार्जनको रुपमा लिएको छौ । अध्ययन खर्च जुटाउन बिकासशिल देशको मात्र होइन बिकासइत देशको हरु पनि काम गर्छन् । के गरियो सग मतलब छैन , आत्मनिर्भरताको सवाल छ । देशमा बसेर नेताहरुको स्वार्थ पुर्तिको लागि तयार बालेर चक्काजाम गरेर अरुको जिबन अस्तब्यस्त पार्नु भन्दा उच्चशिक्षा हासिल गरेर सबल नागरिक हुन खोज्ने के युबाहरुको गल्ती हो ? खै हाम्रो देशमा श्रमको सम्मान , खै नयाँ नेपाल बनाउने हरुले हटाउने कोशीस गरेको त्यो तहगत हाकिमे सम्रचना?
राष्ट्रियताको भावनालाई हामीले ज्यादै सन्कुचित भावनाले हेरेउ । राष्ट्रियतालाई भौगोलिक सिमा र नागरिकअतामा खुम्च्यायौ । देशमा बस्न मात्रा राष्ट्रियता देखेउ । तर बिदेशमा बसेर पनि नेपालअको लागि , गाउको बिकासअको लागि सोच्ने त्यो गैर आबसिय नेपाली को मन देशमा बसेर भ्रष्टचार गर्ने , नेपाली बिच जातियता र धर्मको पर्खाल ठड्याउने मन भन्दा कैयौ गुना राष्ट्रबादी हुन्छ । नेपालमै बसेर चन्द्र सुर्य जलाउने भन्दा संसारको कुना कुनामा चन्द्र सुर्य फहराउनेहरु राष्ट्रबादी होइनन र ? अन्त्यमा, युबाहरु पलायनको लागि होइन , उच्च शिक्षाको लागि बिदेशिएका हुन । कैयौ महाबिर पुनहरु नयाँ नयाँ योजना लिएर आउनेछन , कैयौ गैर आबसियहरुले सहयोगको पोका फुकाउने छन, खाचो छ समर्थन को, सहयोग को । आज बिदेशिएका युबा मनहरु पारीपक्व भएर नेपाल आउनेछन , चन्द्र सुर्या फहराउने छन ।
जय नेपाल
No comments:
Post a Comment